खुमबहादुर सशस्त्र नेता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सभापति कोइरालाले आफ्नै केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काले सशस्त्र जत्था बनाएकोबारे आफूलाई माओवादीका तर्फबाट कम्प्लेन आएको बताउनुभएको थियो। उनले हतियारधारी जत्था बनाएका रहेछन् भनेर मलाई माओवादीले भनेका छन्, कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'मैले खुमबहादुरलाई सोध्दा आत्मरक्षाका लागि बनाएको हुँ, भन्छन्।' कुराकानी लम्बिँदै जाँदा कोइराला निवासमा खड्काले भारतको नौतुनामा घर किनेको र उतै बसेर सशस्त्र समूह बनाई तालिमसमेत दिलाएकोबारे चर्चा भएको थियो। कोइरालाले माओवादीको आक्रमणबाट बच्न हरेक नेताले डिफेन्स लिनुपर्ने बताउनुभएको थियो। उहाँले एकपटक जुधेर माओवादीलाई गाउँ–गाउँबाट लखेट्न सके मात्र राजनीति सन्तुलनमा आउने, नत्र खेदिएको खेदियै हुने धारणा राख्नुभएको थियो।

jhilkeJetho · Mar 6, 2009 1:09 PM · 3,017 views

1 Reply

Maosit taught the the path of weapons. I do not have sympathy on Khuma Bdr. But the guru of all politics of weapons in Maoist. They started this game and everybody mostly in Tarai is following same path.Jai hos the politics of Khukuri Khunda Khurpa Bancharo and banduk

BouncingBack · Mar 6, 2009 2:45 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all