फूलको मौनता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फूलको मौनता शिव प्रकाश मौन छ फूल फूलको मौनताभित्र सुन्दरता छ सुन्दरताभित्र मादकता छ तर फूल कागजको पनि हुन्छ । निश्छल छ फूल फूलको निश्छलताभित्र प्रतीक छ प्रेमको उपमा छ आत्मीयताको वैभव छ विश्वासको तर फूलभित्र काँडा पनि हुन्छ । फूलको विषेशता – सुन्दरता र मादकता प्रेम र आत्मीयता निश्छलता र कोमलता तर फूलको धारले मन रेटिएको पनि हुन्छ । सृष्टिको सुन्दर उपहार हो, फूल ! त्यसैले फूल, फूल हो तर फूल, फूलमात्र हैन सृष्टिको अथवा दृष्टिको एउटा भूल पनि हो, फूल ...! मौन छ सधै मादक फूल… ! बोस्टन, अमेरिका 02-15-09

sprakashp · Feb 22, 2009 4:41 PM · 15,128 views

3 Replies

Nice one.......touchy

8848m · Feb 22, 2009 4:46 PM

तर फूल, फूलमात्र हैन सृष्टिको अथवा दृष्टिको एउटा भूल पनि हो, फूल   फूल कसरी श्रिस्टीको भुल हुन पुग्यो? बुझ्नै सकिएन।  

crazy_love · Feb 22, 2009 4:54 PM

sprakashp · Feb 22, 2009 8:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all