बाबुरामको साथिले लेखेको चिठी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

.....  तपाईंको कुराबाहेक अन्यत्र जतासुकै हर्नोस् राजा ज्ञानेन्द्र पनि धेरै पछाडि परेका छन्। लाग्छ माओवादीमा सल्लाह दिनेहरू प्रायः मण्डलेहरू छन्। यदि त्यसो हुन्नथ्यो भने त्याग, तपस्या, बलिदान र अध्ययनको थोरै मात्र भए पनि गुञ्जाइस त हुन्थ्यो होला। सरकारी सञ्चार मिडियामा हेर्ने हो भने आफ्नो नाम पनि शुद्धसित लेख्न नजान्नेहरू भर्ती गरिएका छन्। आज गोरखापत्र र एनटीभी पढ्ने र हेर्नेहरू शून्यप्रायः हुन थालेका छन्। त्यहाँबाट भजनबाहेक केही निसृत हँुदैन, जो राणाकालदेखि निरन्तर चलिआएको छ। सबैले के सोच्थे भने माओवादी सत्तामा आएपछि राष्ट्रियता मजबुत हुन्छ, जनजीविकाको ग्यारेन्टी हुन्छ, म पनि त्ही सोच्थेँ, तर व्यवहारमा ठीक विपरीत भयो। यसलाई दुर्भाग्य नै मान्नुपर्ला।  तपाईंको सरकारले हालै प्रज्ञाप्रतिष्ठानको नाममा आलाकाँचा मानिसहरू भर्ती गरेको गोरखापत्रमा देखियो। मैले खर्लप्पै मुख छोपेर पत्रिका पढेँ। लाग्यो, कृष्णप्रसाद पराजुली, गोपीकृष्ण शर्मा, बालकृष्ण पोखरेलजस्ता विद्वान्, रमेश खकुरेल, ओमवीर बस्नेत, भुवनहरि सिग्देलजस्ता महाकाव्य हाँक्ने, रामेश श्रेष्ठ, रायन, लोचन भट्टराई, शम्भु राई, बुलु मुकारुङ, कुुन्ती मोक्तानजस्ता गायक र सङ्गीतविज्ञ तथा वरिष्ठहरू प्राज्ञको छनोटमा नाम नदेख्दा मैले तपार्इंमाथि श्रद्धा गर्ने सबै कुरा टुट्न गयो। तपार्इंले त जङ्गली एकेडेमी खडा गर्नुभयो। जे भए पनि बजेट भाषणमा महाकवि देवकोटाको नाम लिएकोमा गर्व थियो, त्यो गर्व पनि अब रहेन। मलाई लाग्थ्यो तपाईं पीएचडी गरेको मान्छे, एकेडेमिक हुनुहोला, मेरो त्यो विश्वासलाई तपाईंको सरकारले गलत सिद्ध गरिदियो। अब म तपार्इंको डिग्रीप्रति शङ्का गर्न विवश भएँ। मलाई पाप नलागोस्, पढेका मानिसले त पढेकैलाई स्थान दिन्छन्। अहिलेको कथित प्राज्ञ गठनलाई हेर्दा मैले तपाईंलाई पठित भन्न नपाउने भएँ। अझ गहिरिएर हेर्नोस् त महाकवि देवकोटाले खडा गरेको प्रज्ञाको विचार र चिनियाँ सरकारले बनाइदिएको भवनमा तपाईंहरूले जे मन लाग्यो त्यही गर्ने? आजसम्म नेपाल र नेपालीका लागि तपाईंहरूले के–के गर्नुभयो, विध्वंशबाहेक? पढे–लेखेको मान्छेले क्रान्तिका नाउँमा उरन्ठेउला काम गर्दै हिँड्न सुहाउँछ? के यस्तै उपद्रवले नयाँ नेपाल बन्छ? तपाईंसित मेरो सङ्गत हँुदा तपार्इं नै मलाई गद्यमा होइन, पद्यमा रचना गर्न सुझाव दिनुहुन्थ्यो। व्यवहारमा किन उल्टा गर्नुभयो? ..... http://weeklynepal.com/index.p...

CT. · Feb 25, 2009 1:02 PM · 3,372 views

1 Reply

That is what I was saying from the beginning. They only fought for the power and money; not for the nation and the citizens. Now certainly they will use king and other parties to justify their acts to Nepalese and for sure as before Nepalese will fall in with the words of these m******f****r killers. Nepalese still dont realize that the sovergnity of the nation is with these killers,sons of prostitute(prachanda and baburam), not with the citizens.

SRBRG · Feb 25, 2009 2:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all