घुसखोरी बन्द गर, भ्रष्टाचार बन्द गर मान्छेमाथि हुने नाना अत्याचार बन्द गर सँधै खुल्नु पर्ने देश, बन्द गर्छु भन्छौ किन बरु सके नेपालीका दु:ख, दर्द बन्द गर नेपाल नेपाल रहे हुन्छ, स्वीट्जरल्यान्ड त चाहिंदैन मेलम्ची पो ल्याउँछु भन्थ्यौ, मुख धुनै यहाँ पाइँदैन वजन नभएका ती फोस्रा गफ बन्द गर हुति भए अन्धविश्वास, कुरीतिलाई बन्द गर एकै ढिक्का नेपाल हाम्रो, चिर्छु तिमी नभन है पीडित हामीलाई अझ, पिर्छु तिमी नभन है सक्छौ भने सिमा मिचाइ, अतिक्रमण बन्द गर नेपाल अब खुल्नु पर्छ, बन्द भन्न बन्द गर नेपाल अब खुल्नु पर्छ, बन्द भन्न बन्द गर बन्द भन्न बन्द गर ... Last edited: 12-Mar-09 10:04 PM
cheli · Mar 12, 2009 10:01 PM · 12,641 views
Its very good . Thank you.
sahitya · Mar 13, 2009 8:00 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion