काठमाडौं, फागुन ३० - जिल्ला अदालतले शरीर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न भएको भन्ने आरोप थुनामा राखिएका रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । माघ तेस्रो साता विभिन्न अभियोगमा पक्राउ परेका उनलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गतको मुद्दामा भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राखेको छ । दुई दिनसम्म चलेको बहस सकिएपछि न्यायाधीश उदयप्रकाश चापागाईंको एकल इजलासले धमलालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । धमलासँगै पक्राउ परेका वीरेन्द्रकुमार मेहता र रामशुभक महतोलाई ज्यान मार्ने उद्योगमा साधारण तारेखमा रिहा गर्न आदेश दिए पनि शरीर बन्धक उद्योगमा भने थुनामै राख्न आदेश दिएको छ । अर्का प्रतिवादी मनोज महतोलाई दुवै अभियोगमा थुनामै राख्ने निर्णय सुनाइएको छ । अदालतको आदेशपछि धमलाले आफू निर्दोष भएका कारण अदालतले सफाइ दिएको बताए । 'मेरो निर्दोषिताको सम्मानित अदालतले मूल्यांकन गरेको छ,' उनले भने, 'अदालतको जस्तोसुकै आदेशको पनि पालना गर्छु ।' धमलाका पक्षमा बार अध्यक्ष विश्वकान्त मैनाली, पूर्वअध्यक्ष शम्भु थापा, उपाध्यक्ष शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, भीमार्जुन आचार्य, माधव बाँस्कोटालगायत एक दर्जनले वकिलले बहस गरेका थिए ।
badarkta · Mar 14, 2009 10:35 AM · 243 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion