Sabai Sahid Nepal Sabai Nepali Sahid

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

What a country! Everyone is Martyrs. Martyrs who screwedup the country. I found one funny article of about recent martyrs of Nepal . Probably There will be some martyrs in Student Election too. Sabai Sahid Nepal Sabai Nepali Sahid kaso? Source( www.dautari.org) ...शहर आज शान्त छ अघिल्लो हप्ता सडक छेउको चिया पसलमा अर्कै दलप्रती आस्था राख्‍ने पसलेले बिपक्षी दलका ग्राहकलाई जानी जानी अलिनो चिया खुवाएको गम्भिर आरोप लाग्यो, घटनाले राजनैतीक रंग लियो अनी पहिला वाक युद्द त्यसपछि मल्ल युद्द हुँदै धरपकड र मुठभेड भयो पुलीस बोलाईयो, लठ्ठि चलाईयो जिन्दावाद र मुर्दाबवादको गगनभेदी नारा बीच शहरमा टाएरको धूवाँको बदली भयो ढुङ्गा मुढाको बर्षात चल्यो स्थिति तनावपूर्ण भएपछि हवाई फाएरसंगै कर्फ्यू लगाईयो मानवतावादीहरु अगाडि आए नागरीक समाज पनि जुर्मुराए नेपाल बन्दको धम्किसंगै अदालत र सरकारका ढोका ढकढकाए समस्यामाथि गम्भिर भहस भयो बन्द हडतालले जन जिवन तहस नहस भयो आज सरकारले रमिता हेर्दा मरेको रामे समोसा चोर्दा ज्यान गुमाउने श्यामे र बगलीमारा बामे सहित १ दर्जनलाई शहिद घोषणा गर्‍यो चिया पसलेको दलको दबाबमा पसल मर्मतलाई मुआब्जा दीयो त्यसैले शहर आज शान्त छ ...शहर आज एकदम शान्त छ ।

sanas · Mar 19, 2009 7:18 AM · 5,165 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all