BICHARA BAU

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

छोरा भेट्न नपाएपछि रोए प्रधानमन्त्रीका पिता   डेढ वर्षअघि राजधानी आएका मुक्तिरामले सुरुका केही महिना नयाँबजारस्थित डेरामा सँगै बस्न पाएको र त्यसयता छोरा भेट्नै नपाएको गुनासो गर्दै आँशु बगाए    रुबी रौनियार, काठमाडौं, चैत ४ भींडको माझमा वृद्ध आँखाले चारैतिर छोरालाई खोजिरहेको थियो। त्यतिकैमा उदघोषक प्रकाश न्यौपानेले ती वृद्धलाई देख्छन् र निम्त्याउँछन् मञ्चमा। यी वृद्ध अरु कोही नभई, एकीकृत माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालका पिता मुक्तिराम हुन्। ´ज्वाईंले आज छोरो कीर्तिपुर आउँछ भनेर सुनाएपछि भेट्न आएको हूँ´– उनले दैनिकीसँग कुरा गर्दै भने।   त्रिविवि परिसरमा निकै बेर कुर्दा पनि छोरा नआएपछि उनी आँत्तिन थाले। कुर्दाकुर्दै खबर आइपुग्यो– ´प्रधानमन्त्री नआउने भए।´ वृद्धको दुबै आखा आँशुले भरियो। एउटा हातले आँशु पुछ्दै पिता मुक्तिराम दहाल भन्दै थिए– ´हतार हतार खाना खाएर बाबु यहाँ आउछ भनी भेट्न आएको थिएँ।´   कुराकानीका क्रममा उनले आफूलाई चुनाव र प्रचार प्रसारका बारेमा केही कुरा थाहै नभएको बताए। ´कसैले निम्तो पनि दिएको थिएन, छोरा यता आउँछ भनेपछि सरासर आएको हूँ´– उनले भने। कुराकानीका क्रममा उनी थुप्रै पटक आँशु झार्दै रोएका थिए।       ´डेढ वर्ष अघि काठमाडौं आएपछि सुरुका केही महिना नयाँबजारको घरमा सँगै थियौं´, उनले भने, ´त्यसयता भेट्नै पाएको छैन।´ छोरा ´मन्त्री´ भएपछि नयाँ घरमा सरेको र आफूलाई त्यहा जान मन नलागेको बताउँदा उनको अनुहार दु:खी देखिन्थ्यो। केवल दुई छोरा मध्ये कान्छा छोरा पनि विदेश गएकाले सन्तानको मुख हेर्न पनि रहर लाग्न थालेको उनी बताइरहेका थिए।  ´बुढो भएँ, कहिले संसार छोडिन्छ थाह छैन´ उनले हृदयविदारक स्वरमा भने, ´एक पटक छोरोलाई भेट्ने ईच्छा छ नानी।´   प्रधानमन्त्री भएपछि एक दुई पटक फोनमा चाही कुरा गरेको उनले खुसी हुँदै सुनाए।    हाल उनी छोरी, ज्वाईं तथा नातिनीसँगै किर्तिपुरमै बस्दै आएका छन्।       तस्बिर         KHARAB SANTAAN HUNU VANDA NAHUNU NIKO Last edited: 17-Mar-09 04:29 PM

SALALA · Mar 17, 2009 4:28 PM · 17,731 views

6 Replies

कस्ता मुझी रुन्छे हरु रेइछ..... बाउ छोरो दुबै रुन्छे बाउ पत्रकारको अगाडी रुने ..... छोरो जनसेना को सामु रुने ....रुन्छे खानदान नै रइछ मुझीहरु त..... योगेश्वोर अमात्यको गीत सुनौनु पर्ने जाठोँ हरु लाई त

demoqwasi · Mar 17, 2009 4:41 PM

Ha ha ha... you nail it.. bull-balls.

Ved555 · Mar 17, 2009 6:12 PM

Prachanda .. dhikkar chha !!

Ved555 · Mar 18, 2009 7:25 PM

this terrorist would prefer to meet hisila's and pampha's parents m00zi dashain ma ta tika nalaune  kukoor jyanmara desh ko primeminiter bhayera rudai hidchha

CHYAME KANCHA · Mar 18, 2009 7:33 PM

Sabai ko buwa ama chora bhetna napaye pachi runchan nai hola. Esto lai runche bhanne manche murkha ho.

commando · Mar 18, 2009 8:42 PM

Dherai ka ama buba le pani asu bagayekai holan, dherai ka asu haru mala lagayeka phota ma wa kunai purano photo ma kehi khabar aula ke bhanera tolayeka akha ma holan. yestai ho sansar, je ropyo tehi payencha, khoi ke khoi ke...

KaleKrishna · Mar 19, 2009 7:29 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all