कोरोनाको चुस्किमा एकै छिन्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फेरी ति दिनहरुको याद आउन थाल्यो।।।। कती रमाइला थिए ति दिनहरु जब म मेरा ति बच्चै देखिका साथी हरु सँग हरेक दिन जसो कुरा गरिरहेको हुन्थे । बेलुका को काम भएका सबै साथीहरु सँग conference कल मा कुरा गर्नु को छुत्तै रमाइलो थियो। कहिले काही घरमा मम पार्टी गर्नु को पनि अर्कै स्वाद थियो। भर्खर कमाउने जमर्को गर्न थालेको म पैसा बाचाउने भन्दा खर्च गर्नेहरु मै शायद गनिन्थे होला। तर नयाँ गाडी नयाँ शहर अनी भन्न नमिल्ने धेरै नयाँ कुरा हरुले मेरो मन् कहिले, कहाँ निर बरालिन पुग्यो थाहै भएन। एउटा केटी को सहराले केही हुन्छ कि भन्ने सोचेर भित्रै देखी माया नगरेको पनि हैन मैले उस्लाई ।।। तर धेरै दिन टिक्न सकेन त्यो मेरो कदम । म पछारिये ,नराम्रारी पछारिये । नपढ्ने मान्छे पनि हैन म। बर्सौ देखी status धान्ने हिसाबले मात्र कलेज धाउने गरे पनि म पढाई लाई चाँही चाहिने जती प्राथमिकता दिनै रहेको हुन्छु। तर पनि कहिले काहि मेरो लागि यो शहर र केही नेपाली साथी हरु को साथ काफी लाग्दैन। अर्को शब्द मा भन्नु पर्दा शायद मेरो लागि यो जिन्दगी ले कुनै न कुनै मोड् लिनु पर्ने बेला भैसक्यो। शायद तेसैको सम्झना र पर्खाइ मा छु म आज पनि, जुन म बर्सौ पहिले अमेरिका प्रबेश गर्दा पनि मेरो साथ थियो। रित्तो पनि हैन म, मेरो मन रित्तो छदै छैन। संगीतमा म रुची राख्छु। हांसो ठट्टा धेरै गर्नु मेरो सधैं को बानी हो। मलाई चिन्ने हरु म सँग राम्रो behave गर्छन् जुन मलाई राम्रो लाग्छ। तर धेरै छैनन मेरा बचेँ खुछेका साथी हरु। कुन दुनियाँमा रमाइरहेका होलान। नेपालमा बसेका साथी हरु भनेका चाहेर पनि नजिक हुन नसक्ने हरु छन र बिरलै मात्रा संपर्क मा हुन्छन । यहाँका साथीहरुको फुर्सद हुँदैन भन्ने कुरा मैले बिर्सेंको छैन र मेरो पनि कुनै धेरै फुर्सद भएको हैन। तर पनि मेरो मनले जे खोज्छ त्यो मैले पाउन सकेको छैन र मलाई आजसम्म पनि थाहा छैन म के खोजिरहेको छु। बेइमानी म हैन, धनी पनि म छैन ।। एउटा साधारण जीवन जिउने प्रयासमा कहाँनेर कती बेला देखी कुन चाँही बाटो मैले बिराये, मलाई थाहा छैन ।।।।कतै मैले सहि बाटो मा नै हिडिरहेको त हैन भन्ने सोचाइ पनि म भित्र नपलाउने हैन तर अह ।।।त्यो चाँही हुन सक्दैन ।।नत्र म मेरा नेपालमा रहेका आमा बाबुलाई पनि एक कल गरेर म आरामै छु भन्न कत्ती हिच्किचाउने थियिन होला।। नत्र म,मैले माया गर्ने उस्लाई पर पर सार्ने कोशीश गर्थिन होला। आफ्नो मान्छे हरु भन्ने मात्र रहेछ जस्तो मलाई लाग्छ। आफ्नो भन्ने त धेरै हुन्छन तर आफ्नो मन्ने हरु भने बिरलै भेटिने रहेछन। कसै सँग केही गुनासो छैन मेरो।।।। कोरोना बियर को चुस्की मा साझा मा आफ्नो भावना पोखिरहेको मात्र हू। म बैरागी काइला पनि हैन।।। कुनै देव्दास् पनि हैन म र कुनै जड्यहा पनि हैन। केही पिउने कोशीश गर्दै थिए, साझामा केही लेख्ने रहर लाग्यो तर अब चाँही बोरिङ्ग कुरा हरु लाई एही छाडेर अर्को थ्रेड पढ्न तिर पो लाग्ने हो कि ।।।। के छ बिचार....

cartman · Mar 18, 2009 2:46 AM · 6,983 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all