‘फेसबुक’ बाट प्रकाश दाहालको स्पष्टिकरण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रधानमन्त्रीपुत्र प्रकाश दाहालले हिजो नेपाल समाचारपत्र दैनिकमा छापिएको समाचारका बारेमा आफ्नो ‘फेसबुक’बाट स्पष्टिकरण दिएका छन्। स्पष्टिकरणमा उनले आफू धुलिखेल रिसोर्टमा गएको सत्य भए पनि मदिरा खाएर लठ्ठ भने नभएको भन्दै मदिरा खाइरहेको तस्वीर नै हालेर पुष्टि गर्न चुनौति दिएका छन्। उनले त्रिपुरेश्वरको चित्रकला प्रदर्शनी अवलोकन गरेपछि गाडी चलाउँदै धुलिखेलसम्म पुगेको र धुलिखेलको कार्यक्रमपछि पनि आफूले नै गाडी चलाएर कार्यालय पुगेको जिकिर गरेका छन्। उनले लेखेका छन्- यदि तपाईले खिचेको तस्वीर मदिरा खाएर मस्त भएको अवस्थामा भएको भए भोलिपल्टसम्म पनि उठ्न सक्ने थिइनँ र गाडी चलाउन सक्ने पनि थिइन। उनले भ्रामक समाचारको विश्वासमा नपर्न आग्रह पनि गरेका छन्। यस बारेमा ‘समाचारपत्र’को प्रतिक्रिया आउन बाँकी छ। उनको स्पष्टिकरण पूरा पढ्न भित्र आउनुस्। राज्यको चौथो अङ्ग मानिएको सञ्चार जगतको म सधैं आदर र सम्मान गर्दछु। हिजो प्रकाशित समाचारपत्र दैनिकमा ‘प्रधानमन्त्री पुत्र मदिरामा मस्त’ भन्ने शीर्षकमा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यानाकृष्ट भएको छ। धुलिखेल रिसोर्टमा म गएको सत्य हो। सिमसिमे पानी परिरहेकाले चिसो बढिरहेको थियो। आगो ताप्ने व्यवस्था भएकाले आगो ताप्दै हामी बसिरहेका थियौं। बिहानैदेखि बेलुकीसम्म काममा खटिरहनु पर्ने भएकाले मलाई थकाइको महसुस भएको थियो। डिनर खाने बेलामा म पहिल्यै खाएर आगो ताप्न आइसकेको थिएँ। अरु साथीहरु डिनर खान जानुभएकोले म मात्रै बसिरहेको थिएँ - आगोको छेऊमा। आगोको तापले म झकाउन पुगेछु। त्यही मौका छोपी केही पत्रकार मित्रहरुले मेरो तस्वीर लिन तँछाडमछाड गर्नुभएछ। मलाई देख्‍ने केही साथीहरुले निदाएको अवस्थाको तस्वीर किन लिनुपर्‍यो पनि भन्नुभएछ। हल्लाखल्ला सुरु भएपछि म उठेँ र के भयो भनेर साथीलाई सोधें। मेरो तस्वीर लिइसकिएको रहेछ। यदि म मदिरामा लठ्ठ भएको भए मैले मदिरा खाइरहेको तस्वीर नै हालेर पुष्टि गरिदिएको भए पाठकहरु प्रति न्याय हुने थियो। म विनम्र आग्रह गर्दछु, त्रिपुरेश्वरको चित्रकला प्रदर्शनी अवलोकन गरेपछि गाडी चलाउँदै धुलिखेलसम्म पुगेँ। धुलिखेलको कार्यक्रमपछि पनि मैले नै गाडी चलाएर कार्यालय पुगेको हुँ। यदि तपाईले खिचेको तस्वीर मदिरा खाएर मस्त भएको अवस्थामा भएको भए भोलि पल्टसम्म पनि उठ्न सक्ने थिइन र गाडी चलाउन सक्ने पनि थिइन। प्रेसको सँधै सम्मान गर्ने तपाईंको एउटा पाठकलाई यसरी किन खेद्‍नु हुन्छ ? मैले बुझ्न सकेको छैन। यस्तो भ्रामक समाचारको विश्वासमा नपर्न म समस्त शुभचिन्तकहरुमा आग्रह गर्दछु। प्रकाश दाहाल बालुवाटार, काठमाडौं ।   Source :mysansar.com

dipulata · Mar 24, 2009 10:16 PM · 15,726 views

6 Replies

Khai ma ta kurai bhujdina..........kasle ke bhancha kasle ke bhancha

evilinside · Mar 24, 2009 10:21 PM

Whats there to understand??. Even if the news was true he has the right to live a private life. It is no matter of news and disscussion.

ycl · Mar 24, 2009 10:37 PM

Yes its his private life and he could do that in his house. But in public place and he not supposed to do it. Would you agree if u hire prostitute and have sex in public resort. would u say that its his private.Come YCL he is not an ordinary person, He is son of prime minister. He hold certain responsibility

prem chopda · Mar 24, 2009 10:48 PM

first of all taking picture of a sleeping person and publicizing it without owners consent and without proper knowledge itself is behaving like prostitute. LOL.. what  is he not supposed to do ? he cant drink in public place? comparing prostitution with drinking in public is like comparing apples with oranges. I dont know what you talking about. Oh yeah if he was drunk in his official visit that would have been bad and should be condemned but we just had his sleeping picture so what to comment without full knowledge? I am not defending anyone this guy must be lying or speaking the truth but lets not comment or preach without full knowledge

ycl · Mar 24, 2009 11:03 PM

नाँगै पक्राउ परेका काँग्रेसी सभासद त ज्वाइ भेटन गएका रहेछन भने त यो मुला त सुतिरहेको परे, जाँडमा पनि सुतिन्छ  थाकिए पनि सुतिन्छ अहो क्या फाइदा बेनेफि़ट अफ डाउब्ट। फेरि साझामा चोर्ने, ढाटनेको चर्को स्वर,  रन्डीबाजी पनि दालभात सरहको आवश्यकता भन्ने, इन्टरनेटमा चाइल्डलाइ सिधै नाँगो तस्बीर पठाउदा पनि फसाइएको भनि वकालत  सुन्दै गर्नु परेकोमा,  यसमा प्राइभेट अफेयर भनि चिच्याऊनेहरुको समुह देखदा अचम्म लागेन । एउटा पत्रकारले त मौकाको फाइदा उठाए लेखे होलान तर अर्को पनि ? प्रमपुत्रले रक्सी पिउँदा हामीलाई पेलान ११-चैत-२०६५,मंगलवार धुलिखेल रिसोर्ट बाहिर धुलिखेल अस्पतालका निर्देशक रामकण्ठ माकजु श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका उपकुलपति सुरेशराज शर्मा र अन्य एकजना नौला व्यक्ति उभिएका थिए। हाम्रो नमस्कारसँगै उनीहरूले प्रधानमन्त्रीको गोप्य यात्रा पत्रकारले कसरी थाहा पाए? भन्दै होटलका आँखाले इशारा गरे। हामीले प्रधानमन्त्रीको आगमनबारे जानकारी माग्यौँ। उनीहरू निकैबेर अन्कनाए। रामकण्ठले एसियाकै नमुना अस्पतालको बारेमा उहाँलाई जानकारी भएकाले आज सामान्य भेटघाट गर्न मात्र समय मिलाएको हो, एजेन्डा केही नभएको जानकारी दिए। सुरेशराजले त्यस विषयमा बोल्दै बोलेनन्। होटलमालिक प्रेमकण्ठ माकजुले आफूलाई यो भेटघाटबारे जानकारी नभएको र गोप्य भएकाले पत्रकारहरू नबसिदिन आग्रह गरेका थिए। आग्रहलाई अटेर गर्दै हामी दुई बसिरह्यौँ। हामी बसिरहेको देखेर रामले पत्रकारलाई माथि लगेर केही खुवाऊ भन्दै कर्मचारीलाई निर्देशन दिए। हामी तयार भएनौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री बाबुराम भट्टराई एक हुल सुरक्षा फौज लिएर होटलमा ५.२० मा ओर्लिए। स्वागत गर्न होटलको गेटमा बसेका उपकुलपति शर्मा, निर्देशक माकजु र अन्यले यो नितान्त व्यक्तिगत भेटघाट भएको प्रतिक्रिया दिए। हामीले प्रधानमन्त्रीलाई केही सोध्ने चेष्टा गरेका थियौँ, उहाँका सहयोगीहरूले केही नबोल्ने बताएर एकैपटक होटलको टपमा पुर्यानई कोठामा राखे। स्वागत गर्न अस्पतालका अन्य पदाधिकारी लाइन बसेका थिए। विश्वविद्यालयको हकमा सुरेशराज शर्मा एक्लै थिए। एस्कर्टिङमा आएका जिल्ला प्रहरी प्रमुख सन्दीप भण्डारी, प्रमका पिएसओ डिएसपी रामचन्द्र भण्डारी, प्रचण्डपुत्र प्रकाश, पिए समिर दाहाल, स्वकीय सचिव, प्रधानमन्त्री कार्यालयमा विभिन्न पद दिएर राखिएका आफन्त वा आसेपासेहरू, शालिकराम जमरकट्टेलका छोरी–ज्वाइँ, आफूलाई जनदिशा दैनिकको पत्रकार बताउने प्रकाशको निकटका साथी, प्रमुख जिल्ला अधिकारी नेत्र न्यौपाने, एसएसपी उपेन्द्रकान्त अर्याल र हामी दुवैजना होटलको रेस्टुरेन्टमा बस्यौँ। आगोको धुनी लगाइएको थियो। सबै आगो ताप्नमा मस्त भए। आफूलाई सूचनाको प्यास लागेको लाग्यै थियो। सबैको ध्यान आगोको रापमा थियो। प्रचण्डपुत्र प्रकाश जुरुक्क उठेर रेस्टुरेन्ट गए। र, होटलका कर्मचारीलाई रक्सी ल्याउन अर्डर गरे। कर्मचारीले होटलमा तयार गरेको धेरैथरी परिकार ल्याउँदै गए। प्रकाश आफैँले सहभागीलाई रक्सीको गिलास थपिदिँदै गए। स्वयं सुरक्षामा खटिएका उनका सहकर्मीले पनि प्रकाशको आदेशलाई अटेर गर्न सकेनन्। र, बाध्य भएर रक्सी पिउँदै गए। डिएसपी रामचन्द्र भण्डारीले पनि एक गिलास रक्सी सुँघ्दै, तान्दै गरे। उनले आफूसँग आएकाबाहेक एकजना चितवनकै, तर सोही दिन ट्राफिक प्रहरीको इन्स्पेक्टरबाट अवकाश पाएका भीष्म विकलाई रक्सी खान जबर्जस्ती गरेका थिए। सबैका हातमा गिलास रित्तिँदै गए। प्रकाशले चिनेका सबैलाई रक्सी थप्दै गए। उनी घरी कपाल हल्लाउँथे। घरी कुम हल्लाउँथे। गलल्ल हाँस्दासमेत कुम हल्लाएर सबैलाई चकित पारेका थिए। प्रकाश आगोको रापसँगै जोशिँदै गए। यस्तैमा पत्रकारहरूको एक हुल होटलमा प्रवेश गर्योस। रक्सीले टिल्ल हुँदै गएका प्रकाशलाई अझै थप्न मन लागिरहेको थियो। साथीहरूले नथप्न भन्न सकिरहेका थिएनन्। आफूलेे के बोलँे भन्ने कुराको कमै मात्र होस पाएका थिए। प्रचण्डको टोलीलाई खाना खान निर्देशन भयो। सबैजना लाइनमा बसे। उनलाई खाना खान साथीले पटक–पटक आग्रह गरे। तर, उनी उठ्न सकेनन्। हँ भन्दै सोफामा ढलेको ढल्यै गरे। उनी एक्लै हुँदै गए। उनी ढलेको फोटो खिच्न पत्रकारहरूले समय खोजिरहेका थिए। केहीले बाहिरबाट खिचेर क्यामेरामा सुरक्षित पारे भने केहीले भित्रबाटै खिचेर। तर, मैले खिच्न लाग्दालाग्दै क्यामेराको प्रोग्राम चेन्ज गर्न ढिला भयो। सबै मिलाएर खिच्न जान लागेका साथी शिवले खिच्न भ्याए। भगवती तिमल्सिना र म उभिएको स्थानबाट सबै कुरा हेरिरहेका थियौँ। शिव यता आउन पाउँदा नपाउँदै उनलाई च्याप्प समात्न खोजे। हामी भएको स्थानमा आइपुगेका शिवले क्यामेरा हातमै राखेका थिए। प्रकाशका सहयोगी र शालिकरामका ज्वाइँ हामी भएको स्थानमा आए र भन्न थाले, 'यो तस्बिर डिलिट गर। डिलेट गरेनौ भने क्यामेरा फुटाइदिन्छौँ।' उनले सीधै मलाई भने, 'तँ जनआस्थाको पत्रकार रहेछस्, धेरै जान्ने न हो, अघिदेखि तिमीहरूको बारेमा नियालिरहेका छौँ। पत्रकारको काम के हो हामीलाई थाहा छ। म पनि जनदिशाको पत्रकार हो। तस्बिर डिलिट गर, कुरै सकिन्छ।' उनको कुरा सकिन नपाउँदै जमरकट्टेलका ज्वाइँ चिच्याउँदै भन्न थाले, 'क्यामेरा फुटाइदिऊँ कि डिलेट गर्छस्?' हामी बाध्य भयौँ। हातमा भएको क्यामेरा फुट्नुभन्दा तस्बिर नै डिलिट गर्नु राम्रो। साथी शिवले तस्बिर डिलेट गरेजस्तो गरे। मैले केहीछिनमा क्यामेरा खल्तीमा हालेर सुरक्षित पारेँ। अन्य साथीले हामीसँग डिस्कस हुँदाहुँदै तस्बिर कैद गर्न भ्याए। पत्रकारिता जीवनमा दुईपटक परेको यो घटनालाई समान्य रूपमा लिँदै कुनै प्रतिवाद गरिएन। क्यामेरा थन्क्याए पनि तस्बिर सुरक्षित राख्न सकेकोमा हामीले गर्व नै गर्यौँ । जनआस्थाको पत्रकार भएकै नाताले तस्बिर डिलिट गर्नुपर्ने किन हो कुन्नि? उनीहरूको कुरालाई हामीले धेरै प्रतिवाद गरेर वातावरण धमिल्याउन चाहेनौँ। प्रचण्डपुत्र र सहयोगीहरूले पत्रकारलाई तस्बिर नखिच्नू भनिरहँदा प्रकाशलाई आफैँले सुधार्नेतर्फ पो ध्यान दिने हो कि? प्रचण्डपुत्रको तस्बिरले देशको स्थिति बोलिरहेको थियो। प्रधानमन्त्री छलफलमा व्यस्त छन्, छोराचाहिँ रक्सीमा मस्त। कहिले कुन रक्सी, कहिले कुन रक्सी! पत्रकारहरूसँग विवाद भएपछि प्रकाशलाई त्यहाँबाट उठाएर अन्यत्र लगियो। सुरक्षाकर्मीले पत्रकारलाई एकै स्थानबाट अन्यत्र नजान निर्देशन दिए। पत्रकारहरू कोही कता कोही कता गर्दै थिए। यस्तैमा बाबु प्रचण्ड र बाबुराम होटलबाट बाहिरिए। ७.४० मा बाहिरिएका उनीहरूको डिनर त्यहीँ भएको थियो। पत्रकारहरूसँग बोल्न नमानेका उनीहरू दुवै राति काठमाडौं गए। छोरालाई समेत नियन्त्रणमा राख्न नसक्ने प्रधानमन्त्रीले जनता र राष्ट्रलाई कसरी सही स्थानमा राख्न सक्लान्? यो प्रश्नको बारेमा जिज्ञासा राख्दै हामी राति ८.३० मा गन्तव्यतर्फ लाग्यौँ। – मोतीराम तिमिल्सिना/जनआस्था साप्ताहिक

MR_TRUTH · Mar 25, 2009 1:27 AM

anilmal cruelty is awful but to learn a lesson this animal  needs to be hanged until he is dead and so do his followers...

unknown guy · Mar 25, 2009 1:47 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all