आज घर जाने दिन पाँच घण्टाको यात्रा वाक्क लाग्न थालेको धनकुटा बाट मेरो मन बसेको झापा जाने दिन ,त्यस्ता दिनहरुको महत्व त्यसै पनि ज्यादा हुने गर्छ । भाइले पठाइदिएको दुई चोटि पढिसकेको फाइव पोईन्ट समवन फेरि पनि कपडाहरु कम कम नै राखेर भएपनि आफ्नो ब्यागमा हालेको थिएँ ,बाटोमा बाटो काट्ने , साझामा लेख्न मिल्ने ,केहि , अथवा कोहि जसको नाम प्रायश: म सुधा नै राख्ने गर्छु किन थाहा छैन भेटिएनन् भने अल्टरनेटिभ को रुपमा त्यो किताब युज गर्छु भनेर ।इयर फोन त कानमा छिराइसकेको थिएँ , भनिन्छ संगित ले धैर्यता दिने शक्ति राख्छ ।अब मेरो यात्रा पाँच बाट छ घण्टा भए पनि म खप्न सक्छु भन्ने मलाई थियो । माइक्रो मा कुना पट्टिको दोस्रो रो मेरो मन पर्ने सिट आज पनि एउटा माइक्रो छोडेरै भए पनि भेटेरै छोडेँ । पहिलो माइक्रोले मेरो आधा घण्टा समय बचाइदिने थियो तर मैले त्यसो गरिन किनकि समय भन्दा आफुलाई मन पर्ने कुराहरुलाई ज्यादा महत्व दिन मन लाग्छ । गाडि बिस्तारै चलायमान हुँदा मेरो इयरफोनमा पिंकफ्लोयड ब्याप्त थियो फाइव पोइन्ट समवन मै हो एक ठाउँमा लेखेको छ ,धुवाँ ,नशा र पिंक फ्लोयडको अनौठो सम्बन्ध हुन्छ रे । हुन त सबै जना भन्छन म नशा गर्दिन तर मलाई जीवन सँधै लामो नशा लाग्छ जसमा म आफु भित्र लुकेको धुवाँलाई आफु अनुभूत गर्छु त्यसैले मेरो पनि पिंक फ्लोयड सँग नजिककै सम्बन्ध छ । जिरो पोइन्टमा गाडि रोकिएपछि मेरो लामो नशा थोरै कम भयो । बाहिर प्लस टु पढ्दै गरेका नै हुनु पर्छ उमेर हेर्दा त त्यस्तै नै लाग्थ्यो !!!! दुइजना को आगमन ले मेरो साझाको लागि नयाँ कन्टेन्ट भेटे जस्तो लाग्यो ।एउटा प्लट भेटाएजस्तो लाग्यो ।मैले घोरिएर हेरेँ , दुवैजना लाई डिटेल स्क्यान गरेँ एउटा मंगोलियन परेको अनुहार र एउटा आर्यन , मेरो बिहानको खोज त्यो आर्यन अनुहार मा टुंगिए जस्तो लाग्यो फेरि अर्कि सुधा भेटाए जस्तो लाग्यो !!!!!!!!!!!!!!आज मैले फाइव पोइन्ट समवन केलाउनु परेन शायद ,,,, मैले इयर फोन लाई पनि बिस्राम दिएँ ।दुवै जना मेरो अघि खालि भएको सिट मा आएर बसे ,अब म मात्र उनीहरुको आवाज सुन्न सक्थेँ अनि अनुहार कल्पना गर्न सक्थेँ चढ्ने बेलामा मैले यस्तो अनुहार देखेको थिएँ भनेर !!!!!!!!!!!!!!! “तैँले नाक छेउको डण्डिफोर निचोरिस् कि के हो?” उनीहरुको गफ शुरु भइसकेको थियो अघिल्लो रो मा !!!सुधाले मंगोलियन अनुहार प्रति इशारा गरेकी थिई ।मैले उसको अनुहार सम्झिन खोजेँ साधारणतय त्यस्ता मुहार हरु फेयर नै हुने गर्छन् नाक छोटो हुने गर्छ ।मैले सम्झिन खोजेको उसको अनुहार को नाक छेउमा डण्डिफोर थिएन । “किन ?” उसले अचम्म मानी ,मानौँ डण्डिफोर बढ्नु कुनै अस्वभाविक प्रतिक्रिया थियो । “होइन साइज ठूलो भए जस्तो लाग्यो !”सुधा खितित्त हाँसी । “आ होस् है !” “तँलाई थाहा छ डण्डिफोर आउने ठाउँले तँलाई कुन क्याटागोरिको केटाले मन पराउँछ त्यो थाहा हुन्छ ?!!” अब विषय रमाइलो भइरहेको थियो ,विषय उमेर अनुसारको थियो ,अनुहार को थियो ,मन परापर को थियो । माइक्रो ति दुईलाइ छोडेर मौन थियो ।बाहिर आक्रिति उल्टो दिशामा दगुरिरहेका थिए । मेरो कान उनीहरुको गफ मै मग्न थियो । “कसरि नि ?” “निधार वरिपरि आए ए क्लासले ,नाक वरिपरि आए बि क्लासले चिउँडोको एरियामा आए सि क्लासले !!!!” “भनेपछि म बि क्लासमा परेँ ।“ उ हाँसी । “तेरो जस्तो डण्डिफोर नभएकोलाइ नी ?” “कसैले पनि मन पराउन्न होला नी!!!!!!!!!!!!!” “होला होला जस्को पछाडी लाइन छन् , उही सोझि हुन्छे!” “खोइ अरु अरु कुरा मात्रै गर्छ भन्दैन हेर न , कहिले पर्पोज गर्छ र एक्सेप्ट गरौँ भनेको पर्पोज नै गर्दैन ,कति सोझो होला के !!!!” मलाइ मनमनैँ हाँस उठ्यो ,आजकी सुधा लाई कसैले पर्पोज गरिदिए एक्सेप्ट गर्थेँ भन्ने छ । उसले गरेको छैन । अनि आफ्नो बिगतलाई पनि दाँज्न खोजेँ मेरो पनि छ सात वर्ष अघि उमेर यस्तै थियो ।मैले पनि कसैलाई मन पराएँ ,मैले पनि भन्न सकिन ,मलाई पनि उसले यस्तै गरी कस्तो सोझो भनेर अरुको अघि गाली गरी होली । अस्ति उसैलाई भेटेको थिएँ । बुढाको बाइकको पछि बसेकी उसले चार वर्षको छोरो पनि चेपेकी थिई । बाइक उसैले रोक्न लगाएर एकछिन गफ गरी । बिहे गरेँ गरिन सोधी ,चाँडै गर्छु कोहि खोजिदेउ न भनेँ । मेरो सेल नम्बर लिइ अनी उनीहरुको बाइक हुइँकिएको थियो । “तँ हिजो क्लासमा थिइनस् नि सेकेण्ड लेक्चरमा !!!” म फेरि उनीहरुकै गफमा फर्किएँ सानो यात्रामा मैले छ बर्ष अघिको अतित सम्झिएँ अनि बर्तमान मा फर्किन पनि भ्याएँ । “आज त तँ पनि छैनस् ।“ उ फेरि हाँसी , मैले सुनेको छु ,देखेको छु अनि भोगेको छु यो उमेर मा हाँस्न लाई कारण चाहिन्न । “इँटहरि पुगेर बेलुका सम्म त फर्किनु पर्छ नि !!!! ” अर्किले थोरै चिन्ता जनाई । “आइपुग्छेस आइपुग्छेस कति आत्तिएकी?” दुवैले क्लास बंक गरेर इँटहरि हिँडेका रहेछन् । किन मैले पत्ता लगाउन सकिन !!!!!माथि बाट मुलघाट को पुल पहिलो चोटि देखियो ,परै बाट भए पनि निलो कोशि ठम्याउन त्यति गाह्रो थिएन ।बिस्तारै बिस्तारै माइक्रो पुलतिर उत्रिँदै गयो ।मुलघाट नजिँकिँदै गयो । “उखु खान्छेस् ?” सुधाले उसकी सहपाठीलाई प्रस्ताव राखी ।उसले स्विकारोक्तिमा टाउको हल्लाई । बाहिर घामले धुस्रिएकी एउटी वहिनिले बिक्रि भएको खुशि मिसिएको दुइटा उखुका टुक्रा सुधा तिर तेर्स्याई ।मुलघाट म यो बाटो हिँड्न थाल्नु धेरै अघि देखिनै उखु बेच्दै छ । धेरै चिनेजानेका अनुहार लाग्छन् मलाई त्यहाँका वहिनीहरु ,राम्रो गोलो ,हँसिलो अनुहार भए पनि घामले डढेका ,आशा बोकेका आँखा भएका ,परिस्थिति सँग जुध्दै शायद उनीहरुलाइ उखु नै जीवन मा भएको रस लाग्छ । तर उनीहरुलाई कसैले पर्पोज नगरेको चिन्ता पनि त छैन,कसैले पर्पोज गरे एक्सेप्ट गर्ने रहर पनि छैन होला ।कसैले माया गरोस भन्ने त चाहना होला तर त्यो उनीहरु प्राथमिकता मा दोस्रो मा मात्र पर्ला ,माया गर्ने भन्दा पनि पाल्न सक्ने बुढो होस् भन्ने सोच्दो हुन् पहिलो चोटी !!!!! मान्छे गाँस ,बास र कपास बाट जब उकालो लाग्छ तब उसको एब्नर्मल बिह्याबियर शुरु हुन्छ । मान्छेको ब्यस्तता गाँस बास र कपास को लागि हुन्जेल उ साधारण सोच्छ , उसको सिमा खुम्चिएको हुन्छ उसका योजना साना र पुग्ने खाले हुन्छन् । एउटा उखु एक तिर थोरै सुकेको थियो । अर्को साट्न लगाउँ कि भन्ने सोचेँ , फेरि सोचेँ मैले अहिले उनीहरुको गफ मा अतिक्रमण गर्नु भनेको उनीहरुको वेग रोक्नु हो । उनीहरुलाई स्वच्छन्द छोडेर न म केहि नबोलिकनै पनि धेरै बुझिराखेको छु । मैले उखुमा केहि प्रतिकृया जनाइन । क्रमश: Last edited: 03-Mar-09 10:27 AM
fucheketo · Mar 3, 2009 10:20 AM · 28,793 views
Nice starting ... ani ni zero point bhanya thauko nam ho?
kHusHii · Mar 3, 2009 11:22 AM
Intresting. I am waiting for other chapters 2. Thanks for your writing.
Bimala · Mar 3, 2009 2:05 PM
no comments!!!
somewhereondearth · Mar 3, 2009 5:42 PM
फुचचे ब्रो, रमाइलो सुरुवात छ्, सुधा भने पछी किन किन आर्यन अनुहार मात्रा आउछ दिमागमा कुन्नी। "धुवाँ ,नशा र पिंक फ्लोयडको अनौठो सम्बन्ध हुन्छ" सुनेर यो किताब पढ्न मन लागेर हेरेको तर रिभ्यु तेत्ती राम्रो लागेन। त्यो भन्दात फुचचे ब्रो कै कथा दरो हुन्छ भन्ठानेर सके। सबै कथा मा पूर्व तिर को उल्लेख गरिएको हुन्छ प्रायश, आफु चै पूर्व नपुगे पनि ब्रो को लेखाइ बाट छर्लङ हुन्छ। लौ त ब्रो अर्को भाग छिट्टै राखम ल,
बिसà¥à¤Ÿà¥‡ · Mar 4, 2009 1:44 PM
पहिले इटहरीकी सुधाको कथा पढिएको थियो अहिले चाँही इटहरी जान लागेकी सुधाको कथा आएछ। लौ लौ अब माईक्रो अघि बढोस् अनि त्यसमा चढेकी सुधाको कथा पनि।
chipledhunga · Mar 5, 2009 10:49 AM
khushi.....thanks....... Zero point is the place from where Dhankutas chainage is taken............ Bimala ।।धन्यवाद , trying to write the next part soon....but loadsheding,and other parametres resisting me ........जे होस चाँडै लेख्ने प्रयास गर्छु !!! सोम दाइ????????????्प्लिज केहि त कमेन्ट दिनु ,,,,,,,,,,,,,,,,,, बिष्टेजी धन्यवाद कहाँको चेतन भगत कहाँको म बबुरो ,जे होस् आत्मियता दर्शाएर माया जनाइदिनु भयो खुश्शी लाग्यो ,केटो पुर्वकै परेर पुर्व धेर आएको होला कथामा ।।म पश्चिम धेरै डुलेको छैन त्यहि भएर हो । तँपाइलाई पुर्व चिनाउन पाउँदा पनि खुशि लाग्छ नि हामीलाई !!!!! चिप्ले धन्यवाद ।।।।। यस्तै हो बाटा मा छ्यास्छ्यास्ति झन सुधाहरु एउटाको कथा सिद्दिन्छ अर्को शुरु हुन्छ ,,,,,,
fucheketo · Mar 6, 2009 12:41 PM
अर्को भाग टास्या हो कि भनेर आको त हैन रइछ अब सप्तान्त मा पढ्न पाईदैन,कैले राख्ने हो खै फुचचे ब्रो।
बिसà¥à¤Ÿà¥‡ · Mar 6, 2009 1:09 PM
नयाँ भाग आयो भन्थानेर कुद्दै हेर्न आको त, हैन रैछ। लौ छिटो रखुम्, ब्यग्रताका साथ कुर्दै छम्
perfectionist · Mar 6, 2009 1:09 PM
WISHING ALL SAJHAINS HAPPPPPPPPY HOLI बाहिर बलौटे हावा बग्यो । उसले माइक्रो को आधा खुल्ला भएको झ्याल तानी दश रुपैयाँ को नोट तह लगाइसकेपछि !!!!!! हुन त मुलघाट को खोलाले हिमालको उग्रता बोकेर होला बालुवा किनारमा विसाउन पाउन्न ,किनारा साना र पथ्थरिला छन् तर तै पनि त्यो दिनको हावा बलौटे थियो । माइक्रो को झ्यालको बाहिर पट्टिको फोहोर ले भित्र उसको अनुहार थोरै धमिलो मा देखियो । मैले देखे उसको चुच्चो नाक , पछाडिबाट उसको सलक्क परेको कपाल र उसका उट्पट्यांग गफ त म नोटिस गरिनै रहेको थिएँ । किन म स्त्रि पात्र मात्र खोज्छु लेख्नलाई ? त्यो त शायद साझाको पनि दोष होला मैले लेखेको स्त्रि पात्र बिनाका कथाहरुका हविगत मैले देखेको छु । वा भनौँ त्यो पढ्ने लेख्ने दुवैको पुरुषत्व होला । त्यतिमात्र होइन किन उसको बारेमा ब्यक्त गर्दा उसको कपाल र उसको नाकमा पहिला फोकस गर्छु । उसका ओठहरुको बर्णन गर्छु । थाहा छैन मलाइ आ!!!!!!!!!!!!!!!!!!!! जे लेख्न मन लाग्छ त्यहि नै त हो लेख्ने ,मैले स्त्रि पात्रको बर्णन गर्नु मेरो स्वभाव नै हो मैले सारांश निकालेँ !!!!! “बुझिस तँ स्वतन्त्र हुन सिक ?” उसले उखु चबाउँदै आफ्नो साथी लाई केहि बुझाउन खोजी । आवाज उखुको रस मिसिएर गुलियो भएको थियो ।शायद उसको ओठपनि !!!! वा गुलियो उखुतिर पो सर्दै थियो कि !!!जे होस् अघिल्लो सिट रसिलो भएको थियो । “अब के स्वतन्त्रता खोज्नु नि?” “यति जाबो ईँटहरि झर्दा डराउँछेस् , के हाम्रो जीवन सँधै जकडिएकै हुनुपर्छ भन त !!!” उसले उल्टा प्रश्न राखी । आजकल समय फेरिसकेको छ परिपेक्ष फेरिइसकेको छ । हामी घर बाट नजिकैको चौर मा खेल्न जान डराउँथ्यौ । अहिले यिनीहरु बाउन्न किलोमिटर घरमा नभनी हिँडिरहेका छन् । तै पनि केटीमान्छे !!!!! “हैन केटी मान्छे डराउनु त पर्यो नै !” सुधा की साथिले मैले बोल्न खोजेको वाक्य बोली । “कीन के फरक हुन्छ र केटा र केटीमा ?” उसले प्रतिकार गरी !!!! किन हुन्न मैले मनमनैँ सोचेँ । म उसलाई जसरी नियालीरहेको छु उ पक्कै पनि मलाइ नियालीरहेकि छैन होला । यसको मतलव उ मेरो लागि विशेष छे र म उसको लागि साधारण छु । किन हरेक केटा मान्छे साधारण र हरेक केटी मान्छे विशेष हुन्छन् । मेरो मनमाँ खेलीरहने प्रश्न हरु मध्ये को एक । जसरी हामी भेटीएका प्रत्येक राम्रा अनुहार हरुलाइ सम्झिन प्रयत्न गर्छौ त्यसरि नै केटीमान्छेमा पनि त्यो सोच आउँछ कि आउँदैन ? मलाई मेरो आइएससि पढ्दाका सबै केटी क्लासमेटका नाम अझै पनि याद छ । के ति सब केटीलाई मेरो नाम याद छ त ?शायद छैन !!!!! “अनि अनिष सँग के भइराखेको छ सुना न त ?” “सुन न अस्तिको कुरा सुनेकी छैनस् होला ,अस्ति खाजा खान जौँ भन्यो मैले हुन्छ भनेँ ।“ मेरा कान फेरि ठाडा भए । उसले मन पराउने केटाको नाम अनिष रैछ ।त्यति पत्ता लाग्यो । “अनी ?” उसकि साथि पनि उत्सुक भइ । "प्रकाश होटलमा लाग्यो !!!!” मेरो मन ढुक ढुक भयो , के भयो त प्रकाश होटलमा आखिर । मलाई त्यहाँ भन्दा ज्यादा सुन्न मन लागेको छैन तर मैले सुन्नु पनि पर्नेछ । केटाले पर्पोज गरेको छैन भनेर त सुधा नै भन्दै छे म किन डराउँदै छु त त्यसो भए । मैले आफ्नो मुटु दरो बनाएँ । “एक प्लेट मम मगायो , म त एक्कै प्लेटमा दुवै मिलेर खाउँ भन्छ भनेर मख्ख परेको त , उ त म चाहिँ खान्न तिमीलाई मात्र खुवाउन ल्याएको पो भन्छ ,त्यहि मम का डल्ला ले हिर्काईदिउँ जस्तै लाग्यो !!!!!!!!!!!!!!!!!” ‘अनी खाइस त ?” उसकी साथिले हाँस्दै सोधि !!! “खाएँ नी के गर्नु त !!!!!” उसको बोलिमा थोरै लाडेपन आयो । मलाई पनि हाँस उठेर आयो । उ चाहन्छे त्यो केटो (अनिष)ले उसलाई प्रेम प्रस्ताव राखोस् जे जे उसलाई माया जस्तो लाग्छ त्यो सबै गरोस् । उ फेरि भन्छे केटा र केटीमा केहि फरक हुन्न त्यसो भए उ प्रस्ताव केटा ले नै राखोस् भन्ने किन चाहन्छे त । सिधै उसले मलाई तिमी मन पर्छ भनिदिए भइहाल्यो नि ???? शायद यो उसको गहिराहि हो उसका सतहि कुराहरुले म उसको गहिराई हुन त म पत्ता लगाउन सक्दिन तर हरेक फरक केटी मान्छे एउटा जीवन्त उपन्यास हुन ,गहिराई नापीरहनु पर्ने उनीहरुका भावना हरु हुन्छन् , उचाइ नापिरहनु पर्ने उनीहरुका आकांक्षा हुन्छन् । “तेरो अनिष साह्रै सोझो छ ।“ “सोझो भनौँ कि के भनौँ ,गोजेंग्रोलाई !!!!!” “गोजेंग्रै त होइन तर सोझो हो , पछि सम्म छोड्दैन तँलाइ !!!!” “के भर केटा मान्छेको !” उसले फेरि अनिष माथि दोष देखाइ घरि उ उसलाई सोझो भन्छे घरि उसमाथि अविश्वास गर्छे । “तँ जे सुकै भन् उ सोझो नै हो !!!” उसकी साथिले फैसला सुनाई । “यति सोझो मान्छे पनि काम लाग्दैन होला है ?” उसको फैसला माथि सुधाले फेरि सन्तुष्टि जनाईन मलाई थोरै उसका कुराले रिस पनि उठ्यो । यदि त्यो केटो (अनिष) ले उसलाई दोस्रो भेटमैँ म तिमीलाई माया गर्छु , मन पराउँछु भनेको भए त्यो उसको लागि नकच्चरो , लाज पचेको हुन्थ्यो । आखिर के चाहन्छे त उ अनिष मा !!!! भेँडेटार टाढा बाट देखियो ,थोरै सिरेटो कानमा मुन्द्रा लगाएको खलासी ले छेकिराखेको ढोका बाट छिर्यो । मुलघाट को ताप थोरै यात्रामा नै भेँडेटार छेउछाउमा आएर शितल भइसकेको थियो । सुधाको अनिष पनि सुधाको भावना बुझ्न नसकेर हैरान भइसकेको होला । अनिष कस्तो होला त ? उनीहरुको विचारमा सोझो , शायद सँधै कटन पेन्टमा कलेज आउने ,चिल्लो तेल कपालमा लगाएर हिँड्ने ????मैले आफ्नो जिन्स हेरेँ खुट्टाको कन्भर्स हेरेँ अनी थोरै उठेका कपाललाई मिलाएँ । म कुनै कोणमा पनि सरकारी अधिकृत जस्तो थिइन । सुधाले अनिषमा खोजेको पनि यस्तै होला , उसको अनिष को कमाई होस् तर उसलाई माया गर्ने हुनर पनि आओस् , उसले सुधा लाइ समय यत्ति देओस् कि उसका कामहरुको बारेमा उ भन्दा धेर ध्यान सुधाले दिनु परोस् । उ सुधाकै बारेमा सोचिरहोस् र त्यो सोचिरहेको छु भनेर जनाउने कला पनि आओस् । सक्षेपमा उ जे अनिषमा खोजिरहेकी थिई त्यो उसैको पछि बसेको अर्को केटोमा थियो । उ किन मलाई नोटिस् गरिरहेकी छैन आखिर !!!!! हे के सोचिरहेको छु म पनि काहिँ पहिलो भेटमा पनि उसले मलाई नोटिस गरेर प्रेम प्रस्ताव राख्छे त ????यति गुणि त म पक्कै पनि छैन । मैले बोलेको पनि त छैन । तर म बोले भनेँ त उसको स्वच्छन्दता कसरि चिन्छु त ? मैले फेरि अघि बढिसकेका पाइला पछि सारेँ । भेँडेटारको चाल्स पोइन्ट मा आज पनि भिँड नै थियो । माइक्रो रोकिएको बाहिर सागका डुकु बिक्रि भइराखेका थिए । बुवा लाई डुकु मन पर्छ मैले पहिलो चोटी सुधा बाट ध्यान हटाएँ । “दाई डुकु एक मुठाको कति ?” मैले माइक्रो भित्रै बाट सोधेँ । “बिस रुपैयाँ ।“ उसले निरस स्वरमा जवाफ फर्कायो । “एक मुठा दिनु न त !!!!’ मैले डुकु लिनलाइ हात बाहिर निकाले पछि मात्र बल्ल भेँडेटारले स्पर्श गरेको भान भयो । बाहिर साँच्चै नै चिसो थियो । शायद भित्र सुधाको न्यानोपन थियो जसले मलाइ भेँडेटार को ईर्ष्यालु स्पर्श बाट बचाइराखेको थियो । मैले हत्तपत्त डुकु सहित हात भित्र तानेँ । माइक्रो फेरि गुडानमा ब्यस्त भयो । क्रमश: Last edited: 10-Mar-09 10:48 AM
fucheketo · Mar 10, 2009 10:43 AM
nice flow.. ramro cha.. aru jaos..
perfectionist · Mar 10, 2009 11:09 AM
fucheketo, लेखाइमा खासै खोट लगाउने ठाउँ नभयपनी सानो गल्ती सच्याउन आग्रह। "मुलघाटको पुल पहिलो चोटि देखियो ,परै बाट भए पनि निलो कोशि ठम्याउन त्यति गाह्रो थिएन" मुलघाटको पुल त तमोरमा हैनर ? यहाँ कहाबाट तपाईंले यो सयौ किलोमिटर पर रहेको कोशी ल्याउनुभयो :-) ? तेसैले माथिको वाक्यम्स लाई यसरी लेखे कसो होला ? "मुलघाटको पुल पहिलो चोटि देखियो ,परै बाट भए पनि तमोर ठम्याउन त्यति गाह्रो थिएन"
Ajneya · Mar 10, 2009 11:16 AM
जन्मदिनको मुरि मुरि शुभकामना राजा!!
somewhereondearth · Mar 10, 2009 6:24 PM
जन्मदिनको मुरि मुरि शुभकामना पढ्दै छु है। फुच्चे दुई भाग एकै चोटि पढेँ। तिमीलाई सुधा नाम चै कस्तो मन पर्ने रहेछ है? अब त सुधा भन्ने नाम सुन्यो कि फुच्चेको सुधा जस्तो लाग्न थालिसक्यो। अगाडि बढाउ है।
Dipika02 · Mar 10, 2009 8:44 PM
फुच्चे, ढिलै भए पनि जन्मदिनको शुभकामना। अनि झर्ने बेला भएन भन्या भेंडेटारबाट? तराइ बन्द भए पनि धरानसम्म त ढिलो नगरि झरुँ है। हुन त अरुलाई के ढिलो गरेको भन्नु, आँफैले तीन महिनापछि आफ्नो कथाको अर्को भाग थपेको बेला। जहाँसम्म आज्नेयजीको प्रतिकृया छ, तपाईंले भन्नु भए झैं मुलघाटमा तरिने नदी तमोर हो। यद्यपि सप्तकोशीका सहायक प्रमुख नदीहरुलाई पनि चलनचल्तीमा कोशी भनिन्छ, चाहे तीनका नाममा "कोशी" झुन्डिएका हुन् या नहुन्। त्यसै गरी सप्तगन्डकीका सहायक नदीहरुलाई पनि चलनचल्तीमा गण्डकी भनिन्छ। यो कुरा पनि नबिर्सौं कि सप्तकोशीका सात कोशीहरुमा सुनकोशी र तामाकोशी मात्र होइन कि अरुण र तमोर जस्ता "कोशी" नझुन्डिएका नदीहरु पनि पर्दछन्। त्यसै गरी सप्तगण्डकी अन्तरगत कालीगण्डकी र बुढीगण्डकी मात्रै नभै मर्स्याङ्दी र त्रिशूली जस्ता नदीहरु पनि पर्छन् जसका पछाडि सामान्यतया गण्डकी झुन्डिएको हुँदैन।
chipledhunga · Mar 12, 2009 5:03 PM
फुच्चे, ढिलै भए पनि जन्मदिनको शुभकामना। उसै त ढिला आउने फुचचे को कथा एस्पाली त पढ्न पनि ढिला भयो। पढ्दै जाँदा,कथा पढिरहेको हैन कि पहिलो सिटमा सुधा र उस्को साथी दोस्रो सिट्मा फुचचे अनी तेस्रो सिट्मा चै आफु भएको जस्तो पाए। फुचचे ले उनिहरुको गफ सुनिरहेको थियो भने मैले फुचचे को दिमाग पढिरहेको थिए। लौ पर्भो सुधा लाई हरेक कथा मा राखे जस्तो मलाई पनि एउटा कथा मा भाग दिनु होला। अर्को भाग छिट्टै राखम प्रभो।
बिसà¥à¤Ÿà¥‡ · Mar 16, 2009 12:34 PM
कति धेरै सुधा!!!
crazy_love · Mar 18, 2009 8:31 PM
फुच्चे साथि , यो कथा पूरा नगर्ने ?? - थाहा छैन
ThahaChaena · Feb 28, 2014 10:16 AM
पहिलो पटक साझामा प्रवेश गरेकी छु. कथाहरु मिठा अनि रसिला लागे | तर यो सुधा कतै छोडिए जस्तै लाग्यो | गन्तब्येमा कोहि पुगेनन्| न म पुगे न सुधा पुगिन तर बिना गन्तब्य यसै धुवा झैँ हराइरहनु पनि सायद जीन्दगीको अर्को नाम होला | सुधा इटहरी पुगुन , शुभकामना ||
Mrigtrishna · Feb 2, 2016 1:52 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion