कालोसूचीका ऋणीलाई पक्राउ गरिने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Saturday, April 4, 2009 कालोसूचीका ऋणीलाई पक्राउ गरिने यदु देवकोटा/नयाँ पत्रिका काठमाडौं, २२ चैत 2009-04-05,Sunday बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालोसूचीमा परेका ऋणीहरू पक्राउ पर्ने भएका छन् । उनीहरूलाई समाती छुट्टै घरमा थुनेर अनुसन्धान गर्नुपर्ने निर्णय सरकारद्वारा गठित खराब कर्जा अनुगमन समितिले गरेको छ । पहिलो चरणमा समितिले पाँच करोडभन्दा बढी कर्जा लिएका ऋणीलाई गिरफ्तार गर्न गृह मन्त्रालयलाई पत्र लेख्नेछ । उनीहरूलाई प्रहरीमा राख्दा अनुसन्धानमा कठिनाइ हुने भएकाले छुट्टै घरको व्यवस्था भएपछि मात्र पत्र पठाइने बताइएको छ । पक्राउ गर्ने ऋणीको सूची समितिले तयार गरिसकेको छ । समितिका संयोजक हरि रोकाले कालोसूचीमा परेका ऋणीलाई गिरफ्तार गर्न गृह मन्त्रालयसँग आग्रह गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, 'गिरफ्तार ऋणीहरूलाई थुन्न छुट्टै घरको व्यवस्थाका लागि पनि सरकारलाई अनुरोध गर्नेछौँ ।' ऋणीलाई गिरफ्तार गर्ने विषयमा गृह मन्त्रालयसँग मौखिक कुराकानी भने भइसकेको संयोजक रोकाले बताए । उनले भने, 'उहाँहरूले पत्र पाएपछि पक्राउ गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।' ऋण नतिर्ने मात्र हैन, कमसल धितोलाई बढी मूल्यांकन गरी कर्जा स्वीकृत गर्ने कर्मचारीसमेत कारबाहीको घेरामा पर्ने भएका छन् । यसअघि कर्मचारीलाई कारबाहीको दायरामा राख्ने गरिएको थिएन । धितो मूल्यांकन प्रक्रियामा तल-माथि भएको देखिएमा कर्मचारीलाई समेत कारबाही अगाडि बढाइने समितिले जनाएको छ । यसका लागि सम्बन्धित कर्मचारीलाई बोलाएर जानकारी लिइने संयोजक रोका बताउँछन् । समितिले कालोसूचीमा परेको कर्जाका बारेमा विस्तृत अध्ययन पनि थालेको छ । कर्जा लिनलाई बैंक तथा वित्तीय संस्थामा निवेदन दिएदेखि कर्जा स्वीकृत हुँदासम्मको प्रक्रियाका बारेमा समितिले अध्ययन गर्नेछ । मन्त्रिरिषद्को गत माघ २९ गते बसेको बैठकले कालोसूचीमा परेका ऋणीहरूमाथि भएको कारबाहीको अनुगमन गर्न सभासद् हरि रोकाको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति गठन गरेको थियो । खराब कर्जाको विषयमा अनुसन्धान गर्ने अधिकारसमेत समितिलाई दिइएको छ । समितिका सदस्यहरूमा डेपुटी गभर्नर, अर्थमन्त्रालयका सहसचिव, बैंकर्स एसोसिएसनका अध्यक्ष र राष्ट्र बैंक सुपरीवेक्षण तथा अनुगमन विभागका प्रमुख रहेका छन् । समितले पाँच करोड रुपैयाँभन्दा बढी ऋण बोकेका ३३ र एक करोड रुपैयाँभन्दा बढी ऋण भएका दुई सय ३८ जनालाई कारबाहीको सूचीमा राखेको छ । हालसम्म कालोसूचीमा राखिएका पाँच ऋणीले बैंकको सम्पर्कमा आएर ऋण तिर्ने सहमति जनाएका छन् । एक ऋणीले २० लाख रुपैयाँ तिरेर मासिक ३० हजार रुपैयाँ बुझाउने प्रतिबद्धता गरेको समिति स्रोत बताउँछ । सिद्धेश्वरी इन्डस्ट्रिज प्रालिको एभरेस्ट बैंकमा रहेको खाता समितिले रोक्का गराएको छ । २१ जनाको डेबिट/क्रेडिट कार्ड रोक्का भएको छ भने सातजनाको बैंकमा राखिएको लकर र खाता रोक्का गरिएको छ । एक सय दुई व्यक्तिको १२ बैंकमा रहेका खाता रोक्का गर्न समितिले सम्बन्धित बैंकलाई पत्राचार गरेको छ । त्यस्तै, ६ व्यक्तिको बैंक खाता तथा कार्ड रोक्का र एकजनाको लकर रोक्का गर्न बैंकलाई पत्र पठाइएको छ । समितिले पहिलो चरणमा कारबाहीमा परेका प्रमुख ऋणीको नाममा रहेको घरजग्गाको विवरणसमेत भूमिसुधार मन्त्रालयमार्फत संकलन गर्न थालेको छ । संयोजक रोकाका अनुसार उनीहरूको तीन पुस्ताको नाममा आठ जिल्लामा सम्पत्ति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 'त्यसका आधारमा सम्पूर्ण विवरण पठाउन पत्र लेखेका छौँ,' रोकाले भने । केही ऋणीहरूले बैंकका कारण आफूहरू डुबेको बयान समितिमा दिएकाले बैंक र ऋणीहरूलाई बोलाएर छलफल गरिने भएको छ । http://www.nayapatrika.com/new...

eternalbliss · Apr 5, 2009 2:03 AM · 4,586 views

12 Replies

anyone have the full list of these blood-suckers?

sajhakovillain · Apr 5, 2009 10:09 AM

These people must be definately in Black List.

Maylumaya · Apr 5, 2009 1:11 PM

Here  you go-This is a list for willful defaulter and money suckers for our country: http://www.nayapatrika.com/new... Source: Naya Patrika http://www.nayapatrika.com/new...

Everest2 · Apr 5, 2009 6:27 PM

Everest2, thanx for the list. Here goes the name: हरिप्रकाश बुढाथोकी, शैलेन्द्रप्रकाश बुढाथोकी, रमा बुढाथोकी बुढाथोकी पदम के अग्रवाल, शान्ति के अग्रवाल, राजकुमार तोदी विपुलकुमार जैन, खेनकुमार जैन मेहबुब अली, मोहम्मदराजा हिरानी, गुलामअब्बास हिरानी नागेन्द्र गिरी, महेन्द्रपाल सिंह, विमलकुमार खेतान अनुराग लाभ, आनन्द लाभ, नवीन लाभ, दिनेश मल्लीक प्रज्ञानशमसेर जवरा, सिद्धिका राणा, शिवेन्द्रबहादुर बस्नेत समता अग्रवाल, हरिप्रसाद धनावत, किसान धनावत सुरेशकुमार लोहिया, उपमा लोहिया तोयानाथ लामिछाने, द्वारीका लामिछाने, निलकण्ठ लामिछाने, पुर्णप्रसाद लामिछाने, पिताम्बर लामिछाने इदिस अहमद नागराज दुगड, श्रीमती सुरज दुगड, मनोज दुगड पवनकुमार लोहिया, स्मृति लोहिया विश्वपि्रया मल्ल, रामप्रसाद अधिकारी भोलाबहादुर केसी, सुरेशकृष्ण बिष्ट, धर्मबहादुर चन्द गुञ्जलाल सिंह, इन्दुकुमारी मानन्धर, नारायणबहादुर थापा, केदारप्रसाद सापेकोटा आत्माराम चन्द ठकुरी, विष्णुबहादुर शिवाकोटी, रामशरण खत्री, भीमबहादुर रानामगर, रामबहादुर महत, बाबुशरण सुवेदी, मिठुप्रसाद गौतम, बलराम भण्डारी, देवीप्रसाद गौतम बलबहादुर पुन, रमेशप्रसाद धमला, कृष्णा पुन, धनुकमारी पुन, नरेश पुन दामोदर शर्मा हरिप्रसाद धनावत मञ्जुदेवी धनावत, किसनदेवी धनावत, सुशील शमसेर जबरा, चन्द्रकला आँचला राणा, भगवानदास अग्रवाल, अरविन्द अग्रवाल, देवीप्रसाद जलान, इन्द्रभक्त श्रेष्ठ चैतन्यप्रसाद सिटौला, इश्वरी थपलीया, दिपकुमार कार्की महन्तलाल श्रेष्ठ, बसन्तलाल श्रेष्ठ, शसिद श्रेष्ठ ठाकुरप्रताप थापा, निलु थापा, प्रसिद्धबहादुर थापा रचनादेवी रिमाल, सुनिलनाथ रिमाल, गोपाल सापकोटा, संगामित्र रिमाल, संजयमणी आचार्य दिक्षित, पदमादेवी दिक्षित, जहिकोइराला दिक्षित मोहनराज मल्ल, मदनबहादुर मल्ल, टेकबहादुर मल्ल ओमकार चापागाईँ, सरिता चापागाईँ, बालचन्द्र खनाल श्रीमती शोभाराज केसी, गगनराज केसी, गम्भिरराज केसी शान्तिकुमार अग्रवाल, पदमकुमार अग्रवाल किशोरकुमार खनाल, प्रभा खनाल, कैलाशकुमार खनाल, सौरभकुमार खनाल यादवप्रसाद पोख्रेल, माधवप्रसाद भण्डारी पवनकुमार खनाल, किशोरकुमार खनाल (नाम दोरोहो परेका), अनन्तकुमार खनाल, माधवराज खनाल, प्रमी खनाल मोहम्मद मिजार मिया, मोविन इफ्तकार मिया, जुमैद इफ्तकार मिया श्रीराम शर्मा देवकोटा, सुरेश कुमार अग्रवाल, आनन्दशर्मा घिमिरे जितेन्द्रकुमार कलवार दामोदर शर्मा, निकेश शर्मा नेमचन्द्र जैन लालवनी समरबहादुर जोशी, मिनाकमल माथेमा, शान्ति जोशी, ज्योत्सना जोशी शिशिर रञ्जितकार, ऋषिकेश ढकाल मामुल सलाम एम जलालुद्दिन चौधरी लोकनारायण पिया, जीवनलाल पिया, काजुन पिया श्रीमती मिरा श्रेष्ठ, सुश्री रिता बैद्य, प्रकाशचन्द्र श्रेष्ठ सावरमल अग्रवाल श्रीमती नानुदेवी श्रेष्ठ, बद्रीनारायण मानन्धर, सुरेन्द्रकुमार लघु नरेन्द्रमान सिंह, नारायणबहादुर कार्की, शंकर श्रेष्ठ, ज्ञालेन्द श्रेष्ठ एम जमिम शाह, बहादुरकृष्ण ताम्राकार श्रीमती प्रभा शर्मा देवकोटा, श्रीराम शर्मा देवकोटा -नाम दोहोरो परेको) त्रिभुवनमान श्रेष्ठ, सरिता श्रेष्ठ, दिपेश प्रधान, शिवकुरार जाटिया, रमेशचक्र नेमेटिया मोहनलाल अग्रवाल, केशरीदेवी अग्रवाल, पवनकुमार लोहिया (नाम दोहोरो परेको), सिताराम अग्रवाल, जवरंगराय अग्रवाल श्यामसुन्दर खेतान, मञ्जु खेतान सुशिल समशेर जवरा(नाम दोहोरो परेको), चन्द्रकला आँचल राणा (नाम दोहोरो परेको), ध्रुव थापा जनकबहादुर कार्की, केशबबहादुर कार्की, तारा प्रसाईँ कार्की, प्रमिला कार्की, राजेन्द्र थापा, सुरेन्द्र कार्की कमलकुमार पटवारी, सुनिलकुमार कर्ण, मधु पटवारी रामहरि ढकाल, कृष्णप्रसाद ढकाल, शिवविक्रम शाह चादमल राठी, देवकी नन्दन अग्रवाल, कमलेशकुमार अग्रवाल पुष्करबहादुर भण्डारी, पर्वतबहादुर भण्डारी, हिमाल भण्डारी नेमचन्द्र जैन (नाम दोहोरिएको), अनिलकुमार जैन, रतनलाल जैन, बद्धराज पाखन, कल्याणकुमार अग्रवाल, विजयकुमार पारख प्रकाशचन्द्र श्रेष्ठ (नाम दोहोरीएको), रिना श्रेष्ठ रिताकुमारी कायस्थ, शम्भुप्रसाद अग्रवाल, लक्ष्मी अग्रवाल, मिनाकुमारी अग्रवाल, सञ्जिता अग्रवाल, लक्ष्मी प्रसाद अग्रवाल, मिरादेवी अग्रवाल, संजय अग्रवाल भुपेन्द्रकुमार बस्नेत, विद्या बस्नेत, जनकबहादुर थापा फणिन्द्रमान श्रेष्ठ, ओमकुमार गुरुङ, महेन्द्रबहादुर कार्की, विकासमणी भन्डारी, दिलबहादुर गुरुङ, उमेशप्रसाद श्रेष्ठ, रमेशमान श्रेष्ठ चन्चलकुमार चौरडिया, युधीर सर्दार, धुथर सर्दार, हरीनारायण मण्डल, राजेन्द्रकुमार चौरडिया रोवितप्रसाद श्रेष्ठ, लक्ष्मी श्रेष्ठ वीरबहादुर राई, दुर्गा राई, बमबहादुर भण्डारी, रामबहादुर कुँवर सुवर्ण भक्त जोशी, आनन्द भन्डारी, किशोर प्रधान, प्रकाशभक्त जोशी, सुस्मिता कोइराला जितेन्द्रपालसिंह सुदन, ज्ञानसिंह सुदन, इन्दिरा कौर श्रीमती प्रसस्ति थापा, राजकुमार थापा भाष्कर शर्मा, श्रीमती रश्मी शर्मा नवराज शर्मा, प्रकाश शर्मा विजय सुराना ज्योती प्रधान, राजेन्द्रप्रसाद श्रेष्ठ विनय अग्रवाल, अमर अग्रवाल मेहबब अली (पाकिस्तानी नागरिक) पंकज अग्रवाल, अनिलकुमार गुप्ता, अशोककुमार गुप्ता (भारतिय नागरिक) कौशल्या गोयल, अशोक कुमार, सुभाष कुमार अग्रवाल श्रीमती विजया लक्ष्मी शाह, रघु शाह, रवि शाह

eternalbliss · Apr 5, 2009 10:35 PM

most of them are indians(marwari) or pakis(muslims)

sajhakovillain · Apr 5, 2009 10:40 PM

99% are marwari, though loan has taken in the name of innocent nepali's name (company has registered in the nepali promoters with their citizens-who are basically low level employees for those so-called companies).

Everest2 · Apr 6, 2009 7:26 AM

Unless fraud can be proven, wouldn't this be against bankrupcy laws?

newlynew · Apr 6, 2009 10:54 AM

Those are or should be blacklisted, who borrow the hard earned money deposited by poor Nepalese people in millions and billions, don't pay the interest or the loan, invest or transfer that money in foreign countries and yet live a lavish and comfortable life. If they are bankrupt, it should be reflected on their lifestyle.

eternalbliss · Apr 6, 2009 5:30 PM

Guys/gal Those so called willful defaulter are not real-defaulter and brankrupty. Already those people made wisely diversify investment in different sectors in the near and dear's name beyond this relationship. So, it's all drama and most of the money were routing in foreign accounts or near and dear's account. Even most of the bank's employees-especially from credit loan department are involved for play the vital role to save those blacklisted or willful defaulter in the name of commission. It's all drama. Just they are enjoying with the depositors' money through means of loans, bonues, commission and of course salaires (more than Rs.1.5 million per month) by the certain group of people say-500 or less members across the country. Those money should be recovered from top 5 executives of the bank who are drawing more than 80% of total salary.They are considering these two clause before diversifying the investment   It's all in chain and they are save beyond these provision. It's all happened due to corruption, bribe, undertable and ridiculous political leaders specially from NC and UML last one and half decade. source: Nepal Rastra Bank's Directive   Last edited: 06-Apr-09 07:45 PM

Everest2 · Apr 6, 2009 7:29 PM

Maobadi lai nikkai hataar chha hai.. paisa uthauna ka lagi.... all understand this !!

Ved555 · Apr 6, 2009 7:32 PM

Ved555 जेी, जन्ताले दुख गरेर बचाको पैसा मास्ने, bank डुबाउने अनि ऐसो-आराम्को जिन्दगि बिताउने लाइ कारबाहि गर्दा कान्ग्रेस्, एमाले, माओबादि आदिको कुरा कसरि आयो? यो त सबैले मिलेर गर्नु पर्ने काम हैन र? के तिनिहरु लाइ यसरिनै गरिब्को पैसा लुट्न दि रहने? कि तपाइको पनि नाम त्यो list मा छ्?

eternalbliss · Apr 7, 2009 12:12 AM

There must be law and order. The law and order is very shaky situation for the nation-Nepal. Everybody, must be liable to control the corrupted/bribed people, who are invited the painful situation for the poor people. Once time will come, then those so called willful defaulter has no choice either to sacrifice their luxuarious life or compel to repay the loan, but we have to make awareness ourself.    

Everest2 · Apr 7, 2009 6:50 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all