~ * चौतारी १४३ *~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 143 editions. Last edited: 24-Mar-09 12:22 PM
बिसà¥à¤Ÿà¥‡ · Mar 20, 2009 9:35 AM · 819,443 views
ल बिस्टे नि लस्कियो कुटी तिर।
बिसà¥à¤Ÿà¥‡ · Apr 1, 2009 3:30 PM
कहाँ जान लागेको हो र भन्या? छिटो गएर कच् कच् सुन्नु छ र भन्या? किलास सिलास सक्यो अब चिया एक गिलास पिउं कि भनेर सोच्दै थिए।
rahulvai · Apr 1, 2009 3:35 PM
अब हुँदा हुँदा ठुल्दाइ ले बाल नदिन थाल्यो ठिकै छ , चिया बनाको थिएँ ठुल्दाइ लाई भनेर अब आँफै पिउनु पर्ला
serial · Apr 1, 2009 3:39 PM
लहरे किन बम्केको ? बाल दिएकै थिएं, कपाल त दिन सक्दिन । बिस्टेकोमा आउने, बाटोमा मलाई पिक अप गर्ने ? खै कुरा बुझेको?
rahulvai · Apr 1, 2009 3:45 PM
फुर्सद छैन आफुलाई - मिल्दैन होला ठुल्दाइ बाटो मा पिक अप गर्ने रे - कोल्लाई दाई कुन चाँही केटी लाई पिक गर्ने - हुन्छ म गरी हाल्छु ठुल्दाइ, फुर्सद मिलाएर गर्नु पर्ला
serial · Apr 1, 2009 3:54 PM
लहरी लाई पिक अप गर्ने नि लहरे। मेरोकोमा आएर कुर्छु भनेकी छे।
rahulvai · Apr 1, 2009 3:59 PM
ह्या त्यस्तो झुठ पनि बोल्ने हो - कहाँ आउछ ठुल्दाइ कहाँ - तर बाटो मा पर्ने हो के त्यसइ अस्ती एक घण्टा ढिला कहाँ भएको हो र
serial · Apr 1, 2009 4:07 PM
lu chutttiiii makai bhuttttii bhoo.. c u.. bhare geetanjali ma! jay nepal
perfectionist · Apr 1, 2009 4:20 PM
आफ्नो त आझै एक घण्टा बाँकी छ। कत्ती घडी हेरी रहनु ?
बैरे · Apr 1, 2009 5:00 PM
ल बैरे कांइला, चौतारीमा स्वागत छ, खै बुढाहरु हराये, नत्र उनिहरुले गर्न पर्नी हो स्वागत त। ऐले आउलान अनी तिम्रो राम्रो स्वागत हुँदो हो। ऐले लाई मेरै स्वागत स्विकार। घडी धेर के हेर्छौ, एस्सो चौतारीमा गीत-सीत बजाउ, रमाइलो गर न, समय बितेको पत्तै हुन्न नि, कि कसो गांठे?
perfectionist · Apr 1, 2009 7:37 PM
सबैलाई मेरो न्यानो अभिबादन ।
pret aatma · Apr 1, 2009 7:37 PM
एह बै भूत आयो, लौ न चौतारीमा, कोइ छ? एह म एक्लै भएं लौ न, कोइ छ? अ भूत! के हो? रात पर्या छैन त? आज त चाडै निस्केछौ, सब कुसलम-मंगलम?
perfectionist · Apr 1, 2009 7:39 PM
आज ओवर ट्याम गर्न चाडो आको नि पूरे। के छ हौ तिम्रो हालखबर? अनी अरु गाम्ले हरु कता छन त खै?
pret aatma · Apr 1, 2009 7:43 PM
एह यो भूत त पुरानै जस्तो छ बै, खै आज त कता लागे लागे, बिस्टेयां निम्तो द्या थे, तर शनिबारको लागि मात्र भन्थे, तेसैका किन्मेल्मा ब्यस्त होलान केरे अनी तिम्रो सुनाउ, मसान तिर सब सञ्चै?
perfectionist · Apr 1, 2009 7:57 PM
खै अचेल गीत कसैले बजाउन्नन्? यसो आज बसेर सुन्न परो भनेको रहरै हुनि भो नि नारन।
PallaGhareAntare · Apr 1, 2009 8:04 PM
बजाउँछन, म अघी गीत बजाउनै आको त हो नि। त्यो भूत आएर गीत नै भुलें, ल यो गीत तेइ भूतलाई देदिकेतेद
perfectionist · Apr 1, 2009 8:29 PM
lu yo antare lai dedicated
perfectionist · Apr 1, 2009 8:31 PM
perfectionist · Apr 1, 2009 8:33 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion