Lets play Gau khane katha.. प्रश्न : १. लगाउँदा इज्जत, खाँदा बेइज्जत, त्यो के हो ? २. खानु न पिउनु, सधैँ डुलिरहनु के हो ? ३. फुटाउँछ चुरा, काम लाग्दैन छुरा, कुचिएको भाँडोमा खानेकुरा के हो ? ४. कपालबीच बास बस्छ, खान्छ रातो पानी, मानिसले देखे जान्छ जिन्दगानी के हो ? ५. काठको पर्खाल, सिसाको दरबार, नखोली हेर्छन् लगातार के हो ? ६. बालकमा हरियो, तन्नेरीमा रातो, मानिसले खायो भने जान्छ त्यसको सातो के हो ? ७. लम्कने बाख्राको ढल्कने कान, लौन बूढी बल गरी तान के हो ? ८. हात्ती छिर्यो, पुच्छर अड्क्यो के हो ? ९. स्याउस्याउ चल्ला, बाह्र गाउँ हल्ला के हो ? १०. घुमाउरो घरको एकमात्र छानो के हो ? ११. एउटा गोरुको सय वटा कान, बिहेमा बुन्न सबले तानातान के हो ? उत्तर : १. जुत्ता २. घडी ३. ओखर ४. जुम्रा ५. फ्रेममा राखेको तस्विर ६. खुर्सानी ७. मुला ८. सियो धागो ९. माहुरी १०. छाता ११. सयपत्री फूल if you know some other Gau Khane Katha, please let us know. regards, Neerman Source: http://dainikee.com/news/index...
neerman · Feb 25, 2009 9:50 AM · 7,301 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion