हैन कि हो?----खै के हो के हो "ए! उठ्छस कि लात्तले दिम?" घाम झुल्किन भ्याको थिएन बाङ्गे मेरो कोठामा झुल्क्याथ्यो ब्यान ब्यानै त्यस्ता शब्द हुर्याउँदै। "आज एउटा घाघ ज्योतिषी नखोजी छोडदिन" मैले पनि मुरमुरीँदै कोल्टे फेरेर सिरकले मुख छोप्नु अघि भनें। "यस्तो तरुनी खोज्ने उमेराँ नी ज्योतिषी खोज्ने हो के त? के गर्न चाहियो नी तँलाई ज्योतिषी?" ओछ्यानमा बस्दै अलिकति सिरक तानेर सोध्यो उस्ले। "कैले घिच्याउने रे छ तँलाई कालले भनेर नी?" उस्ले मज्जाले सुन्ने गरी भनें मैले, टाउको बाटो सिरक हटाईकन। "तँलाई भन्दा पैले मलाई घिच्यायो भने त बाबु तँलाई तर्साएर नी म खान बस्न दिन्न--यस्तो तर्साउँछु तँलाई म--यस्तो तर्साउँछु --- बरु म मर्न पा भए नी हुन्थ्यो जस्तो पार्छु म तँलाई" उस्को घुँडा सिरक भित्र घुसाउँदै, ओछ्यानको भित्तामा अढेस लागेर भन्यो उस्ले अनि थप्यो, "जा न माथि गएर चिया लिएर आईज, स्वास्नी नभा यस्तो खडेरी ओछ्यान छोडन पनि कस्तो गार्हो हो?" "आधारातमै हिनीस कि के हो ए मसान? कति बज्यो अहिले?" मैले झर्किंदै सोधें। "बज्यो होला नी दश जति" उस्ले सजिलै भन्यो। "बज्छ दश तँलाई भनेर, घाम त झुल्क्या छैन होला" मैले भित्तामा झुण्ड्याको घडी तिर हेर्दै भनें। साढे ६ हुँदै रे छ। "ल हेर, भरखर छ लाई साढेले हान्दै रे छ--अझै दुई घण्टा बाँकि छ बिहान हुन लाई त--" थपें। "यता नबजे नी कतै न कतै त बज्यो होला नी दश, तैंले यहाँ कति बज्यो भनेर सोध्या थिएन केही थिएन -- ल ल अब उठ लामो कुरा गर्ने होईन। चिया लिएर आईज जा -- पेटै उमठन लाई सक्यो अब त।" म तिर बाट सिरक तानेर उस्को माथि मिलाउँदै भन्यो उस्ले। अब नउठी धरै थिएन। उठें अनि निस्किएँ कोठा बाट। म चिया लिएर आउँदा बाङ्गे कोठामा थिएन। "सित्तैमा मेरो निन्द्रा बिगारेर मर्यो" दुई कप चिया ओछ्यान छेउको टेबलमा राख्दै म झर्किएँ आफै सँग, अरु त को थियो र त्यहाँ झर्किन? अनि छिरेँ फेरी ओछ्यानमा। चियाको कप आधा पनि सकिएको थिएन, बाङ्गे छिर्यो कोठामा "क्या चिसो यार" भन्दै। मैले केही नभनी उस्लाई हेर्या देखेर होला चियाको कप समात्दै उस्ले भन्यो "तलतल लागेर उता हलुवाबेदको बोट मुनी दुई चार सर्को तानेर आ--के गर्ने अब बानी लागि हाल्यो--आदत त राम्रो होईन नी--एउटी राम्री तरुनीले माया गरेर चुरोट छोड भने देखि छोडदीन्छु।" ओछ्यानमा त्यति फलाकिसकेर काखमा सिरक राख्दै पलेटी मारेर बसे पछी उस्ले सोध्यो "म किन ब्यान ब्यानै आ भन्न तँ कहाँ?" सोध्न त मन थिएन जिन सुकै आ भए नी -- नसोधे नी भनी हाल्थो भन्न त -- "किन कृपा गरीस त ब्यान ब्यानै?" तै पनि सोधें। "आज सुरेश अंकलले बोला छ के" उस्ले दंग परेर भन्यो। "ह्या तरुनीले बोलाको भए नी लौ भन्नु, सुरेश अंकलले बोलाउँदैमा के खान मेरो निन्द्रा बिगार्न आ त?" मैले खासै चासो नलिई भनें। फेरी को सुरेश अंकल को? "खै कुरा बुझेको तैले? सुरेश अंकल को भन्न?" उस्को खुसीमा कुनै कमी थिएन। "को?" मैले सोधें जो सुकै होस भन्ने लागे पनि। "हुने वाला ससुरो हो बाबु, हुने वाल ससुरो" गदगद भएर भन्यो बाङ्गेले। त्यस्ता हुनेवाला ससुराहरु दिनमा एक दर्जन जति हुन्थे, अनि धेरै जसो त दिन दिनै फेरीन्थे पनि, मलाई त केही वास्ता नी लागेन। "हिंजै भन्न आउनला थिएँ तलाई, बाउले राती राती बाहीर जाने होईन भनेर उर्दी लाए अनि कति बेला ब्यान होला भनेर क्या छटपटी आफुलाई।" उस्ले भन्यो। उ अझै दंग थ्यो। "को सुरेश अंकल यो?" मैले रित्तो कपलाई झ्यालमा राख्दै सोधें। "त्यो आशिषेको घरको उता पट्टी के त -- चाईनीज ईट्टाको घर छ नी हो त्यै" "को आशिषे? ज्ञानेश्वरको?" मैले फेरी सोधें। "अँ" बाङ्गे अझै दंग थ्यो। "त्यस्को घर छेउ त दुईटा छन त चाईनिज ईँट्टाका घर--दुईटै घच्चीका छन तर" मैले भनें। "तरुनी पनि दुईटै घच्चीका छन त्यहाँ--" बाङ्गेले अरु खुसी भएर भन्यो। दुईटा भनेर बाङ्गेले सम्झाए पछी झिनो आश पलायो मलाई पनि। "दुईटै त तेरा होईन होलान <SPAN style="FONT-FAMILY:
Deep · Mar 10, 2009 1:23 PM · 204,645 views
Kathaa sakkiyeko ho ki ajjhai cha? Post Office eutaa khulla bhayera ta tragedy nahunu parney......
Riten · Oct 7, 2009 12:20 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion