आईजीपी नियुक्ति प्रकरण ,भट्ट र भारतीको पैसामा बिके वामदेव

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Source: Enepalnews   काठमाडौं/अन्ततः विवादास्पद गृहमन्त्री वामदेव गौतमले २०५४ मा जस्तै आईजीपी नियुक्ति विवादास्पद ढंगले गरेरै छाडे, उनको यो नियुक्तिमा पुलिसका बन्दोबस्ती सामानका ठेकेदारहरु दीपक भट्ट र शम्भु भारतीको मोटो रकमको प्रभाव भएकाले गृहमन्त्री वामदेव भट्ट र भारतीको पैसामा बिकेको चर्चा प्रहरी प्रधान कार्याल्ायमा चल्न थालेको छ। तर, २०५४ को जस्तै वामदेवको यो नियुक्ति पनि पूर्ण कार्यकाल टिक्ने कुरामा चाहिं अहिलेदेखि शंका गर्न थालिएको छ। पाँच महिनाअघि असोज २ गते आफूले नै माओवादीको प्रचण्ड दबाबका बीच वरिष्ठ एआईजीमा पदोन्नति गरेका १ नं. एआईजी रवीन्द्रप्रताव शाहलाई पन्छाएर २ नं. एआईजी रमेशचन्द ठकुरीलाई   आईजीपी बनाउने शूत्रधार भने अख्तियारको कारबाहीमा परेका पूर्व कृषि सामग्री संस्थाका महाप्रबन्धक चतुर्भुज भट्टका छोरा प्रहरी र सेनाका ठेकेदार दीपक भट्ट नै थिए, भट्ट स्वयम् पनि अख्तियारको मुद्दा खेपिसकेका ठेकेदार हुन्। सुदूरपश्चिमका यी ठेकेदार रमेश चन्दको सम्पर्कमा जानुभन्दा पहिले वरिष्ठ एआईजी रवीन्द्रप्रतापकोमा धाएका र उनले यसरी अनियमित तरिकाबाट आईजीपी बन्न दबाब नदिने बताएपछि भट्ट वामदेवलाई रमेशचन्द ठकुरीको पक्षमा प्रभाव पार्न करिब २ महिनाअघि सोझै वामदेवपत्नी तुलसा थापामगरको सम्पर्कमा पुगेका बुझिएको छ। भैंसेपाटीस्थित मनशान्ति रिसोर्टअगाडि वामदेवको आलिशान महल बन्दैछ। त्यही महल निर्माणमा दार्चुलाका रमेशचन्द ठकुरीका लागि ठेकेदार भट्टले शुरुमा वामदेवपत्नी तुलसालाई ५० लाख पेश्कीस्वरुप दिएप्ाछि भट्ट र वामदेवको लगनगाँठो शुरु भएको सूत्रहरुको दावी छ। पछि यसलाई अरु मजबुत बनाउन ठेकेदारहरु भट्ट र भारतील्ो वामदेवपुत्र हरिश गौतमलाई पनि पैसा र मस्ती गराएर आफ्नो चंगुलमा पार्न सफल भए। पैसाको लागि जे पनि गर्न पछि नपर्ने वामदेवले अन्ततः भट्ट र भारतीको पैसामा बिकेर ५ महिनाअगाडि आफैंले १ नं. एआईजी बनाएका शाहलाई बलि दिएर २ नं. रमेशचन्द ठकुरीलाई आईजीपी बनाएरै छाडे। यता माओवादी चैं वरिष्ठलाई बनाउनुपर्छ भनेर मुख मिलाए प्ानि मोहन वैद्य समूहका प्रभावशाली नेता नेत्रविक्रम चन्द र पूरै सुदूरपश्चिम र मध्यपश्चिमका माओवादी नेताहरुको दबाबमा पहिलेदेखि नै चन्दकै पक्षमा थियो। तर, प्रस्ताव एमालेका गृहमन्त्री वामदेवमार्फत आओस् भन्ने चाहन्थ्यो। एमालेलाई महाधिवेशनका लागि करिब ५ करोड रकम चाहिएकोमा आफूले चाहेको एआईजीलाई आईजीपी बनाउन स्वतन्त्रता दिए रकम व्यवस्था गर्ने गृहमन्त्री गौतमको प्रस्ताव अगाडि वरिष्ठताको पक्षमा उभिएको देखाउने वरिष्ठ नेता माधव नेपाल र महासचिव झलनाथसमेतले समर्थन जनाएपछि एमालेभित्रका प्रतिपक्षी देखिएका प्रभावशाली नेता केपी ओलीको केही लागेन। त्यसैले माघ २९ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा भट्ट र भारतीको पैसामा बिकिसकेका गृहमन्त्री वामदेव गौतमले आईजीपी जस्तो नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्तिको ठाडो प्रस्ताव लग्दा कुनै मन्त्रीले 'चँू'समेत बोलेनन्। दुई दिन अगाडि आएको अध्यादेशबाट खुशी भएको फोरमले समेत वामदेवको कनिष्ठतालाई आईजीपी बनाउने प्रस्तावको विपक्षमा 'चँू'समेत बोलेन भने माओवादीले त चाहेकै भएको थियो, विरोधमा बोल्ने कुरै भएन। स्मरणर रहोस्, मन्त्रिपरिषद्को बैठक चलिरहँदा ठेकेदारद्वय भट्ट र भारती र प्रहरीका डीआईजी किरण गौतम वामदेवनिवासमा मन्त्रीपत्नी तुलसाका साथ निर्णय कुरेर बसिरहेका थिए। भट्ट र भारतीले वामदेवको घर बनाउन र एमालेको महाधिवेशनका लागि मात्र होइन, उपचार गराउन बैंकक गएका वामदेव परिवारलाई किनमेलसमेत गराएका पुष्टि भएको छ। गत १५ गते बैंककको बुमरुङगार्ड अस्पतालमा उपचारार्थ गएका वामदेव, निजी डाक्टर र पत्नीलाई सरकारले खर्च व्यहोरे पनि सँगै गएका छोरा हरिश गौतम र बुहारीको थाईएयरको टिकट चैं ठेकेदार भट्टले नै किनिदिएका थिए। त्यतिले नपुगेर १८ गते शनिबार ठेकेदार दीपक भट्ट आफैं बैंकक गई वामदेव परिवारलाई लाखौंको किनमेलसमेत गराएको प्रसंग प्रहरीभित्र विशेष चर्चाको विषय बनेको छ। पैसाको प्रभाव र सुदूरपश्चिमक्षेत्रको नारा २ नं. एआईजी रमेश ठकुरीलाई अन्ततः फलदायी साबित भयो। पुनः एकपटक २०५४ मा प्रहरीलाई विभाजित गराउने विवादास्पद गृहमन्त्री वामदेवले आफ्नो संस्कार दोहोर्याएरै छाडे। उनको यो निर्णयले माओवादी, प्रहरीभित्रका लोभीपापी र भ्रष्टाचारीहरुलाई त फाइदा पुग्ला। तर, उनको माउपार्टी एमाले र शान्तिसुरक्षाको जिम्मा लिएको सिंगो नेपाल प्रहरीलाई भने ठूलो आघात पुगेको छ। २०५४ को जस्तै यो निर्णयले पनि एमाले र प्रहरीमा कस्तो प्रभाव पार्ने हो, प्रतिक्षाको विषय बनेको छ।  

jhilkeJetho · Feb 16, 2009 12:16 PM · 1,693 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all