justice........

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एचआईभीपीडित बालिका बलात्कृत / केटाका आफन्तबाट उल्टै धम्की हेटौंडा, (नेस) मकवानपुरको चुरियामाईमा एचआईभी संक्रमित भएकी एक बालिका बलात्कृत भएकी छिन्। उनलाई एचआईभीको संक्रमण भएको थाहा पाएपछि पीडकका परिवारले नै उल्टै थप पीडा दिने काम भएको छ। १२ वर्षा एक बालकले संक्रमित बालिकालाई बलात्कार गरेको र बालकका परिवारले आफनो छोरालाई एचआईभी संक्रमण भएमा ठीक नहुने भनेर पीडित परिवारलाई धम्की दिएको पाइएको छ। ] यो घटनापछि एचआईभी संक्रमित र प्रभावितहरूका लागि स्थापना भएको मकवानपुर महिला समूहले पीडितलाई न्यायका लागि पहल गरेको छ। बलात्कृत भएकी बालिका लुकाएर राख्ने कामसँगै पीडकहरूले धम्क्याउने काम भइरहेको समूहकी कार्यक्रम संयोजक राधिका अधिकारीले बताउनुभयो। पीडित बालिकाकी आमाको एचआईभीकै कारण केही समयअघि मृत्यु भएको छ भने बाबु पनि एचआईभी संक्रमित छन्। बालिकालाई पनि एचआईभीको संक्रमण रहेको छ Source: www.Newsofnepal.com

danphe · Mar 29, 2009 9:49 PM · 1,630 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all