Have anybody been to this website. www.bhutro.com..............I find it very funny. Every news about it is bhutro. भुत्रो हेरेको प्रचण्डले ? [24 Mar 2009 | 2 Comments | 152 views] प्रधानमन्त्री पुत्र प्रकाश दाहाल मदिराले लठ्ठ परेर ढलिरहेको फोटो सहितको भुत्रोको समाचार छापिएको छ। तर भुत्रोले भने प्रधानमन्त्री पुत्र हैन, प्रधानमन्त्री कै फोटो फेला पारेको छ। भुत्रोले भुत्रोको फोटो आफैले खिचेको हैन, प्रधानमन्त्री कै पार्टीको नियन्त्रणमा रहेको गोरखापत्रको सोमबारको अङ्कबाट फेला पारेको हो। हेर्नुस् त यो फोटोमा। परधानमुन्तरी मुन्तिर के हेरेर हाँसिरहेको हो ? भुत्रो हेरेर हाँसेको प्रचण्ड ? बरु कृष्णबहादुर महरा गम्भीर छन्। यो फोटो छापेवापत् सम्पादक कै जागिर गुम्ने त हैन ? भुत्राको बिदा चाइने तिमेरुलाई ? [21 Mar 2009 | One Comment | 49 views] विदा, विदा, विदा…. नेपालमा विश्वकै सबैभन्दा बढी विदा हुन्छ जस्तो छ। तर पनि मान्छेहरुलाई विदा पुगेको रहेनछ भन्या। अब हेर्नुस् न यिनीहरुलाई, हिजो विदा चाहियो भनेर कुर्लिँदै सडकमा आएका। भुत्राको विदा चाहिने तिमेरुलाई ? के गर्ने विदा लिएर ? घरमा जाँड खाएर तास खेल्ने ? हिजो २१ मार्चमा रहेछ जातीय भेदविरुद्धको अन्तर्राष्ट्रिय दिवस। हिजो त शनिबार नै थियो। अब अर्को वर्ष चैँ यो दिन विदा मनाउन पाउँ भनेर भुत्रोको जुलुस निकालेका रहेछन् यिनीहरुले। अल्छी मोराहरु। विदा लिएर के दिवस मनाउँछौँ, काम गरेर मनाऊ न। भुत्राको विदा ? Last edited: 24-Mar-09 08:35 AM
no_quiero · Mar 24, 2009 8:35 AM · 2,642 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion