शहीद खेती

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"शहीद खेती" नाङ्गले पसलमा शहीद किराना पसलमा शहीद र सुपरमार्केटमा शहीद; थोकमा शहीद, खुद्रामा शहीद छुटमा शहीद, भारी छुटमा शहीद र एकको भाउमा दुई शहिद; अनुहार नभएको शहीद अनुहार भएको शहीद र धेरै अनुहार भएको शहीद; यो शहीद खेती मौलाएको देशमा- परीणामको मन्दी छ राजनीतिको बजारमा शब्दमुद्राको द्रूत अवमूल्यन छ र भाग्य हेर्नेको सुगाले पनि थुतिरहेछ दिनमा पाँच-सात शहीद; यो शहीद खेती मौलाएको देशमा- बिना ज्याला घोटिईरहेका शहीद खेतीका खेताला हामी यो शहीद खेती मात्रै मौलाएको देशका- खेत हामी, मल-जल हामी बीऊ हामी, फल हामी मात्र अदली-बदली छ जमीन्दारहरुको र शहीद खेती जारी छ यो शहीद खेती मौलाएको देशमा शहीद खेती जारी छ! (Also posted in The road to nowhere----) Last edited: 09-Mar-09 08:19 PM Last edited: 09-Mar-09 08:22 PM

Gautam B. · Mar 9, 2009 8:17 PM · 16,519 views

5 Replies

. tautology

khwasa · Mar 9, 2009 8:21 PM

वाह ! वाह , गोतामे जी । वाह ! वाह !! बलत्कारी शहीद, ब्यभिचारी शहीद बस ट्रक मुनी शाहीद, हत्यारा खूनी शहीद यस्तो लाग्छ, जन्मिनु को मुल्य छैन, जीवन को कुनै अर्थ छैन। मर्नु, मार्नु सिवाय हाम्रो भाग मा केही छैन। हत्या नै परम धर्म हो, हत्या नै नित्य कर्म हो।  

rahulvai · Mar 9, 2009 8:28 PM

गोतामी जी ले निकै समसामहीक कुरा पस्कनू भयो। ठिक भन्नु भयो "यो शहीद खेती मौलाएको देशमा शहीद खेती जारी छ!" अनी प्रसंगैमा अर्को कुरा, तपाइको ब्लगमा गइराख्छु, तर एउटा कुरो फुर्सत भएको बेलामा यही राखुं। त्यो ब्लग भित्र ब्लगमा आउदो स्तम्भमा तपाइलाइ यही निम्ता छ है।

nepalean · Mar 9, 2009 10:56 PM

धन्यबाद khwasa, राहुलदाइ र नमे! निम्ताका लागि धन्यबाद नमे!

Gautam B. · Mar 10, 2009 7:38 PM

कसले, कसको बाबुले, कसको काकाले, कसको दाजुले र भाईले हरेक नेपाली कार्यालयमा गुस खाको। कस्ले नेपाल बिकासको हरेक प्रोजेक्टमा भ्रस्तचार गरेको। कस्ले नेपालको गाऊ को बालिका हरु लाई बमबाइ (मुम्बाइ) तिरलगेर बेच्ने को। कस्ले सुन्को, खाग् को, अफिम र हिरोइन लगु पदार्थ को तस्कर गरेको, कस्ले नेपाल को संबिधान, नियम, कानुन र राष्ट्र को शासन तोदेको-बिगारेको, कस्ले नेपालको हरेक जिल्ला अददा मा बसेर गुस खाँदै भारतीय बिहारी र मारवर्डी हरुलाई सुद्ध नेपाली नागरिकता र नेपाली पास्पोर्ट दिएको। अब साझावेब मा आएर आसु झर्ने, दुक्ख पोखने, करौने, चिचौने, बिहोस् हुने। एक्चिन पछाडि सरेर, कुर्सी मा बसी धेरै धेरै सोच्नु होला नेपालका सासक परिवारहरु।

Maylumaya · Mar 10, 2009 8:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all