बेल्जियम मा लास माथि राजनीति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बेल्जियम मा लास माथि राजनीति गत २७ फेब्रुअरी २००९ मा बेल्जियमा टाउकामा गहिरो चोटको कारण विराटनगर स्थायि घर भएका र सन २००० देखि बेल्जियम मा बसोबास गर्दै आउनु भएका राजेन्द्र थापाको निधनभएको छ । यस निधनलाई लिएर बेल्जियममा रहेको बिभिन्न सँघ सस्थाले बिग्यप्ति निकाली आ-आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न थालेका छन । आफ्नो सँस्था नेपालीहरुको हक हितको लागि लड्ने सस्थाँ भएको बताउदै आएका केहि सस्थाहरुले यो निधन लाई असामान्य बनाउदै यसको बिरुद्दमा आन्दोलननै गर्नु पर्ने बिग्यप्ति निकाल्ने तर काम चाहि केहि नगर्ने । कोठामा बसेर दुइ चार शब्द लेखेर बेल्जियममा बसेका नेपालीहरुलाई बेबकुफ बनाउने यि ब्यक्तिहरुले सामाजिक हितका कुरा भन्दा पनि आ-आफ्नो राजनैतिक स्वार्थमा प्रयोग गर्ने गरेका छन । तर जब पैसाको सहयोगको कुरा आउछ जहिले पनि पछि हड्छन । नेपालमा कुनै जनजातिका ,जिल्ला बिशेषका र आफन्तहरुको हात खुट्टा भाँचिदा समेत सहयोग रशिद लिएर बेल्जियम भरी चाहार्ने यहाँ रहेका नेता भनाउनेहरु समेत बेल्जियममा म्रित्यु भएको सरिर लाई नेपाल पठाउन सहयोग गर्ने कुरामा किन अगाडि आउदैनन्? म्रित राजेन्द्रको मुख हेर्न बुबा तथा बहिनी बेल्जियम आउने तरखरमा छन । नेपालमा उहाँको लास लानको लागि ९ हजार युरो लाग्ने बताईएको छ । तर अझ सम्म यसका लागि सहयोग न्युन रहेको छ । Prawina Sharma, Antwerpan Belgium www.namasteeurope.com

MujiKanchha · Mar 7, 2009 7:07 AM · 12,891 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all