११-चैत-२०६५,मंगलवार धुलिखेल रिसोर्ट बाहिर धुलिखेल अस्पतालका निर्देशक रामकण्ठ माकजु श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका उपकुलपति सुरेशराज शर्मा र अन्य एकजना नौला व्यक्ति उभिएका थिए। हाम्रो नमस्कारसँगै उनीहरूले प्रधानमन्त्रीको गोप्य यात्रा पत्रकारले कसरी थाहा पाए? भन्दै होटलका आँखाले इशारा गरे। हामीले प्रधानमन्त्रीको आगमनबारे जानकारी माग्यौँ। उनीहरू निकैबेर अन्कनाए। रामकण्ठले एसियाकै नमुना अस्पतालको बारेमा उहाँलाई जानकारी भएकाले आज सामान्य भेटघाट गर्न मात्र समय मिलाएको हो, एजेन्डा केही नभएको जानकारी दिए। सुरेशराजले त्यस विषयमा बोल्दै बोलेनन्। होटलमालिक प्रेमकण्ठ माकजुले आफूलाई यो भेटघाटबारे जानकारी नभएको र गोप्य भएकाले पत्रकारहरू नबसिदिन आग्रह गरेका थिए। आग्रहलाई अटेर गर्दै हामी दुई बसिरह्यौँ। हामी बसिरहेको देखेर रामले पत्रकारलाई माथि लगेर केही खुवाऊ भन्दै कर्मचारीलाई निर्देशन दिए। हामी तयार भएनौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री बाबुराम भट्टराई एक हुल सुरक्षा फौज लिएर होटलमा ५.२० मा ओर्लिए। स्वागत गर्न होटलको गेटमा बसेका उपकुलपति शर्मा, निर्देशक माकजु र अन्यले यो नितान्त व्यक्तिगत भेटघाट भएको प्रतिक्रिया दिए। हामीले प्रधानमन्त्रीलाई केही सोध्ने चेष्टा गरेका थियौँ, उहाँका सहयोगीहरूले केही नबोल्ने बताएर एकैपटक होटलको टपमा पुर्यानई कोठामा राखे। स्वागत गर्न अस्पतालका अन्य पदाधिकारी लाइन बसेका थिए। विश्वविद्यालयको हकमा सुरेशराज शर्मा एक्लै थिए। एस्कर्टिङमा आएका जिल्ला प्रहरी प्रमुख सन्दीप भण्डारी, प्रमका पिएसओ डिएसपी रामचन्द्र भण्डारी, प्रचण्डपुत्र प्रकाश, पिए समिर दाहाल, स्वकीय सचिव, प्रधानमन्त्री कार्यालयमा विभिन्न पद दिएर राखिएका आफन्त वा आसेपासेहरू, शालिकराम जमरकट्टेलका छोरी–ज्वाइँ, आफूलाई जनदिशा दैनिकको पत्रकार बताउने प्रकाशको निकटका साथी, प्रमुख जिल्ला अधिकारी नेत्र न्यौपाने, एसएसपी उपेन्द्रकान्त अर्याल र हामी दुवैजना होटलको रेस्टुरेन्टमा बस्यौँ। आगोको धुनी लगाइएको थियो। सबै आगो ताप्नमा मस्त भए। आफूलाई सूचनाको प्यास लागेको लाग्यै थियो। सबैको ध्यान आगोको रापमा थियो। प्रचण्डपुत्र प्रकाश जुरुक्क उठेर रेस्टुरेन्ट गए। र, होटलका कर्मचारीलाई रक्सी ल्याउन अर्डर गरे। कर्मचारीले होटलमा तयार गरेको धेरैथरी परिकार ल्याउँदै गए। प्रकाश आफैँले सहभागीलाई रक्सीको गिलास थपिदिँदै गए। स्वयं सुरक्षामा खटिएका उनका सहकर्मीले पनि प्रकाशको आदेशलाई अटेर गर्न सकेनन्। र, बाध्य भएर रक्सी पिउँदै गए। डिएसपी रामचन्द्र भण्डारीले पनि एक गिलास रक्सी सुँघ्दै, तान्दै गरे। उनले आफूसँग आएकाबाहेक एकजना चितवनकै, तर सोही दिन ट्राफिक प्रहरीको इन्स्पेक्टरबाट अवकाश पाएका भीष्म विकलाई रक्सी खान जबर्जस्ती गरेका थिए। सबैका हातमा गिलास रित्तिँदै गए। प्रकाशले चिनेका सबैलाई रक्सी थप्दै गए। उनी घरी कपाल हल्लाउँथे। घरी कुम हल्लाउँथे। गलल्ल हाँस्दासमेत कुम हल्लाएर सबैलाई चकित पारेका थिए। प्रकाश आगोको रापसँगै जोशिँदै गए। यस्तैमा पत्रकारहरूको एक हुल होटलमा प्रवेश गर्योस। रक्सीले टिल्ल हुँदै गएका प्रकाशलाई अझै थप्न मन लागिरहेको थियो। साथीहरूले नथप्न भन्न सकिरहेका थिएनन्। आफूलेे के बोलँे भन्ने कुराको कमै मात्र होस पाएका थिए। प्रचण्डको टोलीलाई खाना खान निर्देशन भयो। सबैजना लाइनमा बसे। उनलाई खाना खान साथीले पटक–पटक आग्रह गरे। तर, उनी उठ्न सकेनन्। हँ भन्दै सोफामा ढलेको ढल्यै गरे। उनी एक्लै हुँदै गए। उनी ढलेको फोटो खिच्न पत्रकारहरूले समय खोजिरहेका थिए। केहीले बाहिरबाट खिचेर क्यामेरामा सुरक्षित पारे भने केहीले भित्रबाटै खिचेर। तर, मैले खिच्न लाग्दालाग्दै क्यामेराको प्रोग्राम चेन्ज गर्न ढिला भयो। सबै मिलाएर खिच्न जान लागेका साथी शिवले खिच्न भ्याए। भगवती तिमल्सिना र म उभिएको स्थानबाट सबै कुरा हेरिरहेका थियौँ। शिव यता आउन पाउँदा नपाउँदै उनलाई च्याप्प समात्न खोजे। हामी भएको स्थानमा आइपुगेका शिवले क्यामेरा हातमै राखेका थिए। प्रकाशका सहयोगी र शालिकरामका ज्वाइँ हामी भएको स्थानमा आए र भन्न थाले, 'यो तस्बिर डिलिट गर। डिलेट गरेनौ भने क्यामेरा फुटाइदिन्छौँ।' उनले सीधै मलाई भने, 'तँ जनआस्थाको पत्रकार रहेछस्, धेरै जान्ने न हो, अघिदेखि तिमीहरूको बारेमा नियालिरहेका छौँ। पत्रकारको काम के हो हामीलाई थाहा छ। म पनि जनदिशाको पत्रकार हो। तस्बिर डिलिट गर, कुरै सकिन्छ।' उनको कुरा सकिन नपाउँदै जमरकट्टेलका ज्वाइँ चिच्याउँदै भन्न थाले, 'क्यामेरा फुटाइदिऊँ कि डिलेट गर्छस्?' हामी बाध्य भयौँ। हातमा भएको क्यामेरा फुट्नुभन्दा तस्बिर नै डिलिट गर्नु राम्रो। साथी शिवले तस्बिर डिलेट गरेजस्तो गरे। मैले केहीछिनमा क्यामेरा खल्तीमा हालेर सुरक्षित पारेँ। अन्य साथीले हामीसँग डिस्कस हुँदाहुँदै तस्बिर कैद गर्न भ्याए। पत्रकारिता जीवनमा दुईपटक परेको यो घटनालाई समान्य रूपमा लिँदै कुनै प्रतिवाद गरिएन। क्यामेरा थन्क्याए पनि तस्बिर सुरक्षित राख्न सकेकोमा हामीले गर्व नै गर्यौँ । जनआस्थाको पत्रकार भएकै नाताले तस्बिर डिलिट गर्नुपर्ने किन हो कुन्नि? उनीहरूको कुरालाई हामीले धेरै प्रतिवाद गरेर वातावरण धमिल्याउन चाहेनौँ। प्रचण्डपुत्र र सहयोगीहरूले पत्रकारलाई तस्बिर नखिच्नू भनिरहँदा प्रकाशलाई आफैँले सुधार्नेतर्फ पो ध्यान दिने हो कि? प्रचण्डपुत्रको तस्बिरले देशको स्थिति बोलिरहेको थियो। प्रधानमन्त्री छलफलमा व्यस्त छन्, छोराचाहिँ रक्सीमा मस्त। कहिले कुन रक्सी, कहिले कुन रक्सी! पत्रकारहरूसँग विवाद भएपछि प्रकाशलाई त्यहाँबाट उठाएर अन्यत्र लगियो। सुरक्षाकर्मीले पत्रकारलाई एकै स्थानबाट अन्यत्र नजान निर्देशन दिए। पत्रकारहरू कोही कता कोही कता गर्दै थिए। यस्तैमा बाबु प्रचण्ड र बाबुराम होटलबाट बाहिरिए। ७.४० मा बाहिरिएका उनीहरूको डिनर त्यहीँ भएको थियो। पत्रकारहरूसँग बोल्न नमानेका उनीहरू दुवै राति काठमाडौं गए। छोरालाई समेत नियन्त्रणमा राख्न नसक्ने प्रधानमन्त्रीले जनता र राष्ट्रलाई कसरी सही स्थानमा राख्न सक्लान्? यो प्रश्नको बारेमा जिज्ञासा राख्दै हामी राति ८.३० मा गन्तव्यतर्फ लाग्यौँ। – मोतीराम तिमिल्सिना/जनआस्था साप्ताहिक
sumedhu · Mar 25, 2009 4:09 AM · 14,366 views
प्रकाशको ‘क्रान्तिकारी ढलान’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालले मदिरा सेवन गरी लठ्ठिएको तस्बिर सार्वजनिक भएपछि प्रधानमन्त्री पुत्र फेरि एकपटक विवादमा तानिएका छन्। यस प्रकरणले प्रकाश प्रचण्डका योग्य पुत्र हुन् कि होइनन् भन्ने विषयमा प्रचण्ड परिवारभित्र र बाहिर गम्भीर चिन्ता उत्पन्न गराएको छ। धुलिखेल रिसोर्टमा साँझ मदिराले लठ्ठिएर ढलेकै दिन आइत्ाबार दिउँसो प्रकाशले सिंहदरबारभित्र पनि बबन्डर मच्चाइदिएको समाचार प्राप्त भएको छ। गत आइत्ाबार दिउँसो ३ बजेतिर सिंहदरबारभित्रै भएको उक्त घटनामा एकजना पत्रकार दुर्घटनामा पर्नबाट बालबाल बचेका थिए। सिंहदरबारभित्र रहेको मेन बाटोबाट अर्थ मन्त्रालय छिर्ने घुम्तीको मोडमा यस्तो भएको थियो। कर पत्रिकाका पत्रकार सरोज खनाल मोटरसाइकल रोकेर त्यस दिन बाटोको देब्रे किनारा (आफ्नै साइड) मा बसेका थिए। उनी नेपाल टेलिभिजनका पत्रकार महासङ्घका अध्यक्ष प्रदीप्ा चापागाईं र अर्का एकजना फोटोग्राफरसँग गफिएर बसिरहेका बेला साइरन बजाउँदै एउटा गाडी हुत्तिएर आइपुगेको थियो। साइरन प्रधानमन्त्री प्रचण्डको सवारीका लागि बजेको थिएन, आफ्नै सवारीका लागि प्रचण्डका पुत्र प्रकाशले बजाएका थिए। र, प्रकाशले तीव्र गतिमा हाँकेको गाडी पत्रकार खनालको छेउबाट अगाडि हुत्तियो। गाडीको वेग हेर्दा पत्रकार खनाललाई पनि 'मरियो' भन्ने लागेको थियो। तर, अगाडि गाडी रोकेर प्रकाश राता आँखा पारी नबुझिने शब्दमा गाली गर्दै हुइँकिएका थिए। खनाललाई ती प्रचण्डका पुत्र हुन् भन्ने पनि पछि मात्रै थाहा भयो भने टेलिभिजनका पत्रकार प्रदीपसमेत उक्त घटनाबाट छक्क परे। चार इञ्चजति मात्रै परबाट प्रकाशको गाडी यदि उछिट्टिएको भए के हुने थियो? यसै भन्न सकिने अवस्था थिएन। त्यही दिन साँझ प्रधानमन्त्रीका पुत्र प्रकाशले धुलिखेल लज रिसोर्टमा आफूले धान्न सक्नेभन्दा बढी मदिरा पिएर कुर्सीमै निदाएपछि उनी थप विवाद र चर्चामा आएका हुन्। कम्प्युटर अधिकृतका रूपमा सरकारी तलब खुवाएर प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका प्रकाशले पहिलोपटक यसरी मदिरा सेवन गरेका भने होइनन् र यो चर्चा उनको यो पहिलो पनि होइन। यसअघि घटना र विचारले नै प्रकाशले बालुवाटारमा 'मापसे' गरेर कुकुरलाई चुप्पा खाएको समाचार प्रकाशन गरेको थियो। सुरुमा धेरैले त्यसलाई हल्का रूपमा लिए पनि धुलिखेल र सिंहदरबारभित्रको घटनाले प्रधानमन्त्री पुत्रको वास्तविक चरित्र देखाएको छ। प्रकाशको यस्तो व्यवहारले आफूलाई कति फाइदा पुग्छ कि घाटा भन्ने विषयमा प्रधानमन्त्रीले कति महसुस गर्नुभएको छ अथवा उहाँका सहयोगीहरूले बुझाउन सकेका छन्, त्यो भने हेर्न बाँकी नै छ। Ghatana ra vichar ( 25/03/2009)
sumedhu · Mar 25, 2009 4:19 AM
क्रान्तिकारीका सभापति उम्मेदवार मतपत्र लिएर भागे भागेपछि निर्वाचन मण्डलद्वारा मत परिणाम घोषणा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल विजयी सुरक्षार्थ खटिएका प्रहरीमाथि क्रान्तिकारीको आक्रमण, तीन प्रहरी घाइते विक्रम गिरी, धनगढी चैत १२ महेन्द्रनगरस्थित बालजागृति क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ। मंगलबार सम्पन्न निर्वाचनको ३५ मतपत्र गणना गर्न बाँकी छँदा क्रान्तिकारीका सभापतिका उम्मेदवार अर्जुनसिंह सावद मतपत्र लिएर भागेपछि निर्वाचन मण्डलले नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानललाई विजयी घोषणा गरेको हो। संयुक्त प्यानलबाट कोषाध्यक्ष र एक सदस्यमा अनेरास्ववियु र बाँकी पदमा नेवि सघ विजयी भएको छ। सभापतिमा नेविसंघका रोकश भट्ट, उप-सभापतिमा राजेश जोशी, सचिवमा अशोकबहादुर सिंह, सह-सचिवमा तुलसी पन्त र कोषाध्यक्षमा अनेरास्ववियुकी सरस्वती धामी विजयी भएका छन्। घोषणापछि मतगणना स्थलको सुरक्षार्थ खटिएका प्रहरीमाथि अखिल क्रान्तिकारीले आक्रमण गरेको छ। मतगणनास्थलको सुरक्षार्थ खटिएका प्रहरीमाथि मंगलबार राति क्रान्तिकारीले आक्रमण गरेको हो। आक्रमणमा परेर प्रहरी नायव निरीक्षक हिक्मत बोहरा, प्रहरी जवानहरु मदन बिष्ट र प्रेमसिंह डाँगा घाइते भएको कन्चनपुर प्रहरीले जनाएको छ। घाइते तीनै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। यसैबीच धनगढीमा मंगलबार बिहान भएको आक्रमणको विरोध गर्दै अनेरास्ववियुले अहिले बजारमा अखिल क्रान्तिकारीविरुद्ध नारावाजी गर्दै विरोध प्रदर्शन गरिरहेको छ। विद्यार्थीहरुले हात-हातमा लट्ठी लिएर नारावाजी गरिरहेको छन्। मंगलबारको झडपमा अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णु चन्द र अखिल छैटौंका केन्द्रीय कोषाध्यक्ष लक्षिराम आचार्य गम्भीर घाइते भएका थिए। दुवैजनाको राजधानीमा उपचार भइरहेको छ।
sumedhu · Mar 25, 2009 4:41 AM
WTF!! Why the FU(K you give so much attention to PM's son getting drunk? It is his life and his decision to whatever with his life. Let people enjoy their independent right, you losers! Those of you who are making this a big deal are big sissies, who have either never even smelt an alcoholic beverage or you just can't enough to do these days. If it's the latter case, then 'काम पाइनस? गएर पाडोको चाक कन्या'! Get a life fags.
bhikhaari · Mar 25, 2009 6:22 AM
they are the journalists and its their duty to interfere in other's life, so bhikhaari it not a new thing from their side, most of the journalists from different part of world does this, so how can he be different from others. Its our duty not to pay much attention towards these nonsense. Let Prakash drink and let him do anything he wants in his personal life. Till he won't break any law and be in his limitation as a civil I have no objection. He too have his personal life and should enjoy like we all do, so person like this journalist trying to catch public attention creates this chaos. There is no any linkage between PM and his son's behaviour "chhoro lai niyantran ma rakhna nasakne le kasari janta lai sahi sthan ma rakhchha", this line sucks. Sikchya mantri Laxmi Prasad Devkota le chhoro ko upachar garna nasakera chhoro mareko thiyo, paisa navayera, and if we think about a minister then its unbelievable to think about them not having enough money for his son's treatment. People cannot be good in all the things in his life, I am being neutral here to say prachanda might be good in politics and not necessarily must be good in all the things. Moreover its his son's personal life, and its not so good to interfare in one's personal life.... I didn't read all ur posts sumedhu, I read the first one and felt it nonsense so I don't want to read all ur nonsense in other posts... sorry if I am rude, but such a long posts without definite conclusion sucks...
sathi_meroo · Mar 25, 2009 7:53 AM
यो यस कारण महत्वपूर्ण र जरूरी छ: - माओवादी जसले हिजो तथाकथित जनयुद्दताका गाउँघरतिर तास खेल्नेलाई मुखमा तास कोचाउने देखि रक्सी पिउने वा बेच्नेलाई रक्सिले नुहाइदिने , पोखाइदिने र भाँडा फुटाइदिने , पिट्ने, अंगभंग गर्ने वा गाउँ निकाला गर्ने गर्थ्यो वा यस्तै अभियोगमा मान्छे मार्ने पनि गर्थ्यो , आज त्यही ग्यांग प्रमुख नेताको छोराले आज जे गरिरहेछ त्यो कुरा व्यक्तिगत ठानेर नजरअन्दाज हुनसक्छ ? सक्दैन, जनताको स्मरण शक्ति त्यति कमजोड छैन कि हिजो माओवादीले जे गरेर जनतालाई सतायो त्यो २ वर्षको अन्तरालमा बिर्सिन सकियोस् । जनतालई हिजो माओवादीले झैँ त्यही अभियोगमा प्रधानमन्त्री पुत्र मार्ने अधिकार त नहोला, तर तिनीहरूको आडम्बरको आलोचना वा त्यो विषयमा प्रश्न उठाउने अधिकार छैन ? हो व्यक्ति जीवन जिउने अधिकार सबैलाई हुन्छ तर के माओवादीले हिजोदेखि आजसम्म कसैलाई व्यक्तिगत जीवन जिउने अधिकार दियो र हामीले आलोचना गर्न पनि नपाइने ? प्रचण्डपुत्रको तमाशाको समाचार हेर्न नसक्ने माओवादी चाकडीवाजहरूलाई यी प्रश्नको जवाफ दिन आग्रह गर्छु ।
sumedhu · Mar 25, 2009 8:42 AM
यो यस कारण महत्वपूर्ण र जरूरी छ: - माओवादी जसले हिजो तथाकथित जनयुद्दताका गाउँघरतिर तास खेल्नेलाई मुखमा तास कोचाउने देखि रक्सी पिउने वा बेच्नेलाई रक्सिले नुहाइदिने , पोखाइदिने र भाँडा फुटाइदिने , पिट्ने, अंगभंग गर्ने वा गाउँ निकाला गर्ने गर्थ्यो वा यस्तै अभियोगमा मान्छे मार्ने पनि गर्थ्यो , आज त्यही ग्यांग प्रमुख नेताको छोराले आज जे गरिरहेछ त्यो कुरा व्यक्तिगत ठानेर नजरअन्दाज हुनसक्छ ? सक्दैन, जनताको स्मरण शक्ति त्यति कमजोड छैन कि हिजो माओवादीले जे गरेर जनतालाई सतायो त्यो २ वर्षको अन्तरालमा बिर्सिन सकियोस् । जनतालई हिजो माओवादीले झैँ त्यही अभियोगमा प्रधानमन्त्री पुत्र मार्ने अधिकार त नहोला, तर तिनीहरूको आडम्बरको आलोचना वा त्यो विषयमा प्रश्न उठाउने अधिकार छैन ? हो व्यक्तिगत जीवन जिउने अधिकार सबैलाई हुन्छ तर के माओवादीले हिजोदेखि आजसम्म कसैलाई व्यक्तिगत जीवन जिउने अधिकार दियो र हामीले आलोचना गर्न पनि नपाइने ? प्रचण्डपुत्रको तमाशाको समाचार हेर्न नसक्ने माओवादी चाकडीवाजहरूलाई यी प्रश्नको जवाफ दिन आग्रह गर्छु ।
sumedhu · Mar 25, 2009 8:42 AM
लेखनाथ पौडेल को कबिता कसैले पढनु भएको छ ? " बडाले जो गर्यो काम हुन्छ त्यो सर्बसम्बत" सर्बसाधारण लाई मात्रै कानुन ले छुन्छ, चहे नेपाल सरकारको होस् , YCL को होस् वा माओवादीको . प्रधान मन्त्री पुत्र को रोल क्रममा दोस्रा व तेस्रामा पर्छन .
syanjali · Mar 25, 2009 9:45 AM
Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} Read both stories http://www.mysansar.com/2009/0... If Prakhash is right, then there is no need of Journalism, if Journalist is right, Prakash should go Jail in drinking under influence and lieing to nation. Definitely, anyone who drinks in formal program is not responsible for nation, but it seems difficult to understand, anyone who is fully drunk can drive from Dhulikhel to KTM. If Prakash had done all the things written by Journalist, he is another Parash but if the news is not right, the Journalist should go to Jail for false information. Sometimes, I don't believe Jana-Astha because it itself is controversial and it had its own stories.
timer · Mar 25, 2009 12:29 PM
this is what people of nepal want.............!!!!!!!!!! u vote for TERRRORISTS so you have to face .........................
ek@l · Mar 25, 2009 12:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion