मादक फूलको मौनता शिव प्रकाश मौन छ फूल फूलको मौनताभित्र सुन्दरता छ सुन्दरताभित्र मादकता छ तर फूल कागजको पनि हुन्छ । निश्छल छ फूल फूलको निश्छलताभित्र प्रतीक छ प्रेमको उपमा छ आत्मीयताको वैभव छ विश्वासको तर फूलभित्र काँडा पनि हुन्छ । फूलको विषेशता – सुन्दरता र मादकता प्रेम र आत्मीयता निश्छलता र कोमलता तर फूलको धारले मन रेटिएको पनि हुन्छ । सृष्टिको सुन्दर उपहार हो, फूल ! त्यसैले फूल, फूल हो तर फूल, फूलमात्र हैन सृष्टिको अथवा दृष्टिको एउटा भूल पनि हो, फूल ...! मौन छ सधै मादक फूल… ! Last edited: 22-Feb-09 03:47 PM Last edited: 22-Feb-09 03:50 PM Last edited: 22-Feb-09 04:23 PM
sprakashp · Feb 22, 2009 3:24 PM · 2,480 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion