Nepali Doctor spreading wrong informations

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Our country is not failing only for political reasons, but also because of corrupted journalists like dhamalas; some doctors trying to gain the popularity (speaking outside of own expertise) like the following:   मध्यपृष्ठ 2009-02-09,Monday Nayapatrika झुल्किँदो घाममा पत्रकार कर्ण बोहराले एउटा चिठी थमाए, 'जजाप' भनेर । जजाप अर्थात्, 'जसरी पनि जानुपर्ने' । जजाप सम्झँदै ६ फेब्रुअरीको दिन ढिला गरेर होटल ओपेरा छिरेँ । सभाकक्षमा कुर्सी खचाखच थिए । अगाडिबाट दोस्रो पंक्तिको कुर्सी समातेँ । हलको भित्तामा झुन्ड्याइएको नीलो कपडामा सेता अक्षरले लेखिएको थियो— 'विश्व क्यान्सर दिवसका अवसरमा क्यान्सर रोगबारे जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम ।' आयोजक फारवेस्ट स्कुल अफ मेडिसिन र सेती-महाकाली नर्सिङ क्याम्पस रहेछन् । लाग्यो, जजाप भन्या यत्तिको रै'छ । कार्यक्रममा एकजना गहुँगोरो अधबैँसे अगाडि झुल्किए । माइक्रोफोनभन्दा पनि चर्को स्वरमा उनले क्यान्सरबारे धाराप्रवाह बोलिरहे । क्यान्सरका बारेमा कहिल्यै नसोचेका धारणाहरू सुन्दा मलाई यो कार्यक्रम नै सपना हो कि जस्तो लाग्न थाल्यो । उनले झन्डै एक घन्टा क्यान्सरकै बारेमा बोले । कस्तो लोभलाग्दो ज्ञान र जानकारी ! मलाई उनीसँग क्यान्सर-संवाद गर्न पाए कति मजा हुँदो हो भन्ने लाग्यो । छुस्स कुरा गरेँ, डा. प्रकाश बुढाथोकी एकै चुट्कीमा सहमत भए । *** प्राकृतिक नियमविपरीतका हरेक कामले क्यान्सर निम्त्याउँछ । टिनएजपछि यौनसम्पर्क नगर्दा महिलामा स्तन र पाठेघरको क्यान्सर हुन्छ । शारीरिक सम्बन्ध नराख्दा पाठेघरको मासु चल्न नपाउने भएकाले क्यान्सर हुन्छ । अनि, स्तन चल्न नपाए स्तनको क्यान्सर हुन्छ । कुराकानी त गरिने भयो, तर कस्तो फसाद भने मञ्चमै संवाद थाल्नुपर्ने । छेउको कुर्सीमा डाक्टरसाहेब, अघिल्तिर म । कानेखुसी गरेझैं मैले सोधेँ, 'डाक्टरसाब ! यो क्यान्सर भनेको के हो ?' विद्यार्थीलाई पढाएझैं डाक्टरसाबले बिस्तारै भने- 'कोषको असाधारण वृद्धि ।' परिभाषालाई व्याख्या गर्न थाले, 'शरीरको कुनै भागमा पलाएको, वा बढेको मासुको कोष शरीरको त्यही भागको मासुका कोषसँग मिल्दैन भने त्यो क्यान्सर हो ।' मान्छेको शरीरमा बढ्ने एउटा कोष पनि कति खतरनाक ! सुईको टुप्पोले पार्ने प्वालमा मात्रै लाखौँ कोष अटाउँछन् भन्छन् उनी । यति सानो चिजले पनि व्यक्ति, समाज र सारा विश्वलाई नै असर पार्न सक्ला र ? डा. बुडाथोकी भन्छन्, 'यो विश्वका लागि चुनौती हो । एउटा कोषको असाधारण वृद्धिले संसार हल्लाएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार क्यान्सरले प्रत्येक दिन २० हजार मानिस यमलोक जान्छन् ।' मेरा मनमा चिसो पस्यो । प्रत्येक दिनका अखबारका पाना क्यान्सरको उपचारका लागि सहयोगको याचनाले रंगिएकै छन् । संसारलाई पर छोडेर मैले बुढाथोकी डाक्टरसाबलाई नेपालकै क्यान्सर-खबर सोधेँ । गम खाँदै भने- 'नेपालमा ७० हजार क्यान्सरका रोगी छन्, प्रत्येक वर्ष ३० हजार नेपालीसँग क्यान्सरले नाता जोड्छ ।' मैले बोल्न नपाउँदै उनले अर्को तथ्यांक राखे, 'प्रत्येक वर्ष १५ देखि २० हजार नेपालीको क्यान्सरले मृत्यु हुन्छ ।' बाबै ! मेरो मुटु काँप्यो । हैन, १० वर्षे सशस्त्र द्वन्द्वमा पनि जम्मा १३ हजार नेपालीले मात्रै ज्यान गुमाएका थिए । सशस्त्र लडाइँभन्दा पनि यो क्यान्सर पो भयानक रै'छ । हामी बारम्बार 'द्वन्द्वको पीडा' भन्दै छौँ । तर, यति भयानक पीडाबारे खोइ त चर्चा भएको ? यो कुरा आमनेपालीलाई थाहा छ होला त ? म यस्तो मर्ने र मारिने दर्दनाक प्रसंगबाट उनको निजी जीवनमा फर्कें । दाङको घोराही नगरपालिका- ७, सेराईमा ३७ वर्षअगाडि जन्मेका रहेछन् प्रकाश बुढाथोकी । आफ्नो नामका अगाडि डा. झुन्डिएला भन्ने लागेकै थिएन रे उनलाई । 'साधारण परिवारको मान्छे, मेडिकल पढ्न सक्ने त आसै गरेको थिइनँ,' बुढाथोकीले बाल्यकाल सम्झे । मिहिनेती र अब्बल विद्यार्थी प्रकाश नौ वर्षअघि डाक्टर भएर नेपाल र्फकंदा बल्ल थाहा भयो, 'लौ, डाक्टर पो भइयो ।' उनले सधैं छात्रवृत्तिमा पढे । कलेजको पढाइ होस् या भारतमा चकित्साविज्ञान पढ्दा, सधैं छात्रवृत्ति । 'अहिले पनि स्कलरसिपमै पढ्दै छु,' अलिकति उत्साही स्वरमा चीनमा अध्ययन गरिरहेको जानकारी दिए उनले । *** प्रायः डाक्टरहरू राजधानीको खाल्डोभन्दा बाहिर जाँदैनन् । जोडतोडले उफ्रिहाले पनि विराटनगर, पोखरा, बुटबल । धेरै भए नेपालगन्जसम्म पुग्छन् । पहाडतिर त जाँदै जाँदैनन्, झन् गाउँघरसँग त एलर्जी नै हुन्छ डाक्टरसाबहरूलाई । सबैले यस्तो गुनासो गरेको पाइन्छ । त्यही जिज्ञासा राख्न मात्रै खोजेको थिएँ, फ्याट्ट भनिहाले, 'नेपालका विभिन्न स्थानमा एक हजार १९ ओटा क्यान्सर उपचार शिविरमा पुगेको छु ।' बाफ रे बाफ ! नौ वर्षमै यति धेरै शिविरमा ? नपत्याई सुखै पाइएन । 'पचहत्तरै जिल्लामा पुगेको छु,' गर्वसाथ भने, 'देशैभरि घुमेको छु ।' एक हजार दुई सय १९ क्यान्सर शिविरमा उनले उपचार गरेका रोगीको संख्या त कति हो कति । पुनर्जीवन दिएका रोगीहरूको संख्यासमेत उनलाई ठ्याक्कै याद छैन । डा. बुढाथोकी पुगेका अधिकांश शिविर गाउँमै सञ्चालन भएका छन् । 'सहरमा त चार सयजति होलान्,' डाक्टरसाबले मुस्कुराउँदै भने, 'अरू सबै गाउँमै हुन् ।' कस्तो छ त गाउँसँग क्यान्सरको नाता ? डाक्टरसाब एक्कासि मलीन भए । गाउँका पोकापुन्तुरा फुकाल्न थाले, 'जनचेतना छैन, अशिक्षित छन्, गरिब छन्, रोगका बारेमा जानकारी छैन । स्वास्थ्य संस्थामा जाँदैनन्, कसैले जानकारी पनि दिँदैन ।' गाउँको यथार्थ एकहोरो ओकल्न थाले, 'अनि कस्तो भनूँ, म गाउँको अवस्था ?' उनले उल्टै मैतिर फर्केर प्रतिप्रश्न गरे । डा. बुढाथोकी पहाडी जिल्लाका गाउँघरमा क्यान्सरको अनुहार ससम्झिँदा झस्किन्छन् रे । झन् सुदूरपश्चिमका गाउँघर सम्झँदा त डाक्टरसाबको ब्लडप्रेसर नै बढेर आउँछ । 'साँच्चिकै भयानक अवस्था छ,' उनले गुनासो पनि गरे, 'कसैले हेर्‍या'छैन, सरकारले पनि वास्ता गरेको छैन ।' सुदूरपश्चिम मात्रै हैन अधिकांश पहाडी जिल्लाका गाउँघरमा क्यान्सर भएको थाहा पाए पनि उपचारै गराउँदैनन् रे ! 'महिलालाई श्रीमान्, सासू-ससुराको अनुमति चाहिन्छ, उनीहरू सामान्य अवस्थामा अनुमति दिँदैनन् । लाज मानेर पनि उपचार गराउँदैनन्,' डाक्टरसाबले भेटाएको गुह्य कुरा भने । उनले एक रोचक प्रसंग कोट्याए । दुई वर्षअघि क्यान्सरसम्बन्धी शिविरकै क्रममा उनी रसुवा पुगेका थिए । त्यहाँ उनले एकजना महिलाको उपचार गरेछन् र शिविरमै औषधी दिएछन् । ती महिलाले औषधी त्यहाँ नखाएर घर लगिछन् । घरमा श्रीमान्, सासू-ससुरा र छिमेकी बसेछन् । धामीझाँक्री बोलाएर देउतालाई सोधेछन् । जब देउताले खाऊ भन्यो अनि मात्रै ती महिलाले औषधी खाइछिन् । यो कथा अर्को दिन तिनै महिलाले डाक्टरसाबलाई सुनाएपछि उनी बोल्नै सकेनन् रे । क्यान्सर क-कसलाई के कारणले लाग्छ भनेर मैले सोधेँ । 'महिलामा सबैभन्दा बढी स्तन र पाठेघरको क्यान्सर हुन्छ । पुरुषहरूमा मुख, घाँटी, फोक्सोको क्यान्सर । बालबालिकालाई रगत र आँखाको क्यान्सरले बढी सताउँछ । तर, कोही पनि समयमै उपचार गराउँदैनन् ।' डाक्टरसाबले सुनाए,- 'चौथो अर्थात् अन्तिम अवस्थामा मात्रै उपचार गर्न आउँछन् अनि मृत्युको विकल्प हुँदैन ।' डाक्टरसाबका अनुसार अहिले एक सय किसिमका क्यान्सर देखिएका छन् । पुरुषमा हुने अधिकांश क्यान्सर सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवनले हुन्छ । बालबालिकामा जेनेटिक क्यान्सर देखिएको छ ।' हलमा होहल्ला अलि बढी हुन थालेको थियो । म नजिकै सरेर सोधेँ, 'महिलामा बढी कस्तो क्यान्सर देखिन्छ नि डाक्टरसाब ?' 'धेरै जनासँग यौनसम्पर्क गर्दा पाठेघरको क्यान्सर हुन्छ । असुरक्षित यौनसम्पर्क पनि क्यान्सरको अर्को कारण हो । टिनएज नकाट्दै (बीस वर्षमुनि) यौनसम्पर्क गरे क्यान्सरले झन् च्याप्छ ।' डाक्टरसाबले सरसर्ती भने, 'यौनसम्पर्क नगर्दा पनि क्यान्सर हुन्छ ।' म झस्किएँ । कतै मैले गलत त सुनिनँ ? कान तीखो पारेर सुन्न प्रयत्न गर्दै मसिनो स्वरमा मैले फेरि सोधेँ, 'साँच्चै हो डाक्टरसाब ?' 'हो, साँच्चै हो । टिनएज पारे गरेपछि यौनसम्पर्क नगर्ने हो भने क्यान्सर हुन्छ,' चर्को स्वरमा उनले भने, 'प्राकृतिक नियमविपरीतका हरेक कामले क्यान्सर निम्त्याँउछ ।' डाक्टरसाब भन्दै थिए, 'टिनएजपछि यौनसम्पर्क नगर्दा महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर हुन्छ । शारीरिक सम्बन्ध नराख्दा पाठेघरको मुखको मासु चल्न नपाउने भएकाले क्यान्सर हुन्छ । अनि, स्तन चल्न नपाए स्तनको क्यान्सर हुन्छ ।' -फेसबुकमा 'आई एम भर्जिन, एन्ड एम प्राउड अफ इट' भन्ने ग्रुपको यादले म फेरि झस्किएँ ।) *** कार्यक्रमकै बीचमा कुराकानी गर्ने मेसो मिलाएकाले समयको चाप बढ्दै गएको थियो । तैपनि, उपचारपद्धतिका बारेमा कुरा गर्न मन थियो । तर, डाक्टरसाहेब भने क्यान्सरविरुद्धको अभियानबारे चर्चा गर्न थाले । जहाँ गयो, त्यहीँ कार्यक्रम गर्न लगाउँदै क्यान्सरबारे जानकारी दिँदै हिँड्नु डाक्टरसाबको स्वाभाव नै बनिसकेको रहेछ । एक सय २० स्थानमा आफैंले कार्यक्रम गरे रे ! ४ फेब्रुअरी चिप्ले पनि त्यसकै अवसरमा डाक्टरसाबले नै कार्यक्रम गर्न लगाएका रै'छन् । थोरै आक्रोश मिसाएर डाक्टरसाबले भने, 'सरकार केही गर्न सक्दैन । उसलाई झाडापखाला, रुघाखोकी, जुका, दादुरा आदि-इत्यादिले छुट्कारा दिएकै छैन । क्यान्सरतिर कसरी लागोस् ?' उनले आक्रोशको भाला युवातिर पनि तेस्र्याए, 'अब पढेलेखेका हामीजस्ताले जनचेतना फैलाउनुपर्छ । आफ्नो वरिपरि जानकारी दिने, उपचार गर्न जाऔँ भनिदिने गरे पनि पुग्छ ।' हलमा बज्ने थपडीसँगै उनको क्यान्सरसँगको अन्तरंग झांगिदै आयो । डाक्टरसाबले एउटा अर्को रोचक प्रसंग झिके । दुई वर्षअघि उनी क्यान्सर शिविरकै क्रममा मुस्ताङ पुगेका रहेछन् । उनले क्यान्सरपीडित ९२ वर्षीया वृद्धाको उपचार गरेछन् । उपचार गर्दा वृद्धाले भनिन् रे, 'आम्मै ! मर्नुअगाडि डाक्टरसाप पो देखेँ । मर्न नदिने डाक्टरसाप पनि मान्छे नै हुँदा रै'छन् ।' उनै डाक्टरसाबले अहिले पनि ओठमा मन्द मुस्कान छरे । र भने, 'हेरौँ न, हाम्रो अवस्था कति दर्दनाक छ ।' टिनटिन घन्टी बजेको थिएन । तैपनि, समय सकियो । उठ्नै लाग्दा डाक्टरसाबले थपे, 'भाइ यो पनि लेख्नुस् । अब सरकार र एनजिओ-आइएनजिओको भर कति पर्ने ? हामीले पनि केही गर्ने हो कि ?' क-कसले के-के गर्ने भन्ने तालिका बनाउन पाएको भए कति जाती हुन्थ्यो होला । तर, सामान्य उपचारपद्धतिका बारेमा पनि कुरा गर्नै नपाई छोटो समयले हामीलाई छुट्टनि आदेश दियो । बच्चु विक bachubk@gmail.com यौनसम्पर्क नगर्दा क्यान्सर हुन्छ   पाठक-टिप्पणी यौनसम्पर्कले टार्दैन क्यान्सरको खतरा 2009-02-10,Tuesday २७ माघको नयाँ मध्यपृष्ठमा प्रकाशित 'क्यान्सर-संवाद'बारे केही लेख्न चाहन्छौँ । कुनै पनि चिकित्सकले जनताको स्वास्थ्यसँग सरोकार रहने विषयमा चासो राख्नु र त्यसलाई सार्वजनिक सञ्चारमाध्यममार्फत सम्प्रेषण गर्नु अत्यन्त सराहनीय विषय हो, तारिफयोग्य काम हो । तर, त्यसका लागि प्रस्तुत गरिने विषयसँग चिकित्सकको सम्बन्धित दक्षता पनि अपरिहार्य नै हुन्छ । उक्त संवादका क्रममा डा. प्रकाश बुढाथोकीले भनेका छन्- 'टिनएज पार गरेपछि यौनसम्पर्क नगर्ने हो भने महिलामा पाठेघरको मुखमा क्यान्सर देखिन्छ ।' यो अभिव्यक्ति चिकित्साविज्ञानका दृष्टिमा सरासर भ्रामक र पूर्ण रूपमा गलत छ । अन्तर्राष्ट्रिय संस्था एफआइजिओ वा नेपालको एनइएसओजी -स्त्री तथा प्रसूतिसम्बन्धी संघ) का अनुसार पनि पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी ९ज्umबल उयउष्ििomब खष्चगक० १६, १८, ३१, ३३ पछि टिनएज वा धेरै चाँडो यौनसम्पर्क गरेमा, धेरै जनासँग यौनसम्पर्क गरेमा, धेरै बच्चा जन्माउने नै हुन् । यस अर्थमा पाठेघरको मुख ९ऋभचखष्ह० को क्यान्सर टिनएजपछि यौनसम्पर्क नगर्दा हुन्छ भन्नु वैज्ञानिक र चिकित्साशास्त्रका आधारमा निराधार छ । यस्ता भ्रामक प्रस्तुतिले भर्खरै यौनज्ञानसम्बन्धी कौतुहल बोकेका युवा-युवतीमाथि नकारात्मक भ्रम फैलाउन सक्छ र पाठेघरको मुखको क्यान्सरबाट बच्ने निहुँमा झन् त्यसका लागि नै रिस्क फ्याक्टर बन्न सक्छन् । यसअघि पनि चिकित्सक बुढाथोकीले शरीरमा प्याङ्क्रियाजको अवस्थितिबारे गलत स्थान बताउँदा सहयोगी एक दैनिकमा वरिष्ठ चिकित्सक डा. केदार कर्माचार्यले पाठक प्रतिक्रियामार्फत सच्याइदिनुभएको थियो । विभिन्न संघसंस्थासँग नेपालका एक हजार १९ वटा क्यान्सर उपचारमा संलग्न रहेको बताए पनि डा. प्रकाश बुढाथोकी क्यान्सर विशेषज्ञ, सामान्य चिकित्सक वा फिजिसिएन एवम् स्त्री तथा प्रसूति विशेषज्ञ होइनन् । उनी लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत डेन्टिस्ट -दन्तरोग विशेषज्ञ) मात्र हुन् । त्यसैले आफ्नो क्षेत्रभन्दा बाहिरका मेडिकलका कुरा सम्प्रेषण गर्दा विशेषज्ञको सुझाव लिनु र पत्रकारले पनि सम्बन्धित विशेषज्ञबाट सम्पादन गराएपछि मात्र समाचार सम्प्रेषण गर्नुभएमा असाध्य राम्रो हुन्थ्यो । -डा. दीपक गिरी, डा. राजकुमार ढकाल, डा. शेषकान्त अर्याल, डा. शम्भु भगत, डा. योगराज शर्मा डाक्टरसाब क्यान्सरका प्रचारक रहेछन्, तर यौन विषयमा चाहिँ बच्चै रहेछन् । टिनएजमा यौनसम्पर्क नगर्नेले क्यान्सरको खतरा मोल्नुपर्छ भनेर उनले टिनएजमा यौनको कौतुहल पालेर बसेका किशोर-किशोरीलाई कस्तो पाठ दिन खोजेका हुन्, बुझ्न सकिनँ । क्यान्सरबाट बच्ने बहानामा सबैलाई उन्मुक्त भएर समागममा सामेल हुने उत्प्रेरणा दिन खोजेका हुन् भने यी डाक्टर होइनन्, यौनअपराधी हुन् । सामाजिक मर्यादाविपरीत यस्ता अभिव्यक्ति दिनेमाथि छानबिन होस् । -श्रीधर कार्की सीतापाइला, काठमाडौं डाक्टरले रोगप्रति सचेत गराउने कि विकृतिलाई प्रोत्साहन दिने ? क्यान्सरको औषधि भन्दै किशोरकिशोरीलाई यौन समागमको प्रचार गर्न त भएन नि । रसला कक्षपती, भक्तपुर

dilettante8 · Feb 9, 2009 7:17 PM · 10,215 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all