Prachanda and 1 Coror Vehicle

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Nepal PM in news again for Rs10m car KATHMANDU: It started with Maoist supremo Pushpa Kamal Dahal “Prachanda” receiving brickbats on his new bed that was said to have cost over NRS 100,000. Now, Prachanda is set to create further controversy with a Nepali tabloid Monday reporting that Nepal’s first Maoist prime minister will ride a new car – a Toyota Landcruiser that is being imported from Japan at a cost of NRS 10 million. Read Further.....

Ved555 · Feb 9, 2009 9:07 PM · 19,900 views

6 Replies

प्रचण्डलाई यसो गर्न चाहिएको होला करोड पर्ने गाडी Filed under: समाचार र विचार — Administrator @ 1:43 pm [From Mysansasr. com] रविन अधिकारी करोडौँको गाडी चढ्नेले घरअगाडिको खाल्डोमा एक बोरा गिट्टी पनि खसाल्दैनन् भनेर चित्त दुखाएर ‘आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनीलाई’ सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यति झोँक चलेछ कि अब आफैले त्यसको शुभारम्भ गर्नुपर्‍यो भन्ने ठानेछन्। त्यसैले त अब १५ दिनपछि उनी नयाँ झन्डै करोडै रुपैयाँ पर्ने गाडी चढ्दैछन्। जापानबाट मगाइएको यो टोयोटा कम्पनीको एकदम आधुनिक सुविधाहरु जोडिएको गाडी चढ्दै शायद अब उनी सबैको घरअगाडिको खाल्डोमा गिट्टी खसाल्दै हिँडेर सबैलाई उदाहरण दिन चाहन्छन्। ताकि सबैले उनको सिको गर्न सकून्। नत्र भए तपाईँ आफै भन्नुस्, किन चाहियो होला त प्रधानमन्त्रीलाई १ करोड पर्ने गाडी ? प्रधानमन्त्रीलाई यत्तिकै पनि तीन वटा गाडी छँदै थिए। गृह मन्त्रालयले उनकै लागि दुई वटा मर्सिडिज बेञ्च कार दिएकै थियो। तर त्यसलाई बालुवाटारमा थन्काएर उनी चढ्थे विद्युत प्राधिकरणको गाडी। जनयुद्ध कालमा उकालो ओरोलो हिँडेर कुदेकोमा गर्व गर्ने प्रचण्डलाई अहिले प्रधानमन्त्री हुने बित्तिकै किन चाहियो विलासी सुविधा हँ ? गाडी नै चढ्न नहुने भन्न खोजिएको हैन। गाडी चढ्नु पर्छ। जनताका काम छिटो गर्नलाई पनि गाडी चाहियो नै। समयको सदुपयोग गर्दै थोरै समयमा धेरै काम सम्पन्न गर्नलाई हो गाडी चाहिने। त्यसका लागि एउटा गाडी भए काफी हुन्छ। लौ त्यो बिग्रयो सिग्रयो भने एउटा थप गरी दुई वटासम्म भए पनि ठीकै हो भन्न हुन्थ्यो। तर उनलाई त दुई वटा हैन तीन वटा हुँदा पनि अझ करोड खर्चेर नयाँ गाडी किन किन्नुपरेको हो ? चमत्कार यति छिटो नहुने रहेछ भन्ने पाँच महिनापछि बुझेका प्रचण्डले देशमा त चमत्कार गर्न सकिएन सकिएन, आफ्नो जीवन शैलिमा चाहिँ चमत्कारिक परिवर्तन गर्नुपर्‍यो भन्ने सोचेका हुन् कि ? अब आफैलाई कारबाही गर्ने हैन ? सरकारी खर्चमा मितव्ययिता ल्याउने भनी मन्त्रिपरिषदले पाँच महिनाअघि निर्देशिका जारी गरेको थियो। त्यो निर्देशिकाका ९२ बूँदामा एउटा थियो- सवारी सुविधा पाउने अधिकारप्राप्त व्यक्तिले एकभन्दा धेरै सवारीसाधन प्रयोग गर्न नपाउने। यदि कसैले एकभन्दा धेरै गाडी प्रयोग गरेको भए सुविधा उपलब्ध गराउने र प्रयोग गर्ने दुवैलाई कारबाही गर्ने। अब कि त निर्देशिकालाई मान्य नहुने घोषणा गर्नुपर्‍यो। कि भने प्रधानमन्त्रीलाई पनि कारबाही गर्नुपर्‍यो। छ त कोही प्रधानमन्त्रीलाई कारबाही गर्ने ?

Ved555 · Feb 9, 2009 9:20 PM

Bangur PM = Prachanda   Last edited: 12-Feb-09 09:20 PM

CEO · Feb 9, 2009 9:25 PM

tesle tehi gadi kinna ta aahile tax ko rule lagu gareko ni. teslai ta bus ko khalashi raknu parne.

SRBRG · Feb 9, 2009 9:35 PM

when Gynendra bought 62 lakhs car everyone went berserk . Desh kayo re, tysa lai kina chaiyo tetro mahango car re, sale ho tero bau prachanda le kinda ni 1 karod ko car. Thikka paryo, khub uchhalintho ni nepali haru.

vname · Feb 9, 2009 10:11 PM

That's right vname, nepali people will never realise who and what  is the real enemy of our country., hope for the best!!

zigkbcnp · Feb 9, 2009 10:24 PM

here na hera yo mula budhe havaldar ko chartikala. teslai ratna parkma tantalapur ghamma chaakma laat handai hidaune parne. new yorkma auda bheteko bhaye tehi laat bajaune thiye you bhudelai. yi hya raicha ysko nalibeli. bhaatmara. प्रम प्रचण्डलाइ नया गाडी चाहीएकै हो त? आज सांझ नेपालको खबर जानुँ भनेर नेपाली पत्र पत्रिका भित्र छिरेको, प्रमलाइ नया गाडी किनिएको खबरले समाचार तातेको रहेछ। माओबादीको संस्कार देखेर तिन छक पर्ने मलाइ यो गाडी प्रकरणले चार छक चाहीं पारेन। जुन कुरा पनि रबर झै मर्‍याक मुरुक पारेर जोडदारका साथ सहि रुपमा देखाउने कमरेडहरुको शैली सधै उही हुने गर्छ। त्यसैले एक करोडको गाडी किन किने होला भनेर सोच्न तिर लागिन। घडी र पलगंको कहानी झै गरेर १-२ महिना पछि भाषणमा प्रचण्डले नै कमिडी गर्दै खुलाउने छन नया गाडीको कथा। त्यसैले प्रचण्डको नया गाडीलाइ अरुकै आखाले हेर्दैछु। यो खबर अरुले नै पत्ता लगाएर हो या के हो, कान्तीपुर र हिमाल खबर यो खबरबाट बेखबर रहेछन। नेपाल समाचार पत्रले पनि चासो देखाएनछ यो खबरमा। सायद सन्ध्याकालीनले स्कुप मारी सक्योहोला। नेपाली भाषाको पहिलो वेव पत्रिकाले स्वकीय सचीबको गोली काण्ड लेखे पनि गाडीको खबरलाइ वास्ता गरेनछ। तर नेपाली भाषाको पहिलो ब्लग माइसंसारले भने मर्सिडिज सहित ३ वटा गाडी हुंदा हुंदै चौथो गाडी ल्याएर देशमा चमत्कार गर्न नसके पनि आफ्नो जिवनमा चमत्कार गर्ने प्रयास गरेको भनेको छ। अनावश्यक खर्च गरे कारबाही गर्ने भनेर गरेको निर्णय अब प्रमलाइ नै लागु हुन्छ त माइसंसारले प्रश्न गरेको छ। हाम्रो ब्लगले भने काम नगरी मामको टुंगो नहुने सर्वहारा वर्गका नेताको सौख पचास हजारको घडी,२ लाखको खाटहूदै करोडको गाडीमा सोझिएको छ। गाडी किनेको कुरालाइ हाम्रो ब्लगले पेच हान्दै भनेका छ "सायद कतै कुनै छाप्रोमा सर्वहाराहरु दगंदास मुडमा टिप्पणि गरिरहेका हुनसक्छन-यि नोकरशाही विदेशीका दलाल, विस्तारवादीका एजेन्ट पुजीपतिवर्गहरु हाम्रा नेताले एउटा फुच्चे गाडि चढ्न लागेको पनि सहन सकेनन"। नया पत्रिकाले भनेको छ कल्कत्तामा आइसकेको खरानी रंगको टोयटा लेन्डक्रुजर फाल्गुन १२ सम्ममा प्रचण्डले चढ्नेछन। यो गाडीको फीचरमा बाटो देखिने क्यमेरा,रिमोट बटन भएको ढोका आदी भनेर लेखिएको छ। हुन त यस्तो फीचर बिदेशमा साधरण गाडीमा भए पनि दुइवटा मर्सिडिज, नया टोयटा गाडीहुंदा हुंदै यो नया गाडी अती अनावश्यक भनेर नया पत्रिकाले लेखेको छ। यो गाडीको बारेमा जानकारी यो लिंकमा हेर्न सक्नुहुनेछ। यसमा यस्को दाम ६५ हजार अमेरीकी डलर भनिएको छ। मैले त अरुकै आंखाबाट हेरे प्रचण्डको नया गाडी, पाठकहरु तपाइ आफ्नै आंखाबाट हेर्नहोस कस्तो लाग्यो त प्रचण्डको नया गाडी? उनलाइ यो गाडी चाहीएकै हो त? Posted by nepalean at 8:40 PM   Labels: समाचार विश्लेषण

sanas · Feb 9, 2009 10:48 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all