बिहान उठ्न पनि कती गाह्रो हो? चार चोटि त अलार्म बन्द गरी सके तै पनि हरेक १० मिनट मा फेरी बज्छ। कहिले काहि त फुटैदिउ जस्तो लाग्छ तर फुटाएर नि के गर्नु, अर्को तेसै आउँदैन मलाई बजा भन्न लाई , कान्छी नानी तिर्न पारी हाल्छ। निन्द्रा देवी ले नि कहिलेइ टाईम मा छाड्ने भइनन। अर्धनिन्द्रा मै उठेर fresh हुन तिर लागे, तातो पानी ले आँखा राम्रो सँग खोल्न सकेन। चिसो पानी त के हाली हाल्नु। लर्याङ्तर्याङ गर्दै एसो लुगा भिरेर घडी हेरेको त ८ बज्न लागिसकेछ। हैन अगि सम्म त घडी ठिकै सँग चली राखेको थियो त अचानक कसरी दौड्यो। फेरी आज शनिबार बस पनि १,१ घण्टा मा मात्रै आउछ। अब परेन फसाद, साहु लाई पनि सधैं एउटै बहाना कती सुनाउनु। अपत्यरिलो आँखा ले पत्याको जस्तो गरी हेर्छ। हतार हतार बसस्टोप पुग्न मात्र के लगेको थिए, बसले ढोका घत्र्याक्क बन्द गरेर हुइकियो। हैन, मान्छे आउँदै गरेको देखे पछी त १ मिनट कुर्नु नि। नेपालमा त एउटै बसस्टोप म मान्छे आए पनि नआए पनि १ घण्टा कुर्थ्यो बसले ; त्यस्तो पो सर्भिस त। बस ड्राइभर देखेर झनक्क रिस उथ्यो एक चोटि त, तर रिसाएर नि के लछार्नु छ र, अर्को बस कुर्नै पर्यो। एउटा गाडी मात्रै भैदिएको भए, भएन एउटा गाडी त किन्नै पर्यो रिन गरेर भए पनि। बसस्टोप को बेन्च मा बसेर यस्तै के के सोच्दै थिए अचानक परेला बटारिन थाल्यो, टाउको ले आड खोज्यो, पाएन। आँखा ले भुई मा के देखेको थियो कुन्नी एक टक् लगाएर हेरी राखेको थियो। अब एसरी १ घण्टा त के बस्नु। एसो आधी घण्टा जती सुतेर आउन पर्यो। फेरी घर देखी बसस्टोप २ मिनट को बाटो, बस १,१ घण्टा मा आउने, १० मिनट अगाडि उठ्यो भने त भ्याइ हलिन्छ नि। कोठा म पुगेर डँग्रङ ओछ्यान मा लडे, निदाउन १ मिनेट पनि लागेन। एस्तो पो निन्द्रा त , खैरे हरु लाई insomnia रे, हाम्लाई त insomnia को बाउ आए पनि रोक्न सक्दैन। आखिर वीर गोर्खाली पो हो त, अमेरिका आउँदै म सुत्ने बानी चट्टकै छाडन का मिल्छ। रूम पार्ट्नर ले १ लत्ती हाने पछी आँखा खुल्यो। - काम मा जान पर्दैन तलाई आज? - हँ, कती बज्यो र- अर्धनिन्द्रा मै मैले सोधे। - तीन - के रे , छाङ्गा बाट खसे जस्तो गरी मैले फेरी सोधे, निन्द्रा कुलेलाम ठोकिसकेको थियो। लौ मार्यो, sick कल पनि हानिएन, फेरी आज शनिबार, अरु काम गर्ने नि काम आउछन। झन पैले नै शनिबार काम गर्ने बाचा गरेर राखेको थियो। अब बल्ल बल्ल पाको घन्टे काम पनि चट् हुने भयो। अस्ती भर्खर घण्टा बढाईदे भनेर खैरे को स्तुती गान गरेको पनि काम नलाग्ने भयो जस्तो छ। OK भन्नु भन्दा पैले नै “U r FIRED “ सुन्न पर्ने भयो। अब के बहाना बनाउने होला खोइ????
मटà¥à¤Ÿà¤¾à¤°à¥‡ · Mar 7, 2009 4:41 PM · 11,883 views
LOL, well written.. ani huna chahin ke bhayecha? fasad ta parena ni haina ra?
perfectionist · Mar 7, 2009 5:16 PM
kina hola sabai nepali bidhyarthi ko life chahin yastai story ma wrapped huncha....sahar ma pani basincha gadi kinum bhane rin lagcha, rin tirne ki college ko tirne, kotha mahango, aba gadi lim bhane insurance mahango, sajha bus chadda driver le dhoka laidincha k garne, ho sathi hami sabailai parcha dherai fasad...
the fray · Mar 7, 2009 7:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion