गैरनेपालीलाई राजदूत नियुक्तिमा सिफारिस

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गैरनेपालीलाई राजदूत नियुक्तिमा सिफारिस काठमाडौ ३ -फागुन इनेपाल न्यूज डट कम। हरेकतिर क्रमभङ्ग गर्दै आएको प्रचण्ड सरकारले राजदूत नियुक्तिमा पनि क्रमभंग नै गरेको छ। सरकारले सिफारिस गरेका तीनजना राजदूतमध्ये अमेरिकाको राजदूतमा नियुक्त गरिएका शुकदेव साह नेपाली नागरिकता त्यागिसकेका व्यक्ति हुन्। उनले निकै पहिले अमेरिकी नागरिकता लिइसकेका छन्। नेपाली नागरिकसमेत नरहेका साहलाई परराष्ट्रमन्त्री एवं फोरमका अध्यक्ष उपेन्द्र यादवले अमेरिकाको राजदूत बनाउन दबाब दिएका थिए। शुकदेव साह मधेसी भएकै आधारमा उपेन्द्र यादवले राजदूत बनाएका हुन्। तर, शुकदेव साह नेपाली नागरिक होइनन् भन्ने कुरा भने प्रधानमन्त्री प्रचण्डलाई थाहा नभएको बताइएको छ। गैरनेपालीलाई विश्व शक्तिराष्ट्र अमेरिकाको राजदूत बनाइएकोमा अमेरिका र त्यसमाथि वासिङ्टन डीसी क्षेत्रमा बस्ने नेपालीहरूलाई असह्य भएको छ।  को हुन् शुकदेव? डा. शुकदेव साहको नेपालसँगको सम्बन्ध :  उनको पुर्ख्यौली थलो जनकपुर हो। काठमाडौँमा हुर्केबढेका र पढेका उनले अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) मा बीस वर्ष जागिर खाएका थिए। आईएमएफको वरिष्ठ अधिकृतबाट अवकाश लिएर अहिले विभिन्न देशमा आर्थिक विज्ञको रूपमा काम गर्ने शुकदेवको स्थायी घर अमेरिकाको भर्जिनियामा छ। अमेरिकी धनाढ्यहरूको सहर भनेर चिनिने भर्जिनियामा उनेको ठूलो कम्पाउन्डसहितको भव्य बंगला रहेको जानकारी वासिङ्टनमा बस्ने नेपालीहरूले दिएका छन्। त्यसमाथि डा. शुकदेव साहले फिजीमा एउटा समुद्री टापु नै  खरिद गरी भव्य रिसोर्ट आवास बनाएका छन्। उपेन्द्र यादव गत वर्ष अमेरिका गएको बेला  अमेरिकामा बस्दै आएका एकजना जनकपुरिया झाले शुकदेव साहसँग यादवलाई भेट गराएका थिए। चरम पुँजीवादी संस्था आईएमएफमा काम गरेर लाखौँ डलर कमाएका शुकदेवले भेटका  क्रममा यादवसँग आफू आजीवन नेपालको राजसंस्था र पहाडेविरोधी रहँदै आएको बताएका थिए। त्यतिबेलैदेखि उपेन्द्र र शुकदेवको दोस्ती बढेको वासिङ्टनमा बस्ने नेपालीहरूको भनाइ छ। अमेरिकामा बस्ने नेपालीहरूमा सबैभन्दा सम्पन्न पनि भनेर चिनिने शुकदेवले अमेरिकाकै राजदूत बन्न उपेन्द्र यादवलाई ठूलो रकम लगानी गरेको अनुमान गरिएको छ।   कटुवालका साँढु   डा. शुकदेव साह प्रधानसेनापति रुक्माङ्गद कटुवालका साँढुभाइ रहेको बुझिएको छ। कटुवाल र साहले काठमाडौँ ज्ञानेश्वरका पहाडिया क्षेत्रीका छोरी विवाह गरेका हुन्। तर, राजसंस्थाविरोधी साहसँग कटुवालको भने त्यति राम्रो सम्बन्ध नरहेको बताइएको छ। शुकदेव कटुवालका आफ्नै साँढुभाइ हुन् भन्ने कुरा पनि उपेन्द्रले प्रचण्डलाई छक्याएका छन्।   माओवादी बेइमानी नेपाली नागरिकता त्यागिसकेका शुकदेवलाई राजदूत बनाउन सहमति दिएर माओवादी नेतृत्वले अमेरिकामा बस्दै आएका 'आफ्नै मान्छे' प्रति भने घात गरेको छ। माओवादी नेतृत्वले अमेरिकाको मेरिल्यान्डमा बस्दै आएका प्रा.डा. चित्रकृष्ण तिवारीलाई अमेरिकाकै राजदूत बनाउने वचन दिएको थियो। कतिसम्म भने डा. बाबुराम भट्टराई तीन महिनाअघि विश्वबैंकको बैठकमा भाग लिन वासिङ्टन गएका बेला पनि तिवारीलाई भेटेर राजदूत बन्न तयार रहन भनेका थिए। जनयुद्धकालमै माओवादीको पक्षमा अमेरिकी अखबारहरूमा लेख छपाउने तिवारी र अमेरिकामा बस्ने अरू माओवादीको अहिले नूर गिरेको छ। माओवादी हिंसाले चरम रूप लिइरहेको बेला र  नेपालका लागि तत्कालीन अमेरिकी राजदूत माइकल म्यालिनोस्कीले माओवादीहरूलाई फिलिपिन्सको आतंककारी समूह अबु सैयाफसँग तुलना गरिरहेको बेला प्रा.डा. तिवारीले डा. बाबुराम भट्टराईको अन्तर्वार्ता वासिङ्टन टाइम्समा छपाएका थिए भने त्यसपछि प्रचण्डको अन्तर्वार्ता पनि सोही अखबारमा नै छपाएका थिए। त्यति मात्र होइन, तिवारीले जति अन्तर्राष्ट्रिय क्षेत्रमा माओवादीको बचाउ कसैले गरको थिएन भन्छन् वासिङ्टनमा बस्ने नेपालीहरू। राजसंस्था र प्रजातन्त्र सँगै जानै सक्दैन भनेर लबिङ गरेका तिवारीलाई माओवादीले  नराम्रो धोका दिएकोमा अमेरिकामा बस्ने नेपालीले जिब्रो टोकेका छन्।   राजदूत नियुक्ति प्रकरणले अहिले अमेरिकामा निकै चर्चा पाएको छ। नेपालबाट अमेरिका आएका एक नेपाली कूटनीतिज्ञले असन्तुष्टि व्यक्त गर्दै भने,  'विदेशीलाई राजदूतजस्तो गरिमामय पद दिएपछि किन नेपाली नागरिक भएर बस्नु? नेपाली भएकोमा किन गर्व गर्नु?' विदेशमा राम्रो अवसर पाउँदापाउँदै पनि नेपालमा बसेर केही गर्न सकिन्छ/गर्नुपर्छ भनेर अवसरहरूलाई लत्याएर विदेश पलायनको विरोध गर्दै नेपालमा बसेर कतै गल्ती त गरिन भनेर आफूले सोच्न थालेको पनि उनले बताए। Nepali Patra  

jhilkeJetho · Feb 16, 2009 12:18 PM · 2,396 views

1 Reply

Dr. Sukadev Sah might be a good candidate for this post as he is educated, have some experiences working abroad dealing with international communities and may love Nepal and might have helped to some particular or all Nepalese social/ethnic groups (just like Russian businessman Dr Upendra Mahato loves Nepal) more than many Nepalese residing in Nepal or abroad; but since he has already renounced the Nepali citizenship, it may be unacceptable to appoint him as an ambassador representing Nepali and Nepali government. But, again if Dr. Upendra Mahato who does not have Nepalese citizenship is working as an ambassador for Belarus and all present and past Nepali governments and people are okay with him, why with this NRN Dr Sukdev Sah for the post of American ambassador? Main thing is that we should judge him based on his ability perform better for the betterment of Nepal and Nepali by working in the post than those past ambassadors such as Suresh Chalise or Yog Prasad Upadhya. Obviously, if there are any Nepali citizenship holder who can perform better and loves and helps Nepal and Nepali more than Dr Sah, he should be appointed. But, all those who were appointed or are going to be appointed as ambassadors for various countries are mostly because of their political affiliations and not because they are true lovers of Nepal.

ctal · Feb 16, 2009 1:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all