Terai Vs Madhesh

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आन्दोलन जारी छ "छो डिँदैन ।" लक्ष्मण थारूले भन्नुभो, "छाड्ने कुरै छैन ।" "के नछाड्ने ?" जयप्रकाशप्रसाद गुप्ताले सोध्नुभो, "कहिलेसम्म नछाड्ने ?" "लौरो ।" लक्ष्मण थारूले भन्नुभो, "जबसम्म अध्यादेश खारेज हुँदैन, हामी लौरो छाड्दैनौँ ।" "मलाई थाहा छ, तपाइर्ंहरूको लौरो तपाईंहरूको होइन ।" गुप्ताले भन्नुभो, "अर्काको लौरो कहिलेसम्म छाड्नुहुन्न, हामी पनि हेरौँला ।" "हाम्रो लौरो हाम्रै हो ।" लक्ष्मण थारूले भन्नुभो, "हामी जनजाति आदिवासी हौँ ।" "हामीचाहिँ पूराबासी हाँै ।" गुप्ताजीले भन्नुभो, "आदिवासी भएर पूराबासीसँग जोरी खोज्न मिल्दैन ।" "हेर्दै जानुहोला, हामी तपाईंहरूलाई छिट्टै रुवाबासी बनाइदिन्छौँ ।" लक्ष्मण थारूले भन्नुभो, "हाम्रो लौरो तपाइर्ंहरूका थाप्लामा बज्रेपछि थाहा पाउनुहुन्छ ।" "लौराको धाक लगाउनु पर्दैन ।" गुप्ताजीले भन्नुभो, "अर्काको लौरो टेकेर हामीसँग धाक लगाउने ।" "हामीले कहिले अर्काको लौरो टेक्याँै ?" लक्ष्मण थारूले सोध्नुभो, "हामी तपाईंजस् तो होइनौँ ।" थप्नुभो, "लौ भन्नोस् त हामीले टेकेको लौरो कसको हो ?" "चूरे भावरको ।" गुप्ताजीले भन्नुभो, "एमाले, कांग्रेस, माओवादीको लौरो टेकेर हामीसँग गफ दिने ?" "तपाईंको आरोपमा विस् तारवादी गन्ध छ ।" लक्ष्मण थारूले नाक छोप्नुभो, "छि ! कस् तो गन्हाएको !" "के गन्हायो ?" गुप्ताजीले सोध्नुभो, "खोइ मलाई त गन्हाएको छैन ।" "विस् तारवाद ।" लक्ष्मण थारूले भन्नुभो, "विस् तारवादीलाई विस् तारवाद गन्हाउने प्रश्नै हुँदैन नि !" "को विस् तारवादी ?" गुप्ताजी रसिाउनुभो, "कसलाई विस् तारवादी भन्नुभा'को ?" "तपाईंलाई ।" लक्ष्मण थारूले भन्नुभो, "तपाइर्ंहरू विस् तारवादी, कांग्रेस, एमाले, माओवादी सबै विस् तारवादी ।" "हामीले के विस् तार गर्‍यौँ ?" गुप्ताजीले प्रश्न सोध्नुभो, "तपाइर्ंसँग प्रमाण छ ?" "नेपालमा हुँदै नभएको मधेस नेपालभित्र विस् तार गर्ने तपाईंहरू होइन ?" लक्ष्मण थारूले भन्नुभो, "लौ भन्नोस् हो कि होइन ?" "होइन ।" गुप्ताजीले प्रतिवाद गर्नुभो, "मधेस नेपालमै छ, हुँदै नभएको मधेस विस् तार गर्ने कुरै छैन ।" थप्नुभो, "तपाईं पनि मधेसी हो, होइन र ?" "होइन ।" लक्ष्मण थारूले भन्नुभो, "हामी आदिवासी जनजाति हाँै, थारूहरू मधेसी हुनै सक्तैनन् ।" "थारू किन मधेसी होइनन् ?" गुप्ताजीले सोध्नुभो, "विजय गच्छदार के त ?" थप्नुभो, "रामजनम चौधरी के त ?" "विजय गच्छदार थारू होइनन् ।" लक्ष्मण थारूले भन्नुभो, "हामी मात्र थारू हौँ ।" "गच्छदारजी थारू नभए दारु हो त ?" गुप्ताजीले जोड दिनुभो, "उहाँ दारु होइन, थारू नै हो, मधेसी पनि हो ।" "म मान्न तयार छैन ।" लक्ष्मण थारूले भन्नुभो, "नेपालमा मधेस पनि छैन, मधेसी पनि छैन ।" "नेपालमा अलकत्रा छ ?" गुप्ताजीले सोध्नुभो, "पेट्रोल र डिजल छ ?" "छैन ।" लक्ष्मण थारूले भन्नुभो, "अलकत्रा नभए पनि पीच रोडचाहिँ छ, डिजल र पेट्रोल नभए पनि मोटरचाहिँ चलेको छ ।" "हो ।" गुप्ताजीले भन्नुभो, "पीच रोड हुनलाई अलकत्रा, मोटर चल्न डिजल र पेट्रोल भएझैँ नेपालमा मधेस पनि छ, मधेसी पनि छ ।" "एउटा कुरा छ ।" लक्ष्मण थारूले भन्नुभो, "पेट्रोल र डिजल भए पनि मिसावटरहित छैन, मधेसी पनि त्यस् तै हुन् ।" "मिसावटविहीन मधेसी पनि छन् ।" गुप्ताजीले सोध्नुभो, "तिलक रावलमा के मिसावट छ, लौ भन्नोस् ?" "को तिलक रावल ?" लक्ष्मण थारूले सोध्नुभो, "तिनै नेपाली नोटमा सही गर्ने ?" "हो, उनै ।" गुप्ताजीले भन्नुभो, "तिनमा कुनै मिसावट छैन, ती शुद्ध मधेसी हुन् ।" "तपाइर्ं जेसुकै भन्नोस् ।" लक्ष्मण थारूले भन्नुभो, "अध्यादेश फिर्ता नभएमा हामी उत्पात मच्चाइदिन्छाँै ।" "तपाइर्ं पनि एउटा कुरो गाँठ बाधेर राख्नोस् । " गुप्ताजीले भन्नुभो, "अध्यादेश खारेज भयो भने हामी आगो लगाइदिन्छौँ ।" "आगो लगाएपछि देशचाहिँ के हुन्छ ?" लक्ष्मण थारूले भन्नुभो, "खरानी हुँदैन ।" "त्यो तपाईं जान्नोस् ।" गुप्ताजीले भन्नुभो, "हामी आफ्नो अडान छाड्दैनौँ ।" "हामी पनि लौरो छाड्दैनौँ ।" लक्ष्मण थारूले भन्नुभो, "जसको लौरो उसकै भैँस ।" "हामीचाहिँ किन छाड्ने ?" गुप्ताजीले भन्नुभो, "जसको छिमेकी उसकै देश ।" "तपाईंलाई के चाहिएको ?" लक्ष्मण थारूले सोध्नुभो, "देश चाहिएको कि मधेस चाहिएको ?" "पहिले मधेस ।" गुप्ताजीले भन्नुभो, "त्यसपछि देश ।" "जे भन्नोस्, हाम्रो आन्दोलन जारी छ ।" लक्ष्मण थारूले भन्नुभो, "अध्यादेश खारेज भएपछि मात्र आन्दोलन रोकिन्छ ।" "तपाईंको रोकिनासाथ हामी सुरु गर्छौं ।" गुप्ताजीले भन्नुभो, "अध्यादेश खारेज गरे मधेस बन्द हुन्छ ।" "नेपालमा मधेस नै छैन ।" लक्ष्मण थारूले सोध्नुभो, "के बन्द गर्नुहुन्छ ?" "हामी छिमेकीसँग भनेर नून बन्द गर्छौं ।" गुप्ताजीले भन्नुभो, "नून खान नपाएपछि तपाइर्ंहरू नून नखाएका कुखुराजस् ता हुनुहुनेछ ।" "हामीलाई कुखुरा बनाउने ?" लक्ष्मण थारूले पाखुरा सुर्किनुभो, "कुखुरा बनाउनुभो भने हामी तपाइर्ंहरूका बस् तीमा बर्डफ्लु फैलाइदिन्छौँ ।" "त्यसो नगरौँ ।" गुप्ताजीले प्रस् ताव राख्नुभो, "तपाईंहरू देश बन्द गर्नोस् ।" थप्नुभो, "हामी मधेस बन्द गर्छौं ।" "अरूले के गर्छन् नि !" लक्ष्मण थारूले सोध्नुभो, "हामीले मात्र गरेर हुन्छ ?" "अरूले प्रदेश बन्द गर्छन् ।" गुप्ताजीले भन्नुभो, "यसरी सबैको आन्दोलन जारी रहन्छ ।" "आन्दोलन जारी राख्नुपर्छ ।" लक्ष्मण थारूले भन्नुभो, "२ सय ५० वर्ष सामन्तीले रजाइँ गरे, अब हामीले गर्नुपर्छ ।" "पहाडिया राष्ट्रवाद !" गुप्ताजीले नारा लगाउनुभो, "मुर्दावाद !" "हाम्राे आन्दोलन !" लक्ष्मण थारूले नारा लगाउनुभो । "जारी छ !" जयप्रकाशप्रसाद गुप्ताले जवाफ दिनुभो ।   Source: Nepal Rastriya Sapthahik

dipulata · Mar 15, 2009 12:03 PM · 1,554 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all