पाहुना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भाग १ "दिपिका ला हेर्न खत्तम नै हुने भयो, बर्बाद हुने भयो"--- सारीका फोनको रबर को एन्टेना चिमोट्दै आइपुगी मेरो कोठामा। दस पाइलाको दुरिमा थियौँ होला हामी त्यो दुरी पनि हिंड्न नसकेर दौडेर आइ।  "बिस्तारै हिँड। घर भित्रै दौडिन त पर्दैन होला नि? आइपुग्ला तेरो बाजे फेरी तल बाट निहु खोज्न"---आफुलाई उस्को कुरा सुन्न भन्दा बढी तल बस्ने कालेको पिर। अलिकती आवाज ठुलो भयो भने पनि तल बाट हान्न थाल्थ्यो उस्को दलिनमा। आफुलाई पैतालामै ठोक्या सरी हुने गरेर। "मान्छे ह्याँ मर्न आँटिसकेँ, उस्लाई तेइ असत्ती नरपिसाच को पिर"---फन्केर हिँडी मेरो कोठाबाट। खुब प्रयोग गर्थी यो नरपिसाच भन्ने शब्द। शब्दै सुन्दा नि दिउँसै तर्साउला जस्तो डर लाग्ने।   "किन मर्न आँट्या त्यो पनि सुनारै जा न"---उस्को अनुहार पनि नहेरी, आँखा झिमिक्क नगरि मनिटर तिर अनी औंला चै किबोर्डमा पिटिक पिटिक पार्दै मैले सोधेँ, मैले नसोधिकन उस्ले चै नभन्ने नै झैँ गरेर। "हेर्न अको दिदी आउने रे पर्सी, बुधवार आएर आईतवार जाने रे"---रुँला जसरी भनी। "आहा!"---निस्किहाल्यो मेरो मुख बाट। सारीका तीन छक्क परी। अको दिदी भनेको त्यस्को फुपु। उहाँको र मेरो चिना पर्ची केबल फोटोमा मात्रै भएको थ्यो। आफ्ना छोरा बुहारी  अनी नातिनिलाई भेट्न अमेरिका आउनु भएको छ भनेर सारीकाले नै सुनाकी थीई १-२ महिना अगाडि। बेला बेलामा सारीकाले  फोन गरेर "मलाई भेट्न आइस्योन" त भन्थी तर चेपारो पार्दा आँफै चिप्लिछे। बोलिको अली रुखो र छुच्चो अनी बुहारी  सँग खट्पट चै सधैं पर्छ भनेर पनि उसैले राग गाएकी थिई। अब यो पाली साँच्चिकै खट्पट बाट लम्किन खोज्नु भएको हो कि भदैको चेपारो को चपेटोमा पर्नु भएको हो थाहा भएन। आउने निधो गर्नु भएछ। खासै उहाँ आउनु भनेको मेरो लागि त कागलाई बेल पाक्या सरह नै हुनुपर्ने थ्यो तर परीस्थिती अर्कै परीदियो यो पाली। आको दिदी "in" हुने बित्तिकै सफल "out" हुन्थ्यो हाम्रो अपार्ट्मेन्ट् बाट। खास मलाई खुशी लागेको चै सफल "out" हुने भएर हो। सारीकाको र मेरो अपार्ट्मेन्ट् मा हामी भन्दा धेरै बस्ने ; हामी भन्दा धेरै खाने तर पैसा चै फुटी कौडी ननीकाल्ने अनी काम गर्न भनेपछी वरको सिन्का पर पनि नसार्ने; ढलेको गिलास धरी उठाउन एक्छिन सोच्ने यदी त्यो उठाउदा मेरो कम्मर मर्किने हो कि भनेर; मोजा खोलेर कहिले सोफामा कहिले भान्सामै फालिदिने; टि.भी को आवाज दुई कोश पर सम्म सुन्ने गरेर ठुलो बनाउन पर्ने; नुहाए पछी घरमा को को छ मत्लब नगरेर रुमाल कम्मर मा बाँधेको भरमा अर्ध नग्न शरीर लिएर दुई घण्टा वरदोर गरेर बस्ने; दिन भर भिडियो गेम पाएपछी बसेको ठाउँबाट हलचल नगरने; खान पकाउन केही जाँगर पनि नदेखाउने तर खानेकुरा केही फ्रिजमा देख्न पनि नहुने। देख्यो भने अरु खावस कि नखावस वास्ता नगरेर एक बचन कसैलाई नसोधी आफु मात्रै खाने; हरेक बिदा, लामो होस् कि छोटो होस् आइपुगिहाल्ने; यती धेरै गुणहरुले भरिपूर्ण "सफल" नाम गरेको सारीका को बोइ फ्रेन्ड थ्यो। नाम मात्र सफल काम जती उस्का सबै असफल हुन्थे। मान्छे त बिदा भएपछी काम गर्न तिर लाग्छन नि उ त सिधै आइपुग्थ्यो हामी काँ। दुई हप्ता भन्दा धेरै कुनै काममा पनि टिक्न सकेको हाम्रो ज्ञानमा आएको छैन। काममा जो सँग पनि ठ्याक नमिल्ने उस्को। त्यस्तो त मैले आज सम्म उस्को बाहेक अरु कसैको पनि सुनेकी छैन।  एउटा ठाउँ नराम्रो हुन सक्छ दुइटा हुन सक्ला सब का सब नराम्रो त कसरी हुन्छ? त्यो मैले कहिले बुझिन।   हुन त सफल बस्ने हाम्रो अपार्ट्मेन्ट त के हाम्रो स्टेट मै थिएन। उ अर्कै स्टेटमा बस्थ्यो र त्यही युनीवर्सिटिमा पढ्थ्यो। सारीका पनि पहिले त्यही पढ्थी र सँगै बस्थी। सुरुमा त दुई जनाको जोडी चखेवाको जोडी जस्तो थ्यो रे। पछी कुरा मिल्न छोड्यो रे। दुई जनाको झगडामा मायाप्रिती त पिङ-पङ बल्ल जसरी कहिले एका छेउ कहिले अर्को छेउतिर हुइकिन थाल्यो रे। पछी सारीका हाम्रो युनिवर्सिटिमा ट्रन्स्फर भएकी थिई। सँगै बस्दा नमिलेका कुराहरु छुट्टीदा चै मिल्यो रे उनिहरुको। अब एकअर्का प्रती माया सागर को छाल जसरी उर्लेर आयो रे। तर पनि अचम्मको कुरा चै जती उर्लेर आएपनी, बगाएर अर्को छेउ तिरै पुर्याए पनि सँगै चै कहिले नबस्ने रे, दु:ख पाए रे। त्यस्तो पनि हुने रहेछ।   सँगै नबस्ने पनि भन्ने मात्रै हो। सफल जहिले हामी काँ हुन्थ्यो। जस्ले पनि तिमीहरु तीन जना बस्ने हो भनेर सोध्थे। अरु त अरु एक्चोटी म्यानेज्मेन्ट बाट चिट्ठीनै आएको थ्यो हामीले खबर नै नगरि अर्को मान्छे पनि राख्यौँ भनेर। हामीले पछी गएर उ त पाहुना हो भन्दा त्यस्तो सधैं बस्ने पनि पाहुना हुन्छ भनेर हामीलाई नै उल्टो प्रश्न गरेकी थिई म्यानेजरले। त्यती हुँदा पनि सफललाई केही फरक परेको चै थिएन। उ आफ्नो नित्य कर्म गरिनै रहेको थ्यो, बिदा भयो कि झोला बोकेर हामीका पसारो पर्न आईहाल्थ्यो। यो पाली पनि दुई हप्ता बितिसकेको थ्यो, अब अर्को दुई हप्ता बस्ने सफलको प्लान थ्यो। अको दिदी आएपछी त उ जानै परीहाल्यो। आफ्नै फुपुको अगाडि सारीका पनि बोई फ्रेन्ड सँग एउटै कोठामा त बस्न कसरी सक्थी र? बस्न नसक्ने मात्रै होइन सफललाई चिनाउन पनि सक्दिन थिई त्यो बेलामा। सफल को र उस्को सम्बन्ध कस्तो हो सारीकालाई नै त छुट्याउन हम्मे हम्मे थ्यो अरुले के बुझ्ने र उस्ले कस्लाई के भन्ने?  त्यसैले उ चिन्तित थीइ अको दिदी आउने भनेर। आफुलाई त सफल जस्तो चन्डलाई पठाउन पाए जुन मुन्ड आएपनी केही थिएन, झन फुपु त राम्रै भयो।  क्रमश: .......   Last edited: 10-Mar-09 09:13 AM

Dipika02 · Mar 10, 2009 8:55 AM · 78,814 views

77 Replies · Showing 61 - 77
Page 4 of 4

"ओहो दिपिका नानी! के छ? सफल बाबु पनि आएको हो?----अको दिदिले सोध्नु भयो। यता सात जानाले घुरेर "को केटा हो तेरो भन्छेस कि मार्दिम घुस्घुसे" भन्न थाले। लौ हेर कस्तो फसाद परेको दीपूलाई। खुरुक्क पहिले नै आफ्नो होइन उसैको बोइफ्रेन्ड भनिदिएको भए हुने रहेछ, कसो? सदा झैं यो प्रस्तुति पनि उत्कृष्ट लाग्यो। अर्को कथा छिट्टै पढ्न पाउने प्रतीक्षामा।

chipledhunga · Mar 19, 2009 1:30 PM

मलाई पनि रमाइलो लाग्यो कथा पढेर ! पहिला पहिला भन्दा झन झन राम्रो हुँदै गएको छ लेखन शैली ! बधाई छ दीपीका जी !

ritthe · Mar 19, 2009 1:35 PM

लौ कथा त सिद्धिएछ? म त अब के के हुने होला भनेर दङ पर्दै थिए बिचरा सफल लाई सारीका ले धोका दिएर बिहे सम्म भएको लेख्नु भएछ ।     जे होस् रमाइलो छ, आफ्नो जिबनका अनुभब लाई रमाइलो तरिकाले कथा मा पस्किनु भएको मा मुरी मुरी धन्यवाद, यस्ता कथाले निरन्तरता पाइराखुन अघी लेखेको अलिकती फिर्ता लिए है Last edited: 19-Mar-09 02:04 PM

Parbatya · Mar 19, 2009 1:40 PM

serial--- बौचा ल हेर मैले त्यस्ता नाम कमाए भनेर खुशी भएकी। त्यही घुस्घुसे भएर त स्वयम्भु जाँदा बाँदर ले गाला चिथोरेको कुरा कसैलाई नभनेको नि। नत्र यहाँ टेक्ने बित्तिकै सुरुमै ठुल्दाइ फोन गर्दिहाल्थेनी। खोइ भनी न त बिस्टे--- भन्न पर्ने बेलामा भनिन मामा अब त भनेकै भए पनि किन पत्याउनु हुन्थ्यो र भनेर चुप लागेँ। हा हा हा सारीकाले बोलाइन सफल लाई बिहेमा त। chipledhunga--- त्यो बेलामा अब फुपुले मलाई कहिले नै चिन्ने हो र भनेर खास ठुलो पनि लागेन। धेरै सँगै बसेर कुरै गर्नु परेको भए त भनिदिन्थे होला त्यस्तो पनि भएन तर ३ बर्ष पछी पनि त्यसरी भेट हुने थाहा भएको भए चै भनिदिन्थे तेइ बेलामा। ritthe--- ओहो रिट्ठे एउटा विद्यार्थी लाई जाँच कस्तो भयो भनेर पिर गरिरा बेलामा प्रोफेसरले "A" आयो भन्दा जती खुशी लाग्छ मलाई त्यती नै खुशी लाग्यो अहिले तिम्रो कुरा सुनेर।  Parbatya--- पर्बत्या ज्यु, सारीका ले फुपु को अगाडि किन लसपस गर्थी र? उस्ले त सफललाई चिनेको पनि छैन जस्तो व्यबहार गरेकी थीइ नि। सफल बिचरा चै यो सारीका आफ्नो मान्छे पाएपछी अरुलाई वास्तै गर्दैन भन्दै थ्यो पहिले कुरा  नबुझ्दा।  पाहुनामा उपस्थित सबै पाहुनालाई धेरै धेरै धन्यवाद। जीवन को यात्रा मा हिड्दै जाँदा घटेका तिता मिठा सम्झना हरु बाँड्ने क्रम मा लेखेको यो कथा पढिदिनु भएको मा र प्रोत्साहन गर्नु भएको मा म आभारी छु। दिपिका  

Dipika02 · Mar 19, 2009 2:58 PM

भाग ३ र र अन्तिम भाग को अन्तिम हरफ सम्म एक सास ले पढि सक्याएं।  यस्तो लाग्यो कुनै चलचित्र हेरी राख्या छु। सफल को असफल प्रेम यात्रा, अको दिदी को गन्थन, सारीका को बंठ्याइ र जीवन। सबै जीवन्त लाग्यो। धेरै लेख्यो भन्नु होला, अन्यथा न लिनु होला  । नेपाली साहित्यमा पुरस्कारको लागि आबेदन दिने अधिकाँश कथाकार भन्दा अब्बल दर्जा को लेखाइ छ।

rahulvai · Mar 19, 2009 2:59 PM

Dipuu malai teo ako fupu wa uha ko buhari ko email id deuna --- yo katha ko attachment pathidinu paryo--k thaha pachhi feri timi *** sanga hinira bela ma pyachha sodnu hola   jokes apart, timro lekhai sadhai jhai -- ae haina haina sadhai bhanda utkrista-- hasnu hasi sakeysi timro maya lagcha bai.  Gjob sisu! Ocrazmaicha  hawu grl?

Pjna007 · Mar 19, 2009 6:27 PM

realistically presented, genuinely ended and flawlessly written i've just started reading your other stories. Glad to have you here Dipika02 love to read more from you. ~khushi~

khuSshi · Mar 19, 2009 7:03 PM

लौ जा, सफलेको कन्तबिजोग भएछ। जे भए नि भाँडा त टिलिक्कै माझ्थ्यो नि है! प्रेज्ज्, के छ त तोरि लाहुरेको हालखबर?

crazy_love · Mar 19, 2009 7:17 PM

सधैं झै, अर्को सुपाठ्य कथा । लेखनमा एउटा साह्रै मीठो लाग्ने विशेषता चाही के भने नियमितजसो ठाउँठाउँमा वडा witty अभिव्यक्तिहरु । एउटै अलिकति खट्केको चाही कथान्त भाव । कथान्त reflective ending हो । तर त्यो अलि remorseful note मा छ, मानौं conflict यथावत् छ अर्थात् protagonist मा कुनै वैचारिक परिपक्वता आएको छैन । त्यसको विपरित यदि protagonist ले त्यो पुरानो happenstance लाई एउटा something to laugh about जस्तो के, अलिक accepting र positive note मा लिएको भए यो कथाको सुन्दरतामा कुनै कमी नआउने मात्र होईन बरु अभिवृद्धि हुने थियो भन्ने मलाई लाग्छ । आखिर त्यो एउटा सानो दूर्घटना न थियो । विस्मातको साटो हाँसोपूर्ण स्वीकार बढी शोभनीय र परिपक्व देखिन्छ भन्न चाहेको हुँ । जेभए पनि सदा झै पठनीय कोसेली । सधै झै अनन्त शुभकामना !   Nepe   

Nepe · Mar 19, 2009 8:39 PM

दिपु, कथा त सकिएछ। अन्तिम भाग पनि सुन्दर लाग्यो। अली कती ब्यङ, हासो अनी अली कती भावुकता - सबै कुरा कथाले समेटेको छ। अरु पनि लेख्दै गर है।

Nepal Ko chora · Mar 19, 2009 9:17 PM

rahulvai --- ठुल्दाइ हजुरहरु सँगै सिक्दैछु। त्यती ठुलो सम्मान को लायक त छैन होला तर हजुरका शब्दहरुलाई प्रोतसाहन को मार्गको रूप मा लिएकी छु।   Pjna007--- सिसु, ठीक भन्यौ। फुपुको त भर छैन। प्याच्च सोध्नु भयो भने के भन्ने फेरी है? पख म अहिले नै पठाइदिन्छु भाउजुलाई बरु त्यो एक हरफ जस्मा दाई भाउजु को कुरा छ त्यो चै मेट्छु पठाउदा  ;-) khuSshi --- खुशी हौसलाको लागि धन्यवाद। बरु अरु कथा कस्तो लाग्यो त्यो पनि सुन्न पाए म पनि खुशी हुन्थेँ। crazy_love--- त्यही भन्या मैचा सफल ले भाँडा माझ्दा त घरमा ऐना नै नचाहिने नि। अनी हेर त भनेकी, ज्वाँई लाई "तोरि लाउरे" रे  सिसु ले मार्छे तर सिसु हेरन शब्द सुनेर मर्नै आटेँ। यो मैचा लाई कती आउने यस्ता कुरा क्रेज अब तिमी कहिले टाँस्छौ त्यो लेख्दै गरेको कथा। प्लट नै कस्तो राम्रो छ झन तिम्रो शब्दहरुले सजाउदा मनमोहक बगैंचा जस्तै हुन्छ।  छिट्टो है। कुरिराछु।   Nepe--- हजुरको जस्तो पारखी नजर परेपछी धेरै त्रुटीहरु छर्लङ हुन्छन। साँच्चै भन्ने हो भने अझ सम्म पनि सारीका अथवा मेरो मुख बाट फुपुलाई त्यो बेलामा हामीले झुठो बोलेको भनेका छैनउ। त्यस्तो मौका नै परेको छैन। उहाँको र मेरो त्यही बिहेमा भेट भएपछी फेरी भएको छैन। त्यसैले मैले अन्त्य त्यसरी गरेकी। अहिले हजुरको प्रतिकृया पढेपछी चै शायद पुरै हाँसोपूर्ण नै लेखेकी भएपनी हुन्थ्यो जस्तो नलागेको चै होइन तर :-) Nepal Ko chora--- नेप्चु तिमीले जे सुन्न मैले चाहेको त्यही नै भन्यौ। खुशी लाग्यो। तिमी अब फेरी बिलाउने हो? :-) अब चाँही यो धागो बाट बिदा लिन्छु। पाहुना मा आफ्नो समय दिनु भएका सबै पाठकहरुलाई धेरै धेरै धन्यवाद। दिपिका 

Dipika02 · Mar 22, 2009 6:42 PM

यो हप्ता ब्यस्त भाकोले के भो नै थाहा थिएन, धन्न यो कथा माथि आएछ, २ भाग पढ्न बाँकी थियो, पढें, मस्त हासें, सार्है रमाइलो भयो, सफलको पनि माया लाग्यो, दिपुको माया त सधैं लाग्छ। लौ फेरी फेरी एस्तो रोचक प्रस्तुती ल्याउंदै गर्नु होला, धन्यवाद

perfectionist · Mar 22, 2009 7:14 PM

:) अको फुपु चै सफा भावना भएको मान्चे हुनुहुदो रहेच। 'ओहो दिपिका नानी! के छ? सफल बाबु पनि आएको हो?'---- सफल मनपरेकोरहेच अको फुपुलाई हे हे हे! सफलको बारेमा फुपुले सोधेका सबै प्रश्न जायज हुन जस्तो लाग्च मलाई दिपू   त्रिकोणात्मक गर्दिया भए पनि हुने थियो। खुलेर लेखन सिस( अरे दिपिका दिज्यु पो त )

shubha · Mar 23, 2009 8:33 AM

झन्न सारिकाले दिपिकाले सफललाई छोडि त भनेर भनिनछे !!!!रमाइलो लाग्यो अर्को कथाको ब्यग्र प्रतिक्षामा!!!

fucheketo · Mar 23, 2009 9:13 AM

सुन्दर अनि मीठास भरिएको । फेरि फेरि पनि नयां खाले कोशेलीहरु पस्कदै गर्नु होला । धन्यबाद । -somewhereondearth

somewhereondearth · Mar 23, 2009 12:45 PM

सुन्दर, मिठो, हलुका तनावमा पनि मुसुक्क हँसाऊने कथा! सत्य घटनामा आधारीत हो दीपीका नानू? माथि प्रेरणाले भने जस्तो,  फुपु र उनकी बुहारीको इमेल पाए, अहिले कस्तो घटना चल्दैछ थाहा पाउन हुन्थ्यो हे हे हे!

Birkhe_Maila · Mar 27, 2009 10:58 AM

मलाई यो कुरो मन्पर्‍यो । सारीकाले बिहे गरिछ । जे भो राम्रै भो ।

ANS · Mar 27, 2009 12:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all