बौद्धिक वार्तालाप रे, हा हा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

.....मन्त्री गोपाल किराँतीको ठाडो आदेशमा गठित प्राज्ञ पदाधिकारी प्रधानमन्त्री पुष्पकमल दाहालको त्योभन्दा ठूलो ठाडो आदेशमा विघटन गरिएको छ। ......शक्तिशाली देखिएको प्रधानमन्त्री दाहालको ठाडो आदेश पनि पशुपति भट्ट प्रकरणमा फितलो नै भएको हो। नियुक्ति बदर हुनुभन्दा ठीक एक दिनअघि मन्त्री किराँती ... चौतर्फी विरोधका बाबजुद पनि आफ्नो अडानप्रति टसमा मस थिएनन्।  विघटनभन्दा एक दिनअघि उनी हामीसँग अत्यन्त बौद्धिक गफ गर्दै थिए। उनलाई के थाहा थियो भने प्राज्ञको बारेमा बोलेपछि सस्ता र तल्ला तर्कहरू पनि बौद्धिक गफ हो। ...०००...... .....०००..... ......०००..... ......०००...... ओठको भित्रपट्टि बाक्लो सुर्ती च्यापेका मन्त्री गोपाल किराँतीले भने,  'हामीले हीरामोती ल्याएका छौं।' 'हेर्नोस् हामीले प्राज्ञिक क्षेत्रका कीरा–फट्याङग्रा र धमिराहरू ल्याउन चाहेनौँ।'  , 'भन्नेले हाम्रा मान्छेलाई केटौले, अयोग्य भन्लान् तर काम गर्न यिनीहरू माहिर छन्।'  'कस्तो काम?' हामीले सोध्यौँ।  'हिजो हाम्रा साथीहरू जनयुद्धमा लेख्थे, नाच्थे, गाउँथे, आज प्राज्ञिक क्षेत्रमा पुगेका छन्। अब यतै रमाउँछन्।'  'उमेर त साह्रै केटाकेटी भयो नि?' हामीले सोध्यौँ।   'उमेर कसैको पनि क्षमताको मापन होइन, जनयुद्ध सबै साना–साना भाइबहिनीले लडेका थिए। अबको नेपाल भनेको नयाँ पुस्ताको हो।' मन्त्री जङ्गिए, 'पुराना सोच र मान्यताहरूबाट मुक्त हुनुहोस्। अनि मात्र बुझ्नुहुन्छ हाम्रो काम।'  उनले नवनियुक्त कुलपति, उपकुलपति र प्राज्ञहरूको फेरहिस्त नै सुनाए, 'बाबुलाल पुन रोल्पाका राम्रा चित्रकार हुन्, उनी जनयुद्धमा होमिँदा पनि साधनारत थिए। माइला लामा जनयुद्धका सांस्कृतिक मोर्चा सम्हालेका मान्छे हुन्। बालकृष्ण राई सांस्कृतिक मोर्चाका कुशल नर्तक हुन्। उनको पार्टीको नाम आदर्श हो। ईश्वरचन्द्र ज्ञवाली जनसांस्कृतिक महासङ्घका उध्यक्ष हुन्, उनले युद्धकालमा ठूलो योगदान गरे।' मन्त्री किराँती रोकिएनन्। हामीले रोक्नु उपयुक्त थिएन पनि, 'अरविन्दकुमार लाल पनि कलाकार हुन्। भूपाल राई जनपक्षीय कवि हुन्। उनले भूमिगत कालमा पार्टीलाई सहयोग गरेका थिए।'  'त्यसो भए जनयुद्धमा सामेल हुनु नै प्राज्ञ हुनुको योग्यता हो?' हामीले सोध्न छोडेनौँ।  'हिजो हाम्रा सभासद्हरूलाई पनि सबैले प्लस टु पढ्ने केटाकेटीजस्ता भन्थे। खोइ तिनैले नेपालमा गणतन्त्र ल्याए त। हाम्रा पदाधिकारी साना भए पनि तेजिला छन्।'  ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति उमाशंकर साहलाई चाहिँ मन्त्री किराँती पनि चिन्दैनन् रहेछन्। भने, 'उनको नाम मधेसी जनाधिकार फोरमले पठाएको हो। म पनि चिन्दिन। तर उनी पक्कै राम्रा मान्छे हुन्।' हामीले पनि पत्याइदियौँ। हाम्रा बौद्धिक मन्त्रीले जो भनेका छन्।  ......०००..... ......०००..... ......०००..... ......०००...... http://weeklynepal.com/index.p...

CT. · Feb 25, 2009 1:56 PM · 5,357 views

2 Replies

मन्त्री किराँती को अन्तर्वाता केही दिन अघी मैले पनि सुनेको थिए बिबिसीमा ! साच्चै नै उनको अन्तर्वाता सुन्दा माओवादी जनयुद्धमा सहयोग गर्नु वा प्रतक्ष रुपमा जनयुद्धमा योगदान पुर्याउनु नै प्राज्ञ हुनुका लागि आवश्यक दर्हो प्रमाण पत्र हो जस्तो लाग्यो मलाई ! लाटो को देश मा गाँडो तन्नेरी !

ritthe · Feb 25, 2009 2:12 PM

अझ यसमा अलिकती थपी दिम । प्रज्ञा काण्ड बारे गाली शिरोमणी खगेन्द्र संग्रौलाले एक अखबार मा भनेका थिए। "हिजो का डाक्टर प्राज्ञहरुले के नै नप्या थियो र ? अहिले को नाम नसुनेको भन्दै मा बिरोध गर्ने रे।" मलाई यहाँ निर जोड्न मन लागेको कुरा चाँही , हिजो कुन चाँही डाक्टर ले मरेको मान्छेलाई ब्युंताइ दिएको थियो र अस्पातल मा हाम्रो मान्छे राख्न नहुने भन्दै डाक्टर को ठाममा धामी झाक्री बोक्सी राखे भैहाल्यो नि?  नामै त प्राज्ञ परिषद , प्राज्ञ को अर्थ जान्ने सुन्ने त हुनु पर्‍यो नि ? आफ्नो मान्छे राखोस्, तर योग्य राखोस् न । एउटा कबिता कथा निम्बन्ध नलेखेकाहरुले साहित्यको उत्थान कसरी गर्ने हुन ? जागिर खुवाउनलाई त कामरेड डाकटर् साहेबले अनेक भर्ती केन्द्र खोल्दिनु भएकै छ। किराँती को किरा लाग्या दिमागमा प्रज्ञा को अर्थ मात्र - प्रचन्ड + ज्ञानेन्द्र होला ।

rahulvai · Feb 25, 2009 2:51 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all