60% I AGREE WITH HIM

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 राजनीतिक रूपमा बबन सिंह सभासद् हुन्, व्यक्तिगत रूपमा चाहिँ के हुन्? –व्यक्तिगत रूपमा त म एउटा सामान्य नेपाली नागरिक मात्र हुँ। ० तर मानिसहरू तपार्इंलाई सामान्य मानिस मान्दैनन्, खतरनाक मान्छे नै भन्छन्, थाहा छ? –खतरनाक त भन्छन् तर म खतरनाक होइन। किनकि म हतियारमा विश्वास गर्दिनँ, हिंसा र अधिनायकवादमा विश्वास गर्दिनँ। ० सभासद् भएपछि हिंसा र हतियारमा विश्वास गर्न छोड्नुभयो? – होइन, मैले कहिल्यै हिंसा र हतियारमा विश्वास गरिनँ। २०६३ को जनान्दोलनमा मैले निकै मह140वपूर्ण भूमिका निर्वाह गरेको थिएँ। जनान्दोलनको सफलतापश्चात् म रौतहटबाट चुनाव लड्ने सोचका साथ तयारीमा थिएँ। मेरो सक्रियता र प्रभावकारिताबाट तर्सिएर माओवादीसहित एमाले, महतोको सद्भावना, काङ्गे्रसका केही लोकल नेताहरू मेराविरुद्ध षड्यन्त्रमा लागे। राजनीतिक दलका मान्छेहरूको षडयन्त्रका कारण मेरो बद्नामी गरियो र मेरो लोकप्रियताकै कारण फसाउन अनेक प्रयत्न भइरहेको पनि छ। खासगरी गौर घटनापछि मलाई फसाउन चाहनेहरूको सक्रियता बढेको हो। ० के हो यो गौर घटना भनेको? – त्यही माओवादीका हतियारधारी र त्यहाँका निशस्त्र जनताबीच झडप भएर माओवादीहरू ठूलो सङ्ख्यामा मारिएका थिए नि, त्यही हो। ० त्यस घटनामा तपाईंको भूमिका के थियो र? – केही थिएन। म सधैं जनताको पक्षको मान्छे, जनताको पक्षमा उभिएको थिएँ, त्यति हो। मैले मेरो प्रशस्त समय, बुद्धि र पैतृक सम्पत्ति पनि चौध/पन्ध्र लाख जनताकै काममा खर्च गरिसकेको थिएँ। जनताले मलाई एउटा असल मानिस र आफ्नो सहयोगी मित्रका रूपमा चिन्न थालिसकेका थिए। मेरो लोकप्रियताबाट डराएर माओवादीले मलाई विभिन्न अभियोग लगाएको हो। वास्तवमा म कहिल्यै खराब मानिस होइन। ० प्रचण्डजस्तै असल मानिस हो त तपाईं त्यसो भए? – मलाई प्रचण्डजस्तो मान्छेसँग तुलना नगर्नुहोस्। उनी मसँग तुलना गर्न लायक छैनन्। प्रचण्ड आतङ्कमा विश्वास गर्छन्, हतियार र हिंसामा विश्वास गर्छन्, तर म हत्या, हिंसा र आतङ्कमा कहिल्यै विश्वास गर्दिनँ। म शान्ति, अहिंसा र लोकतान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्छु। म जस्तो एउटा शान्तिप्रिय मान्छेलाई प्रचण्डजस्ता आतङ्कवादीसँग तुलना नगरिदिनुहोस्। म भविष्यमा पनि हिंसा र हतियारमा विश्वास गर्दिनँ। हतियार कसैलाई मार्नका लागि बनेको हो, हतियारले कहिल्यै समस्याको समाधान दिन सक्दैन, समस्या मात्र दिन सक्दछ।                    माओवादीले हतियारकै बलमा गणतन्त्र स्थापना गराएको, देशमा यति ठूलो परिवर्तन ल्याएको वास्तविकतालाई तपार्इं के भन्नुहुन्छ? – माओवादीले कहाँ गणतन्त्र ल्याएको हो र? यो त १९ दिनको जनआन्दोलनले २५/२५ वटा सहिद बनाएर आएको गणतन्त्र हो। माओवादीको युद्धमा १५ हजार नेपाली दाजुभाइले ज्यान गुमाए, तर उपलब्धि केही भएन। उनीहरू सुधि्रन्छन् कि भनेर सत्तामा पुर्याइएको हो, सत्तामा पुगेपछि पनि माओवादी सुधि्रने देखिएन। जनताको काम पनि केही गर्न सकेन। तपाईं माओवादीप्रति अत्यन्त नकारात्मक हुनुहुन्छ, केही त सकारात्मक पक्ष पनि होला नि उनीहरूको? – केही पनि सकारात्मक पक्ष छैन माओवादीको। आतङ्कवादी कसैले पनि शान्ति र विकास दिन सक्दैन।  तपाईं माओवादीलाई अझै पनि आतङ्कवादी नै भन्नुहुन्छ? – म मात्र किन शान्तिप्रिय सबैले माओवादीलाई आतङ्कवादी नै भनिरहेका छन्। म पनि उनीहरूलाई आतङ्कवादी र हत्यारा नै मान्छु। सामान्य नेपाली जनतालाई मारेर म वीर हुँ भन्दै छन् उनीहरू, म यस्तालाई कायर भन्छु कहिले पनि वीर मान्दिनँ। आफ्नै देशका दाजुभाइलाई बिनाकारण मारेर कोही वीर बन्न सक्छ? सक्दै सक्दैन। त्यसैले यिनीहरू आतङ्कवादी नै हुन्। बिन लादेनजस्तै? – एकदमै बिन लादेनजस्तै। बिन लादेनभन्दा पनि बढी थर्डक्लासको हो। यिनीहरू त माओवादी पनि होइन। माओले जनता मार्नु कहीँ भनेको छैन तर यिनीहरूले साधारण जनता मारेका छन्। माओले सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ भनेका छन् तर यिनीहरू चुनाव लडेर सत्तामा पुगेका छन्। चुनावमा पनि व्यापक आतङ्क फैलाएर लडेका र जितेका हुन्। तपाईंचाहिँ आतङ्क नमच्चाई सबैको मन जितेर चुनावमा विजयी बन्नुभएको हो? – हो त, हेर्नुस् त मैले आफ्नो प्रचारसमेत गर्न पाइनँ। तै पनि जनताले मलाई जिताएर पठाए। मेरो पार्टी–सङ्गठन पनि थिएन। अब कुनै पार्टीमा लाग्नुहुन्छ कि? – पार्टी राजनीतिमा लाग्ने इच्छा मलाई छ। तर, सबै दलमा हेरेपछि मलाई के दुःख लागिरहेछ भने यो देशमा जनताको काम गर्ने समर्पित कोही नेता नै छैन। देशका लागि ‘लिडर’ छैन यहाँ। जति पनि ‘लिडर’ छन्, सबै सत्ता र पैसाको भोका छन्। तपाईँमा चाहिँ पैसा र सत्ताको मोह छैन? – छैन। ममा पैसाको मोह हुन्थ्यो भने त म दिनमै एक करोड कमाउन सक्थेँ। दिनमै एक करोड! कसरी? – को व्यक्ति या व्यापारी छ मधेसमा जस कहाँ गयो भने मलाई पैसा दिँदैन। तपाईंलाई किन दिन्छन् त पैसा? डरले? – डरले होइन। तराईका जनताको मेराप्रति गहिरो लगाव छ, त्यसैले।  उपेन्द्र यादवका प्रति भन्दा पनि तपाईंका प्रति लगाव बढी छ मधेसका जनताको? –उपेन्द्र यादवको के छ र अब तराईमा? अस्ति मलाई गिरफ्तार गरेपछि जनताले कति ठूलो विरोध गरे। उपेन्द्र यादवको पार्टीको झन्डा सबै च्यातेर फालिदिए जनताले। उपेन्द्रको लोकप्रियता पूरै समाप्त भइसक्यो। अनि प्रचण्डले अहिले मातृका यादव भन्नेलाई तराईमा बेग्लै माओवादी पार्टी बनाउने भनेर खटाएको छ। पहाडमा गरिबका नाममा मान्छे भड्काएर आफूले जित्ने र तराईमा मातृकाले त्यसैगरी जित्ने अनि दुवै मिलेर नेपाली जनतामाथि शासन गर्ने षड्यन्त्रस्वरूप प्रचण्डले मातृकालाई तराईमा पठाएको हो। जनतालाई बेवकुफ बनाउने षड्यन्त्र हो यो। हामी कुरा गदर्ैै थियौँ पार्टी राजनीतिको, तपाईंसँग विचार मिल्ने कुनै राजनीतिक दल त होला नि? –मेरो सबभन्दा नजिकको पार्टी नेपाली काङ्गे्रस हो, त्यसपछि तमलोपा हो। सरिता गिरी र विश्वेन्द्र पासवानसँग पनि मेरो राम्रै कुराकानी चलिरहेको छ। तर, काङ्गे्रसको विचार र नीतिसँग म धेरै नजिक छु। तपाइंलाई तपाईंको क्षेत्रका जनताले कुन रूपमा चिन्छन् र कुन रूपमा चिनुन् भन्ने तपार्इं चाहनुहुन्छ? – म समाजसेवी हुँ, मलाई एउटा मामुली समाजसेवी जनसेवकका रूपमा जनताले चिन्छन् र म यही रूपमै चिनुन् भन्ने पनि चाहन्छु। तपाईंले छुट्टै एउटा दल खोल्दिने सोच त बनाउनुभएको छैन? – छैन। देशमा यति धेरै पार्टी भइसकेका छन् कि पार्टी खोल्नै मलाई लाज भइरहेको छ। यति सानो देशमा यति धेरै पार्टी के काम? म त छक्क पर्छु। यस्तै हो भने त नेपालमा जति व्यक्ति हुन्छन्, त्यति नै पार्टी बन्ने हो कि भन्ने भइसक्यो। माओवादीको नेतृत्वमा तपाईंले यो मुलुकको भविष्य कस्तो देख्नुभएको छ? – माओवादीकै नेतृत्व रहिरहने हो भने यो मुलुक भविष्यमा अफगान बन्छ। कसरी? – आफैं प्रधानमन्त्री भएर सरकार चलाउने र आफैं हतियार र विद्रोहको कुरा पनि गर्छन् भने उनीहरू यो देशलाई अफगानिस्तान नबनाएर के बनाउन खोज्दैछन् भन्ने त? हाम्रो मधेसमा एउटा उखान छ ‘कुकुरको पुच्छरमा जति घ्यू लगाए पनि पुच्छर सिधा हुँदैन भन्ने, त्यही उखानको चरितार्थ माओवादीहरूले गरिरहेका छन्। मानिसहरू आफ्नाविरूद्ध बढी नलागुन् भनेर फाटफुट हत्या–हिंसा गराउन काम माओवादीले गरिरहेको छ। मैले सदनमा बढी आलोचना गरेँ, धिक्कारेँ, त्यही कारण मलाई पनि फसाउन माओवादीले अनेक प्रयत्न गरिरहेको छ। तपाईं माओवादीका विरुद्ध एक्लै पनि जसरी लड्न खोजिरहनुभएको छ, यसरी उनीहरूलाई जित्न सकिएला भन्ने तपार्इंलाई लागेको छ?  – अरूले हेर्दा त मैले जित्छु नभन्लान्, तर मेरो इच्छाशक्ति कमजोर छैन। म एक्लै पनि लड्न सक्छु र मलाई विश्वास छ भविष्यमा कुनै न कुनै बेला म यिनलाई ठीक पार्छु। यिनलाई भनेको कसलाई? – प्रचण्ड र प्रचण्डहरूलाई क्या, माओवादीलाई। अरू कसलाई हुनु? देश र जनताका विरुद्ध तिनै छन् त कसलाई ठीक पार्नु? प्रचण्डलाई ठीक पारेरै छोडिदिन्छु। कसरी ठीक पार्नुहुन्छ प्रचण्डलाई? – हेर्नुस् न कसरी हुन्छ, म प्रचण्डलाई ठीक पारेरै छोड्छु। शान्तिपूर्ण तवरले लडेर नै म उसलाई ठीक पारिदिन्छु। उसले जस्तो मैले हतियार उठाइरहनुपर्दैन। प्रचण्ड के भएपछि या कस्तो अवस्थामा पुगेपछि ठीक भएको ठान्नुहुन्छ? – सबभन्दा पहिले जनतालाई सचेत गराउँछु, जागरुक गराउँछु। माओवादीहरू, प्रचण्डहरू राजनीतिक मानिस होइनन्, मात्र एउटा आतङ्कवादी हुन् भनेर जनतालाई राम्ररी बुझाएपछि प्रचण्ड ठीक भइहाल्छन् नि। प्रचण्डलाई कानुनी रूपमा दण्ड गर्नुपर्छ। हत्या र हिंसा बढाएको आरोपमा कठोर सजाय दिनुपर्छ प्रचण्डलाई। नत्र अहिले जसरी हतियार उठाउने कुरा गरिरहेको छ, हत्या, हिंसा र हतियारको कुराले जसरी अग्रगति लिइरहेको छ यो अरू बढ्छ र देशमा रगतको खोलै बग्छ। प्रचण्डले गरेको अपराधअनुसार उसलाई विद्यमान कानुनअनुसार जेल पठाउनुपर्छ या त फाँसी दिनका लागि कानुनी व्यवस्था गर्नुपर्छ। बहुमतमा उहाँहरू नै हुुनुहुन्छ, कसले बनाउछ फाँसीको कानुन? – अलिकति टाइम लाग्छ, यसलाई सुधार्न गर्न र ठीक पार्नलाई अलिकति टाइम लाग्छ। जनता कन्भिन्स भइसकेपछि धेरै कुरा हुन्छ, मूल कुरा जनता नै हुन्। त्यसका लागि अलिकति टाइम लागे पनि ठीक पार्नचाहिँ सकिन्छ। प्रचण्डलाई ठीक पार्ने कार्य तपाईंको आफ्नै नेतृत्वमा हुन्छ भन्ने विश्वास तपाईंलाई छ? – छ, मेरै नेतृत्वमा हुन्छ भन्ने एकदमै विश्वास छ। किनकि सत्यको विजय एक न एकपटक हुन्छ हुन्छ। अहिले यतिबेला सत्यको अगुवाइचाहिँ करिब–करिब तपार्इं मात्रै गर्दै हुनुहुन्छ!? – हो, त्यो त खोजिरहेको छु। अब हेरौं अगाडि नेता र जनताबाट कत्तिको सहयोग प्राप्त हुन्छ। नेपालमा यतिबेला जातीय, क्षेत्रीय, भाषिक आदि मुद्दाहरू उठाइएका छन्, सङ्घीयताको कुरा पनि उठेको छ, यस्ता विषयहरूमा चाहिँ तपाईं कस्तो दृष्टिकोण राख्दै हुनुहुन्छ? – ठीकै छ, सङ्घीयता त दिँदा हुन्छ, तर उसलाई कानुनको दायरामा राख्नुपर्यो। बढी अधिकार सङ्घलाई दिनुहुँदैन। आत्मनिर्णयको अधिकार दिन त हुँदै हुँदैन। किनकि देश टुक्रन पनि सक्छ। म आत्मनिर्णयको अधिकारसहितको सङ्घीय व्यवस्थाको पक्षमा कहिल्यै पनि छैन र हुन पनि सक्दिनँ। देश टुक्रिने अवस्था त ल्याउन भएन  कसैले। कुनि कुन देश हो, अहिले नाम बिर्सिएको छु त्यहाँ आत्मनिर्णयको अधिकारसहित सङ्घीयता दिँदा देश नै टुक्रिएको थियो। म राष्ट्र विखण्डन हुने काममा त लाग्दै लाग्दैन। बरु यो देश बनाइदिएकोमा पृथ्वीनारायण शाहलाई चाहिँ धन्यवाद दिनुपर्छ हामी सबैले। धेरै सङ्घहरू बनाएर देशको खर्च बढाउने काम पनि गर्नुहुँदैन। नेपालको एउटा परिचय विश्वको एकमात्र हिन्दू राष्ट्र भन्ने पनि थियो तर त्यो मेटियो, यसबारे चाहिँ तपार्इंको धारणा के छ नि? – त्यो मेटाउन जरुरी थिएन र छैन। नेपाल विश्वकै एक मात्र हिन्दू राष्ट्र बन्नुमा नै यसको गौरव थियो। हिन्दू राष्ट्र भनिए पनि यहाँ अरू धर्मवालालाई दुःख दिने या सताउने गरिएको त थिएन। संसारमा अरू धर्म अपनाउने देशहरू पनि छन्। तर, एउटै मात्र हिन्दू राष्ट्रको पहिचान नेपालले बनाउँदा यसको विरुद्ध किन लाग्नुपरेको थियो मैले बुझ्न सकिनँ। मेरो विचारमा यो विदेशी धर्मावलम्बीहरूको प्रलोभनमा नेताहरू परेर गरेको षड्यन्त्र हो। नेपाललाई हिन्दू राष्ट्र नै बनाइनुपर्छ भन्ने मेरो ठहर छ। अन्त्यमा, तपार्इंंको जीवनको सबैभन्दा ठूलो इच्छा के बबनजी? – मेरो जीवनको सबैभन्दा ठूलो इच्छा भनेको जनताको सेवा गर्ने हो र आफ्नो सुन्दर पहिचान छोडेर जाने। म मरेपछि पनि मािनसले एउटा असल मानिस थियो भनेर सम्भि्करहुन् मेरो इच्छा त्यति मात्र छ। भविष्यमा मलाई कसैले पनि गाली नगरून्, म त्यो चाहन्छु।

stopthewar · Feb 25, 2009 9:07 AM · 4,413 views

10 Replies

Who are Mouist. शान्तिप्रिय सबैले माओवादीलाई आतङ्कवादी नै भनिरहेका छन्। म पनि उनीहरूलाई आतङ्कवादी र हत्यारा नै मान्छु। सामान्य नेपाली जनतालाई मारेर म वीर हुँ भन्दै छन् उनीहरू, म यस्तालाई कायर भन्छु कहिले पनि वीर मान्दिनँ। आफ्नै देशका दाजुभाइलाई

stopthewar · Feb 25, 2009 9:09 AM

Good one babban............

gurkha's · Feb 25, 2009 9:21 AM

very good interview

dipulata · Feb 25, 2009 9:27 AM

Not only good interview, this is true and  right too. They are in Govt. now but what they are doing and telling. Now a days Mouist behave is like terrorist.

stopthewar · Feb 25, 2009 10:01 AM

Lau hai ma pani baban lai support garchhu, arka ko ris le afno ghar jalayera ago tapne Nepali ko bani nai ho, aba interview ma sabai chor, pathaha, luchha, daka le arulai gali garera afulai sajjan bhanchhan, afu garib ko lagi ladeko bhanchhan, ani hami sabai lai syabasi dinchhau, ho, baban jasta lai support garne hami sabai nepali lai dikkaar chha, tara pracanda saga matbhet rakhne adhikar sabai nepali lai chha, arko chunab ma naramro bhaye janata le phalchhan. ha ha

timer · Feb 25, 2009 11:14 AM

kasto Din Aayo .. People are supporting a guy who is still under police investigation for killing innocent people .. Just because they don't like Maoists . "My enemy's enemy is my friend " principle .. I dont know when we will improve ... when will we think before we speak and when will we stop pulling others legs .. It is a shame !!! I know u guys call me blind maoist supporter .. if u say just because I tried to show my dissatisfaction .. then let it be .. But it is not right ..not right at all The people so called intellectual studying abroad have this kind of thinking .. I am not surprised how that guy won the election .. Please something think beyond party line .. beyond your personal benefit . think for other people .. plz 

SatyamSuvam · Feb 25, 2009 12:43 PM

Mouist killed 99%  more then BABAN Singh. Mouist are in govt, why don;t  they try to stop violence. Why still capture people house, land and govt. building. yes, It is a shame !!!

stopthewar · Feb 25, 2009 6:40 PM

माओवादीमा सल्लाह दिनेहरू प्रायः मण्डलेहरू छन्। यदि त्यसो हुन्नथ्यो भने त्याग, तपस्या, बलिदान र अध्ययनको थोरै मात्र भए पनि गुञ्जाइस त हुन्थ्यो होला। सरकारी सञ्चार मिडियामा हेर्ने हो भने आफ्नो नाम पनि शुद्धसित लेख्न नजान्नेहरू भर्ती गरिएका छन्। आज गोरखापत्र र एनटीभी पढ्ने र हेर्नेहरू शून्यप्रायः हुन थालेका छन्। त्यहाँबाट भजनबाहेक केही निसृत हँुदैन, जो राणाकालदेखि निरन्तर चलिआएको छ। सबैले के सोच्थे भने माओवादी सत्तामा आएपछि राष्ट्रियता मजबुत हुन्छ, जनजीविकाको ग्यारेन्टी हुन्छ, म पनि त्ही सोच्थेँ, तर व्यवहारमा ठीक विपरीत भयो। यसलाई दुर्भाग्य नै मान्नुपर्ला।  तपाईंको सरकारले हालै प्रज्ञाप्रतिष्ठानको नाममा आलाकाँचा मानिसहरू भर्ती गरेको गोरखापत्रमा देखियो। मैले खर्लप्पै मुख छोपेर पत्रिका पढेँ। लाग्यो, कृष्णप्रसाद पराजुली, गोपीकृष्ण शर्मा, बालकृष्ण पोखरेलजस्ता विद्वान्, रमेश खकुरेल, ओमवीर बस्नेत, भुवनहरि सिग्देलजस्ता महाकाव्य हाँक्ने, रामेश श्रेष्ठ, रायन, लोचन भट्टराई, शम्भु राई, बुलु मुकारुङ, कुुन्ती मोक्तानजस्ता गायक र सङ्गीतविज्ञ तथा वरिष्ठहरू प्राज्ञको छनोटमा नाम नदेख्दा मैले तपार्इंमाथि श्रद्धा गर्ने सबै कुरा टुट्न गयो। तपार्इंले त जङ्गली एकेडेमी खडा गर्नुभयो। जे भए पनि बजेट भाषणमा महाकवि देवकोटाको नाम लिएकोमा गर्व थियो, त्यो गर्व पनि अब रहेन। मलाई लाग्थ्यो तपाईं पीएचडी गरेको मान्छे, एकेडेमिक हुनुहोला, मेरो त्यो विश्वासलाई तपाईंको सरकारले गलत सिद्ध गरिदियो। अब म तपार्इंको डिग्रीप्रति शङ्का गर्न विवश भएँ। मलाई पाप नलागोस्, पढेका मानिसले त पढेकैलाई स्थान दिन्छन्। अहिलेको कथित प्राज्ञ गठनलाई हेर्दा मैले तपाईंलाई पठित भन्न नपाउने भएँ। अझ गहिरिएर हेर्नोस् त महाकवि देवकोटाले खडा गरेको प्रज्ञाको विचार र चिनियाँ सरकारले बनाइदिएको भवनमा तपाईंहरूले जे मन लाग्यो त्यही गर्ने? आजसम्म नेपाल र नेपालीका लागि तपाईंहरूले के–के गर्नुभयो, विध्वंशबाहेक? पढे–लेखेको मान्छेले क्रान्तिका नाउँमा उरन्ठेउला काम गर्दै हिँड्न सुहाउँछ? के यस्तै उपद्रवले नयाँ नेपाल बन्छ? तपाईंसित मेरो सङ्गत हँुदा तपार्इं नै मलाई गद्यमा होइन, पद्यमा रचना गर्न सुझाव दिनुहुन्थ्यो। व्यवहारमा किन उल्टा गर्नुभयो? प्राज्ञमा नियुक्त हुन कति योग्यता चाहिएला तपाईंलाई थाहा छ? कृपया पछाडि फर्किएर हेर्नुहोला।   अरूलाई जे गरे पनि स्रष्टाहरूलाई जिस्क्याउने कार्य नगर्नु होला। सरस्वतीका बरद्पुत्रहरूको श्राप होइन आशीर्वाद लिने कार्य गर्नुहोला। सकेसम्म अरूलाई पनि नहोच्याउनु होला। मानिसको त्याग, तपस्यामा दधिचिको बल हुन्छ भन्ने हेक्का राख्नु होला। स्रष्टाहरूलाई गिज्याएकै कारण धेरैवटा सत्ता गन्हाएर गए। यसर्थ कुनै जँड्याहा मन्त्रीले मनलाग्दी गर्ने र तपाईंले मौन स्वीकृति दिँदै जाँदा अन्तिममा तपाईं मात्र एक्लो पर्नुहोला। गणतन्त्रका लागि धेरैले लडेका छन्, तपाईंहरू त विदेशमा आनन्दले बस्नुभयो, देशभित्रका आमनागरिकले के–के व्यहोरे, थाहा पाउनुभएन, तिनको श्रापले तपाईंहरूको जङ्गली सरकार ढलेको दिन मात्रै थाहा पाउनुहुनेछ। तपाईंहरूलाई जङ्गली भाइ नै भन्छन् सबै, एकेडेमीको गठनले पनि त्यही देखाउँछ। यदि तपाईंमा नैतिकता र विवेक छ भने प्राज्ञहरूको भेला वा छनोटको आधारमा प्रज्ञासभाको गठन गर्नुहोस्, योग्यता र क्षमताको आधारमा प्रतिष्ठान बनाउनोस्, कम से कम हामीले तपार्इंको नाम लिइरहन पाउने होस्। अझ महाकवि देवकोटाका नाउँमा पनि जे पायो त्यही नगर्नोस्, अलि पढे–लेखेका मान्छेलाई, नैतिकता र इमानदारिता भएको, महाकविको योग्य उत्तराधिकारी हुनसक्नेलाई त्यसभित्र समावेश गर्नुहोस्, अन्यथा महाकविको आत्माले पञ्चायत खाइदिएझैं तपाईंहरूलाई पनि खाइदिनेछ। धेरै लेखियो, रिसानी माफ गर्नुहोला। म तपाईंको सधैं भलो सोच्ने मानिस भएका नाताले यति लेख्न बाध्य भएँ। अरू पनि लेख्न बाध्य नपार्नुहोला। पुरानो मित्र भए पनि सुझाव ग्रहण गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। – ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्य   महाकवि देवकोटा आश्रम (हालः बेघर),   Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:Mangal; mso-bidi-theme-font:minor-bidi;} ' ); document.write( addy96628 ); document.write( '' ); //--> poetshukracharya@yahoo.com

stopthewar · Feb 25, 2009 6:46 PM

more comment pls..

stopthewar · Feb 26, 2009 12:05 PM

read this true interview

stopthewar · Feb 26, 2009 7:20 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all