यो षडयन्त्र हो कि होइन?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ज्ञानेन्द्र नफर्कंदै भारतमा गिरिजा! २०-फागुन-२०६५,मंगलवार व्यक्तिगत बाहानामा लामो अवधिका लागि भारत भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्रको मिसनबारे राजनीतिक वृत्तमा चर्चा भइरहेका वेला उनी त्यहाँ हुँदै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले भारत भ्रमण गर्ने तयारी सुरु गर्नुभएको छ। कांग्रेस सभापति कोइराला स्वाथ्य परीक्षणको बाहानामा भारत जाने उहाँनिकट स्रोतले बताएको छ। तर, कोइराला एक्लै जाने या एमालेका नयाँ अध्यक्ष झलनाथ खनाल वा पूर्वमहासचिव माधव नेपालको पनि एक/दुई दिन यताउतामा भारतको व्यक्तिगत भ्रमण तय गरेर मात्र जाने भन्ने टुंगो नलागेका कारण भ्रमण मिति भने तय भएको छैन। कतिपयको दाबीअनुसार पूर्वराजा ज्ञानेन्द्र ०४७ सालको संविधान पुनर्स्थापित गराउन चाहान्छन्। यसका लागि भारतीय नेताहरूसँग उनले लविङ गरिरहेका छन्। नेपालमा माओवादी शासनविरुद्ध अरूलाई एकताबद्ध बनाउने र दुनियाँको आँखामा विवादमा नआउने गरी गुप्त योजना तय भएको स्रोतको दाबी छ। पछिल्लो योजनाअनुसार राजाको एजेन्डामा छलफल गर्ने गरी कोइराला दिल्लीस्थित कुनै अस्पतालमा भर्ना हुनुहुनेछ। उहाँलाई भेट्न भारतीय नेताहरूका अतिरिक्त पूर्वराजा ज्ञानेन्द्र र एमाले अध्यक्ष वा पूर्वमहासचिव पनि दिल्ली पुग्नेछन्। कोइरालाको राजनीतिक उचाइलाई विचार गरेर प्रधानसेनापति रुक्मांगद कटवालले यसबीचमा अस्पतालमा भेट्नेगरी निजी भ्रमण तय गरेमा आश्चर्य मान्न नहुने स्रोतले दाबी गरेको छ। दोस्रो जनआन्दोलनको तयारी र शाही शासनविरोधी दलहरूलाई भारतको सहयोगमा दिल्लीमा एकसाथ बैठक गर्ने वातावरण बनाइएको थियो। फलस्वरूप १२ बुँदे समझदारी हुन सक्यो र शाही शासनविरोधी आन्दोलनले निर्णायक रूप लिँदा शासन मात्र होइन, राजतन्त्र नै समाप्त भइदियो। स्रोतले पूर्वराजा, कांग्रेस, एमाले र सेनाको सामूहिक बैठक गराएर नेपालमा सम्भावित सत्ता कब्जाबाट बचाउन विकल्प खोज्ने सहमतिको प्रयास भारतले गरिरहेको दाबी गरेको छ। यो खेल प्रारम्भिक चरणमै रहेको पनि स्रोतको दाबी छ। यसलाई पुष्टि गर्नेगरी कोइरालाले अस्ति आइतबार सीमित परिवारजनको उपस्थितिमा भन्नुभयो, 'आफूलाई बचाउन राजाले कोसिस गर्नु स्वाभाविक हो।' उहाँले भारतका तर्फबाट केही महत्त्वपूर्ण विषयमा जनमत संग्रह गरेर मात्र नयाँ संविधान निर्माण गर्न दबाब आइरहेको पनि बताउनुभएको थियो। हिन्दु राष्ट्र, संघीयताजस्ता विषयमा जनमत संग्रह गर्नु राम्रो हुन्छ भन्ने दबाब आउनुमा राजसंस्थाका विषयमा पनि विचार गर है! भन्न खोजेको आभाष कोइरालाले पाउनुभएको छ। राजा र कांग्रेसबीच बिरामीको बाहानामा पहिलो चरणको वार्ता गराएपछि मात्र अरूलाई सामेल गराउने कि भन्नेबारे पनि छलफल भइरहेको विश्वस्त स्रोतले दाबी गरेको छ। कोइराला उताबाट संकेत आएपछि आफ्ना निजी चिकित्सकलाई सिफारिस गर्न लगाएर त्यसतर्फ उड्नुहुनेछ। यसो भएमा पूर्वराजाको भारत बसाइ अझै केही दिन लम्बिन सक्ने बताइएको छ। कोइरालाले माओवादी सरकारलाई ढाल्छौँ भन्दै थर्काए पनि वैधानिक बाटो खोज्नुबाहेक अर्को उपाय नभएको आइतबारे ब्रेकफास्ट बैठकमा बताउनुभएको थियो। स्वास्थ्यका हिसाबको कोइराला यतिवेला निकै दुरुस्त देखिनुभएको छ। डाक्टरहरूले विज्ञानलाई पनि उहाँले चुनौती दिएको बताएर उहाँको हौसला बढाइरहेका छन्, कोइरालानिकट स्रोतले बतायो। - जनआस्था

nepalibir · Mar 4, 2009 8:29 AM · 14,338 views

3 Replies

I have a better option: KG gets sick during his trip to India and gets admitted at AIIMS, Delhi and GPK, MaKuNe and Mr. Katwal goes to visit him there. Mr. Singh along with Mrs. Gandhi and Mr. Bajwaye along with Mr. Advani can also join them there. I guess, this will be a better idea than pretent GPK getting sick again. In my opinion that trick has been over used and will raise red flag from day one.

deshbhaktanepali · Mar 4, 2009 9:48 AM

Girija Bajay......Narayana Bhana...Narayana ...then die, instead of messing up more

Poon-Hill · Mar 4, 2009 9:56 AM

Speculative journalism at its best.

newlynew · Mar 4, 2009 9:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all