Dhamala Gang

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Dhamala's Bi*ches: Those who argued for him in CDO office वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, शेरबहादुर केसी, माधव बाँस्कोटा, संविधानविद् भीमार्जुन आचार्य, उपेन्द्रकेशरी न्यौपाने, इन्द्र खरेल, चन्द्रकान्त ज्ञवाली र ऋषिराम घिमिरे Dhamala's Political muscles: Arjun Narsing KC and Girija prasad Koirala Read more in Detail: धमला थुनिए डिल्लीबजारको खोरमा   Filed under: समाचार र विचार — Administrator @ 10:50 pm   जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासहित तीन पत्रकारलाई थुनामा राखी अनुसन्धान गर्न जेल चलान गर्ने आदेश दिएको छ। यो आदेशपछि आजको रातदेखि धमलाले डिल्लीबजारको सदरखोरमा दिन र रात काट्दै बस्नेछन्। यसअघि उनीहरूलाई माघ २१ गतेदेखि सिंहदरबारस्थित वडा प्रहरी कार्यालयमा राखिएको थियो। सीडीओले उनीहरुलाई जेल चलान गर्ने आदेश दिएपछि प्रहरीले उनीहरुलाई भ्यानमा कोचेर लगेका थिए। धमलालाई पत्रकारहरुसित कुरा गर्न मौका दिइएन। तर पनि केही पत्रकारहरुले धमलाले भ्यानभित्रैबाट ‘पत्रकार साथीहरु, अब हतियार उठाउने बेला आयो, यहाँ न्याय नपाइने भयो’ भन्दै गरेको सुनेछन्। त्यसो त अरु मुद्दाको फैसला अदालतले गर्ने गर्छ। तर हातहतियार तथा खरखजाना ऐन अन्तर्गतको कारबाही भने सीडीओले हेर्ने गर्छ। सीडीओलाई अर्ध न्यायिक निकायको रुपमा अधिकार दिइएको छ। त्यसै अन्तर्गत धमलासँग जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो र आज बयान लिएको थियो। धमलाको पक्षमा घघडानका वकीलहरु भेला पारिएका थिए। नाम मात्रै सुन्नुस् न- वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, शेरबहादुर केसी, माधव बाँस्कोटा, संविधानविद् भीमार्जुन आचार्य, उपेन्द्रकेशरी न्यौपाने, इन्द्र खरेल, चन्द्रकान्त ज्ञवाली र ऋषिराम घिमिरे। तर उनीहरुले जति तर्क गरे पनि सीडीओ सन्तुष्ट भएनन्। रामशुभक महतोको कोठामा भेटिएको विस्फोटक पदार्थ र उनैसँग धमलाले फोनवार्ता गरेको प्रमाण भएपछि थप अनुसन्धान गर्नका लागि उनीहरुलाई जेल चलान गर्ने आदेश दिइएको हो। महानगरीय प्रहरी परिसर, हनुमानढोकाले धमलासहित रामसुभक महतो, वीरेन्द्रकुमार मेहता र मनोज महतोलाई भूमिगत समूह रणवीरसेनासँग सम्बद्ध भई चन्दा सङ्कलन कार्यमा संलग्न रहेको अभियोगमा गत माघमा पक्राउ गरेको थियो । धमला पक्षले भने आज उनीहरु रिहा हुने आशा गरेको थियो। फिरौतिसम्बन्धी मुद्दामा नभई हातहतियारको मुद्दा लगाएको भएर बाँकीलाई थुनामा राखी धमलालाई मात्रै रिहा गर्न सक्ने आशंका पनि गरिएको थियो। यसअघि सर्वोच्च अदालतले उनीहरुलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटलाई खारेज गरिदिएको थियो। यसबाट उनीहरुलाई थुनामा राखी कारबाही अघि बढाउन मिल्ने ढोका खुलेको थियो। धमला पक्ष अब सीडीओको फैसलाविरुद्ध पुनरावेदन अदालतमा जाने भएको छ। पुनरावेदनले रिहा गर्ने आदेश नदिएसम्म अब धमला र अन्य अभियुक्तहरु डिल्लीबजारको सदरखोरमा नै रहनेछन्। केही दिनअघि मात्रै धमलालाई नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले भेटेका थिए। काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पनि धमलालाई फँसाइएको बताएका थिए।

Poon-Hill · Feb 27, 2009 3:28 PM · 4,261 views

3 Replies

dhamala jail baira niklo chai bhane mysansar ko umesh parne bho fasad ma...

full_maya · Feb 27, 2009 4:04 PM

LET"S PUNISH THAT DHAMALA AND HIS SUPPORTERS. WHOEVER IS SUPPORTING HIM LET'S FIGHT AGAINST THEM TOO. WE CANNOT STAND THOSE DHOTI'S AGENT SAVE NEPAL LET'S UNITE ALL.

sulab · Feb 28, 2009 1:15 PM

has Dhamala declined if that was his voice? if he admitted, whoever and whenever the conversation recorded, he is criminal only since he has talked about harming someone.

ctal · Feb 28, 2009 1:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all