बेल्जियम को पुलिस ले एउटा नेपाली मार्यो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एभरेष्ट अनलाइन न्यूज संवाददाता, आन्त्वारपेन, ५ मार्च २००९ । सन् २००० देखि शरणार्थीको माग गर्दै बेल्ज्ियमा बसोवास गर्दै आई रहेका नेपालको विराटनगरमा स्थायी वसोवास भएका ३६ वषिर्य राजेन्द्र थापाको बेल्जियमको आन्त्वारपेनको प्रहरी हिरासतमा मृत्यु भएको छ । विविधखाले घरायसी समस्या र अध्यारो भविष्यको कारण दिमागी हालत खराव हुन पुगेको अवस्थामा आफ्नै काम गर्ने साहु माथि हातपात गर्न पुग्दा यही २३ फेब्रवरीका दिन साँझ पुलिसको कब्जामा परेका थिए । अपराधिक मुद्धामा फसाइएका निजलाइ २७ फेब्रवरी शुक्रवारका दिन अदालतमा लगिएको थियो । दिमागी हालत खराव भएकाले न्यायाधिशले उपचार पछि मात्र अदालतमा हाजिर गराउनु भनि आदेश दिएको थियो तर पुलिसले अस्पताल नलगि सिधै जेलमा लगेर एकान्त कोठीमा थुनि राखेको भोली पल्ट २८ फेब्रवरी शनिवारका दिन वहाँको निधन भएको थियो । अस्पतालमा मृत अवस्थामा भएको जानकारी आए पछि भेटन पुग्नु भएका साथीहरुको जानकारी अनुसार वाहाँको टाउकोमा चोट लागेको थियो । मृत्युको मुख्य कारण जानकारी नभए पनि लासको अवस्था हर्ेदा सामान्य छैन । नेपाली समुदायमा समय समयमा घटिरहने यस्ता खालका घटना दाहोरिन नदिन समयमै यहाँको सरकारको ध्यानाकर्षा गर्न जरुरी देखिन्छ भने दुःखद घटनामा परेका साथीलाइ सहयोग गर्नु हामी सबैको कर्तब्य हो । यो घटनालाइ उजागर गरी सत्य तथ्य पत्ता लगाउन र न्यायका लागि पहल गर्न सम्पर्ूण्ा नेपालीहरु,नजिकका सम्पर्ूण्ा साथीहरु तथा संर्घष्ा समिति लागि परेको जानाकारी नेपाली समुदाय संर्घष्ा समितिका संयोजक लिलाधर पन्तले वताउनु भएको छ । शव DE COCK, DE BRUYNLAAN 177, 2660 ANTWERPEN मा राखिएको छ । बेल्जियममा यस अघि पनि विभिन्न कारणले दर्जनौं नेपालीहरुले ज्यान गुमाउनु परेको छ । यस अघि पनि गलत उपचारका कारण काभ्रेका एक नेपालीको अस्पतालमा मृत्यु भएको थियो । त्यस्तै एक महिलाको उपचार गर्ने क्रममा गलत औषधी प्रयोगको कारण अपाङ्ग वन्न पुगेकी थिइन । बेल्जियम सरकारले आप्रवासीहरुलाई हर्ेर्ने नराम्रो दृष्टिकोणका कारण आप्रवासी नेपालीहरु लगायत अन्य माइगे्रन्टहरुले बेल्जियममा विविध खाले समस्याहरुको शिकार वन्न पुगेको स्वर्गीय थापाको घटनाले समेत पुष्टि गरेको छ । परिश्रम गरेर खाने नेपालीहरुलाई यो वा त्यो वहानामा बेल्जियम सरकारले निकै समस्या दिएको छ भने चोरी लुटपाट गरि खाने अन्य देशका माइगे्रन्टहरुलाई भने हार्दिकता साथ वैधानिकता दिदै बेल्जियमको बर्साईलाई सुनिश्चिता दिएको छ ।

mujikanchha · Mar 7, 2009 5:03 AM · 2,905 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all