जनमुक्ति सेनासामु प्रधानमन्त्री रोए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जनमुक्ति सेनासामु प्रधानमन्त्री रोए   सरकार ढाल्ने र संविधान बनाउन नदिने षड्यन्त्र भइरहेको दाबी सेना समायोजन विशेष समितिको निर्णय मान्न जनमुक्ति सेनालाई निर्देशन अरु दल र नेपाली सेनाका प्रतिनिधि अनुपस्थित अब सेना र माओवादी मिल्नुपर्छ : चन्द  सुन्नुहोस् : प्रधानमन्त्रीले गरेको भाषण किरण पुन/चाँदनी हमाल, हात्तीखोर (नवलपरासी) फागुन १ प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार जनमुक्ति सेनालाई सम्बोधन गर्ने क्रममा रोए। आवश्यक परे बालुवाटारस्थित निवासमै बलिदान दिन तयार रहेको बताएलगत्तै उनले आफूलाई सम्हाल्न सकेनन् र रोएका थिए।  सेना समायोजन विशेष समितिका संयोजकसमेत रहेका प्रधानमन्त्री दाहालले जनमुक्ति सेना माओवादीको नेतृत्वमा नरहने पनि बताए। जनमुक्ति सेनाको प्रत्यक्ष नेतृत्व विशेष समितिको नेतृत्वमा जानेछ- उनले भने। उनले सैद्धान्तिकरुपमा विशेष समितिको नेतृत्वमा गइसकेको पनि जनाए। उनले भने- जनमुक्ति सेना विशेष समितिको निर्देशनमा चल्नेछ। उनले माओवादीसँग जनमुक्ति सेनाको भावनात्मक सम्बन्धमात्र रहने तर्क पनि गरे।कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही महिनाभित्रै शान्तिको लडाइँ हुने र जसरी पनि जित्नुपर्ने पनि उल्लेख गरे।यसअघि प्रधानमन्त्री प्रचण्ड जनमुक्ति सेना सर्वोच्च कमाण्डर थिए। उनले आफूले यसपालि पार्टी अध्यक्ष र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा जनमुक्ति सेना दिवसलाई सम्बोधन गरेको बताए। उनले मातृका यादवलाई घुमाउरो पाराले अराजनीतिक र सन्की मान्छे बताउँदै प्रयोग भएर आफ्नो दलभित्र साम्प्रदायिक घटना थाल्ने चाल चालेको आरोप लगाए। कार्यक्रममा हतियार तथा सेना अनुगमन समिति अध्यक्ष एडवार्डो ओलेरीले शान्तिप्रकि्रया प्रगतिउन्मुख भएको भन्दै सन्तोष व्यक्त गरे। नेपाली भाषामा बोलेका ओलेरीले सेना समायोजन विशेष समितिको निर्णयमा नै जनमुक्ति सेनाको भविष्य रहेको बताउँदै जनमुक्ति सेनाको भविष्य उज्ज्वल रहेकोसमेत दाबी गरे। ११ बजे नाइन आरएजे नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री प्रचण्ड आएका थिए। कार्यक्रममा भाषणभन्दा जनमुक्ति सेनाका सैन्य कला प्रदर्शनीमा बढी समय खर्चिएको थियो।प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले समयमै संविधान लेख्‍न आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक परे बालुवाटारस्थित प्रधानमन्त्री निवासमै बलिदान दिन पछि नपर्ने बताएका थिए।आठौं जनमुक्ति सेना दिवसको समुद्घाटन कार्यक्रममा बोल्दै उनले आफ्ना स्वकीय सचिवमाथि सांघातिक आक्रमण गरेर सरकार ढाल्ने र संविधान बनाउन नदिने षड्यन्त्र भइरहेको दाबी गरे। दाहालले आपराधिक गतिविधि गरेर धमिलो पानीमा माछा मार्ने र बेलैमा संविधान लेख्न नदिने तत्वहरुको सपना चकनाचुर हुने दाबीसमेत गरे। नयाँ संविधान समयमै लेखिछाड्ने दृढता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले शान्ति प्रकृयालाई टुंगोमा पुर्‍याउन सबै दल एकजुट हुनु आवश्यक रहेको बताए।प्रधानमन्त्रीले शान्ति प्रक्रिया पनि जनयुद्धकै चरण भएकाले समायोजन कार्य सहज ढंगले टुंग्याउनुपर्ने बताए। उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नयाँ संविधान लेख्ने कार्यमा सहयोग गर्न जनमुक्ति सेनालाई आग्रह गरे।प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहालले जनमुक्ति सेनाको प्रशंसा गर्दै सेना समायोजनका लागि गठित विशेष समितिले गरेका निर्णय र निर्देशन पालना गर्न छापामारलाई निर्देशन दिएका छन्।केही दिनअघिमात्रै सेना समायोजन समितिले अयोग्य माओवादी लडाकुलाई शिविरबाट बाहिर पठाउने निर्णय गरेको थियो। उनले जनमुक्ति सेनाको बलिदान इतिहासमै उत्कृष्ट रहेको दाबी गरे। प्रमुख अतिथिका रुपमा निम्त्याइका राष्ट्रपति रामवरण यादव कार्यक्रममा उपस्थित भएनन्। निम्तो गरिए पनि नेपाली सेनाका प्रधानसेनापति र अरु दलका नेतासमेत समारोहमा उपस्थित भएनन्।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यले वामपन्थी शक्ति एकजुट नभएसम्म नयाँ जनवाद नआउने बताए। उनले वर्ग संघर्षलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै जनताको साथबिना नयाँ संविधान लेखन असम्भव बताए ।कार्यक्रममा जनसेनाका डेपुटी कमान्डर चन्द्रदेव खनालले नयाँ नेपाल निर्माणमा जनसेनाको महत्वपूर्ण भूमिका भएकाले चाँडै नै सेना समायोजनमार्फत् त्यसलाई कार्यान्वयनमा ल्याइने बताए। अब सेना र माओवादी मिल्नुपर्छ : चन्द यसैगरी सुर्खेतबाट प्राप्त समाचारअनुसार एकीकृत नेकपा माओवादीका सचिवालय सदस्य नेत्रविक्रम चन्दले नेपालमा स्थायी शान्ति र लोकतन्त्रका लागि नेपाली सेना र माओवादी एक हुनुपर्ने बताएका छन्।जनयुद्ध दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता चन्दले दुई शक्तिबीच मेलमिलाप हुन नसके शान्ति र लोकतन्त्र बच्न नसक्ने दावी गरे। उनले नेपालको भलो नचाहने देशी/विदेशी शक्तिले नेपाली सेनालाई माओवादीविरुद्ध भड्काएको आरोप पनि लगाए।प्रधानसेनापतिलाई रक्षामन्त्री रामबहादुर थापाले भनेको खुरुखुरु मान्न सुझाव दिँदै चन्दले भने- ´यसरी नै नेपाली सेना हारेका मान्छेको पछि लाग्छ भने नेपालमा ´अर्कै´ हुन्छ, त्यसको दोष सेनामाथि जान्छ।´ उनले प्रधानसेनापति रुक्माङ्गत कटवाललाई अरुको इशारामा नभई आफ्नै विवेकमा काम गर्न आग्रह गरे।पार्टीका प्रभावशाली नेता विप्लवले माओवादी नेतृत्वको सरकारको विकल्प खोजिएमा पार्टीले अर्को उत्सवको तयारी गर्ने उद्‍घोष पनि गरे। उनले भने- ´हामीलाई काम गर्न नदिई यसरी नै घेराबन्दी गरिन्छ भने सिंदरबार छfडेर जनताको बीचमा आउँछौँ, त्यसको लागि सबै तयार होऔं।´ कांग्रेसलगायतका दलले संसदमा घेराबन्दी गरी जनताको पक्षमा काम गर्न नदिएपछि सरकारले अध्यादेशमार्फत् काम गर्न थालेको उनले बताए।

shao · Feb 12, 2009 12:30 PM · 22,353 views

15 Replies

kasto runchhe mujhee raichha ta..

demoqwasi · Feb 12, 2009 1:11 PM

Kya Gajab Chha ba!  Sachikai hola ke? Ma lai ta nakkali ruwai lagchha ba! Yasale drama garna janeko chha. Mero ek sathile bhanchhan Prachanda le Ek line pani Nepali Sentence Pura Bolna sakdaina. Kasto maja ko kura lagyo bhane malai. Yo Prachande le sakkali kura kehi pani garna janeko chhaina. Suit layera khub chamatkar dekhayeko chha. Suit ko Button lagako herana! Chhi Chhi! Katro Pet! Kasto Bikase Sungur bhako bhanya. Marchha yo BP ra Cholestrol and Sugar ko karan le. Dainikee.com ma hernus full story. Last edited: 12-Feb-09 09:13 PM

CEO · Feb 12, 2009 6:34 PM

lol.......

8848m · Feb 12, 2009 7:36 PM

Dhikkar chha Nepali janataka phuteko bhagye..... runchche PM pauna ko lagi.. dhikkar chha dhikkar !!

Ved555 · Feb 12, 2009 8:51 PM

CHUTIYA SALA,                            NATAK GARCHA  1 CRORE KO TOYOTA CHAD NA PAHIYO BHANERA KHUSI KO AASU BAGAYEKO HOLA CHUTIYA LE.......SALA GHAR AAGADI KO KHALDO PURNA CHAI NASAKNE I CRORE KO GADI JAPAN BATA, LAKHAOU KO BED CHINA BATA AAJA AARU KK LEUNA TA BHAKI NAI CHA HOLA..............IF I WAS IN THE COUNTRY, PRACHANDE ANI GIRIJA KO BAN LAI EK SATH ak-47 LE ASSINATED GARTHE.............GOD DAM LEADERS GIRIJA LE LAUDA KHAYO PRACHANDE LE TOYOTA SAB NEPALI MAJI HARU MELARA HANNU PARYO TIGER CHAP KHOTTA

rookie1 · Feb 13, 2009 1:22 AM

His Son Prakash ( the computer expert) has just been able to take 300 Ropani land  near airport.It was a public land and he was able to register in his associates and his name. 300 ropani ko value at least pani 300 Karod huncha.. Thikka paryo Nepali  haru lei. Khub Uphreko thiyo ni.

vname · Feb 13, 2009 3:14 AM

प्रचन्ड माओवादी को प्रधानमन्त्री हो नेपाली को होइन । नभए त काठमानडौ मा माओवादी पीडीत् को दु:ख देखेर नी रुनु पर्ने हो नी । जनता लाई YCL लाई ३ महिन भित्र हटाउछु भन्ने जनता लाई गरेको बाचा लाई खिल्ली उदएर YCL लाई democratic को सङ्या दिन्न थे होला ।

no_quiero · Feb 13, 2009 3:28 AM

foto haru cha bhanne rakhnu na hai..............kohi ta program ma gako hola ni..............

shao · Feb 13, 2009 11:38 AM

गोही ले पनि भोजन गरे पछी आशु चुहाउछ । गोहिको आशुको अर्थ तिर जानुस् ।

NayaSadak · Feb 13, 2009 2:04 PM

thikkkkkkkkkkkkkk

shao · Feb 15, 2009 10:35 AM

Strange.. they run the country by shedding tears... ha ha....

Ved555 · Mar 15, 2009 9:39 AM

you guys have any problem with that. He has not gone to India like Girija or any other leaders.  he loves Nepal and cried infront of them.  he is proud of those people who helped him to get Baburam Bhattarai mission ie save Nepal from phataha neta. We have seen raja tantra then phataha tantra now let them rule at least for some years.

thukka · Mar 15, 2009 12:30 PM

Thukka,                 Are you Fu(king kidding me that they have NOT been to india..Where do you think this whole thing started from back in 1996. get your fact straight and come to sajha discussion. Peace

Gaine · Mar 15, 2009 12:36 PM

he is just another jogi in nepali politics!! nothing else!!!

chantu · Mar 15, 2009 1:50 PM

tears is easy to notice.. but how about shitting in his pant? That's what he is doing these days....khate prachanda..

Ved555 · Mar 15, 2009 2:22 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all