पत्झरमा बसन्त ह्रितुले बहार ल्याये झै उनको आगमनले मेरो एक्लो, निरस जीवनलाई जीवन्तताको रसास्वादन गराएको थियो । तर अनभिग्य थियिन उनी मेरो कठोर जीवनमा उनले ल्याएको सरलता प्रती। पुष माघको पारीलो घामलाई के थाहा - जाडोले कथाङ्रिएर त्यो चिसो फूट्पाथमा तेर्सिएको नाङो खाते बालकको लागि उ के हो भनेर? मेरी मुना। मेरो पहिलो प्रेम । र शायद अन्तिम पनि। आज म जीवन को यो घडीमा आफुलाई पुन: एक्लो महसूश गर्दै छु। तर मेरी मुनालाई ह्रिदयङम गरिसकेको यो मुटु छिया छिया भएर पनि हासी रहेको छ। मुनालाई सम्झिदै, उन्को नयाँ जीवन्को लागि शुभकामना टक्राउदै , हासी रहेछ मुटु, पिडाम्मा नाचिरहेछ यो मुटु। क्रमश ...
Pret Aatma · Apr 3, 2009 12:15 AM · 245 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion