who is SUK DEV...... http://72.167.53.34/pNepal/art... श्रम शोषणको अभियोग खेपेका साह राजदूतमा सिफारिस गिरीश पोखरेल/वासिङ्टन डीसी अमेरकिी कानुन मिचेर घरेलु कामदारमाथि श्रम शोषण गरेको अभियोग छ, अमेरकिाका लागि नेपाली राजदूतमा प्रस्तावित सुकदेव साहमाथि । साहले अमेरकिाको कानुन मिचेर घरेलु कामदारमाथि श्रम शोषण गरेको तथा गैरकानुनी रूपमा उनकी श्रीमतीले शिशु स्याहार केन्द्र खोलेको कुरा १४ वर्षअघि वासिङ्टन सीटी पत्रिकाले उजागर गरेको थियो । उक्त पत्रिकाको १९९५ मे १२-१८, वर्ष-१५, अंक १९ मा प्रकाशित मार्था हनीको 'क्यापिटल स्लेभ' शीर्षकको सामग्रीमा जनाइए अनुसार, सन् १९९१ म्ाा साहले संगीता सत्याल नामकी महिलालाई घरेलु कामदारका रूपमा नेपालबाट झिकाउनका लागि वाषिर्क ४० हजार अमेरकिी डलर तलब दिने सर्त गरेका थिए, जो देखावटी रूपमा मात्रै थियो । संगीताले भिसा पाउनुअघि तलब सुविधाका सम्बन्धमा साहले सर्तनामामा समेत हस्ताक्षर गरेका थिए । तर, अमेरकिाको गृह प्रशासन र संगीतालाई थाहा नै नदिई साहले संगीताका बुबासँग गोप्य रूपमा करार गरेका थिए । त्यसमा संगीताको ब्यांक खातामा प्रतिमहिना ५० डलर मात्रै जम्मा गरिदिने उल्लेख थियो । घरेलु कामदारका रूपमा ल्याइएकी संगीताका अनुसार, उनलाई खाने र बस्ने सुविधा मात्र दिइएको थियो तर तलब भने दिइँदैनथ्यो, न त उनलाई आफ्नो ब्यांक खाता नै हेर्न दिइन्थ्यो । पछि संगीता त्यहाँबाट अन्यत्रै भागेकी थिइन् । पत्रिकाका अनुसार, साहकी पत्नीको भर्जिनियाको अलेक्जेन्डि्रयास्थित घरमा शिशु हेरचाह केन्द्र पनि सञ्चालनमा थियो । तर, अमेरकिी कानुन अनुसार उनकी पत्नीलाई त्यस्तो हेरचाह केन्द्र सञ्चालन गर्ने अनुमति नै थिएन । संगीतालाई यही स्याहार केन्द्रमा काममा लगाइएको थियो । यसरी अवैधानिक रूपमा बच्चा हेर्न महिला राखेकामा साहलाई संयुक्त राज्य अमेरकिाको अदालतबाट समेत दोषी ठहर गर्दै स्थानीय सरकारले जारी गरेको दुई वर्षको न्यूनतम तलब सम्बन्धित महिला अर्थात् संगीतालाई उपलब्ध गराउन आदेशसमेत दिइएको थियो । अमेरकिाका लागि राजदूतमा सिफारसि गरएिका साह संसदीय समितिमा सुनुवाइका लागि नेपाल पुगिसकेका छन् । फागुन ६ गते नेपाल उड्नुअघि साह दम्पती नै वासिङ्टन डीसीस्थित नेपाली दूताबासमा पुगी त्यहाँ रहेका कर्मचारीहरूसँग दूताबासको अवस्थाबारे जानकारी लिएका थिए । त्यस अवसरमा उनीहरूले राजदूत निवाससमेत पुगेर निरीक्षण गरेका थिए । साह दम्पतीले नेपाल जानुअघि एयरपोर्टसम्म जानका लागि दूताबासकै चालकसहितको गाडी प्रयोग गरेका थिए । को हुन् सुकदेव ? पुर्खौली घर जनकपुर हो, उनको । सन् १९६७ मा नेपाल राष्ट्र ब्यांकको जागिरे हँुदाहुँदै अमेरकिाको हवाईस्थित इस्टवेस्ट सेन्टरमा अमेरकिी छात्रवृत्तिमा पढ्नका लागि आएका हुन् उनी । उनले हवाईको पढाइ सकेपछि अन्तर्राष्ट्रिय मुद्राकोषमा सन् १९७३ देखि २००२ सम्म जागिर खाए । सन् २००२ मा अन्तर्राष्ट्रिय मुद्राकोषबाट अवकाशपछि कोषमा काम गररिहेका बेला लिएको 'जी-फोर' भिसाको अवधि पनि सकिएकाले दुई वर्ष अमेरकिा छाड्नैपर्ने बाध्यता भयो र उनी अध्यापनका लागि फिजी गए । त्यसपछि उनी सन् २००८ मा अमेरकिा फर्केका हुन् । शतप्रतिशत छात्रवृत्तिमा आएपछि अमेरकिी सरकारले यहाँ बस्नका लागि नेपाल सरकारसँग सम्बन्धित व्यक्ति अमेरकिामा बस्दा नेपाललाई कुनै हानि-नोक्सानी हुँदैन भन्ने आशयको पत्रसमेत माग्ने पचलन छ । साहका लागि नेपाल सरकारका तर्फबाट यस्तो पत्र लेखेर पठाइएको र अमेरकिी स्टेट डिपार्टमेन्टमा बुझाएपछि सन् २००४ मा उनले स्थायी बसोबासका लागि ग्रीन कार्ड प्राप्त गरेका हुन् । Last edited: 22-Feb-09 03:08 PM Last edited: 22-Feb-09 03:11 PM
sprakashp · Feb 22, 2009 2:59 PM · 21,537 views
को हुन गिरिश पोखरेल? उनी नेपालमा हुँदा झोले पत्रकार थिए। उनिलाई चिन्नेलाई थाहा छ र उनैले भन्याछन नजिकका साथी भाईहरुलाई उनिलाई काठमाडौंमा हुँदा खसीको खुट्टाको झोल मात्र खान पुग्थ्यो मासु चै हैन। उनी कसरी अमेरिका आए? पुर्व शाही मन्त्री दुर्गा पोखरेल को किताबको रिपोर्टइङ गर्न भनेर अमेरिकन दुतावासको आँखामा धुलो छ्यप्न सफल भए। उनिले पत्रकार को बिल्ल अमेरिकन एम्बेस्सीमा जाकदी राखेर रिपोर्टइङ गर्न आएक गिरिश लाई दुर्गाको अङ्रेजीमा लेख्या किताब शायद पढ्ननी आउँदैन। उन्लाई नजिक बाट चिन्ने लाई थाहा छ उन्को अङ्रेजी कती कहालीलाग्दो छ भनेर। गिरिशले ग्रीन कार्ड कसरी बनाए? इतालिअन रेस्टुराँमा भाडा माझ्हेर। गिरिश पैला एमालेको भक्त भए। प्रदीप नेपाललाई वासिङ्टन औद घरमा राखेर चप्लुशी गरे बापत साली लाई कृषि बैंकमा जागिर ख्वाये। पछील्लआ दिन हरुमा उनी माओवादी भए। उन्को अन्लाईन माओवादी को मुख्पत्र नेपालीपोस्त पढ्ह्ने जो कोइ लाई पनि थाहा छ उनी बाबुराम को पिछ्लद्गु भको बाबुराम वासिङ्टन म औदा। सुख्देव शाह प्रती को उन्को बिस्बमन किन? किन भने उन्को चित्र तिवारी, वासिङ्टनका अर्का माओवादीलाई रज्दूत बनाएर दुतावासमा रजाइ गर्ने कुतिल छल असफल भएकोमा। सुख्देव शाहलाई हिलो छ्यप्नु उन्को लागि कुनै ठुलो कुरा हैन। उनिले उन्लाई स्वर्ग (अमेरिका) देखैदिने दुर्गा पोखरेल लाई त हिलो छ्यप्न छोडेनन शाह को त के कुरा।
Lutekaila · Feb 22, 2009 6:43 PM
लुतेकाइला, तिमी २००७ साल देखि साझामा लिखित रुपमा झुल्किन थालेको । आफ्नो काम केही नभएपछि अरुका पछि लागेर खुट्टा तानिड. खेलपनि निकै गर्दैछौ । जागिर कतै फेला पार्न नसके पछि भेनाजुको घरमा वसेर वर्ल्ड वैंकमा काम गर्छु भन्ने गफ लगाउँदै हिंडेका छौ रे । ....ले पनि बरा पास गर्न सकिनन् क्यानाडाको कागजले पनि साथ नदिएर लुते हुने अवश्थामा पुगेका छौ भन्ने तिमीसंग मिलेर वसेकाहरुले जोक नै बनाएका छन। । मैले सुने अनुसार त तिमीले पिएचडी सक्नु पहिले नै गिरीश पोख्रेलको पाउ समाएर वोर्ल्ड व्याँकमा उच्च तहमा कार्यरत एकजनाको सिफारिस पत्र लेखाउन गएका थियौ रे । हुने र सक्ने सम्म गिरीशको सहयोग निकै नै लिएका थियौ भन्ने पनि मैले सुनेको छु। पछि त्रि्रो दोमुखे व्यवहारबाट वाक्क भएर गिरीशले तिमीलाई डम्प गरिदिएपछि गिरीशप्रेममा पिडित भएका छौ भन्ने त सुनेको थिएँ, । म पनि तिमी जस्तै डिसी वासी नै हुँ र गिरिशको एक शुभचिन्तक पनि हुँ । अरु दाग लगाउने ठाउँ कतै नभेटेपनि गिरीशलाई यस्ता भुत्लापनि नहल्लिने दोष देखाएको देखेर भने म त्रि्रो सोझो देखिने अनुहार संझेर दंग भएको छु । लुते काइला नामका .... अंग्रेजी राम्रो जान्दा रहेछौ, तिमी चोक्टै चोक्टा खाने मान्छे पो रहेछौ बा । स्वास्थ्यको लागि त चोक्टा भन्दा झोल नै राम्रो होइन र लुते ?
shuvalav · Feb 22, 2009 10:34 PM
मलाई त लुते को कमेन्ट पढेर रमाइलो लाग्यो। नाम र बुध्धी उस्तै जस्तो- अब पत्रकार ले नेपाल मा के के खाए भन्ने प्रसँग सँग मलाई केही छैन तर उन्ले लेखेको लेख चाइं नेपाल को हुनेवाला राज्दूत (जस्ले नेपाल को प्रतिनिधित्व गर्छ) को भएका ले मलाई पनि केही सरोकार रह्यो। हुन त अर्काको खुट्टा तान्ने हामी नेपाली को राष्ट्रिय बिशेषता हो- त्यो रोग ले लुते लाई पनि किन छोड्थ्यो र? अनी उन्को अङ्रेजी कस्तो छ भनेर यहाँ किन चहियो नि? लेख त नेपाली मा नै छ, हैन र? हुन त लुते ले अङ्रेजी मा PhD नै गरेको होला रे, अब के गर्ने लुटे? कसैले भांडा माझेर GC पाये पनि अरू लाई के मत्लब? कि त्यो GC हैन? दुर्गा को किताब सब्बै पढेको होला लुटे ले, के लेखेको छ त्यस्मा साझा बासी हरू लाई पनि नेपाली मा उल्था गरेर लेखन लुतु? कुरो रह्यो हुनेवाला राज्दूत को- जस्को बारे मा लेखेका लेख हरू पढ्दा त उनी भन्दा राम्राा अरू नेपाली धेरै छन जस्तो लाग्छ। लुतु अब अरू लाई गाली गर्दा अली सभ्य भाषा मा गरन ल बाबु?
dharan · Feb 23, 2009 1:23 PM
शुभलव,पहिलो कुरो त तिमीले घोच्या ब्यक्ती म परीन। अर्को कुरा, म गिरिश पोखरेल र सुख्देव शाह दुबैलाई चिन्दिन। जती सुन्या हुँ म मेरिल्यान्द बस्दा खेरी पत्रकार महोदयका पुराना एकै घरमा बस्ने मित्रहरु बाट सुन्या हो। सुख्देव शाहलाई सरकारले केही बुझेरै सिफारिस गर्या होला। उन्को सिफारिस कानुन सम्बत्त छ कि छैन भन्ने बुझ्ने काम सभासदहरु को हो। शाहकी पत्नीको ब्यक्तिगत पेशालाई ल्याएर हिलो छ्याप्नु राम्रो कुर हैन। शाह र शाहकी पत्नी कनुनी राज्य म बस्छन। यदी दोशी भएको भये अवस्यपनी सजाय भोगे होला, हैनर? उनिहरु कसरी एअरपोर्ट पुगे त्यहा सम्म को जासुसी गर्नु पछाडिको मनसाय के हुन सक्छ? त्यस्ता खबर हामी प्रतिष्ठित पत्रकारहरुले सम्प्रेशन गर्या कहिले पद्छौ? नारायण वाग्ले जस्ता पत्रकारले कहिले लेख्लान त यस्ता कुरा? धरान, तिमीले पत्रकार महोदयेको लेखमाचै पुर्वाग्रहको गन्ध पाएनउ? फेरी एक पटक पढ शायद गन्ध पाउछौ होला। शुभलव, मित्रले भने जस्तो म सँग पिएचडी छैन र हुन पनि पर्दैन पुर्वाग्रही लेखको मनसाय बुझ्न। पुल्चोक क्याम्पसको स्नात्क मेरो लागि काफी छ। त्यसैले क्यानाडामा ग्लोबे अन्द मेल बुझ्नपनी सार्है गार्हो पर्या छैन।
Lutekaila · Feb 23, 2009 3:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion