भनिन्छ अनुभव मान्छेको सबैभन्दा ठुलो हतियार हो तर कहिले काहिँ आफ्नो हतियारले आँफैलाई क्षति पुर्याउँछ ।कहिले काहिँ मान्छेले म यो विषयमा अनुभव हिन भएको भए कति रमाइलो हुन्थ्यो होला भनेर सोच्दछ । उसलाई यसबेला त्यस्तै लागिरहेको थियो ।पण्डितले उच्चारण गरेका प्रत्येक मन्त्रहरु उसका लागि दोहोरिएका मन्त्र थिए । त्यो हवनको तापपनि पहिले को जस्तो रापिलो थिएन ,त्यो आगो दाउरा नभएर खरानीनै जलिरहेछ जस्तो लागेको थियो उसलाई , अनि रहरले भरिनुपर्ने मनमा एउटा अनौठो चिन्ता थियो । दोस्रो विवाहको लागि उ पहिले राजी थिएन ।सात वर्ष बसेकी उसकी संगिनि भनाउँदी त अचानक एउटा रात उसको कोठाबाट हराई एउटा चिठ्ठि छोडेर भएभरका गालीहरु गरेर, उसको पुरुषत्वको अपमान गरेर ,नयाँ अनुहारमा उ विश्वास गरोस् पनि कसरि ?दुनियाँ स्वार्थी छ !!!!!!!तर उसको राजीखुशिको धेरै मोल हुन छाडेको थियो उसको परिवारमा ! बजारमा उसकी पहिलेकी स्रिमतिले छोडेको हल्ला फैलिन धेर बेर पनि लागेन जहिले जहिले उ बजार बाट गुज्रियो उ सबैकोलागि चहकिलो विषय बन्यो मसला भएको ,, बेरोजगारहरुको चियाको गफ बन्यो त्यो टोलको उ हट केक बन्यो ।दुइ चार दिन बाहिर घुमेर आयो ,सोच्यो टोल बदलिदिन्छु , घर बेच्न चाह्यो ।पुर्ख्यौलि घर बेच्नुभन्दा दोस्रो विवाह नै एउटा उत्तम उपाय निक्लियो ।आमा ले निकालेको ,खोजि शुरु भयो पहिला कलिला विधुवा छन् छैनन् त्यसबाट ,उसलाई अचानक आफु दोस्रो दर्जामा झरेझैँ लाग्यो जब विवाहको लागि विधुवा जो उमेरमा उ भन्दा थोरै मात्र कम हुनेछन् त्यस्ता उसको लागि खोजि हुँदैछन् भन्ने सुनेर !!!!!!!!!!!!!! उ घोत्लिरह्यो आफैँसँग सम्झौता गर्दै । उसको भाग्य बलियो निस्कियो । केटी कन्ने निस्किई ।उ भन्दा करिव पन्ध्र वर्ष कान्छि । उसलाई विश्वास लागेन । “आमा म गर्दिन यो केटी सँग त बिहे !” त्यो दिन उसले बिस्तारै भनेको थियो ।शक्तिहिन उसले उपमा पाएको थियो त्यसैले होला उसका शब्द शब्द कमजोर थिए ,लुते र लड्न आँटेका वाक्यहरु बोल्द्थ्यो उ जसलाई अरुको मौनताले नै पनि परास्त गरिदिन्थ्यो । “किन?” “धेरै नै कान्छि छे ,फेरि कलिला बिधुवी खोज्ने भनेको होईन ?” “हरे शिव कन्ने केटीमा खोट लाउँछ ,धेरै नसोच ।“ उसकी आमा उ भन्दा ब्यवहारिक निक्लिईन ।कन्ने केटी पाउनु उसको भाग्य दह्रो भएको निर्क्यौल निकालेको थीयो उसको परिवारले !उसकी फुपुकि खोज थिइ माया ,धेरै सम्झाई बुझाई गरेर मात्र मायाको परिवार राजी भए भनेर पनि सुनाएकी थिइन् फुपुले जित पछि किल्लामा झण्डा गाढे जस्तो गरेर ! “तैपनि आमा मेरी छोरी भएकी भए त्यत्तिकै उमेर की हुन्थि !” “छोरि भएको भए तैँले उ सँग बिहे गर्नै पर्दैनथियो !” आमा ले कुरा टुंग्याईदिईन् । उसलाई सम्झाएको वा उसको आपमान गरेको उसले बुझ्न सकेन ,उसले बुझ्न पनि चाहेन । उसले निश्चय गर्यो जीवनले उसलाई जता जता डोर्याउनेछ उ त्यतै त्यतै डोरिईनेछ । “ल अब उठ्नुहोस् ,अनि अघि अघी लाग्नुहोस् !” उ फेरि विवाहको मण्डपमा नै फर्कियो ।घुम्टो को बिचबाट उठ्दै गरेकी उसकी नयाँ अर्धांगिनिलाई नियाल्यो । अनुहार चन्द्रमा जस्तै थियो । उसले आजै बिहान दुइ चारवटा कोरिन लागेका रेखाहरुलाई फेसियल गरेर मेटाउन खोजेको थियो ,टोपिले छोप्न नसकेको तालुको भाग बिहान देखिनै उसको चिन्ताको विषय बनेको थियो । कसैले उसलाई सम्झाएको थियो , ”टाउको खुइलिनु बुद्दिमानीको निशानी हो नि भनेर !!!!” बिहाको बेलाकी केटी खुलिहाल्छे नि चन्द्रमा जस्ती ,फोटोमा त त्यत्ति गोरी थिईन मन मनैँ सोच्यो । जे भए पनि आफ्नै हो आज देखि ,सुरुची भेट भइछे भने देखाउनेछु मैले दोस्रो बिहे गरेँ भनेर , म मा पनि हिम्मत छ , हेर मेरी चन्द्रमा मेरो समिपमा अझ फक्रिएकी छे भनेर मन मनैँ सोच्यो । “पुगिसक्यो त सात फन्को !’ पण्डितजिले उसलाई रोके । उसले सोच्यो उ रोकिए पनि त घुमिरहेको छ । हरेक मान्छे लामो यात्रा तय गरेँ भन्ने भ्रममा गोल गोल घुमिरहन्छ र तिँ यात्राको टुंगो लगाउँछ जहाँ बाट उसले शुरु गरेको हुन्छ । फुर्सद जुटाएर उसले वरपर हेर्न भ्यायो । केहि नाक खुम्चिएका अनुहार हरु देख्यो ।शायद कत्ति बुढो रहेछ बेहुलो त भन्दै थिए होलान् । गाउँका केहिलाई त यो उसको दोस्रो बिवाह भनेर पनि त थाहा भइसकेको होला । नभएपनि उमेरको फरकले धेरैले अड्कल काटे होला । उसको पहिलो विवाहको बारेमा के भयो भनेर पनि त कुरा भइराखेको होला । कसरि मानी उसकी बेहुलि मायाले उ सँग बिहाको लागि ?यो प्रश्नले उसलाइ नसताएको पनि होइन । त्यसपछि उसले आफुमा भएका गुणहरुको अनुसन्धान शुरु गरेको थियो । उसले त्यसपछि उसका धेरै गुणहरु पत्ता लगाएको थियो । उ परिवार को एक्लो छोरो थियो , कमाउथ्यो उ बिदुर थिएन ,उसका छोराछोरि हुन भ्याईसकेका थिएनन् । छोराछोरि नहुनुलाई उ आफ्नो ईच्छा अनुरुप कहिले आफ्नो गुणको रुपमा कहिले अवगुणको रुपमा प्रयोग गर्थ्यो । बिहा सिद्दियो एउटा ठूलो बोझ पन्छिए झैँ लाग्यो । मायाका परिवार का आँखामा आँशु थिए । मायाको आँखामा पनि आँशु थियो । परिवार छोड्दा यस्तै हुन्छ ।सुरुचीका आँखामा पनि त आँशु थिए उसले सम्झियो । तर माया त जोड जोड ले रोईरहेकी थिई फेरी । के मायाको ईच्छा बिपरित भएको थियो त बिहे ? उसले मायालाई फोनमा कुरा गर्दा सोधेको त थियो । उसले त्यतिखेर त होइन नै भनेकी थिई ,केटिहरुको के विश्वास र ! कहिले हो लाई पनि मस्किएर होइन भनिदिन्छन् ,कहिले होइनलाई पनि ठुस्किएर हो भनिदिन्छन् । उ फेरि आफ्ना गुणहरु जसले गर्दा मायाले उ सँग राजीखुशि बिहे गरेको हुनुपर्छ भन्ने उसको निर्क्योल थियो उ त्यहि केलाउन तल्लिन भयो । क्रमश: Last edited: 25-Mar-09 11:25 AM
fucheketo · Mar 25, 2009 11:18 AM · 54,434 views
Perfectionist thanx........... Biste thanx for 3 postings........I liked the OOOOOPS most!!!
fucheketo · Apr 10, 2009 4:33 AM
भाग-७ रामे माथि उ गर्जन गर्न चाहन्छ जसले रामेको अस्तित्व समाप्त गरिदेओस् । मानिसको नेचुरल ईन्स्टिंक्ट हो उ जहिल्यै आफ्नो बारेमा सोच्छ अथवा भनौँ प्राकृतिक रुपमा मान्छे मात्र आफ्नो बारेमा सोच्दछ ।उसका आफ्ना रहरहरु ,अरु संग पनि सम्बन्ध त आफ्नै रहन्छ नि ! जहाँ उसले अरुको बारेमा सोचीदिन्छ उ कृत्रिम हुँदैछ कहिले नैतिकता दवावमा कहिले आत्मियता को दवावमा । रामेलाई उसले के सम्म गरेन किशोर बाट परिपक्व बनाउन्जेल सम्म उसको कत्तिको योगदान छ । आज माया उसका रहरहरुलाई गोडमेल गरिदिँछे शायद ती कोपिला हरु जस्तै जुन उसले अघि भख्खर चुँडेको थियो । त्यहि भएर उसले अघिका कुराहरु बिर्सियो स्वार्थि बनेर । उसले पनि प्राकृतिक गुण देखायो कृत्रिमता रोजेन नैतिकता को दवावले उसको प्रकृति दवाउन भ्याएन । ठिकै छ ,,, तर उ गर्जन किन सकिरहेको छैन त रामेमाथी । मायाले थाहा पाउँछे उसको योजना भन्नु त एउटा बहाना मात्र हो । वास्तविकता अर्कै छ । बिस्तारै बिस्तारै रामेको छाती फूल्दै छ अभिमान अटसमटस भएर अटाउन नसक्ने गरी अनि रामे अजंगको हुँदै छ जसको परिपेक्षमा उ कमजोर देखीइरहेको छ । उसको छाति सुक्दै छ ,कुपोषण लागेको छ अभिमान को मामलामा उसलाई । कसले लग्यो त उसको स्वाभिमान । माया सारिरहेकी छेयता बाट स्वाभिमान झिक्यो उता भर्यो कति सजिलो !!!!!!!!!!!! माया स्लो पोइजन हो , उसलाई थाहा नभइकन उसका धेरै कुराहरुमा क्षति पुर्याइरहेकी छे उसैलाई । उसलाई चिटचिट पसिना आएजस्तो भयो । उसले पसिना हेर्यो ।पसिनाका थोपाहरु अस्वभाविक रुपमा ठुला लागे उसलाई ! भित्तामा टाँगिएको क्यालेण्डर हेर्यो । पौष मा पल्टिएको थियो । योबेमौसमी वर्षा किन गरिरहेको छ उसको शरिर ले ? माया उसको मन ,आत्मा शरिर सबैलाई एकैसाथ कमजोर बनाउँदै छे पल प्रति पल गलाउँदै छे । उ मायाको बारेमा पत्ता लगाउन चाहन्छ । माया भने उ भित्रै उसका शत्रु हरु जन्माउँदै छे । रक्तबिजहरु जसले उसलाइ दिन दुइगुना रात चारगुना खोक्र्याउँदै छन् । उसले अब एउटा यस्तो बाटो खोज्नुपर्छ जसले मायाले कमजोर र उसलाई शक्तिशाली एकैचोटि बनाओस् । सामुन्ने नपरि कसरि हुन सक्छ त यो ? जसरि उसको स्वाभिमान घुँडा टेक्दै छ त्यसरी नै मायाको पनि टेकाउन पाए ! को हुन सक्छ उसलाई गलाउन सक्ने ?सुरुची !!!!!!!!!!!!!!!!!!!!!!! सुरुची नै हो मायाको मुस्कान सम्पुर्ण रुपमा गायब गरिदिन सक्ने । उसमा गजबको क्षमता छ यदि उ प्रकट भइदिन्छे भने ! कसरी ? सुरुचीलाई फेरि यो घरमा कसरी लिएर आउने ?कहाँ छे सुरुची ? अन्तिम पटक को चिठ्ठि र भएभरका गालीहरु पछि त सुरुची कतै हराएकी छे । कसरि खोजोस् उ सुरुची लाई ? फेरि यो त रुघाको समाधान गर्न ज्वरोलाई निम्त्याए जस्तो हुन्न र ! उ हाँस्यो सुरुचीकोसमाधानको लागि मायाको खोजी अब मायाको समाधानको लागि सुरुचीको खोजी !!!!!!! संसार परिवर्तन शिल छ !! उ फेरि हाँस्यो । “एक्लै हाँस्दै हुनुहुन्छ नी !” माया यसरि नै अचानक कोठामा प्रकट भइरहन्छे ।उसको स्वभावै जासुसी छ आँखा जहिले पनि अरुले सोच्न नसक्ने ठाउँमा दौडाइरहेकी हुन्छे । त्यति मात्र नभई माया उसको हाँसो पनि दवाइदिन चाहन्छे । शायद अब यसपालिको प्रहार उसको हाँसो माथि हो ! “तिमी पनि त मुस्कुराईरहन्छौ सँधै बिनाकारण !!!” उसले हिम्मत जुटाएर प्रतिप्रश्न गर्यो ! हराएका हिम्मत हरु थोपा थोपा गरेर जम्मा गरेको थियो उसले ! “म कहिल्यै बिनाकारण मुस्काउँदिन !’ मायाले मुस्कुराउँदै नै जवाफ फर्काइ ।कीन मुस्कुराउदिन उ बिनाकारण सँधै नै मुस्कुराइरहेकी हुन्छे भने । सँधै ने उ सँग कारण भइरहन्छ त ? “अहिले किन मुस्काएकी त !” “तँपाई बिनाकारण हाँसेको देखेर !” माया बाहिर निस्किई। उसलाई ब्याख्या गर्ने समय सम्म नदिई !!!!!!!! माया सँधै यस्तै गर्छे आफ्ना विचारहरु राख्छे उसका विचार सुन्दै सुन्दिन या बाहिर निस्किइदिन्छे या काममा ब्यस्त भइदिन्छे उसका कुराहरु घाँटीको कुनै खण्डमा अड्किरहन्छन् जसले उसको मुटु दुख्ने ब्यथा बल्झिएको छ । यो मायाको उसको शरिरमाथि प्रहार गर्ने अनौठो तरिका होला ।मायाका हरेक तरिका हरु अचम्मका हुन्छन् । सानै उमेरमा उसले शिकारमा पारंगतता हाँसिल गरेकी रहिछ । सुरुचीको उपाय उसले बिस्तारै त्याग्यो ।त्यो बाटो आकर्षक थियो तर त्यो बाटो गाह्रो पनि थियो । गलेको उसले सजिलो बाटो खोज्नुपर्छ । गाह्रो बाटोमा उसको यात्रा अपुर्ण हुने डर छ । हराएकी सुरुचीलाई कता खोजोस् उसले । फेरि भेट हुने बित्तिकै मायामा आक्रमण गर्नु अघि उसैमाथि आक्रमण गरी भने । के भर सुरुची को त स्वभाव नै त्यस्तै छ,धेरै प्रश्न होलान् उसको दोस्रो विवाहलाई लिएर सुरुचीको मनमाँ प्रत्येक प्रश्नहरुको उत्तर दिने त उसको सामर्थ्य नै छैन । फेरि घरमा पनि कुरा उठ्छ सुरुची किन आई भनेर ! समाजमा सुरुचीले केहि भनी भने उसको घर फेर्नुपर्ने कार्यक्रम जसलाई उसले हाललाई स्थगित गरेको थियो त्यसमा पुनर्विचार गर्नुपर्ने पनि हुन सक्छ ! यो त माया र उसको विचको कुरा हो । ओखति यस्तो हुनुपर्छ जसले मायालाई मात्र असर गरोस् । उसले पत्ता लगायो ओखति जुन उसको विचारमा अचुक थियो । मायाले उसलाई जे गरी उसले पनि त्यहि गर्यो भने । एक रात हराइदियो भने ?शहर मा रात बिताउने पर्याप्त ठाउँहरु छन् भट्टि पसल हरु छन् , जोवन बिक्रि हुने ठाउँहरु छन् जसमा उ आफूलाई प्रयोगशाला मा उभ्याउन पनि सक्छ र मायाको स्वाभिमान माथि प्रहार पनि गर्न सक्छ ।प्रयोगशाला मा यस मानेमा कि त्यहाँ पारखि हरु हुन्छन् जसले उसको गुण दोषहरुको बारेमा उसलाई जानकारी दिइदिन सक्छन् । मायाबाट उ टाढा जानाले मायालाई पनि त उसले चाहेको कुरा माया ले दिन नसकेको स्पष्ट हुन्छ नि त ! उसले निर्णय गर्यो । आजको रात उ पनि खुल्ला माया पनि खुल्ला जे पर्ला पर्ला । भोलि मायालाई उसको रोमान्चक यात्रा बढाई चढाई सुनाउने छ ! माया माथिको असर हेर्नेछ । तल आमा र मायाको हाँसोको आवाज सुनियो ।त्यो हाँसो आज रातसम्म मात्र रहने उपायको आविष्कार गरेको छ उसले उ ढुक्क भयो । रातमा धेरै काम गर्नुपर्ने छ उसले , अहिले उसले सुत्नुपर्छ एकछिन मन र शरिरलाई आराम दिनु पर्छ । उ ओछ्यान मा पल्टियो ,धेरै दिन पछि ओछ्यान मा अनौठो सन्तोष प्राप्त भए जस्तो लाग्यो उसलाई । उ निदायो सपना भरी उसले चुँडेका कोपिला हरु चौर भरि छरपष्ट थिए ,काँडा भने बोट मा एक्लै भएको बिजयोत्सव मनाउँदै थिए । चिया लिएर आउँदै गरेको रामेलाई सुरुची गाली गर्दै थिई । हाँस्दा हाँस्दा मायाको ओठ सुन्निएको थियो । माया धेर हाँसेर कुरुप भइछे !! तर अचम्म उसको आफ्नो सपनामा उ कहिँ थिएन । उ आफूलाई खोजिरह्यो सपनाभरि !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! क्रमश: Last edited: 10-Apr-09 11:02 AM
fucheketo · Apr 10, 2009 10:56 AM
फुच्छे साथी, नाम फुच्छे भएनी साहित्य को बहाव निक्कै अग्लो छ जस्तो लाग्यो मलाई त। उत्तम प्रस्तुती, उत्तम! मन न हो जता दौडायो उतै दौडन्छ। अब रामे माथि खनिएला जस्तो छ- मेरो बिचार मा धेरै पुरुष हरु एस्तो स्थिती बाट गुज्रिन्छन। महिला हरू लाई सम्पूर्ण रुप मा बुझ्न महादेव लाई त गार्हो परेको कथा कता-कता पढे जस्तो लाग्छ, हामी नाथे मानव जाती ले के सक्नु! यती गहकिलो बिषय वस्तु समेटे को कथा लाई अन्त्य गर्दा अन्याय चाहिन नगरुम है प्रभु। सुखान्तक नै हुनुपर्छ भन्ने मेरो धारणा होइन, तर वहाँव चाहिन नमोडिने दिने अनुरोध गर्दछु। भाग ८ को प्रतिक्छ्या मा ..... ।।। धरान
dharan · Apr 15, 2009 7:53 AM
<<<चिया लिएर आउँदै गरेको रामेलाई सुरुची गाली गर्दै थिई>>> सपनामा सुरुची नि देखिया हो कि खै के हो के हो भो, कथाले टाढा पुरायो, म नि भाग ८ को प्रतिक्ष्यामा ...
perfectionist · Apr 15, 2009 8:36 AM
कस्तो पथेटिक बनाको फुचचे त्यो 'उ' लाई। माया अझै धेरै मुस्काएर उस्लाई अझै गलाइदेउ।
बिसà¥à¤Ÿà¥‡ · Apr 15, 2009 9:22 AM
Dharan ,perfectionist ,biste thanx , due to serius loadsheding problem in nepal i m finding difficult to post .............but here goes my 8th part !!!!!!!!!!!!!!
fucheketo · Apr 15, 2009 12:29 PM
भाग-८ आखिर रात आइछाड्यो ,वास्तवमा मान्छे सपनाको ब्यापारी हो रातको पुजारी हो जब मान्छे गाँस बास र कपासको आधारभुतता बाट माथि उठ्छ उसले सब भन्दा पहिले सोच्छ रात कसरी काट्ने ? उसलाई थाहा थियो उसले आजको रात कसरी काट्नु पर्नेछ आफ्नो आत्मसम्मान को रात हो यो उसको दिर्घबिजयको कडि हो यो रात !यो रात उसले परिक्षा दिनु थियो यहि रात नतिजा निक्लिनु थियो त्यसैले यो रात कर्मको रात थियो फलको रात थियो । उ अन्तर्स्वप्नमा बाँच्दछ त्यसैले उसले उज्यालो मा पनि कहिले काहिँ सपना भने नदेखेको होइन तर उसले पर्खेको रात थियो आखिर रात आइछाड्यो । त्यसै त औँशि नजिँकिँदै थियो तिँ माथि उ छिरेको गल्लि अँध्यारो थियो ।उसलाई उ भित्रको उज्यालो ले त्यता डोर्याइरहे जस्तो लाग्थ्यो ।हुन त उ र झरेको पातमा खासै फरक भने थिएन जताको हावा चल्यो उतै बटारियो । घरि घरि उ मायालाई पनि सम्झिन्थ्यो आज त म घरमा छैन उ पक्कै पनि चिन्तित होली । उसको मुस्कान मैले भोलि देखि हेर्नु पर्दैन । उ वास्तवमा डराउँथ्यो आजकल मायाको मुस्कान देखी ! यो गल्लिमा उसलाई धेरै पहिले कसैले पसाएका थिए । उ रहर भए पनि डरले जान सकेन । आज उसको डर हराएको थियो । धेरै पछि पनि उसलाई गल्लि याद रहेछ । त्यसको मतलब उसले त्यो गल्लिको एड्रेस सम्हालेर राखेको रहेछ मनको कुनैँ कुनामा उसले डर ले पुरा गर्न नसकेको रहर कुनै दिन डर हराएपछि त्यो गल्ली छिरौँला भनेर पनि होला । आज उसको डर को सामू जलन छ जलन को अघि उसको डर गलेको छ । उ सँधै सोच्छ माया सँधै किनमुस्कुराइरहन्छे ???????????? “नयाँ मान्छे छिर्न पाइन्न !” कतै कुनाबाट आवाज आयो । उ झस्कियो ,त्यसलाई कसरी थाहा भयो उ नयाँ हो भनेर ? “म नयाँ होइन म पहिले पनि आएको थिएँ नभए मलाई यो गल्लीको एड्रेस कसरि थाहाहुन्छ?” उसले तर्क राख्यो अग्यात बोलि चुप भयो । उ ढुक्क भयो । उसले पहिलो युद्द जितेको थियो । भित्र रंग भरमग्दुर पोतेकी एउटा कला क्यान्भासमा लडिरहेकी थिइ । उसले नियाल्यो । उ क्यान्भास बाट जुरुक्क उठी । आफूलाई ऐनामा एकछिन नियाली शायद ऐनाले कलाको तारिफ गर्यो कला मुस्काई आफूमा अरु धेरै रंगहरु पोति । कला मादक देखीइ उ लठ्ठ भयो सोच्यो भोलि म यो कलाको भोगको बारेमा मायालाई सबिस्तार लाउनेछु । कहाँ मायाको लागी रामे जसले भख्खर भख्खर बामे सर्न सिक्दैछ ,कहाँ उसकी उसकी मात्र के सर्वलोक की दक्ष कला ! “के खोज्न आएको ?” “म त आफैलाई खोज्दै आएको !” उसले सोझो भए जवाफ दियो । जागिर खानलाई आए जस्तै । काम्दै गरेका खुट्टालाई भित्ताको टेको लगाएर उभ्यायो । आकांक्षाहरु भने सपनाको आकाशमा प्याराशुटमा कतै उडिरहेका थिए । “तिमी गलत ठाउँमा आएछौ यो आफुलाई हराउने ठाउँ हो भेट्टाउने होइन !” कला फेरि ऐना तिर लागी ।ऐनाले उसलाई घरी घरी जवाफ दिइरहनु पर्ने रहेछ उ कत्ति की पुर्ण देखिइरहेकी छे भनेर ! “हराउँदै नहराइ मान्छे कता बाट भेट्टिनु !” कला हाँसी बत्ति निभ्यो उ बिस्तारै हरायो !!!!!!!!!!!!!!!!!!!! ********* ************* ************ *************** ********** “यो माया को हो?” कलाको आवाज सुनियो ! कलाले मायालाई कसरि चिनि त ?कतै माया कला भेषमा त आइन उसको पछि पछि?आइमाई चिन्न गाह्रो हुन्छ चाहे त्यो कला होस या माया उनिहरु आफ्नो पहिचान लुकाउँछन् यो स्त्री जातिको प्राकृतिक आधारभुत गुण हो “तिमीलाई मायाको नाम कसरी थाहा भयो ? “तिमी भख्खर बर्बराउँदै थियौ त , माया र हराएको मुस्कानको बारेमा !” कलाले स्पष्टिकरण दिई । उ टक्क अडियो । निभेको बत्ति बल्यो ।उसलाई त्यो उज्यालो मन परेन , अँध्यारो बरु उसलाई आफ्नो आफन्त लागेको थियो । कलाले पखालिएका रंगहरुलाइ पहिलेको ठाउँमा ल्याई ।फेरि उ त्यहि क्यानभासकै भएकी थिई ।क्यानभास उसको कर्म थलो थियो ।त्यहिँ उ आफूलाई पोत्दथि आफूलाई मेट्दथी । आफुलाई चाहे जस्तो स्वरुप दिन सक्नु कलाको खुबि थियो ।कलाको यहि खुबिले त उसको क्यान्भासले बजार पाएको थियो । “तिमीले न मायालाई चिनेका रहेछौ न माया गरेका रहेछौ !” “तिमी को हौ मेरो फैसला गर्ने ?” “तिमी हराएको भनेको होइन मैले त तिमीलाई तिमी खोजिदिएकि मात्र हुँ !” कला मुस्काई , उसको मुस्कान माया को जस्तै जस्तै थियो । बत्तिको प्रकाशमा उसले कलाको मुस्कान सँगै कलालाई नियाल्यो । मायाको अनुहार पो देखियो ,हो कलाको अनुहार परिवर्तन भएर मायाको बन्दै रहेछ । माया बहुरुपी हो । उ हरेक स्त्री भित्र छिर्न सक्छे । उसलाई पछ्याउँदै माया उ सँगै आएकी रहिछ ।यो पक्कै नै कलामा माया छिरेर कलालाई कुरुप बनाइराखेको हुनुपर्छ । अब के त ? “तिमी यहाँ किन आएकी ?” उसले बल गरेर प्रश्न राख्यो । कला अट्टहास गरेर हाँसी ।ऐले सम्म सुनेको सबैभन्दा उच्च आवाजको हाँसो । उसको झन्कार प्रकट भयो । उ डरायो । “यो मान्छे मान्छे नै होइन ,यो नामर्द बौलाहा हो यस्ता मान्छे किन आउनु यी गल्लीहरुमा त्यसैले मैले भनेको यहाँ नयाँलाई आउन दिनु हुन्न पारखीहरु मात्र छिरुन भनेर । कसले छिरायो यसलाई ?” उ लुसुक्क बाहिर निस्कियो ।रात भरी त घर जानु हुन्न । उ बाटोमा टहलिन थाल्यो ।गल्ली छोटो थियो ,बिस्तारै हिँडेर उसले तन्क्याउन खोज्यो । एकैछिन मा उ मुल सडक मा आइपुग्यो । मुल सडक मा बाटोलाई घुरेर हेर्दै गरेका ल्याम्प पोष्ट नियाल्यो प्रत्येक ल्याम्पोष्ट मा उसले दश मिनट बिताउन सक्यो र उ घर पुगुन्जेलसम्म बाटामा पचासवटा ल्याम्पपोष्ट भेट्टायो भने अ त्यो रात बाहिरै गुजार्न सक्नेछ भन्ने उसको ठम्याई थियो । क्रमश: Last edited: 15-Apr-09 12:42 PM
fucheketo · Apr 15, 2009 12:34 PM
हरेSSSSSSSSSSSSSSSSSSSSSSSSSS लाSSSSSSSSSSSSस्ट गर्यो यो 'उ'ले।
perfectionist · Apr 15, 2009 12:44 PM
shubha · Apr 15, 2009 5:59 PM
"केटिहरुको के विश्वास र ! कहिले हो लाई पनि मस्किएर होइन भनिदिन्छन् ,कहिले होइनलाई पनि ठुस्किएर हो भनिदिन्छन् ।" “कहिले काहिँ अर्काको कोण बाट आफ्नो संसार हेर , पत्ता नलागेका कुरा हरु पनि पत्ता लाग्छन् ।“ "जहाँ उसले अरुको बारेमा सोचीदिन्छ उ कृत्रिम हुँदैछ कहिले नैतिकता दवावमा कहिले आत्मियता को दवावमा " "कसरि खोजोस् उ सुरुची लाई ? फेरि यो त रुघाको समाधान गर्न ज्वरोलाई निम्त्याए जस्तो हुन्न र ! उ हाँस्यो सुरुचीकोसमाधानको लागि मायाको खोजी अब मायाको समाधानको लागि सुरुचीको खोजी !!!!!!! संसार परिवर्तन शिल छ !! उ फेरि हाँस्यो ।" Wow Hats off to you Fuche. You are not just a writer you are a Philosopher.
amitraja · Apr 16, 2009 11:49 PM
perfectionist- यो उ जस्तो मान्छे मैले कहिल्यै देख्या थिइन ,उ जहिल्यै लास्टै हुने भयो शुभ - धन्यवाद अमृतराजा जी प्रतिकृयाको लागि धन्यवाद,खोई मलाइ त आफु साधारण नै लाग्छ ,नाक चाहिँ बढ्दै छ यस्तो यस्तो प्रतिकृया पाएर!!!!!!!! here Goes the 9th Part!!!!!!!!!!!!!!!
fucheketo · Apr 18, 2009 12:33 AM
रात अचानक लामो भएको थियो । रातको यो बिशेषता हो यसले अवस्था अनुसार आफ्नो लम्बाई बदलिन्छ । साथ पाउँदा कहिले काहिँ त्यहि रात निमेषमा बदलिन्छ । एक्लो रातका भने निमेष निमेष युग बनिदिन्छन् । उसले आकाशको पल्लो क्षितिज सम्म हेर्यो उज्यालोको कतै नामो निशान थिएन ।उसका रातहरु साधारणतय लामा नै हुने गर्दछन् । लामा ,निरस् चिसा !! भोलिको बिहान कहिले आउने हो उसले खुइय सुस्केरा काड्यो । अझ त्यसमाथि बिजुली चम्क्यो लाग्छ रात पनि उसको अनुहार हेर्न चाहन्छ ।उसको ग्लानि युक्त अनुहार उसले दुइ हातले आफ्नो अनुहार छोप्यो । आकाशले उसलाई नियाल्न भ्यायो भ्याएन थाहा पाएन । एक अर्थमा उ खुशि पनि भयो बिजुली चम्किएकोमा , उसलाई पानी परेको मन पनि पर्छ उ सोच्छ मनको ताप लाई थोरै भए पनि पानीले शितल पारिदिन्छ भिजेर उ भित्र नयाँ उ को आत्मा संचार हुन सक्छ । त्यो हुन त सम्भव छैन तर पनि उसले यो भ्रम पालेको थियो । उ घर आइपुग्यो । माया गेट मैँ थिई । पालेहरु ले छुट्टि लिए जस्तो गरेर । जे होस् उसको यो रातयात्राले मायालाई संघार सम्म त ल्याई पुर्याएछ । मै हुँ भन्नेलाई , मुस्कानको प्रहार गरेर कहिल्यै झुक्न नचाहनेलाई थोरै बिस्मित त तुल्याएछ उ कहाँ गयो भनेर । उसले यसलाई आफ्नो अर्धजित सम्झियो । अर्धजित यसमानेमा की गल्लिमा उ कला सँग त पराजित भएकै हो । त्यो उसले पनि स्विकारेको थियो । तर मायालाई जानकारी नहुन्जेल सम्म उ त्यसलाई पनि जीतकै खोलमा बेरेर लुकाईदिन सक्छ । कला आखिरमा माया रहिनछ नत्र यति चाँडो उ कसरी फर्किनु घर ? “गेट मा किन ?” उसले आफ्नो खुशिलाई कन्फर्म गर्न सोध्यो । “पर्खेर बसेकी तँपाईलाइ !” उसको उत्तर यसपाला पनि साधारणै निस्कियो। “जरुरी थियो र ?” “मलाई लाग्यो !” माया मुस्काई । उसलाई अचानक चसक्क बिझ्यो । माया फेरि मुस्काई त । मायाको मुस्कानको धारले उसको अर्धजित बिस्तारै नांगिएर उसले लुकाइराखेको हार देखिन थालेको थियो । “तिमीलाई लागेका कुरा हरु सबै सत्य हुन्छन् ?”उसले तिक्तता प्रकट गर्यो । “थाहा छैन , म आफुलाई लागेका कुरा कमसेकम अरुका कोणहरुबाट हेर्ने प्रयास त गर्छु ,तँपाई मात्र आफूलाई हेर्नुहुन्छ ।“ उसले यो वाक्य पचाउन सकेन । घडि हेर्यो करिब तिन बजेको हुनुपर्छ ।घडि नबिग्रिएको भए । उसको घडि हो के भर बिग्रिएर तिनको चौतारिमा सुस्ताइरहेको पनि हुन सक्छ । उ जस्तै घडि ले पनि त थकान महसुस त गरिराखेकै होला ! “चौकिदार कता गयो ?” “मैले छुट्टि दिएँ आजलाई ,लाग्यो तँपाई रात बाहिरै गुजार्नु हुन्छ तँपाईको स्वरुप बदलिएर आउँदा चिनेन भने !” उसले आफुलाइ हेर्यो निर्क्योल गर्न के हिजो र आजमा उसको स्वरुप परिवर्तन भएको थियो ?चौकिदारले समेत चिन्न नसक्ने गरी ? मायालाई अघि नै थाहा भइसकेको रहेछ उसले बाहिर रात गुजार्ने कुरो । उ थोरै चिन्तित भयो । “अनि रामे नी ?” “भित्रै होला सुतिरहेको होला !” “तिमीलाई निन्द्रा लागेन ?” “ सुतेकी थिएँ ,एलार्म लगाएर मलाई तँपाई आउने समयको पत्तो थियो !” कसरी उ पराजित भएको पनि त उसलाई थाहै होला ।अब उ दम्भ किन गरोस् ? उसले यसपालि पनि हार्यो । उ किन तोड्न सक्दैन हारका सृंखलाहरु ? माया बाट उसले एउटा हालत मा मात्रै मुक्ति पाउन सक्छ उसलाई घर बाहिर निक्लिन विवश तुल्यायो भने ! कसले निकाल्न सक्छ मायालाइ घरबाट ? उसले त पक्कै पनि सक्दैन । घरको महामहिम जसलाई देखेर उसको बहुलाएको प्रतिविम्व समेत लुक्ने गर्थ्यो हराउने गर्थ्यो । उसकी आमा ! उसले कसरी बिर्सिराखेको उसको पक्षकी सर्वशक्तिशाली योद्दा लाई जो अहिले पनि एरेना बाहिरै छिन् ? “ठिकै छ तिमी जाउ मलाई आमा सँग थोरै काम छ !” “यो हालतमा ! “ मायाले पत्यार गरिन वा उसले षड्यन्त्र देखिसकेको हुनुपर्छ । “किन के कमि छ मेरो यो हालतमा ?” माया मात्र मुस्काई । माया सँधै यस्तै गर्छे । जब जब उ क्रोधले मायालाई दबाउन खोज्छ उ मुस्कानले उसको क्रोधलाई तुच्छ तुल्याइदिन्छे । उ छिनमैँ आफूसँग क्रोध रित्तिएको महसुस गर्छ । उ रिसाउन खोज्छ फेरि सक्दैन । अनुहार बिगार्न खोज्छ रातो बनाउन खोज्छ बिकृत अनुहारमा क्रोधको उत्पति गर्न खोज्छ उ गल्छ तर क्रोध प्रकट हुँदैन । अनि उ टाउको निहुर्याउँछ । मायाको मुस्कान को सामु घुँडा टेके जस्तो गरेर । माया कोठा भित्र छिरी । उसले आमाको ढोका ढक्ढक्यायो । ढोका आवाज बेगर खुल्यो । “आमा एउटा जरुरी कुरा छ !” आमा ले आश्चर्य मिसिएको अनुहारले उसलाई हेरिन् अनि ढोका खोलिदिइन् । उ हतारमा भित्र छिर्यो । “आमा तँपाईलाई मायाको ब्यवहार अचम्म लाग्दो लाग्दैन ?” “किन र ?” “मलाई त उ बौलाएकी छे जस्तो लाग्छ !” उसलाई थाहा छ । उ बौलाहि होइन उ एउटा चलाख शिकारी हो । तर त्यो भन्दा उसले आफुलाई एउटा निमुखा शिकार बनाएको हुन्थ्यो । यो उसको स्वाभिमान जोगाउनलाई प्रयोग गरिएको वाक्य थियो । “कसरी ?” “सबै भन्दा धेरै समय त उ मसँगै नै बिताउँछे नि ! मलाई नै त हो थाहा हुने !” “तै पनि एकचोटी फेरि सोची हेर आरोप लगाउनु अघि , म सँग त माया साधारण ब्यवहार नै गर्छे !” आमा ले हाई काड्दै फैसला सुनाइन् । उसका वाक्यांशहरुमा कुनै जाँगर , आश्चर्य ,आक्रोश प्रकट नगरिकन भावहिन रुपमा ! “हुन्छ म तँपाई सँग भोली कुरा गरुम्ला !” उ बिस्तारै बाहिर निस्कियो । आमाले ढोका लगाइदिइन् । उसले अब अन्तिम युद्धको तयारी थालेको छ ।शायद माया अनभिग्य छे वा शायद अभ्यस्त छे हुन सक्छ उ तयार छे !!! क्रमश: Last edited: 18-Apr-09 12:48 AM
fucheketo · Apr 18, 2009 12:43 AM
i can't imagine how you want to end this story but pls do it quick.
ek@l · Apr 18, 2009 1:58 PM
ek@l thanx I m ending it on the next post !!!!!!!!!!!!
fucheketo · Apr 20, 2009 10:40 AM
अन्तिम भाग उ बिस्तारै आफ्नो कोठामा फर्कियो । यसपाली आमाले खासै मतलब देखाइनन् । यो भन्दा अघी प्रतिबिम्ब हटाउनमा भने आमाको ठूलो सहयोग पाएको थियो उसले ! उसले अलि कति जोड लगायो भने आमालाई उसले चाहे अनुसारले काम गरिदिने र मायालाई जतिखेर पनि हाँसिराख्ने ,परिस्थिति को ग्यान नभएकी यथामुस्कानवादी पागल उसले सावित गरिदिन सक्छ भन्ने उसको ठम्याई थियो । हुन त मायाले यसअघि नै धेरै चोटि उसको आत्मविश्वासले धुलो चाट्ने गरि उसलाई परास्त गरिसकेकी थिई । तर उ पनि त थाक्ने खालको योद्दा थिएन उसलाई अझै पनि कमिलाले धेरै चोटि गरेर पहाड चढेको यात्राको कथा मुखाग्र याद थियो । र यसपाली उ त्यो कथाको कमिला भएर पहाड जस्तै बढेमानकी मायाको मुस्कान को समस्यालाई पन्छाई छाड्ने उसको अठोट थियो । कोठा भित्र माया सुतिरहेकी थिई ।सुतेको भान पारेर उसलाइ चोरी चोरी नियाल्दै गरेकी पनि हुन सक्छ । मायाको सबै भन्दा ठूलो शक्ति उसको आँखा हो जति नशालु छ जति गहिराहि छ त्यति नदेखिने कुराहरु समेत नियाल्न सक्ने क्षमता भएको पनि छ । उसले सक्ने भए उ मायाको पहिले दुईवटै आँखा झिकिदिने थियो र आँखा बिहिन बिभत्स मायालाइ धित मरुन्जेल नियाल्ने थियो त्यसपछि पनि उ मुस्काई भने उ उसका ओठहरु लुछिदिने थियो । उ फेरि यथार्थमा फर्कियो जुन धरातल ले उसलाई कमजोर आँकेको छ । उसले उसकै शत्रुको बगलमा एउटै सिरक ओढेर लुसुक्क सुत्नु परेको छ ।उ त यहाँ खुम्चिएको छ ,पुरा खाट उसले मायालाई सुम्पिदिएको छ , उ प्रत्येक रात खाटको धारमा निदाउने गरेको छ , उसको ढाडमैँ खाटको दाग बस्ने गरी ! उसले कति दम्भका साथ स्टोरमा खाट फ्याकेको थियो नयाँ खाट ले त उ सँग कुरा नगर्लाकी भनी ,आजकल नयाँ खाट पनि मुख चलाउन जान्ने भइसकेको छ । माया नाम गरेकी अध्यायको समाप्ति लगत्तै उ यस खाटको बारेमा पनि सोच्ने छ । उ चाँडै निदायो पनि । सपना उसले सुरुचीलाइ फेरि देख्यो तर अचम्म सुरुची माया जस्तोमुस्कुराइरहेकी थिई । नारी हरुलाई यदि थाहा भयो पुरुषलाई के बाट पिडा हुन्छ भनेर उनीहरु सदैव त्यहि कर्म गरिरहन्छन् । माया एम्बुलेन्स भित्र थिई दुइजनाले मायालाई समातेका थिए । उसले सन्तोष गर्यो उसलाई आफ्नो निन्द्रा रसिलो र फलदायी भएजस्तै लाग्यो । प्यासेजमा हिँड्दै गर्दा उसले आमाको कोठामा सुन्यो शायद उसले सुन्न चाहेकै वाक्यहरु “नगरौँ भन्दा पनि नहुने ,गरौँ भन्दा पनि नहुने । पागलपन त लगभग सिद्द जस्तै भइसक्यो । आजै मान्छे बोलाएर बुझाइदिनुपर्छ ।“ उ ढुक्क भयो । उसले सुन्न चाहेका वाक्यहरु घटित भए । तर आमा को सँग सल्लाह लिँदै हुनुहुन्थ्यो ? घरमा आमा भन्दा पनि शक्तिशाली को निस्कियो ?सल्लाह लिन खोजेको मानीसले हैन माया त ठिकै छे दुई चार दिन हेरौँ भन्यो भने ? उ थोरै तनावमा आयो । फेरि सोच्यो धेरै चोटी हारेका ले उसले झस्कन जानेको छ । हार प्रति सतर्क हुन जानेको छ । यो उसको सतर्कता को अंश मात्र हो । यसपाली माया पराजित हुँदै छे यो एउटा शाश्वत सत्य हो । मायालाई ग्यान सम्म छैन यो मायाको विचारको दरिद्रता हो । उ क्षणमै गरिव भएकी छ । उसको मुस्कान अब बिक्नलाई गाह्रो भएको छ । उ ठूलो अट्टहाँसका साथ हाँस्यो । उ बाहिर निस्कियो । रामे खुम्चिएर केहि बोकेर आमाको कोठामा जाँदै थियो । उसतिर चोरी नजरले हेरिरहेको थियो । उसको स्वाभिमान अझ फूल्यो । रामे पनि पहिलेकै अवस्थामा आइसकेछ । यसपालीको उसको तिरको निशाना अचुक रहेछ ।उसलाई आफ्नो बिजयोत्सव मनाउन मन लाग्यो । आफ्नो गोजि छाम्यो दुईवटा चुरोट उसका चोर गोजिमा फेला परे । उ स्टोर रुम तिर गयो । त्यहि खाट मा गएर पसारिएर चुरोट सल्कायो । एकछिन धुवाँ सँग खेल्यो । अनि साधारण बनेर बाहिर निस्कियो । मायालाई उसले देखेको थिएन आज । कतै भाग्न त भागिन उ ? भागे पनि तात्विक अन्तर के र ?मायालाई घरबाट धपाउन आखिरमा उ सक्षम भयो । उ फेरि गजक्क पर्यो । धेरै दिन पछि उसले आफ्नो पोजिटिभ एटिच्युड भेट्टाएको थियो । बाहिर गाडिको आवाज सुन्यो उसले । बरण्डाबाट गाडि नियाल्यो । त्यो अस्पतालकै गाडि थियो । मायालाइ उसले देखिरहेको थिएन । अब के गर्ने होला? भागि भनेर भनीदिनुपर्ला उसले जवाफको तयारी गर्यो । अचम्म माया गाडिबाटै पो बाहिर निस्किई । कतै भेटे जस्तो छ गाडि वाला हरुले । मायाले उ तिर आफ्नो औँला देखाई । यो के भइराखेको छ ? उ तिर माया किन औँला देखाउँदै छे । माया पागल होइन उसको षड्यन्त्र हो भनेर शायद सावित गर्न चाहन्छे । उसले नदेखे जस्तो गरेर उसको मुन्टो बटार्यो । ति मान्छेहरु भित्र छिरे माया उसको पछि पछि लागी । शायद उसलाई केहि सोध्न चाहन्छन् । उ पनि तल झर्यो । तल उसले आमालाई पनि देख्यो थोरै मुस्काउन खोज्यो आमाले उसमा ध्यान दिन चाहिनन् । शायद आमा र उ बिचको कुरा ति मान्छेलाई जानकारी दिन चाहन्नन् । माया बिस्तारै कोठा भित्र छिरि ,अचानक उसलाई तिनै मान्छेले पक्डे! “मलाई किन ?” उ चिच्यायो । माया उसको सामु मात्र मुस्कुराईरही । उसले सुरुचीलाई सम्झ्यो ,मायालाई हेर्यो ,आँखा झुकाईरहेकी आमालाई हेर्यो अनी ग्रहण राखेको आफू लाई नियाल्यो । उसको सक्कली शत्रु पत्ता लगाउने क्रम जारी थियो !!!!!!!!!!!!!!!!!!!!! यो कथा यति मै बिट मार्दै , समाप्त!!!! Last edited: 20-Apr-09 10:46 AM
fucheketo · Apr 20, 2009 10:43 AM
perfectionist · Apr 20, 2009 11:29 AM
pure kina shocked ni? malai ta thaha thiyo yo kathako ending yastai hunchha bhanera रातको यो बिशेषता हो यसले अवस्था अनुसार आफ्नो लम्बाई बदलिन्छ । साथ पाउँदा कहिले काहिँ त्यहि रात निमेषमा बदलिन्छ । एक्लो रातका भने निमेष निमेष युग बनिदिन्छन् । wow
kHusHii · Apr 20, 2009 11:50 AM
WOW! Paranoid Schizophrenia को कस्तो राम्रो चित्रण गरेको फुच्चेले। म निशब्द भएँ, बास्तबमा भन्ने हो भने उसको सार्है माया लाग्यो। बिचरा "उ" त्यसै "उ" भएको होइन, केहि कारण हुनु पर्छ। अब त अस्पतालमा डाक्टरले राम्ररी उपचार गर्लान् नि है? धेरै पछि तिम्रो कथा पढ्न पाँउदा मन हर्षित भएको छ।
crazy_love · Apr 23, 2009 2:09 PM
वाह फुचचे म पनी निशब्द भए एक्छिन अनी लामो सास फेरे।
बिसà¥à¤Ÿà¥‡ · May 6, 2009 3:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion