के महारोग लाग्यो नेपाल लाई जहिले पनि हुन्छ बन्द

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यता पनि बन्द,उता पनि बन्द जताततै बन्दयस्ले पनि बन्द, उस्ले पनि बन्द जस्ले पनि गर्ने चै त्यही बन्दके महारोग लाग्यो नेपाल लाई जहीले पनि हुन्छ बन्द आफु ले गर्दा ठीक हुने बन्द, अरु ले गर्दा बेठिक हुने बन्दसत्ता म पुग्न लाई बन्द, पुग्ने ले पनि गरेकै हुन बन्दके महारोग लाग्यो नेपाल लाई जहीले पनि हुन्छ बन्द स्वायत्त राज्य का लागी बन्द, माग पुरा गराउन बन्दबन्द खुलाउन बन्द, लोडसेडिङ को बिरोधमा बन्दके महारोग लाग्यो नेपाल लाई जहिले पनि हुन्छ बन्द यता पनि बन्द, उता पनि बन्दनेपाली ले गर्ने बन्द, नेपाली लाई अती दु:ख दिने पनि यै बन्दके महारोग लाग्यो नेपाल लाई जहिले पनि हुन्छ बन्द Last edited: 10-Mar-09 09:35 PM

parikalpana · Mar 10, 2009 8:46 PM · 12,129 views

1 Reply

सल्किदै गरेको डडेलो वा जलिरहेको घर निभाउन आतुर दमकलहरु। अनि अन्गिन्ति निर्दोष लासहरु आसाको रस्सिमा झुण्डिएर आत्मदाह दिइरहदा , देश एउटा नेशनल मण्डेलाको को रेखाचित्र खोज्दैछ ।   इतिहास को पाना पल्टिदै गर्दा दाहासंस्कारको बिगुलहरु बजिरेहेछन सामन्ति र मिर्गत्रिस्ना वाँच्ने ब्याँसाहरुका खातिर आमा लिलाममा जाँदैछिन । हुन पनि उल्लुहरु को जमातले दिउसो आकासमा के ठमाउथे भिख माग्छन शिकार खेल्न पोख्त राक्षस सँग ।   हावा को झोक मा बगेका असंख्य आगोका मुस्लोहरु अनि कछुवा को गति मा चल्ने ति दमकलहरु सुक्दै छन मिलन गराउन निक्लेका नदिहरु। बालुवा का महल बनाउदै गरेका श्यालहरु सिन्दुर पुस्न आतुर छन आमाहरुको ।   घरको दुध पचेन, बिरालो लाइ तल्लो घरको ढिडो मा खुसि। अनि कुकुर त झन माथ्ला घरको नै रखवाला के थाहा घरमा डढेलो को कथा । I am too late i will add on this one tomorrow.

sajhabusaima · Mar 10, 2009 10:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all