yestoo pani samachar?????? rajabadi faida kati paisa dayoo parash la

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाण्डौ,०१ अप्रिल , १९ चैत/ लगातार तीन दिनदेखि पूर्व युवराज पारस शाहसँगको अन्तर्वार्तामा आधारित समाचार प्रकाशन गरिरहेको सिङ्गापुरको द न्यु पेपरले बुधबारको अंकमा एउटी महिलालाई पारसको हितैषीका रुपमा चिनाएको छ। उक्त पत्रिकाले समाचारको पहिलो वाक्यमै लेखेको छ- ४५ वर्षिया "एन्जेला चेङको केवल एउटा टेलिफोन कलले नेपालका हिमाल हल्लाउन सक्छ।" उक्त पत्रिकाले सन् २००६ मा नेपालमा राजतन्त्रविरोधी आन्दोलन चर्किएका बेला एन्जेला चेङले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई फोन गरी राजा ज्ञानेन्द्रलाई भेटेर बेबी किङको प्रस्ताव राख्न आग्रह गरेको दाबी गरेको छ। ती महिलाले द न्यु पेपरलाई भनिन्- " नेपालका तत्कालीन प्रधानमन्त्री कोइरालाले मलाई मेरो भूमिकाका लागि "तिमी शान्तिका लागि नोबेल पुरस्कार पाउन लायक छौ" भने। द न्यु पेपरका अनुसार नेपालमा जनआन्दोलन-२ चर्किएका बेला ती सिङ्गापुरे महिलाका नेपालमा रहेका साथीका श्रीमानलाई प्रहरीले थुनेको थियो। "उनीहरुलाई भेट्न जाँदा मलाई जेलका सुरक्षाकर्मीले रोके, त्यसपछि मैले प्रहरी प्रमुख र सेनाका मेजर जनरललाई फोन गरें, अनि मलाई भेट्ने अनुमति दिइयो"- ती महिलाले द न्यु पेपरलाई भनेकी छन्। "एक सिङ्गापुरे महिलाको नेपालका राजपरिवार र उच्च तहका मानिसहरुसँग कसरी सम्बन्ध रह्यो त?" द न्यु पेपरले सोधेको प्रश्नमा एन्जेलाले १० वर्षअघि नेपालको राजपरिवारसँग आफ्नो चिनजान सुरु भएको बताइन्। "पूर्व राजा वीरेन्द्रकी दिदी शान्तिलाई नेपालमा अनाथालय चलाउनका लागि मैले आर्थिक सहयोग जुटाइदिएकी थिएँ। मैले अनाथालयका लागि यहाँबाट लत्ताकपडा र पुस्तकहरु पनि पठाइदिएकी थिएँ"- एन्जेलाले भनेकी छन्। सन् २००१ मा भएको हत्याकाण्डमा शान्ति मारिए पनि राजपरिवारसँग आफ्नो सुमधुर सम्बन्ध कायम रहेको एन्जेलाले बताइन्। राजतन्त्रको अन्त्य भइसकेपछि सिङ्गापुर गएका पूर्व युवराज पारसलाई त्यहाँ बसोबासको प्रबन्ध मिलाउने काम पनि आफैंले गरेको एन्जेलाले द न्यु पेपरलाई बताइन्। बेबी किङको योजना एन्जेला यस पटकको तिहारमा नेपाल आउने सुरमा छिन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर "एकता" को प्रस्ताव अघि सार्ने बताइन्। "ज्ञानेन्द्रका नाती हृदयेन्द्रलाई राजा बनाउनुपर्ने प्रस्ताव राख्नेछु, उनीसँग कार्यकारी अधिकार हुने छैन, केवल सामाजिक गतिविधिमा मात्र उनी सक्रिय हुनेछन्"- एन्जेलाले बताइन्। ज्ञानेन्द्रका छोरा पारस लोकप्रिय नभएको र उनी स्वयम् राजा हुन लायक नभएको स्वीकारिसकेकाले ह्रदयेन्द्रलाई राजा बनाउनुपर्ने एन्जेलाले बताइन्। प्रचण्डले मान्लान् त?"अवश्य मान्छन्"- उनी भन्छिन्। नेपाली र मन्डारियन भाषामा निपूर्ण एन्जेला पेशाले आर्किटेक्ट इन्जिनियर हुन्। उनी नेपाल सरकारले बेबी किङको प्रस्ताव मानेदेखि चीन सरकारलाई आग्रह गरेर नेपालमा विकासका थुप्रै कार्यक्रम भित्र्याउने दाबी गर्छिन्। जापान सरकारसँग पनि आफ्नो राम्रो सम्बन्ध रहेको दाबी गर्ने एन्जेला त्यहाँबाट पनि नेपालको विकास निर्माणमा सहयोग ल्याउने बताउँछिन्। "विगत २८ वर्षदेखि मैले नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको छु", एन्जेलाले द न्यु पेपरलाई भनिन्- "फेरि एक पटक केही गर्ने बेला आएको छ।"

bimal_thapa_usa · Apr 4, 2009 10:56 PM · 1,903 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all