एक फिलिपिनो महिलाको हत्या अभियोगमा कुवेतको जेलमा सजाय भोगिरहेकी नेपाली महिला डोल्मा शेर्पाको मृत्युदण्डको सजायबाट उन्मुक्ति पाएकी छिन् । कुवेतस्थित तल्लो तथा पुनरावेदन अदालतले मृत्युदण्डको सजाय सुनाएको भएपनि फिलोपिनो महिलाका परिवारले ब्लगमनि स्वीकार गरेकाले मृत्युदण्ड फिर्ता भएको बताइएको छ । ब्लडमनि स्वीकार गरेको परिवारको पत्र अदालतले बुझेको छ । कुवेतको पुनरावेदन अदालतले आज मंगलबार सुनाएको फैसलाअनुसार उनको मृत्युदण्डको सजाय मिनाहा भएको हो । उनको बाँकी सजाय समेत माफ गरिदिन पहल भइरहेको रियादस्थित नेपाली दूताबासले जानकारी गराएको छ । नेपाल सरकारले दश हजार डलरको ब्लड मनि उपलब्ध गराएको थियो । घरेलु कामदारको रुपमा कुवेत पुगेकी शेर्पाले फिलिपिनो सहकर्मी हत्या गरेको अभियोगमा बीस महिनादेखि जेल सजाय भोगिरहेकी थिइन् । उनी गत मंगलबार सुनवाइका लागि पुनरावेदन अदालतमा उपस्थित भएकी थिइन् । डोल्मा शेर्पाको रिहाइका लागि र ब्लडमनी जम्मा गर्न संसार भररहेका नेपालीहरुले सहयोग गरेका थिए । Source: www.chitawan.com
elusivecat · Feb 15, 2009 11:02 AM · 1,885 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion