नेपाल फर्क अभियान - नेपाली हरु यदि नेपाली हरु - अमेरिका मा अब बस्छ भने उनी हरु हुन्छ - "न घर को न घाट को". अमेरिकन हरु नै जेपाये पनि काम गर्न थालि सकेको छ। अब कुल्ली काम पनि अमेरिकन हरु गर्नेचन। काम दिदा पनि पहिला अमेरिकन, थयस् पछी मात्र अरु देश को मानिस हरुलाई काम दिने चन । तर अमेरिकन हरु लाई नै काम पुग्दैन। तयसैले बरु नेपाली ले चाडओ भन्दा चाडो नेपाल फर्केर जिबिका बेवसाय सुरु गर्नु धेरै बुद्धिमनी हुन्छ। यो संसार को अर्थतन्त्रा एकोनोमी रिसेस्सन ५ देय्खी छ बर्ष सम्म हुन्छ। तयती खेर सम्म नेपाली बिधारर्थी, गरीब नेपाली, कुल्ली काम खोज्ने नेपाली हरु टुहुरा जस्तै बाटोमा माग्दै जीवन बितौनु परने हुन्छ। किन भने अमेरिका को जीवन नेपाल जस्तो होइन, काम राम्रो छ जीवन राम्रो छ, काम छैन य राम्रो छैन जीवन राम्रो हुँदैन। बरु अहिलेनै जे जती छ बोकेर नेपाल फर्के बेस होला।
Maylumaya · Feb 15, 2009 11:09 PM · 2,385 views
अमेरिकामा नेपालीको अवस्था -विजय पौडेल (Nepal Report):- न्यूयोर्क । विराटनगरका नारायणको गत बैशाखमा इनरुवाको बबितासँग विवाह भएको थियो अनि त्यही बैशाखमा अमेरिकाको डी.भी. परेको लिस्टमा नारायणले आफ्नो नाम पनि भएको कुरा थाहा पाए । अनि त के थियो र ! अमेरिकाको डी.भी. परेपछि उनलाई चिन्ने जान्ने जतिले बधाइको लर्को दिन थालै अनि सबैले भन्न थाले “नारायण तिम्री बबिता कति भाग्यमानी रहिछिन् ! विवाह गर्नासाथ अमेरिका जाने चिठ्ठा पर्यो “। कोही भन्न थाले “अब तिम्रो जिन्दगी सफल भयो”, कोही भन्न थाले “अमेरिका गएपछि त के अब पैसा जाबोको त चिन्ता नै भएन ।” त्यसपछि त नारायणको सानातिना प्रकृयापछि अमेरिका आउने भीसा पनि हात पर्यो अनि अब एक्लो छोरो नारायण, तीन दिदी बहिनिका एक्ला भाइ, बुवा मात्र, आमा हुन हुन्न । बुबालाई कहाँ कसको जिम्मा लगाएर जाने ? तर त्यो चिन्ताले पनि समाधान पायो । उनले बुवालाई लालगढकी जेठी दिदीकहाँ राखेर टंकेसुनुवारीमा रहेको दुई बिगाह खेत बेचेर चाँजो बनाए । अमेरिका उड्नुभन्दा दुई दिनअगाडि उनले साथी भाइ र नातागोता बोलाएर ठूलो भोज पनि गरे अनि सपनाको संसारमा अनेक आशा, उद्देश्य र सपना लिएर मनभरि सुखैसुखको माला उन्दै-उन्दै उनी अमेरिका आउन सफल भए । आज नारायण अमेरिका आएको पनि ६ महिना बितिसक्यो । न उनले काम पाउन सफल भए, न उनकी श्रीमती बबिताले काम पाइन् । हरेक दिन जागिरको धुनमा एजेन्सी पुग्छन् नारायण, लामो लाइनमा बस्छन् । नेपालबाटै ल्याएको जुत्ताको तलुवा प्वाल परिसक्यो कामको लागि एजेन्सी धाउँदा-धाउँदा । आज नारायण हिजो विराटनगरमा डी.भी.को चिठ्ठा पर्दा पाएको बधाइ र जग्गा बेचेर ख्वाएको भोज अनि मीठो भात खाने धान फल्ने त्यो खेत सम्झिरहेका छन् । यसरी नारायण जस्तै अत्यन्त नयाँ सपना र सुनौलो भविष्यको लागि उज्जवल भविष्य बनाउन उत्साहित भएर अमेरिका आइपुगेका हजारौं नेपालीहरु आज अमेरिकामा बेरोजगार भएर घुम्न बाध्य छन् । नेपालीका प्रतिष्ठित ट्रेकिङ्ग व्यवसायी र स्थापित काठमाडौंका लालमान थापा कामको खोजीमा घुमेको चार महिना बितिसक्यो, काम पाउने मेसो देखिँदैन । नेपालको योग्यता, नेपालमा जानेको काम, अनुभव सबै अमेरिका भित्रिनासाथ नेपालतिरै छोड्नु पर्ने बाध्यता त छँदै छ भने बिल्कुल नयाँ र जीवनमा नगरेका र जीवनमा कल्पनासम्म नगरेका कामहरुबाट यहाँको जागीर शुरु हुन्छ । यस देशमा कामबिना बस्न नेपालको जति त्यति सहज त छँदै छैन । धेरै मानिसहरु यहाँ आएपछि यहाँको टेन्सनले गर्दा स्ट्रेस र कतिपय मानिस, मानसिक रोगको शिकारसम्म हुन पुग्दछन् । आज भोलि अत्यन्त उत्साहसाथ शिक्षा हाँसिल गर्न नेपालबाट अमेरिका आएका नेपाली विद्यार्थिहरु काम नपाएर र कलेजको शुल्क तिर्न असमर्थ भई भीसाको स्ट्याटस् बचाउन नसक्दाको पीडामा बिस्तार-बिस्तार कुलतको शिकार हुन थालेका छन् । विश्वभर परेको आर्थिक मन्दीसँगै आज अमेरिका सबभन्दा अप्ठेरो अवस्थामा परेको छ । आज अमेरिकामा एकातर्फ हरेक दिन ठूला-ठूला नाम चलेका कम्पनीहरु व्यापारघाटाको कारण बन्द हुने क्रम जारी छ, जसको परिणामस्वरुप लाखौं मानिसहरु दिनदिनै बेरोजगार भइरहेका छन् । अमेरिकामा खुद्राव्� ��ापारतर्�� � सन् २००८ मा मात्र ५२२,००० रोजगारी कटौती भएका छन् भने डिसेम्बरमा मात्र ६७,००० जागिर कटौती भएका छन् । त्यसैगरी डिसेम्बरमा मात्र अटोमोबाइलस्तर्फ २२,०००, फर्निचर र घरायासी सजावटतर्फ ८,०००, विद्युतीय र विद्युतीय उपकरणहरुतर्फ ५,०००, होल्सेल ट्रेडतर्फ ३,००० जागिरहरु कटौती भए भने सन् २००८ मा मात्र होलसेल ट्रेडतर्फ कूल १६४,००० जागिरहरु कटौती भए । सेवाप्रदायक क्षेत्रमा डिसेम्बरमा मात्र २४,०००, ट्रक ट्रान्सपोर्टमा १६,०००, एयर ट्रान्सपोर्टमा ४,००० सूचनाको क्षेत्रमा २०,००० र फुड सर्भिस्तर्फ २०,००० जागिरहरु सन् २००८ को डिसेम्बरमा कटौती भए । बढी मात्रामा नेपाली समुदायका मानिसहरु कार्यरत फूड र्सर्भिसको क्षेत्रमा मात्र गत जुनदेखि डिसेम्बरसम्म १०४,००० जागिरहरु कटौती भएका छन् । त्यसैगरी फाइन्यान्सियल क्रियाकलापतर्फ डिसेम्बरमा मात्र १४८,००० रोजगारी कटौती भए । संयुक्त राज्य अमेरिकामा हालको बरोजगारी दर ६.८∞-७.२∞ छ । यसरी धेरै मानिसहरु जागिरविहीन भएपछि बजारमा मुद्राको प्रवाह कम भएको कारण ट्याक्सी, रेष्टुरेन्ट, सुपर मार्केट, डेली, व्यूटिपार्लर, होटलदेखि डिस्को, बार, पव, थियटर आदि सबैको व्यापार घटेको कारण सबैले कर्मचारी कटौती गरिरहेका छन् भने हप्तामा ४० घण्टा काम पाइरहेका कर्मचारीलाई जम्मा २५,३० घण्टा मात्रै काम दिन थालिएको छ । त्यस्तै हप्तामा ५ दिन काम गरिरहेका मानिसहरुलाई व्यापारमन्दीका कारण ३ दिन काम दिन थालिएको छ । आज हरेक मानिसहरु आज एकातर्फ कामबाट अवकाश पाएर बेरोजगार भएको अवस्था वा अर्कोतर्फ थोरै दिन काम गरेर बस्नुपर्ने अर्धबेरोजगारीको अवस्था छ भने कोठा भाडा, बिजुली, पानी, ग्याँस, ट्रान्सपोर्टर खर्च, लन्ड्री, मोबाइल र इन्टरनेटको बीललगायत खाद्यान्नलाई जसरी पनि धान्नै पर्ने बाध्यताका कारण आज अमेरिकामा तल्लो दर्जाका आप्रवासीहरु सडकमा सुत्नु पर्ने दिन त आउन लागेको होइन भनेर डराउन थालेका छन् भने खानेकुरा कटौती गरेर भेन्डिङ्ग फूडको तर्फ चाप बढ्न थालेको छ अमेरिकामा । पछिल्लो समय आप्रवासी भीसाबाट स्वात्तै नेपाली अमेरिका छिर्ने क्रम बढेपछि बढी मात्रामा नेपालीहरु रहेको न्यूयोर्क स्टेटमा आजकल नेपालीहरुको पीडा पनि धेरै नै सुन्न पाइन्छ । आजकाल न्यूयोर्कमा नेपालीहरु नेपालमा भन्दा बढी मात्रामा फुर्सदिला हुन थालेका छन्, कारण के हो भने उही अमेरिकाको बेरोजगारी हो । सबै बेरोजगारीको समस्याको समाधान, अमेरिकाको आशाको केन्द्र विन्दु, ट्रिलियन डलर घाटा बजेट पुर्तिको आशा जे भने पनि हाललाई आप्रवासीदेखि रैथाने अमेरिकन सबैले भर्खरै निर्वाचित राष्ट्रपति बाराक ओबामालाई ठानेका छन् । यही जनवरी २० तारिखका दिन विधिवत ह्वाइट हवाउसमा प्रवेश गरेका राष्ट्रपति ओबामा आज सबैको आशाको केन्द्रविन्दु बनेका छन् र सबै भन्छन् पक्कै पनि ओबामाले भनेझैं ४ मिलियन रोजगारी उपलब्ध गराउने छन् ।
Maylumaya · Feb 15, 2009 11:11 PM
ओबामा देव सक्ती भएको देवता होइन, यू एउटा साधारण राजनैतीक गर्ने मानिस हो. ओबामा सँग जादु गर्ने माहा जादु छैन। उस्ले भोट् जित्न अमेरिकन हरुलाई आसा दिएको हो। तर ओबामा ले तुरुन्तै अमेरिकन अर्थतन्त्र र बेवसाय हुरु लाई सफलता दिन सक्तैन। जोर्ज बुउस र दिक चेनी ले देमोक्रट सफल नहोस् भनेरै भूमिगत, सेक्रेत, धेरै नै अफरादिक र करपसनहरु गरेको तियो। यो स्कट धेरै नै तुलो अपराध हो।
Maylumaya · Feb 15, 2009 11:23 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion