एउटा यस्तो ठग!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एउटा यस्तो ठग!   दातृनिकायका नाममा ल्यापटप ठग्दै हिंड्ने धुर्त ठगको अपराध कार्यविधि सुन्दर खनाल, काठमाडौं चैत ९ ठगहरुलाई दर्जामा बाँध्न सकिन्छ भने हालै पक्राउ परेका अर्जुन भट्टलाई महाठग भन्दा हुन्छ! उनीबाट ठगिएका र पक्रन लागिपर्ने प्रहरीहरु एउटै प्रतिकि्रया दिन्छन- वाफ रे कस्तो ´स्मार्ट´ ठग! बुङकोट गोरखाका भट्टले तीन वर्षयता राजधानीका दर्जनौं व्यक्तिबाट ल्यापटप र क्यामेरा ठगे। ठगीमा उनको आफ्नै विशिष्ट कार्यविधि थियो। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले लामो प्रयासबाट पक्राउ गरेपछि उनका ठगी कलाहरुलाई सूचिबद्ध गर्‍योः -विभिन्न इन्फोटेक मेला तथा प्रदर्शनीहरुमा भ्रमण गरी व्यापारीबारे जानकारी लिने। -ठगी गर्न व्यापारी तथा व्यक्तिको छनोट गरी विभिन्न नम्बरका मोवाइलबाट सम्पर्क गर्ने। -एउटा नम्बरबाट एक जनासँग मात्र डिल गर्ने। -आफूलाई विभिन्न दातृनिकाय गैरसरकारी तथा सरकारी संस्थाका कर्मचारीका रुपमा प्रस्तुत गर्ने। -ठगीका लागि प्रयोग गर्ने सवारी साधनमा कुटनीतिक नियोगको सि।डी नम्बर प्लेट प्रयोग गर्ने। -विभिन्न पत्रपत्रिकाको वर्गिकृत विज्ञापन हेरी ल्यापटप विक्री गर्ने व्यापारी तथा व्यक्तिसँग डिल गर्ने। -व्यापारी तथा व्यक्तिलाई आफ्नो कार्यालय भन्दै विभिन्न नियोग पुर् याउने र भित्र छिर्न चाहिने भन्दै परिचयपत्रको फोटोकपी गर्न पठाएर आफू ल्यापटप लिएर भाग्ने। फागुन १५ मा टेक्नोलिङ्क इन्टरप्राइजेजका पूर्णमान श्रेष्ठबाट चार थान ल्यावटप ठगेपछि प्रहरीले भट्टको खोजी तीव्र पार्‍यो। हरेक ठगीपछि त्यसका संम्भाव्य प्रमाणलाई मेट्न चतुर उनलाई खोज्न महाशाखाले अनुसन्धान अधिकृत कृष्ण कोइरालालाई खटायो। उनले स्नायु चिकित्सक उपेन्द्र देवकोटाकी छोरी मेघाका अपहरणकारी र अपहरणकारी उदय सेट्ठीको समूहलाई समाती अनुसन्धानमा दक्षता देखाएका थिए। कठीन खोजीभट्ट आकर्षक व्यक्तित्व भएका ३४ वर्षीय युवा हुन्। उनी प्रायः सुटमा हुन्थे। वरपर हरहर पर्फयुमको वास्ना फैलाउँदै उनी लक्षित व्यापारीकहाँ पुग्थे। उनी ठाउँअनुसार फरक-फरक परिचय दिन्थे। कहीं अमेरिकी दुतावासको कर्मचारी भन्थे त कहीं युनडिपी डिएफआइडीको। कसैलाई सशस्त्र प्रहरीको अधिकृत पनि भन्न भ्याए। आफ्नो कार्यालयलाई फलानो फलानो ल्यावटप चाहियो भन्दै कोटेशन माग्थे। दुई तीन दिनपछि उनको फोन आउँथ्यो। त्यसपछि आएर विल बनाउन लगाएर सँगै लान्थे। उनी धेरै ल्यावटप भएमा मेटालिक कालो रंगको टोयोटा कार ल्याउँथे एक जना र एउटा ल्यावटप लान सेतोमा निलो कलरको एक्सएल मोटरसाइकल। उनी बाटोमा गुड्ने निलो प्लेटका गाडीको नम्बर टिपेर त्यहीअनुसार नक्कली प्लेट बनाई आफ्नो सवारीमा टाँस्थे। प्रहरी निरिक्षक कोइरालाका अनुसार पिडितहरुको जाहेरीअनुसार नम्बरका आधारमा समात्दा डिएफआइडीमा काम गर्ने निर्दोष व्यक्ति परेको जानकारी समेत गराए। आफूले काम गर्ने भनेको कार्यालय बाहिर पुगेपछि उनी व्यापारीलाई सवारी रोकेर सामानको विल र परिचयपत्रको फोटोकपी गर्न पठाउँथे। त्यही मौकामा भागी गायव भएपछि व्यापारीहरु बल्ल आफू ठगिएको भेउ पाउँथे। प्रहरी निरिक्षक कोइरालाका अनुसार कल रेकर्डका आधारमा भट्टलाई पक्रनु कठीन थियो। उनी एक जनालाई शिकार गरेपछि उसँग डिल गरेको नम्बर तुरुन्तै परिवर्तन गर्थे। उनी प्रहरीले कल रेकर्ड खोज्नसक्नेमा सर्तक भई दुई चारवटा नम्बरमा जथाभावी कल हान्थे। अनुसन्धान क्रममा रेकर्ड खोज्दै जाँदा थुप्रै असम्बन्धित व्यक्तिहरुकहाँ फग्नु परेको प्रहरीले बतायो। उनले नयाँ नम्बर िलंदा आफ्नो नभएर विभिन्न सस्थामा रोजगारीका लागि आवेदन दिनेहरुको नागरिकताको फोटोकपी र फोटो हात पार्थे। ज्ाुन कुरा सम्वन्धित संस्थावालालाई समेत थाहा हुँदैनथ्यो। भट्टले ठगी गरेका ल्यावटप र सामानहरु डिल्लीबजारस्थित एन एण्ड एन कम्प्युटरमा बेच्थे। त्यहाँ ठगिएका व्यापारीले समेत कारोबार गर्ने हुँदा उनीबारे राम्रो जानकारी मिल्न गएको र त्यसकै आधारमा पक्राउ गर्न सफलता मिलेको महाशाखाका प्रमुख प्रहरी उपरिक्षक वीरेन्द्रवावु श्रेष्ठले बताए। तीन हप्ता लगाएर खोजी गर्दा प्रहरी उनको गृहजिल्ला गोरखा समेत पुगेको थियो। उनलाई सामाखुसीमा हिंडिरहेको अवस्थामा पक्राउ गरिएको थियो। ठगिनेको अनुभवफोटो पत्रकार विष्णु कल्पित गत वर्ष भट्टको ठगी खेलमा परे। उनीसँग भएको महँगो मुभी क्यामेरा युएनडिपीको कामका लागि भाडामा लिने बहानामा ठगिएको थियो। ´मलाई पनि कार्यालय नजिक पुगेपछि फोटोकपी गर्न पठायो। उसले मलाई सुटिङ दौरानका लागि प्रबेश पास दिलाइदिन्छु भनी परिचयपत्र फोटोकपी गर्न पठाएको थियो। म हिंडेनवित्तिकै उ टाप कस्यो´ कल्पितले भने - ´उ कतिसम्म वाठो भने क्यामेरा देखाउनुपर्छ भनेर बाटोमै आफूले बोक्यो।´ कुराकानी गर्ने शैली हाउभाउ प्राविधिक सुझवुझलगायत सबै कुराले भट्टमाथि शंकाको ठाउँ नै नपाएको कल्पित बताउँछन्। त्यस्तै अनुभव छ पुतलिसडकस्थित आइमेक्स इन्टरन्याशनलका प्रमुख सन्जय बर्माको। ´उसको व्यक्तित्व र हाउभाउले हामीलाई त बरु व्यापारकै लोभ बढ्यो शंका लागेनु उनी भन्छन्। Source: dainikee.com

MujiKanchha · Mar 28, 2009 3:07 PM · 12,734 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all