Hi Guys I thought it would be nice to share this news with you. प्रचण्डका भतिजा समीर दाहाल र छोरा प्रकाश दाहाल विभिन्न शङ्कास्पद गतिविधिमा संलग्न प्रचण्डका भतिजा समीर दाहाल र छोरा प्रकाश दाहाल विभिन्न शङ्कास्पद गतिविधिमा संलग्न रहेको बालुवाटार स्रोतबाट थाहा हुन आएको छ। विक्लीनेपालको अनुसार - प्रचण्डको नाम लिएर भतिजा समीरले नाजायज काम गर्न लगाउने गरेको आरोप केही पीडितहरूले लगाएका छन्। उनको यो कदमबाट आजित तथा उनका विगत जान्नेहरू त बालुवाटारमा रहेको कुहिएको अण्डाले प्रचण्डलाई सखाप पार्ने भो समेत भन्न थालेका छन्। थाहा भएअनुसार समीर दाहाल अण्डाका व्यापारी हुन्। उनी कुनै समयमा चितवनको डल्लाकोटी पोल्ट्री फर्ममा काम गर्थे। त्यहीँ उनको फर्मका मालिककी भाञ्जी कल्पना बिसुरालसँग मायाप्रिती बसेर विवाह भएको थियो। स्रोतका अनुसार उनी २०५८ सालसम्म भोटेबहालतिर डिपो राखेर अण्डाको व्यापार गर्ने गर्थे। कारोबारको क्रममा उनले त्यस क्षेत्रका धेरै व्यापारीको रकम डुबाइदिएका थिए, जुन अझैसम्म पनि उनले तिरेका छैनन्। स्रोतका अनुसार समीरमाथि विभिन्न बैंकहरूमा गई प्रधामन्त्रीको नाम लिएर जबर्जस्ती ऋण प्रवाह गर्न नाजायज दबाब दिने, सरुवा–बढुवा गराइदिने भन्दै प्रहरी कर्मचारीहरूबाट मोटो पैसा असुल्ने तथा विदेश पठाइदिने नाममा सोझासाझाहरूबाट रकम उठाउने गरेको आरोप पनि लाग्न थालेको छ। प्रमको विदेश विभाग सल्लाहकार हीराबहादुर थापाको सल्लाहमा यिनी चल्ने गरेको बताइन्छ। यसैगरी प्रधानमन्त्री पुत्र प्रकाशको चर्तिकला बालुवाटारभित्र निकै चर्चाको विषय बन्न पुगेको छ। प्रकाश माओवादीमा लागेका थुप्रै्र नवयुवकजस्तै एक नवयुवक हुन्। उनले पनि आफ्नो जीवन र जवानी क्रान्तिका लागि होमेका हुन्, त्यसमा शङ्का छैन। तर, उनी माओवादीका एउटा असल सिपाही मात्र होइनन्, माओवादीका सर्वोच्च नेता प्रचण्डका पुत्र पनि हुन्। माओवादीले आदर्श मान्ने गरेका माओले हिजो आफ्ना छोरालाई समेत न्यायका लागि कोरिया युद्धमा लड्न पठाएको इतिहास हँुदाहुँदै प्रकाशको सौभाग्य, क्यान्टोनमेन्टमा बस्नुपरेको छैन। प्रकाशका लागि अहिले सुरा, सुन्दरीहरू प्यारो लाग्न थालेको बालुवाटार स्रोतहरूले बताएका छन्। पछिल्लो समयमा प्रकाश बिहानदेखि नै सुरामा लठ्ठ पर्न थालेका छन्। कतिसम्म भने गत पुस २३ गते बुधबारमात्रै पनि उनले बालुवाटारमा नरमाइलो चर्तिकला देखाएका थिए। सूत्रहरूका अनुसार त्यस दिन उनी बिहानैदेखि फिटान थिए र करिब ७ः३० बजेतिर आफूले पालेको कुकुरको छाउरोलाई म्वाइ खाँदै भान्छाघरछेउको चौरमा 'बबाल' गरेका थिए। त्यसबेला रक्सीको नशामा उनले सर्टको टाँक खोलेर छात्ती देखाउँदै आफ्नो बुबा देशको सर्वेसर्वा भएको र कोही छ मलाई च्यालेन्ज गर्ने भन्दै नाटक देखाएका थिए। उनको त्यो चर्तिकला देखेर बालुवाटारका कर्मचारी छक्क परेका थिए। त्यस्तै चर्तिकला उनले त्यसपछि पनि पटक–पटक गरेको कुरा प्रत्यक्षदर्शीहरूले बताएका छन्। प्रचण्डपुत्रको चर्तिकलालाई देख्नेहरूले पारससँग उनको तुलना गर्न थालेका छन्। प्रचण्डले उनलाई सुधार्ने हो भने पुत्रमोह त्यागेर बेलैमा उनलाई अन्य जनमुक्ति सेनाहरूका साथमा क्यान्टोनमेन्टमा पठाउनुपर्ने आवाज माओवादीभित्रै उठ्न थालेको छ। यस सम्बन्धमा प्रकाश र समीरको धारणा जान्न खोज्दा उहाँहरू दुवैको फोनमा सम्पर्क हुन सकेन। Cheers
rmxyz · Mar 8, 2009 9:22 AM · 8,434 views
रोल्पाका माओवादी कार्यकर्ताद्वारा विद्रोह गर्ने चेतावनी प्रधानमन्त्रीले छोडेको रोल्पामा कुलमानद्वारा उम्मेदवारी दिने घोषणा लेखनाथ पाण्डे, काठमाडौं, फागुन २५ सत्तामा पुगेपछि माओवादीले गाउँ र गरिब जनता बिर्सिएको भन्दै रोल्पाका माओवादी कार्यकर्ता तथा जनताले विद्रोह गर्ने चेतावनी दिएका छन्। माओवादी गाउँका सहिद र पुराना बाचा बिर्सिएर कुर्सीको लुछाचुँडीमा अल्झिएको आरोप लगाउँदै बुढालगायत माओवादीका जिल्लास्तरीय नेता कार्यकर्ताले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेका थिए। त्यहाँ प्रधानमन्त्री दाहाल निर्वाचित भएको रोल्पा क्षेत्र २ का करिब ६० जना सहभागी थिए। प्रधानमन्त्री दाहालले रोल्पा २ लाई छोडेर काठमाडौं १० निर्वाचन क्षेत्रलाई रोज्नुलाई उनीहरुले ´त्यहाँका सहिद परिवार, अपाङ्ग, महिला दलितको अपमान´ को संज्ञा दिएका छन्। ´हिजो जनताको बलिदान गरेर नथाक्ने प्रचण्डले प्रधानमन्त्री भएपछि रातारात हामीलाई बिर्सिएका छन्´ बुढामगरले भने ´यस्तो दुःखद घडीमा रोल्पाली जनताको भावनाको कदर र बलिदानको सम्मान र वीरताको प्रतिनिधित्व अब एकीकृत माओवादीले गर्दैन कि?´ सशस्त्र विद्रोह र निर्वाचनका बेला माओवादीले ´पढ्नै पर्दैन, जनवादी शिक्षा पढे पुग्छ हामीले जितेपछि सहरका ठूलाठूला घर र जमिन तपाईंहरुकै हुनेछ´ भनेर फोस्रो आश्वासन दिएको कुलमानले बताए।´अहिले सहिद परिवार भोकै छन् तिनका छोराछोरीको उपचार हुन सकेको छैन, न उनीहरुले पढन् पाएका छन्,´ उनले प्रश्न गरे ´कहाँ गए विगतका सपना र आश्वासन? प्रचारप्रसार समितिका संयोजक बुढामगरले कुर्सीको हानथापले माओवादीमा स्पष्ट दुई खेमा देखिएको भन्दै त्यसले ग्रामिण जनता र आफूहरुको भावनामा चोट पुर्याएको बताए। ´सत्तामा आफ्ना नातागोता र इष्टमित्रलाई तान्ने काममात्र भइरहेको छ´ - पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तव्यमा उनले उल्लेख गरेका छन्।
CHYAME KANCHA · Mar 8, 2009 9:33 AM
I told ya... these buggers prachanda frachanda will be finished by their own party members.... this is just a beginning !!!! His Nemesis is inevitable.... and it's coming swiftly.
Ved555 · Mar 8, 2009 10:52 AM
We want to see their FACEs.... Do you have their photos? , please post here..... प्रचण्डका भतिजा समीर दाहाल र छोरा प्रकाश दाहाल
Maylumaya · Mar 9, 2009 12:40 AM
Is he प्रचण्डका छोरा प्रकाश दाहाल ?
Maylumaya · Mar 9, 2009 12:55 AM
tyo ta sita dahal lai sodhnu parchha...prachanda ko chora ho ki hoina bhanera but..he is prakash dahal
jhilkeJetho · Mar 9, 2009 9:43 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion