नेकपा (माओवादी) ले समाज सुधार आन्दोलन भन्दै जनयुद्ध थाल्दा गाउँगाउँबाट मदिरा निषेध अभियान शुरू गरेको थियो र स्याबासी पनि पाएको थियो। तर जनयुद्ध सकिएर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेको वर्षदिन नपुग्दै सो पार्टी समेत जिम्मेवार स्थानमा रहेका प्रकाश भने आइतबार साँझ नसामा झुमिरहनुभएको थियो। प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा. बाबुराम भट्टर्राई आइतबार काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालका बारेमा जानकारी लिन दलबलसहित धुलिखेल पुग्दा प्रचण्ड पुत्र प्रकाश पनि साथै हुनुहुन्थ्यो। प्रधानमन्त्री र अर्थमन्त्री छलफलमा व्यस्त रहँदा प्रकाश भने रसिक देखिन थाल्नुभयो र डयुटीमा रहेका ट्राफिकदेखि सबै दलबललाई आफै मदिरा सेवन गर्न उक्साउन र र्ँर्सभ’ गर्न शुरू गर्नुभयो। प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री भट्टर्राई, विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुरेशराज शर्मा, धुलिखेल अस्पतालका निर्देशक प्रा.डा. रामकण्ठ माकजूसँगको बैठकबाट बाहिरिँदा प्रधानमन्त्रीपुत्र प्रकाशको अवस्था भने दयनीय भइसकेको थियो। क्रान्तिकारी प्रधानमन्त्री प्रचण्ड बाहिरिँदा प्रकाश भने अचेत अवस्थामा बेतबांँसबाट बनेको सोफामा सुतिरहनुभएको थियो। प्रधानमन्त्रीले आफना पुत्रलाई त्यो हालतमा देख्नुसम्म भएन। प्रधानमन्त्रीको भ्रमणबारे काभ्रे जिल्लाका सुरक्षा संयन्त्रलाई जानकारी गराइएको थिएन र प्रधानमन्त्री होटलमा आएको आधा घण्टापछि मात्रै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद न्यौपाने पुग्नुभएको थियो। उहाँसँगसँगै अञ्चल प्रहरी कार्यालय बागमतीका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उपेन्द्रकान्त अर्याललगायत जिल्लाका सुरक्षा निकाय आएका थिए। साँझ ५ बजे प्रधानमन्त्री टोली पुग्दा धुलिखेलमा पानी परेर मौसम खुल्न लागिरहेको थियो। प्रकाशको दलबल शुरूमा पानी परिसकेको सफा मौसमको फाइदा उठाउँदै तस्बिर खिचाउन व्यस्त थियो। तर केही छिनमा कसैले मौसमले च्यालेन्ज गर्यो भनेको सुन्नासाथै प्रकाश मदिरा सेवनतिर होमिए। र्सवहारा वर्गको नेतृत्व गर्ने माओवादी पार्टी जिम्मेवार कार्यकर्तासमेत रहेका प्रकाश साँच्चै नै र्सवहारा चरित्र भएको व्यक्ति हुनुहुँदो रहेछ। उहाँले त्यो बेलामा खटिएका सुरक्षाकर्मी, केही पत्रकार र उपस्थित अन्यलाई पनि आफै र्ँर्सभ’ गर्नुभयो। प्रधानमन्त्रीको एस्कर्टिङमा रहेका ट्राफिक प्रहरीलाई समेत उहाँले ग्लास थमाउनुभयो तर ट्राफिक प्रहरीले भने हातमा लिएर सम्मान जनाउँदै भुइँमा राखिदिए। रमझमपछि अन्य व्यक्तिहरू रात्रिभोजमा सहभागी भए पनि प्रकाश भने भोजपूव नै झुम भइसक्नुभएको थियो र रात्रिभोजमा सहभागी हुनुभएन। पत्रकारहरू सधँै समाचारको खोजीमा हुन्छन् र यो दृश्य पनि पत्रकारहरूका लागि समाचारको विषय हो। बेलायती राजकुमारहरूदेखि विश्वका राष्ट्रपति र प्रधानमन्त्रीका छोराछोरीले र्सार्वजनिक जीवनमा मदिरा सेवन गर्दा कारबाही भोगेका समाचारहरू पढेका पत्रकारहरूले फोटो खिच्न शुरू गरे तर प्रतिकूल परिस्थित भोग्नुपर्यो। प्रकाशका सहयोगीहरूले तुरुन्त क्यामेरामा समेटिएका दृश्य मेटाउन दबाब दिए र केही पत्रकारको क्यामेरा खोसेर पनि दृश्य मेटाए। माओवादीसम्बद्ध एक पत्रिकामा काम गर्ने बताउने एक पत्रकारले समेत यस्ता दृश्य खिच्नु हुन्न र हरेक ठाउँमा ँनेगेटिभ’ विषय मात्र खोज्नु हुन्न भनेर पत्रकारहरूलाई सम्झाउन खोजेका थिए।
happy days · Mar 24, 2009 10:37 AM · 21,527 views
रिजोर्टमा गएसी' जाँड खाएर मस्ती नगरे के हरिकिर्तन गरीबस्ने हो? एउटा कुरो नि!!
aggie · Mar 24, 2009 11:06 AM
paras was better than this as.shole enjoying in nepali taxpayer's money
darknight · Mar 24, 2009 12:06 PM
rakshi khayerai dhalyaa ho ta? thaakera aakha jhimikka bha ho ki. Yeso benefit of doubt dyaa ni. Tara.... sandal herda ta.........
Riten · Mar 24, 2009 12:14 PM
sala kukur haru bolna paya jj pani bolnee aaram gara ko k parman cha raxi khaya ko usla kahila pani raxi khadina
bimal_thapa_usa · Mar 24, 2009 5:34 PM
Yo mula la le raxi nai khayeko ho la tyo pani rastra ko dhukuti bata ali high quality ko raxi hola fokat ma khana paye pachi
sYaKuuRiolAKU_nchImb · Mar 24, 2009 5:56 PM
everyone driks wats the prob ?
deadlyweeds · Mar 24, 2009 6:57 PM
राजा पुत्र झै हुनु परेन प्रधान मन्त्री पुत्रले, गणतन्र होस् वा राजातन्त्र कुरा त तेही रैछन्
syanjali · Mar 24, 2009 7:27 PM
A revolutionary leader's son who is always so close to him is drunk in the public gatherings - that's disgusting. For general public it's not a big deal but for a so called revolutionary leader's son and who is also active within the Party, this should be a shameful event. Hard to believe thousand of people scarificed to keep this moron in Baluwatar Palace. This also shows the weakness of Prachanda.
Jawala · Mar 24, 2009 8:40 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion