भाग -१ धेरै दिन देखि यो घटना सम्झिरहेथें, आज लेख्दैछु। त्यो दिन भाइ र म स्कुलबाट आयेर खाजा खान मात्र लाग्याथ्यौं, मुनु हस्याङ फस्याङ गर्दै घरमा आइपुगी। हामी खाजा छोडेर उस्को कुरा सुन्न थाल्यौं। एकदम इमर्जेन्सी कुरा छ, तिमीहरु दुबै सङै हिड्नुपर्यो भनेर भाइ र मलाइ यता बाटोमा ल्याएर उ आउनुको उदेश्य बताइ। उस्की दिदी भागिछ, अब दिदीलाइ फर्काएर ल्याउने रे। किन भन्दा त्यस्तो सुकुल गुन्डो जस्तो उस्को भिनाजु हुन सक्दैन रे। हेर्दा मात्र झिल्के छ रे, काम साम केहि छैन रे। मुनुको घरमा दाजुभाइ थिएनन्, त्यसैले त्यो अलि केटा जस्तै ब्यबहार देखाउथी। मेरो भाइ पनि डराउथ्यो मुनुसङ। कहिलेकाहिं हप्काउथी मजाले तर माया पनि गर्थी। पेटमा मुसा दौडीराको बेला मुनुको दिदीको घर खोज्न जानु पर्ने भयो। भाइले खुसुक्क कानैमा मुनु अघि अघि हिंडेको बेला भन्यो। "उस्को पो दिदी भागी, मेरो दिदी भाग्या हो र? बेकारमा खुट्टालाइ दुख।" मुनु पछाडी फर्केर सोधी। "के रे?" मैले कुरालाइ अन्तैतिर मोडें। बाटोमा टिन्कुलाइ पनि भेट्यौं, उ पनि आइ"दिदी फिर्ता अभियानमा।" टिन्कु र मुनु अघि हिंडे, भाइ र म पछि पछि। कहाँ जाने भनेर सोद्धा, सुन्धारातिर भने मुनुले। हामी कुपोन्डोलदेखि पाटनढोका पुग्दा लखतरान भइसकेका थ्यौं। भाइ कालो अनुहार लायेर मलाइ छड्के छड्के आँखा तर्दै थ्यो। मैले पनि त्यस्लाइ आँखा तर्दैथें। "सक्छस् भने त्यो मुनुलाइ आँखा तर्न, मलाइ के रिस् देखाइरा?" "तँ भाग्नै पर्यो भने मलाइ भन है?" भाइले भन्यो। "किन?" मैले सोधें। "म आफै तंलाइ तेरो बुढाको घरसम्म पुर्याउन आँउछु अनि घर पनि खोज्न गार्हो हुँदैन नि।" मलाइ हाँस उठ्यो त्यसको कुरा सुनेर। पाटनको गल्ली गल्ली भित्र पस्यौं, मुनुको दिदीको घर भेट्नै सकेनौं। चोक चोकमा पुगेर मुनु चारैतिर घरहरु हेर्छे, अनि फर्किन्छे। हामीहरु भोकै मुनुको दिदीलाइ खोज्न हिंडेका। अत्ति भयेपछि भाइले मुनुलाइ सोध्यो। "मुनु! भिनाजुको घर कहाँ हो?" मुनु जङ्गी,"कस्को भिनाजु?" "मेरो दिदी त यहीँ छ।" भाइले मलाइ देखाँउदै बिस्तारै भन्यो। "त्यो लोफरलाइ भिनाजु नभन् है बाबु!" मुनुले भाइलाइ सम्झाइ। "सुन्धारातिर रे भन्ने सुन्याथें त्यस्को घर।" मुनुले फेरि भनी। "दिदीको लोग्नेलाइ के भनिन्छ?" भाइले फेरि मलाइ बाटोमा सानो स्वरमा सोध्यो। मैले "नकरा" मुनु रिसाकी छ भनेँ। मुनु र टिन्कु आर्मीको सिपाहि जस्तो हिंड्दैथे, भाइ र म बिस्तारै हिंड्दैथ्यौं। बाटोमा मिठाइ पसल आयो कि भाइ एकोहोरो टोलाएर हेर्थ्यो। पैसा पनि बोकेको थियेनौं हामीले, त्यो तातो तातो जेरीको बास्नाले असह्य हुन्थ्यो। मङलबजारबाट तल जाँदा त अलि अलि साँझ पर्न लागिसकेकोथ्यो। मुनुको दिदी आजै भेटाएर ल्याउनु छ। बल्ल बल्ल मुनु एउटा गल्ली सकाएर ठुलो चोकभित्र छिरी, हामी पनि उसको पछि पछि लाग्यौं। चारैतिर नियाले पछि एउटा झ्यालमा देखाएर भनी "यही हुनु पर्छ त्यसको घर।" "कसरि थाहा पाइस तैंले?" टिन्कुले सोधी। "त्यो लोफरको कमीज सुकाको छ। त्यै कमीज लाएर हाम्रो घरको अगाडी बसेर मेरो दिदीलाइ हेरि रहन्थ्यो।" "पक्का हो त?" मलाइ पनि शंका थियो। "पक्का हुनु पर्छ। त्यो नखरमाउली त्यही होली।" मुनुले भनी। "तर कसरी बोलाउने त तेरो दिदीलाइ?" टिन्कुले सोधी। "नाम के त्यो केटाको?" भाइले डराँउदै मुनुलाइ सोध्यो। "थाहा भये त भइहाल्थ्यो नि।" मुनु झर्की। "भिनाजुको नाम थाहा छैन, घर थाहा छैन, यो हामी किन बेकारमा पदयात्रा गर्दैंछु दिदी?" भाइले मलाइ सोध्यो। मलाइ नि दिक्क लागिसकेको थ्यो। हावाको भरमा हामी मुनुको दिदी फिर्ता ल्याउने अभियानमा हिंडेकाथ्यौं, भोक भोकै, थकाइले चुर भएर। "बाबु!" मैले भाइलाइ एउटा जुक्ति सिकाए। भाइले नजिकैको चुप लागेर बसिरहेको भुस्याहा कुकुरलाइ पछाडिबाट जोडले एक लात्ती दियो। त्यो कुकुर "कुइं कुइं" गर्न थाल्यो र ठुलो स्वरले हामीलाइ भुक्न थाल्यो। एकैछिनमा त्यो चोकभरिको ७-८ कुकुरहर् "भौँ भौँ" गर्दै हाम्रो पछाडी आँउदैथे, भाइ प्रथम, म दोस्रो, टिन्कु तेस्रो र मुनु चौथो धावकको रुपमा रफ्तार दौडिदैंथ्यौं। त्यो २-३ अध्याँरा गल्ली कुकुरहरुले लखेटेपछि एक अध्याँरो कुनामा हामी लुक्यौं र कुकुरहरु अगाडी भुक्दै गये। हामीले कुकुरहरुलाइ छकायौं। त्यसपछि "स्याँ, स्याँ" गर्दै मुनुले एकचोटि उसको घरमा फोन गर्ने बिचार गरी। बल्ल बुद्धि आयेछ मुनुको भन्दै हामी फोन गर्ने पसल खोज्न थाल्यौं। गल्ली बाहिर आएर एउटा पसलबाट फोन गरी। फोन गरिसकेपछि निराश हुँदै भनी। "सरी यार!" "किन सरी?" टिन्कुले सोधी। "त्यसको घर त काठ्मान्डुको सुन्धारा पो रहेछ।" मुनु को बोल्ने शक्ति पनि क्षीण भइसकेको थ्यो। "कसको?" मलाइ झन आश्चर्य लाग्यो। "भिनाजुको क्या!" मेरो भाइले तुरुन्त जवाफ दियो, मुनुले एक्छिन सम्म भाइलाइ घुरेर हेरी। त्यो दिन मुनुको "दिदी फर्काउ अभियान" सफल भएन। क्रमश: ( थोरै समयमा हतार हतार लेखेको हुनाले भुलचुक भएमा माफ पाँउ। ) Last edited: 23-Feb-09 10:35 PM
crazy_love · Feb 20, 2009 2:32 PM · 87,531 views
अबुइ बन्दूक पनि चलाऊने रैच नि हो । लास्ट्मा त कसम नै खानु परेछ है ।
Harka_Bahadur · Feb 27, 2009 10:27 PM
लौ आज बल्ल काम तमाम भयो। लहरेलाइ मैले रुखमा झुन्ड्याइ दिंए। अब देखि ट्यारट्यार गर्दैन, गर्यो भने नर्कमा फेरि यमराजले लहरेको जिब्रो फ्राइ गर्छन्।
crazy_love · Mar 1, 2009 2:22 PM
दिलोँ से खेल्नेका हुनर हमे नही आता इस्लिए इश्क कि बाजी हम हार गए मेरी जिन्दगी से शायद उन्हे बहुत प्यार था इस्लिए मुझे जिन्दा हि मार गए।।।।।।।। ठुक्राके मुँइचाने मुझ्को कहा कि मुस्कुराओ मे हँस दिया आखिर सवाल मुँइचाकी खुशी का था मैने खोया वोह जो मेरा था हि नही मुँइचाने खोया वोह जो सिर्फ उसी का था।।।।।।।।।। Last edited: 01-Mar-09 03:04 PM
serial · Mar 1, 2009 2:57 PM
वाह वाह! अति सुन्दर कबिता! कहाँबाट सारेको लहरे? यसलाइ नेपालीमा पनि उल्था गरेर लेख त। सुँक्क सुँक्क, नाक पनि बग्न थाल्यो। हा हा हा।
crazy_love · Mar 1, 2009 3:06 PM
ठुक्राएर मुँइचाले मलाई भन्यो कि हाँसिदेउ म हाँसिदीए आखिर प्रश्न मुँइचा को खुशी को थियो मैले गुमाए त्यो जुन मेरो छदै थिएन मुँइचाले गुमायो त्यो जुन केवल उसैको थियो।।।।।।।।।।।
serial · Mar 1, 2009 3:15 PM
वाह क्या दामी गयो नेपालीमा त ! प्रेममा मान्छे कबि हुन्छ भन्या हो रहेछ। ल बधाइ छ। मेरो त मुटुको इन्डोकार्डियमसम्म छोयो लहरे तिम्रो कबिताले। रुन मन लाग्यो, ल गएँ है म प्याज काट्न। प्याज काट्दै रुँदा रोएको भन्ने थाहा हुन्न क्या।
crazy_love · Mar 1, 2009 3:23 PM
ल मुँइचा ए गीत सुन - धेरै रुनु पर्दैन - फेरी आसुँ ले तिम्रो मेकप बगायो भने बच्चाहरु तर्सिन्छ।।
serial · Mar 1, 2009 3:34 PM
बच्चाहरुको होइन ठुलै मान्छेको सातो लिनु थियो। तिम्रो फोटो पठाउ त झट्ट।
crazy_love · Mar 1, 2009 4:29 PM
ल हामी दुबैको फोटो -
serial · Mar 1, 2009 4:45 PM
मर्न नसकेको काल, लहरे! लहरे त डाँका पो रहेछ। कुन चाहिलाइ जबरजस्ती अपरहन गरेर ल्याको जस्तो छ फेरि। तिम्रो आफ्नो मात्र फोटो राख लहरे। अहिले यो लहरेलाइ त जिँउदै गाडिदिउँ कि क्या हो। निहुँ खोज्या हो?
crazy_love · Mar 1, 2009 4:53 PM
मर्न नसकेको काल रे लौ - आँफैले मारेर मलाई, झुन्डाएर, गोली हानेर - गोली चाँही आँखा बाट, डाँका रे - केको डाँका म अहिले सम्म तिम्रो मन मा डाँका हाल्न सकेको छैन जे गर्न मन लाग्छ गरे हुन्छ - जसो गर जे गर जता सुकै लैजाउ मलाई यो मन त अब तिम्रै नै हो Last edited: 01-Mar-09 05:13 PM
serial · Mar 1, 2009 5:03 PM
हे भगवान! लहरे साँच्चिकै बहुलाएछ। यस्तो मान्छेसङ के कुरा गर्नु? लौ लहरे, जे मन लाग्छ, त्यहि गर। म गएँ। Get well soon!
crazy_love · Mar 1, 2009 5:28 PM
serial · Mar 1, 2009 9:18 PM
ल ! हरे ! यो लहरेको नाम बिगारेरै बोलाको चाही हैन है । साझामा अलिकति harmless ठट्टा चल्नु-चलाउनु नै पर्छ भन्ने मेरो मान्यता हो (नेपालका नेताहरु “छ” लाई ‘हो’ भन्छन्, त्यही टिपेर ‘हो’ भनेको हुँ, नत्र शुद्ध त ‘छ’ नै हो नि ) । त्यही भएर अलिकति घचेडीदिम भनेर । लहरे, जहाँ persuasion को कुरा आउँछ त्यहाँ र खास गरेर जहाँ नियतलाई harmless ठट्टाको रुपमा वा यथार्थमै राख्न वाञ्छनिय हुन्छ, persuasion का अनेक विद्या हुन्छन् भनेर हेक्का राखिराख्न पर्छ । जस्तो ‘ठाडो विद्या’ (direct persuasion), ‘उल्टो विद्या’ (reverse psychology), ‘छड्के विद्या’ (transverse psychology) आदि । यो अन्तिम विद्याको न्वारन चाही मैले गरेको हुँ, त्यसैले google गर्दा भेटिनेछैन यो, just in case. जहाँ ‘ठाडो विद्या’ ले काम गर्दैन, त्यहाँ ‘उल्टो विद्या’ ले काम गर्न सक्छ । तर यसको limitation चाही के भने यसको लागि केही पूर्वघनिष्टता हुनु जरुरी छ । जहाँ त्यो छैन त्यहाँ ‘छड्के विद्या’ चाहिन्छ । ‘छड्के विद्या’ अनेक flexible कार्यनीतिहरु भएको अति जटिल, कुटिल र कठीन रणयोजना हो । यसको मूख्य चरित्र के हो भने यसमा नियत गोप्य राखिन्छ ! यो भन्दा बढी चाही नबताम होला । के पर्छ के, जिन्तखीमा । अलिकता त राख्नुपरो नि आफैसित । हिहि ! अब क्रेजीलाई सम्बोधन गर्छु । होईन होईन, यसमा माथिको कुरोको लेनादेना छैन । यसो यस्तो मनोरञ्जनपूर्ण कथाको लागि प्रशंसाको अढाई अक्षर कोर्दिम् भनेर । क्याबात ! शुकबार अड्डामै कलिगहरुलाई तर्साउने हँसाईका मुठ्ठा का मुठ्ठा का साथ पढ्या हो कथा त । केजाती सारांशमा हुन्छ, कला चाही details मा हुन्छ भन्छन्, क्रेजीको कला गजबसंग देखिन्छ यसमा । Adult innocence, Gallows humor र seriocomedy लगायतका अनेक तत्वहरु मिलाएर एक स्वादिष्ट व्यञ्जन बनेको छ । सिर्जना निरन्तर रहोस् ! कथाको मूल प्रसंग ( simultaneous mass eloping ) को बारेमा चाही यो एउटा सामान्य संजोग मात्र हुनसक्छ कि यस्ता घटनाका लागि कुनै प्राकृतिक कारण पनि हुनसक्छ भनेर घोत्लेको थिएँ । भएमा, जस्तै mass hysteria का केही तत्वहरु हुन सक्छन् कि भनेर सोचेको । तर कथा स्वयंले चाही (भाग्नु अघिका पूर्वलक्षणहरुले) संजोगै देखिन्छ भन्छु । अब यो कथालाई फेरि तन्काउने हो भने कस्तो होला भनेर सोच्दा चाही, क्रेजीले उनले एपी बडाबालाई दिएको वचन भङ्ग गर्नुपर्ने वाध्यतामा पुगेकी बनाउँदा चाही एउटा विशेष रसयुक्त हुन जाला जस्तो देख्छु । खासमा, खै लहरेलाई सम्झेर हो कि त्यत्तिकै हो, मलाई याद आईरहेको चाही नेपाली उपन्यास “पल्लो घरको झ्याल” थियो । गजबको मनोविज्ञान छ त्यसमा । “reverse obsession” भनिन्छ होला जस्तो लाग्छ त्यसलाई । ल है सोचम् । अनि नि, यो काल्पनिक पात्र र वास्तविक पात्रलाई मिसाउने विधी कथाको post-modern शैलीहरुमा पर्छ । ल मैले धेरै छ्यासमिस् कुरा गरें । अब लागें म । शुभरात्री ! Nepe .
Nepe · Mar 1, 2009 9:55 PM
धन्यबाद नेपे ज्यु! कथाको तारिफ गर्नु र यति गहिरो क्रिटिकल एनालाइसिस गरि दिनु भएकोमा म निशब्द छु। अब यो कथा अरु बढ्ने संभावना छैन। बरु त्यो "पल्लो घरको झ्याल" अनलाइन पाइन्छ भने लिन्क पाउन। BTW, reverse psychology is an interesting topic.
crazy_love · Mar 1, 2009 11:25 PM
केरे जी, गोविन्द बहादुर मल्ल ‘गोठाले’ लिखित “पल्लो घरको झ्याल” (वि. सं. २०१६) नेपाली वाङ्मयको एउटा अमूल्य निधी र नपढी नहुने शास्त्रिय कृति हो । अलि कच्चा उमेरमै पढिया थ्यो यो । बाफ रे, दिमागै रन्थनाउने कथा छ यसमा । एक गृहिणी (मिसरी) आफुलाई रातोदिन stalking गर्ने, आफुलाई पटक्कै मन नपर्ने गुण्डा (हिरामान) संग कुनै अज्ञात शक्तिले तानिएर झै कसरी पोईल गई, यही हो कथा । मिसरीको मनोविज्ञानलाई भनेको हुँ मैले reverse obsession भनेर, तर कति accurate भयो त्यो चाही भन्न सक्तिन । साईकोलोजीको विद्यार्थी परिएन । यो उपन्यासको अंग्रेजी अनुवादको कुरा/चर्चा थियो, के भयो हेक्का छैन मलाई । दक्षिण एशियाली साहित्य पढाईने विश्वविद्यालयको कुनै पुस्तकालयमा छ कि । नत्र ता काठमाडौंबाटै मगाउनुपर्छ होला । ६ वर्ष अघि दीपब्रोको एउटा आरम्भकालिन कथाको थ्रेडमा यसको छुस्रुक्क चर्चा भएको थियो । http://www.sajha.com/archives/... यो थ्रेडमा मेरो एउटा गजल पनि परेको छ, मिसरीको पछि लागेको गुण्डोले लेख्या जस्तै भा छ । राम्रो टिप्पणी पनि आएन । मेरा एकजना प्रशंसक र मेधावी पोस्टर, Paschim, ले मन पराएनन् । आज मैले साथी एउटा काम गरेर फर्कें तिम्रो बन्द झ्याललाई सलाम गरेर फर्कें तर मैले धेरे ठाउँमा वाहवाही पाएको शेर चाही यो हो: तिम्रो घरको एउटै चक्कर मारी फर्कदा यस्तो लाग्दैछ, म चारधाम गरेर फर्कें यो चाही लहरेलाई समर्पित, ल’ज्जात ! तिम्रो दैलोमै पासो लागेको भए के गर्थ्यौ ? झण्डै झण्डै मैले त्यो बिराम गरेर फर्कें खै कता छ हँ त्यो पासोको कार्टुन । हिही ! शायरीको क्रममा एउटा क्रेजीको लागि पनि । यो चाही एउटा उर्दु शेरको अनुवाद हो है, मेरो मौलिक होईन । मेरो चिठीलाई हजार टुक्रा पारेर उनले भनिन् ल लिउ तिम्रो चिठीको मेरो हजार वटा जवाफ ;-) Nepe Govinda Malla 'Gothale'
Nepe · Mar 2, 2009 9:17 AM
कथा समाप्त भनेर झुक्काइएको पो रहेछ त , कहिले काही झुक्किएको पनि राम्रै भयो फेरी पढ्न पाएर अनी क्रेजी रोइ हालेको? हुन पनि आफुले सल्मान खान जस्ता सँग भागौला भनेको दिदिले छोडेको कादर् खान जस्ता सित जानु पर्ला जस्तो भयो के गर्ने त हैन जे होस् रमाइलो छ बरु त्यो पहिलो नियम सन्शोधन गरेर " परिस्थिती हेरेर भागेको वा भगाएको खण्डमा भाई बहिनी खोज्न नजाने" बनाउने हो कि । अझै पनि केही बिग्रेको छैन है बाहिर बाइक 'रेडी पोजिसन' मा छ
Stat · Mar 2, 2009 9:36 AM
त्यो गजलको impromptu हिन्दी version पनि टाँसेको रेछु चौतारीमा: आज दोस्तो मैं एक काम करके लौटा उनके बन्द खिडकी को सलाम करके लौटा http://www.sajha.com/sajha/htm... Nepe
Nepe · Mar 2, 2009 9:39 AM
ओ हो! क्रेजी सिस, ह्याँ त भाग्नेको लहर नै लागेको रहेछ -- बाआमाले सानै उमेर मा बिहे गर्दिन खोज्दा नचिनेको मान्छे संग हुनुभन्दा आफैले चिनिराको मनपर्ने मान्छेसंग साइनो जोड्नुमा के गल्ति ?! लौ लौ लेख्दै जानुस हजुरले --- कुनै कुनै बेला पढ्दा अप्ढ्यारो महसूस हुने भए पनि कथाले चोटिलो मनोविज्ञान को चित्रण गरेको छ।
miss_ me · Mar 2, 2009 11:53 AM
लोल! माथि क्रेजीले लेखेका बुँदाहरु जस्तै अर्को तर्फको व्यथा- १) पत्रिका पढ्दा सबैभन्दा पहिला युबतीको रंगिन ब्लोअपको पाना पल्टाऊनु। २) साथिभाईहरुसंग चिया खान जाँदा सकभर भिडभाड हुने ठाउँ वा बसेर सडक हेर्न मिल्ने ठाउँमा जानु। ३) कुर्ता सुरुवालका विभिन्न डिजाइनहरुको जानकारी राख्नु। ४)सार्वजनिक धारा, ढुंगेधारातिर सयर गर्न मन लाग्नु। ५) केटिहरु जम्मा दुई किसिमका हुन्छन भन्ने सिद्धान्तमा दृढ विश्वास गर्नु (क) राम्री (ख) धेरै राम्री। ६) ऐना हेरि हेरि मुखका डन्डिफोर निचोर्नु र डन्डिफोर नभएमा अनुहारमा भएका निर्दोश झिना दागहरुलाई कोट्याइ कोट्याई डन्डिफोरको रुप दिनु। ७) कौशिमा बसेर चङ्गा उडाउँदा अर्को कौशीमा कपाल सुकाउँदै गरेको केटि देखेर कयौँ चङ्गा चेट हुनु। ८) बिहान बिहान मन्दीर जान मन लाग्नु तर भगवान दर्शन गर्न भित्र छिर्ने साहस र मन नहुनु। ९) आफ्ना सबै साथि दौँतरिहरु संग ठुलो अप्ठ्यारो परेको कुरा गर्नु र सबैसंग सापटी माग्नु। १०) घरमा राति इन्टरनेट चलाएपछि प्रत्येक पटक ब्राउजिङ हिस्ट्रि र टेम्पोररि इन्टरनेट फाइल डिलिट गर्न नैतिक रुपमा बाध्य हुनु। ११) दीपका कथा चाख दिएर पढ्नु। आदि ईत्यादी....
Birkhe_Maila · Mar 2, 2009 1:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion