किन मेरो दुनियाँको रफ्तार ढिला छ? मेरो इक्क्षा आकान्क्षाहरुले मलाई नझकझक्याएका पनि हैनन्। म किन एसै अल्झी रहेको छु? खाल्डो धेरै ठुलो पनि त छैन, एउता खाल्डो दुई चोटिमा फड्को मार्न मिल्दैन, त्यो पनि मलाई राम्रो ज्ञान छ तर किन म एउटा खाल्डो दुई चोटि गरेर फड्को मार्छु सोच्दै छु, या भनु खाल्डो हेरेर मात्र बसी रहेको छु? लगाम लगाएको घोडाले एउटै दिशामा मात्र हेर्न मिल्ने जस्तो स्तिथि मेरो छैन, स्वछन्द छु, लगाम कसैको हातमा छैन, चाबुक मार्ने हिम्मत कसैले गर्ला भन्नु पनि छैन्। चारैतिर नजर घुमाउन सक्छु्। लक्क्षको भेउ नै नपाएको मान्छे म हैन, लक्क्ष सम्म पुग्ने बाटोहरु नदेखेको पनि हैन, अगाडि आएको खाल्डो ननाघी घुमेर पनि त जान सक्छु फेरि किन त? के मेरो लक्क्ष प्रस्त छैन? के मेरो इक्क्षा त्यती द्रिड छैनन्? कि म अर्जुनले चराको आँखालाई आफ्नो टारो बनाएको जस्तो नबनाइ, कौरबले जस्तो चरा मात्र नभई पुरै रुख, जंगल नै देखी रहेको छु? पाइलाहरु अगाडि नबदेकै पनि हैनन् तर किन मेरा पाइलाका गति मन्द छन्? किन मेरो दुनियाँको रफ्तार ढिला छ?
J · Feb 8, 2009 6:08 AM · 11,144 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion