CPN UML 8th General Convention: Latest Vote Count
Jawala · Feb 23, 2009 6:51 PM · 13,994 views
अपडेटः बिहान ६.३० गए राती भन्दा अहिले मत को अन्तर बढेको छ । अहिले सम्मको स्थितिमा झलनाथ खनालले ५८ मतको अग्रता हासिल गरेका छन्। खनालको मत ५३६ रहेको छ भने, ओलीको ४८८ । यसै बिच “यो अग्रताले नै आफुले जित्छु भन्ने देखिइसकेको छ भन्दै खनालले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्नु भएको छ । महासचिवमा खनाल पक्षका ईश्वर पोखरेलले १०० मतले ओली पक्षका प्रदीप नेपाललाई पछाडि पारेका छन्। तीन जना उपाध्यक्ष पदमा अशोक राईको जित सुनिश्चित जस्तै देखिएको छ। बाँकी दुई स्थानमा ओली पक्षका विद्या भण्डारी र भीम रावल अगाडि रहेका छन्। खनाल पक्षका गृहमन्त्री वामदेव गौतम तेस्रो नम्बरका लागि प्रतिस्पर्धा गरिरहेका छन् भने सहाना प्रधान धेरै पछाडि छुटिसकेका छन्।
Jawala · Feb 23, 2009 7:02 PM
मतगणनाको पछिल्लो अवस्था (९:३० बजे) अध्यक्ष झलनाथ खनाल ६१५ केपी ओली ५८६ महासचिव ईश्वर पोखरेल ६५० प्रदीप नेपाल ५१० उपाध्यक्ष (३ पद) सहाना प्रधान ३९९ वामदेव गौतम ६०० भरतमोहन अधिकारी ३९० अशोक राई ८१० विद्या भण्डारी ६१० भीम रावल ५०० सचिव (३ पद) युवराज ज्ञवाली ५३० राजेन्द्र श्रेष्ठ ४५५ रामचन्द्र झा ३७० विष्णु पौडेल ८२५ शंकर पोखरेल ७५० रघुवीर महासेठ ४८० नीलो रङले ओली पक्षधरको र रातो रङले खनाल पक्षधरको प्रतिनिधित्व गर्छ। सेतो रङ प्रयोग भएका स्पष्ट नछुट्टिएका हुन्। प्रत्येक अंचलबाट एक जना केन्द्रीय सदस्य चुनिन्छन् तिनले पाएका मत मेची नरेश खरेल ९७ देवेन्द्र दाहाल ९२ कोशी राजेन्द्र गौतम १०० गोपाल गुरागाईं ८९ सगरमाथा नरेन्द्र राज पोख्रेल ९९ जगन्नाथ खतिवडा ११५ जनकपुर केशवप्रसाद देवकोटा ९१ लक्ष्मण पौडेल २० गंगाप्रसाद नेपाल ७६ नारायणी पुरुषोत्तम पौडेल ९१ देवीप्रसा ज्ञवाली ९३ वाग्मती विदुर सापकोटा ८३ पशुपति चौंलागाई १०४ उपत्यका योगेश भट्टराई ११४ सानुकुमार श्रेष्ठ ७६ धवलागिरी गणेश तिमिल्सिना ९३ रामजी शर्मा ९४ गण्डकी चक्रप्रसाद पराजुली ७१ खगराज अधिकारी ११९ राप्ति वीरबहादुर सिंह १४ हस्तबहादुर के सी १५ लक्ष्मण आचार्य ५४ प्रकाश ज्वाला ९६ भेरी गोविन्दप्रसाद कोइराला ९६ देवराज भार ९७ कर्णाली डिल्लीबहादुर महत १०८ तुलाराज विष्ट ८३ सेती दिनेशचन्द्र सुवेदी ९८ भानुभक्त जोशी ९० भारत प्रवास खेमचन्द्र ढकाल ८२ गुरुप्रसाद शर्मा १२ राधाकृष्ण पौडेल ६ झिल्लुप्रसाद तिवरी ९०
shao · Feb 23, 2009 10:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion