Girija, Gyanendra, KP Oli, Army chief Surya Bdr in DELHI

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कभरस्टोरी के पाक्दै छ दिल्लीमा ? अन्य समाचार - के पाक्दै छ दिल्लीमा ? पुरानो अंक - ताते विद्यार्थी स्ववियु निर्वाचनबारे - 'हो, म वेश्यालय जाँदै छु' - सरकारी सामान बिक्री गर्न नसक्दा अर्बौं रुपैयाँ नोक्सान - त्रिविमा दस हजार विद्यार्थी बढ्छन् चुनाव हुने वर्ष - अनमिनले तिरेन डेढ करोड रुपैयाँ विमानस्थल शुल्क 2009-03-08,Sunday पर्शुराम काफ्ले/नयाँ पत्रिका काठमाडौं, २४ फागुन ज्ञानेन्द्र र केपी ओलीपछि गिरिजाप्रसाद पनि बुधबार दिल्ली जाँदै पूर्वराजा ज्ञानेन्द्र र एमाले वरिष्ठ नेता केपी ओली भारतमै रहेका वेला कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको दिल्ली भ्रमण तय भएको छ । कोइराला २८ फागुन, बुधबार दिल्ली जाँदै छन् भने जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा पनि दिल्ली जाने तयारीमा छन् । नेता थापाको दिल्ली भ्रमण मिति तय भने भइसकेको छैन । दिल्ली जानेहरूको लाइनमा प्रधानसेनापति रुक्मांगद कटुवालको पनि चर्चा चलेको छ, यद्यपि उनको भ्रमण मिति निश्चित भइनसकेको सैनिक स्रोतले जनाएको छ । एमालेका वरिष्ठ नेता केपी ओली २१ फागुनमै नयाँदिल्ली पुगिसकेका छन् । स्वास्थ्य परीक्षणका लागि भनेर दिल्ली पुगेका ओलीले एमाले महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएपछि शपथसमेत लिएका छैनन् । ओली अध्यक्ष पदका लागि नेता झलनाथ खनालसँग पराजित भएका थिए । 'ओली स्वास्थ्य उपचारका लागि दिल्ली जानुभएको हो,’ ओली निकट मानिने एमाले सचिव शंकर पोखरेलले भने । कांग्रेस सभापति कोइराला २८ फागुनमा नयाँदिल्ली जाने उनी निकटस्थ स्रोतले जनाएको छ । स्रोतका अनुसार २९ र ३० गते कोइरालाले भारतमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ । चैत्र १ मा कोइरालाले एपोलो अस्पतालमा ब्रोङकाइटिसको परीक्षण गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ । कोइरालाका साथमा उनका निजी डाक्टर जगदीश अग्रवाल पनि भारत जाने कार्यक्रम तय भएको छ । नयाँदिल्ली जानुअघि कोइरालाले आफ्नै निवासमा बोलाएर जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापासँग २३ फागुनमा समसामयिक राजनीतिबारे छलफल गरेका थिए । उनीहरूबीच नयाँदिल्लीमा हुने राजनीतिक जमघटका विषयमा पनि चर्चा भएको बताइएको छ । दिल्ली जाने तयारीमा रहेका कोइरालाले राजनीतिक भेट तीव्र पारेका छन् । कोइरालाले आइतबार (आज) बिहान ९ बजे एमाले अध्यक्ष झलनाथ खनाल र नेता भरतमोहन अधिकारीलाई भेट्दै छन् । भेटवार्ता कोइरालानिवास महाराजगञ्जमा हुनेछ । कोइरालाले शनिबार मात्रै एमाले उपाध्यक्ष विद्या भण्डारी र सचिव शंकर पोखरेललाई बोलाएर राजनीतिक छलफल गरे । भण्डारी र पोखरेल दुवै वर्तमान सत्तासमीकरणका विरोधी एमाले नेता ओली निकट मानिन्छन् । पोखरेलले स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउने विषयमा कोइरालासँग छलफल भएको मात्रै बताए । 'उहाँ (कोइराला) सँग स्ववियु इलेक्सन कसरी शान्तिपूर्ण बनाउने भन्ने विषयमा कुरा भयो,' उनले नयाँ पत्रिकासँग भने । नेता कोइरालाले डडेल्धुरा भ्रमणमा रहेका एमाले नेता माधव नेपाललाई शनिबार नै टेलिफोन गरेका थिए । स्रोतका अनुसार नेपाललाई कोइरालाले राजधानी आएलगत्तै आफूलाई भेट्न आग्रह गरेका थिए । नेता नेपाल शनिबार अबेरसम्म पनि काठमाडौं फर्किसकेका छैनन् । कोइरालासँग भेट्नका लागि राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले पनि समय मागेका छन् । 'सम्भव भए राप्रपा अध्यक्षलाई आइतबारै बोलाइनेछ, नभए सोमबार बोलाइनेछ,' कोइराला निकट स्रोतले भन्यो । एमालेका वरिष्ठ नेता माधव यतिवेला पश्चिम नेपालमा छन् । नेपालमा वर्तमान सरकारका कारण चिनियाँ चासो बढ्दै गएकोमा भारतीय संस्थापन पक्ष असन्तुष्ट रहेको चर्चा चलिरहेका वेला पूर्वराजा ज्ञानेन्द्र तथा वर्तमान सत्तासमीकरण बदल्न प्रयासरत कांग्रेस सभापति कोइराला, एमाले नेता केपी ओली र जनशक्ति पार्टी अध्यक्ष थापाको दिल्ली भ्रमणलाई सत्ता परिवर्तनका लागि भारतीय समर्थन जुटाउने प्रयासका रूपमा हेरिएको छ । कांग्रेस सभापति कोइराला दिल्ली जानु दुई दिनअघि कांग्रेस नेत्री सुजाता कोइराला पनि नयाँदिल्ली जानेछिन् । कोइराला निकट एक नेताले दिएको जानकारीअनुसार सुजाताले भारतीय नेताहरूसँग हुने भेटवार्ताको कार्यक्रम मिलाउने छिन् । सभापति कोइरालाले गत बुधबार भारत भ्रमणका विषयमा भारतीय राजदूत राकेश सुदलाई बोलाएर छलफल गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र तीन साताका लागि १४ फागुनमा नयाँदिल्ली गएका थिए । आफन्तको विवाहका लागि भनेर दिल्ली पुगेका ज्ञानेन्द्रले राजनीतिक भेटघाटमा तीन साता बिताउनेछन् । भारतका सत्तारुढ एवं प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग उनको भेटवार्ता हुने कार्यक्रम छ । यद्यपि, शनिबारसम्म ज्ञानेन्द्रले भारतीय राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गरिसकेका छैनन् । स्रोतका अनुसार ज्ञानेन्द्रले मध्यप्रदेशको भोपालमा गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई भने भेटिसकेका छन् । मोदी भारतीय जनता पार्टीभित्र पनि अतिवादी हिन्दुवादी नेता मानिन्छन् । ज्ञानेन्द्रले विवाहको कार्यक्रम सकेर तीन दिन जंगली जनावर हेर्ने र सोमनाथ गएर धार्मिक पूजापाठ गर्ने कार्यक्रम छ । त्यसपछि दिल्ली आएर उनले भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्नेछन् । स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रलाई भारत सरकार र त्यहाँका पार्टीहरूले महत्त्व दिएका छन् । उनलाई भारतको केन्द्र र राज्य सरकारले सुरक्षा-प्रबन्ध मिलाएका छन् भने दिल्लीबाट मध्यप्रदेशको ग्वालियरसम्म हेलिकोप्टरमा जाने बन्दोबस्त मिलाइएको छ । http://nayapatrika.com/newsdet...

Amazing · Mar 8, 2009 3:21 AM · 7,754 views

1 Reply

Paila ta Gyanendra lai jail halne koora thiyo delhi bata pharkiyepachhi..aaba chai sabai lai delhi bata pharkiye pachhi jail halne hola ni haina ta?

Gaine · Mar 8, 2009 6:29 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all