काठमाडौंमा अती नराम्रा बिकृतिहरु भईरहेकोछ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राजधानीमा सञ्चालित यौनगृहमा छापामार्न सर्वसाधारणले प्रहरीसँग माग गरिरहेका छन्:- जितेन्द्र साह काठमाडौं, फागुन २६ - राजधानीमा सञ्चालित यौनगृहमा छापामार्न सर्वसाधारणले प्रहरीसँग माग गरिरहेका छन् । तर त्यस्तो गृह धेरै भएकाले कहाँ राख्ने भन्ने समस्याले पक्राउ गर्न समस्या भएको प्रहरीले जनाएको छ । साताअघि एक घरभित्र संगठित रूपले सञ्चालित यौन गृहमा छापामारेपछि थप सूचना आइरहेको प्रहरी बताउँछन् । प्रहरीहरू भन्छन्, 'छापामारेर पनि के कारबाही गर्ने ? कहाँ राख्ने ?' महानगरीय प्रहरीका अनुसार राजधानीमा मात्र करिब दुई हजार यौन गृह छन् । घरमा र सुरक्षित स्थलमा भाडा लिएर सञ्चालन गर्नेको संख्या उत्तिकै छ । महानगरीय प्रहरी परिसर काठमाडौंले केही घर र मसाजमा छापामारेर फागुन १६ मा यौन व्यवसायमा संलग्न भएको आरोपमा ३२ महिला र ८ पुरुषलाई पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरी सार्वजनिक अपराधको मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । परिसरको थुनामा रहेका अधिकांश युवती र सञ्चालक यसअघि कारबाहीमा परेको प्रहरीले जनाएको छ । परिसर प्रमुख एसपी नवराज सिलवालका अनुसार पक्राउ परेका यौनकर्मीलाई संघसंस्थाको सहयोगमा परामर्श दिएर वैकल्पिक पेसामा लगाउने पहल भइरहेको छ ।  'पक्राउ गरेर पनि के गर्ने ?,' परिसरका अनुसन्धान अधिकृत डीएसपी ईश्वरबाबु कार्की भन्छन्, उनीहरू यो काम गछर्ु पनि भन्दैनन्, गर्दिनँ पनि भन्दैनन् ।' डीएसपी कार्की भन्छन्, 'प्रलोभन वा बलजफ्ती लगाएको सम्बन्धमा सोध्दा उनीहरू केही बोलिदिंँदैनन् ।' उनीहरूले आफ्नो वास्तविक नाम र ठेगानासमेत नभन्ने गरेको उनी बताउँछन् । सबैतिर पहुँच राख्ने टाठाबाठा महिलाहरू नै यस्ता कोठीको सञ्चालिका हुने गरेकाले मानसिक त्रासले यौनकर्मीहरू मुख बन्ध राख्ने गरेको प्रहरीहरू बताउँछन् । परिसरले एक महिनाअघि राजधानीमा यौन व्यवसायको प्रकृति र यसमा संलग्नबारे एक छुट्टै टोली बनाएर अध्ययन प्रतिवेदन तयार गरेको थियो । सोही प्रतिवेदनअनुरूप आवासीय क्षेत्र, अस्पताल, धार्मिक स्थल र शैक्षिक संस्था वरिपरि यौन व्यवसाय निरुत्साहित पार्न लागेको हो । 'यस्ता पेसामा लागेकाको पहिरन, गाडी र महँगा मोबाइल देखेर राम्रा घर परिवारका युवती र किशोरी यस पेसामा संलग्न भएको देखियो,' कारबाही खटिएका एक अधिकृतले भने । 'अफिस, एनजीओ वा रेस्टुरेन्ट' मा काम गछर्ु भन्ने बहानामा छोरीहरू यो पेसामा लागेको र लगाएको भन्दै अभिभावकहरूले समेत प्रहरीलाई कारबाहीको लागि आग्रह गर्न थालेको अधिकृतहरू बताउँछन् । घरका महिला सदस्यलाई त्यस्तो व्यवसाय हुने स्थल अघिल्तिरबाट हिंँडडुल गर्न समेत गाह्रो भएपछि नागरिक समाजले समेत सार्वजनिक शान्तिका लागि कारबाही गर्न प्रहरीलाई आग्रह गर्न थालेको छ ।   काठमाडौंमा अती नराम्रा बिकृतिहरु भईरहेकोछ। मोडेलिङ को नाम मा बेस्सालय हरु।

Maylumaya · Mar 10, 2009 7:39 PM · 3,104 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all