Thought of sharing to Shaja.. Singer : Anju Pant Lyricist : Bipin Kiran Musician : Mahesh Khadka link: http://www.ziddu.com/download/... न बिर्सें तिमीलाई न पाएँ तिमीलाई विना अर्थ दिलमा सजायँ तिमीलाई यो यात्रा सुनौलो अनि साथ तिम्रो सम्झेर भेट्न बोलाएँ तिमीलाई आयौ समिपै जब तिमी निदरीमा यो हलचल, यो धड्कन सुनाएँ तिमीलाई रमाएँ एकैछिन, पछि आँशु झऱ्यो अनि आँशु पुछ्दै पठाएँ तिमीलाई भयो आश रित्तो र यो मन निराश भो अनि बेहोसी मै कराएँ तिमीलाई अनायासै मेरो दुख्यो जिन्दगीमा परेली भिजाइ बगाएँ तिमीलाई Youtube link: http://www.youtube.com/watch?v...
neerman · Mar 17, 2009 8:54 AM · 3,847 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion