नेपाल फर्किने बेलामा - रवीन्द्र मिश्र

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://www.kantipuronline.com/...   नेपाल फर्किने बेलामा रवीन्द्र मिश्र अन्ततः पेसागत र व्यक्तिगत दुवै रूपमा नेपाल फर्किने मेरो लामो धोको पूरा हुनलागेको छ । पाकिस्तानमा झन्डै तीन र बेलायतमा १४ वर्ष बिताएपछि म स्थायी रूपमा अर्काे महिना नेपाल फर्किंदैछु । बेलायतमा बिताएका १४ वर्ष मेरालागि जीवनको एउटा अत्यन्त सुखद, उपलब्धिपूर्ण र सन्तोषजनक समयका रूपमा सदा रहिरहनेछन् । पाकिस्तानको तीनवर्षे बसाइले मेरो शैक्षिक जीवनमा एउटा इूटा थपेको थियो र मेरो पेसागत जीवनको जग निर्माण गरेको थियो । बेलायतको बसाइले मेरो शैक्षिक जीवनमा आर्को इँटा थप्यो र मेरो पेसागत जीवनलाई एउटा रूप र परिचय दियो । ती सबैले मलाई व्यक्तिगत रूपमा सुखद अनुभूति दिने गरेका छन् । तर मैले मेरो शिक्षा र पेसाको धरातलमा उभिएर बेलायत बसाइका क्रममा देखेका र भोगेका क्षणहरूले मलाई जे सिकायो र मेरो पेसाभन्दा बाहिर मभित्र रहेको गहिरो विश्वासलाई अघि बढाउन जसरी प्रेरित गरायो, त्यो मेरालागि सबभन्दा सन्तोषको पक्ष रहेको छ । यी अनुभूतिहरूलाई दुईवटा कारणले मैले यहाँ बाँड्ने धृष्टता गरिरहेको छु । पहिलो कारण हो, जेले मलाई मेरो आजसम्मको यात्रामा सबभन्दा ठूलो सन्तोष प्रदान गरेको छ, त्यसका लागि म आफूलाई नभएर अनगिन्ती विदेशमा बस्ने र खासगरी बेलायतवासी नेपालीहरूलाई धन्यवाद दिन चाहन्छु । तिनको सद्भाव, विश्वास अनि नैतिक र आर्थिक सहयोग नभएको भए मैले तय गरेको त्यो सानै किन नहोस्, तर सबभन्दा बढी सन्तोषजनक पाइला चाल्न सक्ने सम्भावनै रहने थिएन । मेरो १४ वर्षे प्रवासमा नेपाल र नेपाली भनेपछि मरिमेट्ने कैयौं नेपालीहरूलाई मैले भेट्ने, उनीहरूका बारेमा सुन्ने-पढ्ने र कतिपयसूग विचार आदान-प्रदान गर्ने मौका पाएू । उनीहरूबाट मैले धेरै सिकेको छु । यो लेखमा ती सबैको नाम लिन सम्भव छैन । तर नेपाल र नेपाली समुदायलाई कुनै न कुनै रूपमा सहयोग गर्न ती सबै नेपालीहरूप्रति म पूर्ण नतमस्तक छु । ती सबै मेरो बाँकी जीवनमा प्रेरणाका स्रोत रहिरहनेछन् । तीनको नैतिक या आर्थिक सहयोग नभएको भए म र समान विचारधारका मेरा साथीहरूद्वारा स्थापित र सञ्चालित हेल्प नेपाल नेटवर्क नौ वर्षको अवधिमा नेपालका गाउँहरूमा, मूलरूपमा नेपालीहरूबाटै उठाइएको रकमबाट, कैयौं स्कुल बनाउने, स्वास्थ्यचौकी चलाउने, पुस्तकालयहरू निर्माण गर्न, कैयौं स्कुल र स्वास्थ्यचौकीहरूलाई शैक्षिक र स्वास्थ्य उपकरणहरू प्रदान गर्न र आपतकालीन राहतहरू उपलब्ध गराउने काम गर्नसक्ने थिएन । 'नेपालका लागि नेपालीले गरौं' भन्ने नाराका साथ नौ वर्षअघि सुरु गरिएको 'नेपालको लागि महिनाको एक पाउन्ड कोष' अभियान अहिले बेलायतबाहेक अरू कैयौं देशहरूमा फैलिएको छ । हामी सबै एकआपसमा मिलेर काम गर्न सक्छौं । कतिपय ठाउूमा त समान नाराका अन्य संस्था पनि स्थापना भएका छन् । भविष्यमा हेल्प नेपाल नेटवर्क सञ्चालनका लागि सहयोग पुगोस् भनी स्थापना गरिएको प्रशासनिक कोषमा मात्रै विश्वको विभिन्न  देशका झन्डै २५ जना नेपालीहरूले कम्तीमा अढाई लाखदेखि बढीमा पाूच लाख रुपैयाूसम्म चन्दा दिएका छन् । सो कोषलाई अझ ठूलो बनाउने प्रयास जारी छ । हेल्प नेपालमा काम गर्ने क्रममा मैले यति धेरै प्रेरणादायी नेपालीहरू भेटेको छु, जसप्रति मेरो श्रद्धा सदा अटल रहिरहनेछ । १४ वर्षको प्रवास बसाइका क्रममा वास्तविक रूपमा काम गर्ने सँगसँगै कुराले संसार हाँक्ने, तर नेपाल र नेपालीका लागि केही पनि नगर्ने या लाज छोप्नका लागि अत्यन्त नगण्य एक-दुई काम गरेर फुर्ती लगाउने, घरको गरिबी छल्न विदेशमा दुःखजिलो गर्ने नेपालीलाई गन्दै नगन्ने, टन्न पैसा कमाएर पनि आफू पढेको गाउँको स्कुललाई जस्ताको त्यस्तै छाड्ने तर सिङ्गो देश बनाउने भाषण छाूँेर हिँड्ने, अनि नेपालमा 'हामीजस्ता सक्षमहरूको कदर नै हुँदैन' भनेर सरकारलाई गाली गर्ने, कत्ति पनि सामाजिक दायित्वबोध नभएका, स्वार्थी, ढोँगी र कपटी नेपालीहरू पनि नभेटिएका होइनन् । ती मेरो लेखाइका सधैं तारो बने । र भविष्यमा पनि बनिरहने छन् । मेरा यी अनुभूतिहरू बाँड्नुको अर्को कारण, विदेशमा बस्ने धेरै नेपालीहरूमा नेपाल फर्किने या नफर्किने भन्ने द्विविधासँग सम्बन्धित छ । मेरा दुवै छोराछोरी लन्डनमा जन्मिएका थिए । ती ११ वर्ष र ८ वर्षका हुँदा गत वर्षमै उनीहरूलाई स्थायी रूपमा नेपाल सारेँ । धेरै मित्र र आफन्तहरूको दबाबका बाबजुद हामी -मैले र मेरी श्रीमती) ले आफूहरूलाई मात्र होइन, छोराछोरीलाई पनि बि्रटिस नागरिकता लिन इन्कार गरिदिएकोमा, धेरैले हामीलाई मूर्ख सम्भिmएका थिए । त्यतिमात्र होइन, हामी उनीहरूलाई यस्तो स्थितिमा नेपाल सारिरहेका थियौं, जतिबेला नेपालमा स्कुलहरू नियमित रूपमा चलिरहेका थिएनन्, दिनमा १२/१५ घन्टासम्म बिजुली गइरहेको थियो, काठमाडौं धूलो, धूवाँ, फोहोरमैलाले व्याप्त थियो र सुरक्षास्थिति नाजुक हुँदै गइरहेको थियो । म भने काठमाडौंमा रहेका मेरा कैयौं मित्रहरूले झैं छोराछोरीलाई १२ कक्षासम्म भारतमा पढ्न पनि नपठाउने, बेलायतमा पनि नराख्ने र आफू पनि उमेर छँदै नेपाल फर्किने पक्षमा थिएँ । काठमाडौंमा आर्थिक स्थिति पूर्ण मध्यमवर्गीय हुँदाहुँदै मेरो त्यस्तो ढिपी देखेर, मेरा नातेदारहरू भन्थे, 'कुकुरलाई घिउ नपचेको, बोकाको मुखमा कुभिन्डो नअटेको' आदि-इत्यादि । तर मलाई त्यस्ता टिप्पणीहरूले छुँदै-छुँदैन थियो । मेरा ती नातेदारहरू फोहोरमात्र हेरिरहेका थिए । म फोहोरमा कमल फुलाउन थोरै तर प्रेरणादायी ती नेपालीहरूलाई हेरिरहेको थिएँ, जसका कारण आज देशमा व्याप्त राजनीतिक दुर्गन्धीका बाबजुद नेपाल, नेपाल रहेको छ । त्यो देश, जसले म र मजस्ता दसैं-लाखौं नेपालीहरूलाई नेपाली भन्दा गौरवको अनुभूति दिन्छ । त्यसैले विदेशमा बसेर नेपाल र नेपालीका लागि गर्नमात्र होइन, देशभित्रै बसेर अनेकौं रचनात्मक काम गरेर मजस्ता कैयौंलाई नेपाल फर्किन प्रेरित गर्न ती नेपालीहरूप्रति पनि म उत्तिकै आभारी छु । ती फर्किएर सारा नकारात्मकता बाबजुद खुसीसाथ अत्यन्त रचनात्मक जीवन बिताइरहेका छन् भने म र मेरो परिवारले चाहिू काठमाडौंमा बस्न नसक्ने भन्ने प्रश्नै उठ्दैन थियो । कुनै दुःखद घटना घट्नुछ भने त्यो भाग्यको खेल हो, जहाँ बसे पनि टारेर टर्दैन त्यो । हो, म फर्किएर कैयौं नेपालीहरूले झैं हिलोमा कमल फुलाउन नसकुूला, आकाशको तारा खसाउन नसकुूला । म त्यस्तो कुनै महान लक्ष्य लिएर फर्किन लागेको पनि होइन । धेरै मेरा दौंतरीहरूले 'खुब शान देखाएर ठूलो मान्छे हुन गएको थियो, देख्यो त भन्लान्, त्यो त महाको आडम्बर हो नि, मुखले बढो राष्ट्रवादी कुरा गर्छ, के-के व्यक्तिगत फाइदा हुने देख्यो, अनि फर्कियो' भन्लान् । भन्नेले यसै लेखलाई पनि आफ्नो ढम्फु आफैं बजाएर शान दिएको भन्लान् । भोलि मेरा छोराछोरीले 'हामीलाई लन्डनको स्वर्गबाट काठमाडौंको नर्क लेराएर जाकेको' भनेर सराप्लान् । ती सबैको सामना गर्न म तयार छु । सबभन्दा डर मलाई अरूको नभइ, मेरा छोराछोरीले भोलि सराप्लान् भन्नेमा छ । साना छँदा छोराछोरीका मार्गनिर्देशक तिनले मनपराए पनि, नपराए पनि तिनका बाबुआमा नै हुन् । आज मैले मेरो ब्रह्मले जे ठीक देखेँ, त्यो गरेँ । भोलि उनीहरूले मैले जेलाई आदर्श देखेँ, त्यसलाई भूल सम्भिmए भने मलाई कुनै पश्चाताप हुने छैन । त्यसमा म प्रस्ट छु । मैले रोजेको बाटोबाट उनीहरू अलिकतिमात्र पनि प्रेरित भए भने म आफूलाई धन्य सम्झनेछु । भएनन् भने त्यसलाई म मेरो जीवनमा दुर्भाग्यको एउटा पाटो सम्झनेछु । मैले यी अनुभूतिहरू नेपाल फर्किन लागेर या अलिकति कल्याणको काममा संलग्न भएर के-के नै गरेँ भनी फुर्ती लगाउन पाठकहरूसमक्ष पस्किएको अवश्य होइन । तर समाज कल्याणकारी भावनाबाट निर्देशित हुने हो भने सधैं सरकारलाई गाली गरेर बस्न पर्दैन र धेरै सकारात्मक कामहरू आफैं हुनसक्छन् भनेर पुनःपुष्टि गर्नखोजेको चाहिँ अवश्य हो । त्यसैगरी वर्तमानको परिस्थितिमा पनि दृढ मनोबल हुने हो भने नेपाल फर्किन सकिन्छ भनेर जिकिर गर्नखोजेको पनि हो । त्यति गर्दा म घमन्डी सुनिएको छु भने म प्रबुद्ध पाठकहरूसँग क्षमायाचना गर्न चाहन्छु । अन्त्यमा, तपाईंहरू, खासगरी विदेशमा बस्ने नेपालप्रेमी नेपालीहरू, कसैलाई पनि आफूले छोडेर गएका ती गरिब गाउँहरूमा शिक्षा र स्वास्थ्य क्षेत्रमा केही गर्न इच्छा, त्यसको लागि उपयुक्त माध्यमको आवश्यकता र त्यो माध्यम हेल्प नेपाल नेटवर्क बनिदिनसक्छ भन्ने विश्वास छ भने कृपया मलाई निःसंकोच सम्पर्क गर्नुहोला । नेपाल फर्किएपछिको मेरो निजी समय सकेसम्म विदेशमा बस्ने नेपालीहरूको कल्याणकारी चाहनालाई साकार पार्न व्यतीत गर्ने मेरो मनसाय हो । कल्याणको काममा कसैका लागि पनि सहायकसिद्ध हुन पाएँ भने म आफूलाई भाग्यशाली सम्झने छु । लेखक, बीबीसी नेपाली सेवाका प्रमुख हुन् । rabindra.helpnepal@gmail.com www.helpnepal.net

shirish · Mar 9, 2009 2:46 PM · 42,703 views

23 Replies · Showing 21 - 23
Page 2 of 2

I like Mahabit Pun... first do something... don't bullshit here and braodcast all over that "Oh, now you are returning to Motherland, and will do this or that" Stop that crap.. get your asz back to Motherland if you have to.. do something.. no need to advertise.

Ved555 · Mar 15, 2009 2:04 PM

Ved555 What Rabindra Mishra has done till now is pretty impressive. He single handedly raised $ 100 K for administrative fund for Help Nepal so that every penny you donate goes to the project of your choice. Help Nepal has done some significant construction work, built/ repaird health centers, schools, helped in natural disasters, helped build e-libraries (even in Mahabir Pun's project) - mostly with A dollar collected on monthly basis from people like yourself. I think, Rabindra Mishra, knows that things can be done in Nepal with the help of fellow Nepalese like you.  Or if you do not trust Rabindra Mishra like willingness to take challenges, you should step up yourself. We are here to help you in every possible way but with one clause:  100% of donations should go to the specified  projects with 0 (zero) overhead cost. I know you ready and do better than Rabindra Mishra. NB: We will work quietly and make it public, only after something significant is accomplished. है त ! We will prove that we have some spine (to bear some weight) not just a jaw bone (that yaps only).

shirish · Mar 15, 2009 3:06 PM

I gaurantee that what you guys/Rabindra Mishra are doing cannot be free of your own vested interests...!!!!! You guys will make Naafa in some other way for your persoinal benefits through this show!!! Look deep inside your own mind (subconscious mind, so to speak), it's there where you motive is sitting and making you do all these things..!!! May be you may not understand what I am talking about.. poeple have hard time understanding what the hell subconscous mind does!!!

Ved555 · Mar 18, 2009 7:41 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all